अर्थ | बजार
नेपालमै बन्न थाले किफायती चिम
'उर्जा बचत गर्नु नै ऊर्जा उत्पादन गर्नुसरह हो' भन्ने
अवधारणाका साथ ललितपुरस्थित रोशनी ल्याम्प इण्डष्ट्री प्रा.लि.ले कम
ऊर्जा खपत गर्ने चिम तथा ट्युबको उत्पादन शुरु गरेको छ । रोशनीका चिम
तथा ट्युब प्रयोग गर्दा ८० प्रतिशतसम्म ऊर्जा बचत हुने दाबी गरिएको
छ । रोशनीको २० वाटको ट्युबले प्रचलित १०० वाट चिम बराबरको उज्यालो
प्रदान गर्न सक्छ । ८ देखि २३ वाटसम्मका विभिन्न प्रकारका यी चिम तथा
ट्युबमा कम्पनीले एक वर्षम्मको ग्यारेन्टी दिएको छ ।
पानी शुद्ध पार्ने 'प्योरजेन'
प्योरजेन टेक्नोलोजी -अमेरिका) द्वारा निर्मित पानी
शुद्ध पार्ने उपकरण प्योरजेन नेपालको बजारमा आइपुगेको छ । 'रिभर्स
अस्मोसिस' प्रविधियुक्त यो उपकरणले पानीबाट जैविक, रसायन, धातुलगायत
स्वास्थ्यलाई प्रतिकूल असर गर्ने अन्य तत्व समेत हटाउने हुँदा पिउने
पानी उमाल्नु र फिल्टर गरिरहनु नपर्ने जानकारी नेपालका लागि अधिकृत
बिक्रेता गौतम बुद्ध इन्टरनेशनलले दिएको छ । दिनभरिमा १६० लिटरसम्म
पानी शुद्ध गर्नसक्ने प्योरजेन को उपभोक्ता मूल्य रु.१७,९६७ तोकिएको
छ ।
०% व्याजदरमा बजाज सीटी-१००
नेपालमा बजाजको अधिकृत बिक्रेता हंसराज एण्ड हुलासचन्द
कम्पनीले ०% व्याजदरमा बजाज सीटी-१०० उपलब्ध गराउने योजना र्सार्वजनिक
गरेको छ । यस योजनाअर्न्तर्गत शुरुमा रु.९,९०० र २४ महिनासम्म मासिक
रु.३,५४२ तिर्ने गरी किस्ताबन्दीमा उक्त मोटरसाइकल चढ्न सकिन्छ । प्रति
लिटर १०८ किमी गुड््ने दाबी गरिएको बजाज सीटी-१०० को खरीदमा दर्ुइ
वर्षो वारेण्टी तथा पाँच वर्षम्म प्रिm र्सर्भिसिङ सेवा पनि उपलब्ध
छ ।
हेल्दी फुड्सको फ्रेस ओभन कुकिज
हेल्दी फुड््सले नयाँ स्वादका फ्रेस ओभन कुकिज बजारमा
ल्याएको छ । नरिवल, कटहर र जीराको स्वादमा उपलब्ध यी कुकिज शतप्रतिशत
शाहाकारी हुने दाबी कम्पनीको छ । २०० ग्रामको प्याकेटमा उपलब्ध फ्रेस
ओभन कुकिज को उपभोक्ता मूल्य रु.२५ पर्छ ।
साबुनसँग डिटरजेन्ट सित्तैँ
डालिमा साबुनको उत्पादक भगवती सोप इण्डष्ट्रिजले प्रत्येक
डालिमा साबुनको खरीदमा डालिमा डिटरजेन्ट पाउडर को एक प्याकेट सित्तैँमा
प्रदान गर्ने बिक्री पर््रवर्द्धनको नयाँ योजना शुरु गरेको छ ।
हुलास रेमिट्यान्स पनि वेर्स्र्टन युनियनसँग
नेपालीहरूले विदेशमा गरेको कमाई नेपाल भित्र्याउने
व्यावसायिक अभियानमा अब गोल्छा समूह पनि सामेल भएको छ । यसनिम्ति हालसालै
स्थापित हुलास रेमिट्यान्स वेर्स्र्टन युनियन फाइनान्सियल र्सर्भिससँग
आवद्ध भएको छ । सीता ट्राभल्स, अन्नपर्ूण्ा ट्राभल्स, नबिल ब्याङ्क
तथा सीजी फिन्कोसँग समेत आबद्ध वेर्स्र्टन युनियनले हुलास रेमिट्यान्स
मार्फ् अझ बढी सशक्त ढङ्गबाट ग्राहकमाझ पुग्ने लक्ष्य राखेको जानकारी
दिइएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा १८ प्रतिशत योगदान गरिरहेको
रेमिट्यान्समध्ये ब्याङ्कङि माध्यमबाट ७५ करोड र अन्य तरिकाबाट ७०
करोड अमेरिकी डलर बर्सर्ेे नेपाल भित्रिने गरेको अनुमान छ ।
नयाँ प्रविधिको ढोका र हाजिरीप्रणाली
अमेरिकामा अनुसन्धान तथा विकासकेन्द्र रहेको सेन्चुरी
मेन कम्पनी लिमिटेडको अधिकृत बिक्रेता हारती कम्प्युटर र्सर्भिसेस
प्रा.लि.ले औँलाको छाप र चुम्बकीय कार्डको माध्यमबाट सञ्चालन हुने
दर्ुइ नयाँ प्रविधि बजारमा ल्याएको छ । यस अर्न्तर्गत सबै किसिमको
कार्यालयलाई उपयोगी हुनसक्ने औँलाको छाप पढेर लगत राख्न मिल्ने हाजिरीप्रणाली
र चुम्बकीय कार्डद्वारा खोल्न-बन्द गर्न सकिने विद्युतीय ढोका छन्
। उक्त हाजिरीप्रणालीको माध्यमबाट कर्मचारीको व्यक्तिगत अभिलेख सिधै
कम्प्युटरमा सङ्ग्रहीत हुने भएकोले कालान्तरमा पनि पुराना अभिलेख सहजै
निकाल्न र पढ्न सकिने तथा निश्चित कार्डमार्फ् मात्र सञ्चालित हुने
विद्युतीय ढोकाले संवेदनशील स्थानहरूमा विशेष सुरक्षा प्रदान गर्ने
दाबी कम्पनीको छ ।
|