हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अन्तर्वार्ता

"शान्तिपुर्ण तरिका अपनाउने दायित्वबोध भएको छ ।"

प्रचण्ड, अध्यक्ष, नेकपा माओवादी

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सँग भारतको अङ्ग्रेजी दैनिक द हिन्दू का पत्रकार सिर्द्धार्थ वरदराजन्ले अघिल्लो साता लिएको यो प्रत्यक्ष अन्तर्वार्ता उक्त पत्रिकाको २७ र २८ माघ २०६२ को अङ्कमा छापिएको छ । पूरै अन्तर्वार्ताको नेपाली अनुवाद www.himlakhabar.com मा पढ्न सकिन्छ ।


द-हिन्दु

दश वर्ष 'जनयुद्ध' बाट आखिर जनतालाई हिंसा र काटमारबाहेक के हात लाग्यो ?
पूरा २५० वर्ष हाम्रा जनताले सामन्तीहरूको दमन खप्नु पर्‍यो । जनयुद्धले ग्रामीण क्षेत्रको सामन्ती संरचना ध्वस्त पार्न सहयोग गरेको छ । समष्टिगत रूपले हर्ेदा नेपालमा गणतन्त्रात्मक लोकतन्त्रअर्न्तर्गत आर्थिक र सामाजिक छलाङको अवस्थामा हामी पुगेका छौँ । जुन राजनीतिक माहौल खडा भएको छ, त्यो जनयुद्धको योगदान हो ।

तपाईंको अगस्ट महिनाको 'प्लेनम्' ले आखिर बहुदलीय लोकतन्त्रको लक्ष्यलाई अनुमोदन गर्‍यो । यसो गर्नुथियो भने १० वर्षो युद्ध किन चाहिन्थ्यो ?
उत्तरका दर्ुइ पाटा छन् । हामीले बीसौँ शताब्दीका क्रान्ति तथा प्रतिक्रान्तिको विषयलाई नयाँ सैद्धान्तिक र वैचारिक विश्लेषण दिन खोजेका छौँ । तीन वर्षघि हामीले २१ औँ शताब्दीको लागि कसरी लोकतन्त्र परिभाषित हुन्छ भन्ने विषयलाई मूल मुद्दाको रूपमा उठायौँ । यसको लागि २० औँ शताब्दीको सकारात्मक र नकारात्मक अनुभवको विश्लेषण गर्नुपर्‍यो । अनि तीन वर्षघि राजनीतिक प्रतिस्पर्धामा जानुपर्ने पनि हामीले ठेगान गर्‍यौँ, किनभने प्रतिस्पर्धा नहुँदा अव्यावहारिक -यान्त्रिक र 'मेटाफिजिकल') हुने हामीले देख्यौँ । तर्सथ, प्लेनम्मा हामीले लिएको निर्ण्र्ाानयाँ कुरा होइन । उक्त भेलामा हामीले संसदीय दलहरूसँग सहकार्य गर्ने व्यावहारिक उपायबारे निर्ण्र्ाालियौँ । जनयुद्ध बहुदलीय लोकतन्त्रलाई मुख्य तारो बनाएर चालिएको कदम थिएन । तारो त सामन्ती संरचनालाई बनाइएको थियो ।

दलको नेतृत्व र क्याडरबीच यो निर्ण्र्ाालिनु कति कठिन थियो ?
केन्द्रीय समितिसामु लोकतन्त्रबारे एजेण्डा पेश गरियो । तत्पश्चात् पूरा एक वर्षम्म दलको तहतहमा आन्तरिक बहस चल्यो । त्यसपछि केन्द्रीय समितिले एउटा विशेष संवैधानिक दायराभित्र बसी प्रतिस्पर्धामा जाने निर्ण्र्ाागर्‍यो । प्रतिस्पर्धा बिना अघि बढ्न नसकिने देखियो, यो र्सवसम्मतिले पारित निर्ण्र्ााथियो ।

यो निर्ण्र्ााआखिर शाही नेपाली सेनाको बल तथा अन्तर्रर्ााट्रय क्षेत्रको नकारात्मक सोचमा पो आधारित थियो कि ?
प्रश्न अलि त्योभन्दा जटिल छ । एक त आज विश्वमा एकखालको राजनीतिक र सामरिक ब्यालेन्स छ । अर्को, २० औँ शताब्दीको अनुभव पनि त हर्ेर्नुपर्‍यो  । अनि देशभित्रको विशेष वर्गीय, राजनीतिक र शक्तिको सन्तुलनको पनि ध्यान राख्नुपर्‍यो । सबै कुराको भरमा निर्ण्र्ाालिनुपर्‍यो । हामीले विशेष संवैधानिक संरचना अर्न्तर्गतको विशेष खालको बहुदलीय लोकतन्त्रको कुरा गरिरहेछौँ । हामी बर्ुर्जुवा संसदीय प्रजातन्त्रको कुरा गरिरहेका छैनौँ । हामीले रोजेको बहुदलीय लोकतन्त्र उपनिवेशवाद र सामन्तवादको खिलाफमा उभिनेछ । त्यसैले सशस्त्र द्वन्द्वको पनि आवश्यकता पर्न गएको हो र त्यस्तै अरू दलहरूसित राजसंस्था विरुद्धको लडाइँ सँगै गर्नुपरेको हो ।

राजाले भोलि १९ माघको भूल स्वीकारेर हालको संविधानअर्न्तर्गत निष्पक्ष चुनाव गर्ने आहृवान गरे भने नि ! के चुनावमा भाग लिन नयाँ संवैधानिक संरचना नै चाहिन्छ ?
त्यस्तै हो । राजाले गल्ती स्वीकारेर वार्ताको आहृवान गर्दछन् र संविधानसभाको लागि निष्पक्ष चुनावको कुरा गर्दछन् भने हामी तयार छौँ । हाम्रो 'बटम लाइन' भनेको संविधानसभाको लागि चुनाव हो, त्यो पनि संयुक्त राष्ट्रसंघ या अरू कुनै मान्य हुने अन्तर्रर्ााट्रय पर्यवेक्षणमार्फ् । यी शर्त पूरा भए हामी चुनावमा जान र जनताको जुनसुकै अभिमत मान्न तयार छौँ । तर राजाले अन्तरिम सरकार अर्न्तर्गत संसदीय चुनावको कुरा गर्दछन् भने हामी जाँदैनौँ ।

तर अन्य दलहरूले त्यस्तो अन्तरिम बन्दोबस्त माने भने के हुन्छ ? र, तपाईंको दलहरूसँगको सहमति के हुन्छ  ?
राजाले दलहरूलाई सरकार बनाउन लगाए र उनीहरू हाम्रो १० वर्षेखिका मागहरूका बाबजूद संसदीय चुनावतर्फलागे भने हामीलाई सहभागी हुन गाह्रो हुनेछ  । त्यसो गर्नु त पहिलाकै अवस्थामा र्फकनु भइहाल्यो नि ! राजा र दलहरू ७-८ वर्षम्म सँगै त थिए । फेरि, संविधानसभाको माग त कुनै नयाँ कुरा होइन । हिजो मात्र ल्याइएको माग होइन यो ।

'ढाडमा टेकेर टाउकोमा हान्ने' योजनाअर्न्तर्गत आज दलहरूसँग सहकार्य गर्ने 'ट्याक्टिस' अपनाउनुभएको छ, भोलि ढाडमै बज्रिने हो कि भन्ने शङ्का उठ्दछ नि ?
त्यस्तो होइन । बहुदलीय प्रणालीमा जाने हाम्रो रणनीतिक र सैद्धान्तिक हिसाबले खारिएको 'पोजिशन्' हो । अर्को कुरा, अहिले लिएको निर्ण्र्ाा'ट्याक्टिकल' होइन । यो एउटा गम्भीर नीति हो । हामी दलहरूलाई भनिरहेका छौँ कि सामन्ती राजतन्त्रको मात्र अन्त्य गर्ने होइन कि राजसंस्थाकै अन्त्य गर्ने  । यो त वीरेन्द्रको समयको जस्तो राजतन्त्र पनि होइन । त्यसपछि, जब बहुदलीय प्रणाली भित्र्याइन्छ- अन्तरिम सरकार, संविधानसभा र लोकतान्त्रिक गणतन्त्रमार्फ् हामी शान्तिपर्ूण्ा प्रतिस्पर्धामा उत्रन तयार छौँ  । निश्चय पनि हामीसँग सशस्त्र सेना भएको हुनाले मानिसहरूमा शङ्का रहनेछ  । उनीहरू सोध्ने गर्छन् कि संविधानसभापश्चात् हामी बन्दूक त्याग्न तैयार छौँ कि छैनौँ । यो प्रश्न जायज हो । हामीले जवाफमा भन्ने गरेका छौँ हामी हाम्रो सेनालाई पर्ुनर्गठन गर्न तयार छौँ र, नयाँ नेपाली सेना बनाउन पनि तयार छौँ । तर्सथ, यो 'ट्याक्टिकल' सवाल होइन ।

१२ बुँदे सम्झौता अनुसार दलहरूले संविधानसभा स्वीकारेको देखिन्छ भने तपाईंहरूले गणतन्त्रको माग थाती राखेको हो ?
हामीले लोकतान्त्रिक गणतन्त्रको कुरा त्यागेका छैनौँ । तर त्यो न्यूनतम् राजनीतिक लक्ष्य पूरा गर्न स्वतन्त्र र धाँधलीरहित संविधानसभाको लागि हामी तयार छौँ भनेका छौँ । हामीले 'सेरेमोनियल' राजसंस्था मान्यौँ भन्ने कुनै भ्रम नहोस् । १२ बुँदे सम्झौताको आधारमा कसैले यो निक्र्यौल गरे होलान् तर उति नै बेला हामीले दलहरूलाई बुझाएका थियौँ कि हाम्रो नारा लोकतान्त्रिक गणतन्त्र नै हो ।

यसअघि हामी लोकतान्त्रिक जनगणतन्त्र भन्थ्यौँ, तर त्यो नारा पनि हामीले त्यागेको भने होइन । यतिमात्र हो कि आजको शक्ति-सन्तुलनका कारण, समष्टिगत स्थितिको तथा जनचाहना मूल्याङ्कन गर्दा र रक्तपात नहुन दिन, हामीलाई पनि दायित्वबोध भएको छ शान्तिपर्ूण्ा तरिका अपनाउन ।

उसो भए लोकतन्त्रको खोजी शान्तिपर्ूण्ा हुनेछ ?
लोकतन्त्रको लागि हामी शान्तिपर्ूण्ा तरिकाले लाग्नेछौँ । आज हामी लोकतान्त्रिक गणतन्त्र भनिरहेछौँ । यो बहाली गर्ने चाहिँ संविधानसभामार्फ् हो । त्यतिबेला सात दलमध्ये कसैले सेरेमोनिएल राजतन्त्रको वकालत गर्न पाउनेछ, र कसैले संवैधानिक राजतन्त्रको ।

तर तपाईं कुनै पनि परिणाम स्वीकार्न भने राजी हुनुहन्छ ?
हामी कुनै पनि परिणाम स्वीकार्न तयार छौँ । प्रस्ट भाषामा हाम्रो भनाइ यही हो ।

तीनमहिने र थप एक महिनाको युद्धविरामले तपाईंहरूको राजनीतिक छविलाई सपारिदियो, जुन माडीमा भएका जस्ता काण्डले बिगारेको थियो । फेरि पनि युद्धविराम किन नगर्ने ?
जब हामीले युद्धविराम घोषणा गर्‍यौँ, न १२ बुँदे सम्झौता भएको थियो, न त दल या नागरिक समाजद्वारा केही दबाब । हामीले समष्टिगत राजनीतिक अवस्थाको विश्लेषणको भरमा निर्ण्र्ाालियौँ, किनभने हाम्रो तर्फाट पनि भूलहरू बढ्दै गएका थिए, तलतिरबाट, हाम्रो नीति र योजना कार्यान्वयन गर्ने क्रममा । तल्लो तहमा माडी बम बिस्फोटनजस्ता भूलहरू भइरहेका थिए  । तर्सथ, हाम्रो मध्यम वर्गसँग सम्बन्ध अझै ब्रि्रँदो थियो । त्यसअघि सप्रँदै गएको त्यो सम्बन्ध फेरि खस्कने डर थियो । हामी माथिबाट निर्देशन दिँदै थियौँ, तैपनि कार्यान्वयन भने भइरहेको थिएन । हामीलाई मध्यम वर्ग आफूतिर तान्नु थियो, र जनमानसमा नयाँ तरिकाले राजनीतिक सूचना पुर्‍याउनु थियो । अन्तर्रर्ााट्रय समुदायलाई पनि राजा ज्ञानेन्द्रको बारेमा प्रस्ट पार्नु थियो । र हामीले युद्धविराम घोषणा गर्‍यौँ । ...

शुरुदेखि नै हामीलाई थाहा थियो राजा युद्धविराम तुरुन्तै भङ्ग गराउन चाहन्छन् । उनीमाथि यत्तिको दबाब पर्‍यो कि उनले आफ्नो संयुक्त राष्ट्रसंघ जाने योजना रद्द गरे । राजनीतिक हिसाबले यति एक्लिएका थिए कि जसरी पनि निहुँ खोजी खोजी युद्धविराम भङ्ग गराउनुथियो । हामी केही त्याग गर्नुपर्ने मनस्थितिमा थियौँ किनकि चार्डपर्वको बेला थियो र हामीले जनमानससँग मानसिक र भावनात्मक सम्बन्ध बढाउनुथियो । एक महिना युद्धविराम लम्ब्याउँदा प्रस्ट भइसकेको थियो कि यी राजालाई राजनीतिक निकास, शान्ति चाहिँदैन । हामीले जब अन्ततोगत्वा युद्धविराम अन्त्य गर्‍यौँ, प्रस्ट भन्यौँ कि राजनीतिक निकासको लागि अग्रगामी वातावरण उत्पन्न भए, र सबै राजनीतिक शक्तिहरू शान्ति र लोकतन्त्रको लागि तयार भए, हामी फेरि युद्धविराम घोषणा गर्न सक्छौँ र वार्तामा बस्न सक्छौँ  । तर आज त्यस्तो अवस्था रहेन ।

पहिलो कदमको रूपमा संसदीय दल वा गिरिजाप्रसाद कोइराला र माधव नेपालसँग मिलेर राजासँग प्रत्यक्ष वार्ता गर्न राजी हुनुहुन्छ, देशको भविष्य बारेमा ?
१२ बुँदे सम्झौता लगत्तै मैले प्रस्ट भनेको थिएँ कि दलहरूसँग र्सवसम्मत समझदारी भएको खण्डमा राजासँग भेट्न जाने नै छौँ । तर, हामी राजालाई एक्लै भेट्ने पक्षमा छैनौँ, र दलहरूलाई पनि हाम्रो अनुरोध यही छ । त्यसो गर्नुको केही उपलब्धि हुने छैन । हाम्रो गठबन्धनलाई नै मजबूत बनाउँदै अगाडि बढाउनुपर्ने छ ।

शाही नेपाली सेनाको प्रसङ्गमा, राजाले सेनाको प्रयोग गरेको बुझनुभएको छ या सेनाले राजाको प्रयोग ?
यो चाखलाग्दो कुरा हो, यो हाम्रो पार्टर्ीीत्र र बाहिर पनि छलफलको विषय भएको छ । आजसम्म दुवैतर्फप्रभाव उत्तिकै उत्तिकै जस्तो देखिन्थ्यो, कहिले सेनाले राजालाई चलाउँथ्यो भने कहिले राजाले सेनालाई । तर सेनाको बोलबाला बढ्दै गएको देखिन्छ । ज्ञानेन्द्रको प्रभाव घट्दै गएको देखिन्छ, र उनले सेनाको इशारामा हिँडेको जस्तो देखिँदैछ । यकिन गरेर भन्न सकिन्न, तर ज्ञानेन्द्र सेनाबाट निर्देशित बाटोमा हिँडेको देखिन्छ ।

संविधानसभाको चुनावको सर्न्दर्भमा जनमुक्ति सेनाको हातमा रहेको बन्दूकले संसदीय दलहरूलाई अप्ठ्यारोमा पार्दैन र ?
पोहोर सालको छलफल -जुन नगर निर्वाचनपश्चात् हामी पुनः थालनी गर्न चाहन्छौँ) को दौरानमा हामीले दलहरूलाई भनेका थियौँ कि तपाईँहरूलाई हामी र हाम्रो सेनाबारे शङ्का रहेको बुझेका छौँ । हामीलाई नेपालका समस्याबारे राजनीतिक, लोकतान्त्रिक निकास चाहिएको छ । तर्सथ हामीले उहाँहरूलाई प्रस्ताव राख्यौँ कि तपाईँहरू संसद पुनःस्थापना गर्नुस्, हामी त्यसमा सहयोग गरुँला । नेपाली काङ्ग्रेस, एमाले र साना दलहरूबीच दर्ुइतिहाई बहुमत छँदैछ । एउटा भेला बोलाउनुस् र संसद पुनःस्थापनाको घोषणा गर्नुस् । भन्नुस्, यो पुनःस्थापित संसदको वैधानिकता छ, र ज्ञानेन्द्रका क्रियाकलाप गैरकानूनी र अवैध छन् । यसो गरेर बहुदलीय सरकार गठन गर्नुस्, जसमा हामी भाग लिँदैनौँ, तर सहयोग गर्र्छौँ । तत्पश्चात् हामीलाई वार्तामा बोलाउनुस् र हामी आउनेछौँ । अनि अन्तरिम सरकार बनाउने कदम चालिनेछ, जुन सरकारको मूल लक्ष्य भनेको संविधानसभाको चुनाव गराउने हुन्छ ।

संसदको यस्तो पुनर्स्थापनामा राजाको केही हात हुने छैन । उनी त पर्ूण्ा रूपमा अवैधानिक भइसकेका छन्- संविधानको उल्लङ्घन गरेर र जनताको शान्ति र लोकतन्त्रको चाहनालाई उपेक्षा गरेर । तपाईँहरूको संसद वैध हुनेछ, र यसको वैधानिकतालाई हामीले पर्ूण्ा मान्यता दिनेछौँ  । तपाईँहरूको नेतृत्वपंक्तिसँग हामी वार्ता गर्नेछौँ र तपाईँहरूको नेतृत्वमा हामी अन्तरिम सरकारमा बस्नेछौँ ।

जहाँसम्म शाही सेनाको कुरा छ, तपाईँहरूले त्यसअर्न्तर्गतको लोकतान्त्रिक सोच भएकाहरूलाई आफूतिर तान्नुस् । उनीहरूलाई सम्झाउनुस् कि राजाले संविधान मिचेका छन्, जनभावनालाई लत्याएका छन् र उनीहरूले तपाईँहरूको वैधानिक सरकारको साथ दिनुपर्ने कुरामा जोड दिनुस् । त्यसपछि राजालाई एक-दर्ुइ हप्ताको 'अल्टिमेटम्' दिनुपर्ने हुन्छ, १९ माघ २०६१ को अवस्थामा र्फकनुपर्ने र संविधानसभाको माग स्वीकार्नुपर्ने । -अन्यथा) अन्तर्रर्ााट्रय समुदायलाई पनि राजालाई कुनै मान्यता नदिई यो सरकारलाई सम्पर्ूण्ा मान्यता दिन आग्रह गर्नुपर्नेछ । यो वैधानिक सरकार हुनेछ, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा । त्यसलाई हाम्रो र्समर्थन हुनेछ  ।

नयाँ अवस्थामा शाही सेनाका लोकतान्त्रिक तत्व तथा जनमुक्ति सेनाको उपस्थितिमा नयाँ नेपाली सेनाको निर्माण हुनेछ । अहिलेको मूल समस्या भनेको हाम्रो हातको बन्दूक त्यति बेला हुने छैन । बन्दूक-बारुदको समस्याको स्रोत त शाही सेना हो, जुन २५० वर्षो लागि सामन्ती वर्गसमक्ष समर्पित भएको छ । समस्या त त्यो पो हो । हाम्रो सेना त १० वर्षजति त भयो नि मैदानमा आएको । समस्या यतातिर होइन । र, राजनीतिक समाधान हुन गयो भने हामी त्यो पनि फेरबदल गर्न तयार छौँ । हाम्रो पछिल्लो सुझाव यही नै थियो, कि राजसंस्था अन्त्य गर्ने तरिका यही नै हो । हाम्रो पहिलो प्रस्ताव यही हो, तर दलहरू तयार छैनन्, जस्तो मलाई लाग्दछ ।

तपाईँ त संसदीय दलहरूसमक्ष क्रान्तिको आहृवान गर्दै हुनुहुन्छ ?
हो, र उनीहरूको यो योगदान ऐतिहासिक हुनेथियो । तर उनीहरू तयार छैनन्  । दोस्रो बाटो भनेको, जुन हामी छलफल गरिरहेछौँ, सं.रा.संघ या अरू कुनै विश्वसनीय निकायको निगरानीको कुरा हो । शाही सेना व्यारेकमा रहनुपर्ने हुन्छ र जनमुक्ति सेना पनि निगरानी र्-पर्यवेक्षण)मा राखिनेछ । दुवै सेना र तिनको हातहतियार अन्तर्रर्ााट्रय निगरानीमा राखिनेछन् र लर्डाईँमा उत्रन पाउने छैनन् । अनि संविधानसभाको लागि चुनाव हुनेछ । हाम्रो सेनाले यो प्रक्रियामा हस्तक्षेप गर्ने छैन ।

तपाईँको भनाइको अर्थ जनमुक्ति सेना र यसको हातहतियार त्यति ठूलो समस्या होइनन् ?
अवश्य पनि अरूले देखेको जस्तो समस्या यो होइन । हामी र दलहरूसँग राजनीतिक इच्छाशक्ति भए यो समाधान हुन्छ ।

तर एउटा इतिहास त छ नि, तपाईँ मान्नुहुन्छ - जसका कारण दलहरूमाझ शङ्का छ ?
त्यो त छ, तर हामी कुरा गरिरहेछौँ । हाम्रो तर्फाट उनीहरूमाथि आक्रमण भएको छ, सम्पत्ति जफत भएको छ । काङ्ग्रेस नेतृत्वबाट जुन जग्गा र सम्पत्ति जफत भएको थियो, त्यो फर्काइएको छ र एमालेको पनि । यसरी हामी समझदारी बढाउने कोशिश गरिरहेछौँ । तर दलका नेताहरूले माओवादीले हामीलाई आक्रमण गरे भन्छन् भन्ने हो भने हामी पनि आरोप लगाउन सक्छौँ कि तिमीहरू नै सरकारमा छँदा शाही सेनालाई हाम्रो खिलाफ भिड्न लगाएका हौ, र हाम्रा धेरै कमरेडहरू मरे । हामीले जति गर्‍यौँ होला त्योभन्दा धेरै बढी अर्को पक्षले गर्‍यो, यसको पनि आँकलन हुनुपर्‍यो । यसरी कुरा कोट्याइरहने हो भने समस्या समाधानतर्फलागिने छैन । निकासको लागि त दुवै पक्षले आफ्नो विगत नियाल्नुपर्‍यो । हामी हाम्रा भूलहरू मूल्याङ्कन गरौँला, तर तपाईँहरूले पनि त्यसो गर्नु पर्‍यो, किनभने हाम्रो शत्रु एकै हो- सामन्ती निरङ्कुशता । यो शत्रुको पराजय गर्नुछ र लोकतान्त्रिक मान्यताअनुरुप राज्य र सेनाको पर्ुनर्संरचना गर्नुछ ।

भारतको रोल कसरी हर्ेर्नुभएको छ - राजाको १९ माघको कदमको खिलाफ भारतले कठोर नीति लिएको छ, र आज भारतीय सरकारले राजालाई जति अवैध संस्थाको रूपमा माओवादीलाई नलिएको जस्तो छ !
विगतमा भारतको रोल राम्रो थिएन । त्यतिबेलाको नीति पर्ूण्ा रूपमा राजातर्फढल्किएको थियो । पोहोर साल १९ माघपछि भने भारतीय पक्षका विचारमा ठूलो परिवर्तन आयो र आज निरंकुशताविरुद्ध दह्रो अडान कायम छ । तर पनि बहुदलीय शासन र संवैधानिक राजतन्त्रको 'ट्वीन पिलर' अडानलाई औपचारिक हिसाबले भारतीय पक्षले त्यागेको छैन । जुन हामीहरू चाहन्छौँ । एउटा मात्र खम्बाको अवस्था छ भनेर अडान परिवर्तन भइसकेको छैन । भारतले लोकतान्त्रिक अभियानको र्समर्थन गरेर ठीक गरेको छ, तर 'ट्वीन पिलर थ्यौरी' को निरन्तरताले अन्यौल मात्र छाउँछ ।

भारतले त्यसो गरे फेरि राजाले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दैनन् - अनि माओवादीलाई भारतको 'एजेण्ट' को आरोप नलगाउलान् र ?
त्यो सम्भव छैन । २०४६ सालको आन्दोलनको बेला जब राजीव गान्धीले नाकाबन्दी गरे, नेपाली जनताले उक्त नाकाबन्दीको विरोध गरेनन् किनभने त्यसले जनआन्दोलनलाई गति लिन सघाइरहेथ्यो । भारत लोकतान्त्रिक आन्दोलन र अग्रगामी राजनीतिक समाधानको पक्षमा रहँदासम्म त्यसलाई हस्तक्षेप भन्न मिल्दैन । तर भारतले प्रतिगमनका शक्तिहरूलाई आड दिने हो भने त्यो हस्तक्षेप हुनेछ । जनमानसको सहयोगमा हुने बाहृय दबाबलाई कहिल्यै हस्तक्षेप भन्न मिल्दैन । हामीलाई यस्तो लाग्दछ । जनताले हस्तक्षेप भन्दैनन् ।
जब भारतीय राजनीतिक नेताहरू नेपाल आउँछन् लोकतान्त्रिक आन्दोलनको र्समर्थन जनाउन, नेपालको ९९ प्रतिशत जनता यसलाई हस्तक्षेप मान्दैनन् । यो त सौहार्दपर्ूण्ा सहयोगको रूपमा लिन्छन् । उता, अशोक सिंघल जस्ता हिन्दू अतिवादी नेपाल आउँदा राजाले उनको स्वागत गर्दछन् । सिंघलले हिन्दूका सम्राट भन्दा चाहिँ हस्तक्षेप नहुने, तर भारतीय नेताहरूले लोकतन्त्रको पक्षमा बोल्दा चाहिँ हस्तक्षेप रे ! तर्सथ, जनताको आक्रोश भारततर्फहोइन, राजातर्फमोडिएको छ ।

मनमोहन सिंहलाई भेट्ने मौका मिले के भन्नुहुन्थ्यो ?
पहिला त 'टू-पिलर थ्यौरी' को परिवर्तन । नेपाली जनताले राजसंस्थासँग सम्बन्ध अन्त्य गर्न खोजिरहेको बेला तपाईंले पनि त्यस्तै गर्नुपर्छ  । दोस्रो, भारतका कारागारमा रहेका हाम्रा कामरेडहरूको रिहा । हामी सच्चा बहुदलीय लोकतन्त्रलाई लडिरहेछौँ, उता हाम्रा कामरेड जेलमा बन्दी छन्, पटनामा, सिलीगुडीमा र चेन्नइमा । भारतले उहाँहरूलाई रिहा गरे एउटा सन्देश जानेथियो । यदि भारतलाई नक्सलवादी आन्दोलनले कठिनाई पारेको छ भने हामीले त नेपालका समस्यालाई मौलिक तरिकाले ग्रहण गरिरहेका छौँ  । हाम्रा कामरेडहरूलाई रिहा गरिएमा र हामीले नेपालमा बहुदलीय लोकतन्त्र बहाली गर्न सफल भए भारतको नक्सलवादी आन्दोलनलाई पनि ठूलो सन्देश जानेथियो  । भन्नुको तार्त्पर्य, उनीहरूलाई पनि नयाँ राजनीतिक विचारतर्फउन्मुख हुन जग बसालिन्थ्यो । यो भनेर मात्र पुग्दैन, हामीले लोकतन्त्र स्थापना गरेर नै देखाउनु परेको छ । फेरि, नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसक्दा भारत र नेपालबीच रहिआएका ऐतिहासिक शङ्का-उपशङ्का पनि सदाका लागि समाप्त हुनेछन् । यी सब कारणहरूले गर्दा तपाईंहरूले नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनलाई सशक्त सहयोग गर्नुपर्छ ।

अमेरिका राजातर्फलचिलो हुनु पछाडिको रहस्य के हो ?
नेपालमा के होला भन्ने उनीहरूको चिन्ता छैन । बरु उनीहरूको रणनीति भारतीय र चिनियाँ जनमानस र राज्यको खिलाफ लक्षित छ । अमेरिकाको एउटा बृहत् 'स्ट्राटिजी' छ, जसअर्न्तर्गत बुशले भारत र चीनलाई आर्थिक शक्तिहरू र 'थ्रेट' को रूपमा लिएका छन् । शायद यी दर्ुइ राष्ट्रबीच रहेको नेपाललाई अमेरिकाले आफ्नो कदममा कदम मिलाओस् भन्ने चाहन्छ । तर्सथ, अमेरिकाले रणनीतिक हिसाबले नेपाललाई हेरेको छ । यहाँ उनीहरूको आर्थिक आकांक्षा केही छैन । राजनीतिक नियन्त्रण चाहन्छन् उनीहरू, जसको लागि राजालाई बलियो पार्न चाहन्छन् ।

कोही भन्छन् नि, भारतले अप्ठेरो पारे राजा चीनतर्फढल्कन्छन् ?
यसअघि हामीलाई शङ्का थियो कि चीनले राजालाई आड दिएको छ, र स्थितिको फाइदा लिन कोशिश गर्नेछ । तर हाम्रो विश्लेषणले के निष्कर्षा पुर्‍यायो भने चीनले त्यस्तो भूमिका निर्वाह गर्ने छैन । आखिर चीनको भारतसँगको सम्बन्ध सप्रँदो छ, र राजालाई सहयोग गरेर यो क्रम विथोल्न चाहँदैन  । अहिले आएर हर्ेदा हाम्रो विश्लेषण ठीक ठहरियो । हालै भारतीय विदेशसचिव श्यामशरण बेइजिङ गएर वार्ता गरिसक्दा, केही दिनपछि, पहिलोपल्ट चिनियाँ सरकारले वक्तव्य जारी गर्दै नेपालभित्रको अवस्थाबाट चिन्तित भएको र यसको संवेदनशील समाधान चाहिएको बतायो । त्यति बेलासम्म बेइजिङले नेपालभित्रको घटनाक्रमलाई सधैँ 'आन्तरिक मामिला' भन्दै आएको थियो । आज राजासँग सम्बन्ध सपार्न चीनले भारतलाई रिस उठाउन खोज्दैन । हाम्रो विश्लेषण यही हो  । र, यस्तो पनि देखिन्छ कि भारत र चीन नेपालप्रति साझा नीति राख्दैछन्  । साँच्चै नै त्यस्तो साझा नीतिको खाँचो छ । चीन र भारतसँगै काम नगर्ने हो भने आज मात्र होइन भविष्यमा पनि समस्या रहनेछ ।

तपाईं र बाबुराम भट्टर्राईबीचको गत वर्षउत्पन्न भएको विवाद अब टुङ्गयिो त ?
समस्या त उत्पन्न भएको हो, तर हामीले यसरी समाधान गर्‍यौँ कि आज हाम्रो पार्टर्ीीहिलाभन्दा मजबूत भएको छ । फेरि मिडियामा आएको जस्तो पनि थिएन हाम्रो मतभिन्नता । बीसौँ शताब्दीलाई कसरी मूल्याङ्कन गर्ने भनेर हामीले सैद्धान्तिक बहस गरेको हो । किन कम्युनिष्ट आन्दोलनसामु त्यत्रा ठूला अवरोध आए - किन रूसी क्रान्तिलाई प्रति-क्रान्तिले फितलो तुल्याइदियो  - किन चीनले पनि त्यही बाटो लियो - यो त केन्द्रीय समितिमा धेरै वर्षेखिको बहसको विषय थियो । पार्टर्ीीभत्र माडी घटनाजस्तो समस्याबारे विभिन्न मत राख्नेहरूबीच भविष्यलाई हेरेर सामञ्जस्य तुल्याउनुथियो । बहसको औचित्य पनि यही थियो । तर यो सब हुँदाहुँदै उता १९ माघ हुन गयो । त्यसो नहुँदो हो त यो विवादबाट यसरी 'प्रोपोगण्डा' मच्चिने थिएन । राजाले शासन हातमा लिनु र हाम्रो पार्टर्ीीभत्र विवाद चर्किनु एकै समयमा हुनपुग्यो  ।

तपाईंको पार्टर्ीीत्र र्'पर्सन्यालिटी कल्ट' बारे प्रश्न पनि त उठेको थियो नि ?
त्यो त हो, तर के कुरा प्रस्ट पारौँ भने डा. भट्टर्राई र मेरोबीच नेतृत्वको बारेमा विवाद भएकै होइन । उहाँले मेरो नेतृत्वलाई कहिल्यै चुनौती दिनुभएको छैन । यो विषय व्यक्तिगत विमतिको कुरा नै होइन । सैद्धान्तिक र वैचारिक विषयमा अब लिनुपर्ने बाटोबारे केही मतभिन्नता भएको हो । र, यो विवादको अगस्ट महिनामा रोल्पामा भएको प्लेनम्ले निराकरण गर्‍यो । त्यसपछि हाम्रो एकता अझै मजबूत भएको छ ।

नेतृत्वको प्रश्नमा म के भन्न चाहन्छु भने हाम्रो पार्टर्ीी१ औँ शताब्दीको पहिलो दल हुनेछ जसले २० औँ शताब्दीमा अड्किन गएको गाँठोलाई फुकालेर अगाडि बढ्नेछ । हाम्रो प्लेनम्मा राजनीतिक शक्ति र नेतृत्वबारेमा प्रस्ताव राख्यौँ, कि जब हामी राज्यसत्ताका लागि लड्छौँ या पुग्छौँ, स्टालिन या माओले गरेजस्तो हामी गर्दैनौँ । लेनिनले त शक्तिको विषयलाई नियाल्न समय पनि पाएनन् । स्टालिन क्रान्तिकारी त थिए, तर उनको तरिका हुनुपर्ने जति वैज्ञानिक थिएन, बस अलिकति 'मेटाफिसिकल' जसले समस्या निम्त्यायो । हामीले प्लेनम्मा माओको पनि मूल्याङ्कन गर्‍यौँ । सन् १९३५ देखि १९७६ सम्मको उनको युवावस्थादेखिको बोल्न समेत कठिन हुँदाको वृद्धावस्थालाई हर्ेर्ने हो भने के उनी सधैँ अध्यक्ष भएर सबै निर्ण्र्ाागर्न उचित थियो त - हामीले यो सब अध्ययन गरेर निर्ण्र्ाालियौँ कि जब हामीलाई राज्यशक्ति प्राप्त हुन्छ, हाम्रो पूरै नेतृत्वपंक्ति दैनिक राज्य सञ्चालनमा रहने छैन । म मात्र होइन, पूरै टीम, डा. बाबुराम भट्टर्राई, बादल, महरा, अरू जो सङ्र्घष्ाको सर्न्दर्भमा नेतृत्वपंक्तिमा पुगे  । जब हामी काठमाडौँ जान्छौँ, हामी शक्ति बाँडफाँडको दैनिकीमा लाग्ने छैनौँ । त्यो हामी नयाँ पुस्तालाई छाडिदिनेछौँ, जसलाई हामी प्रशिक्षण दिनेछौँ । नेतृत्वको हकमा यो बढी वैज्ञानिक तरिका हो । यसो नगर्ने हो भने स्थिति अन्तझैँ यहाँ पनि त्यस्तै हुन्छ, स्टालिन या माओ जबसम्म ज्यँूदा हुन्छन् त्यति समयका लागि मात्र उनीहरूको क्रान्ति पनि ज्यूँदो हुन्छ ।

तपाईंहरूको बहुदलीय प्रणालीको तर्क भारतका माओवादीहरूलाई कहाँसम्म लागू हुन्छ ?
हाम्रो विचारमा यो उनीहरूमा पनि लागू हुन्छ । यसबारे हामी बहस चलाउन चाहन्छौँ । उहाँहरूले यो बुझेर यही बाटो लिनु उचित छ । नेतृत्वको कुरा भन्नुस् यो बहुदलीय प्रणाली, अझ बहुदलीय प्रतिस्पर्धा, भारतमा आफूलाई क्रान्तिकारी भन्नेहरूले यी विषयबारे चिन्तन गर्नु र यो दिशातर्फजानु जरुरी छ । क्रान्तिकारीहरूले सैद्धान्तिक विकासको आवश्यकताबारे नसोच्ने हो भने अगाडि बढ्ने अवस्था रहँदैन ।