टिप्पणी | सामुदायिक विद्यालय
समुदायको आर्श्चर्यलाग्दो सफलता
•
सकेन ओहासी
हिमाल आरोहणमा प्रख्यात
शेर्पो तथा युद्धमैदानमा बहादुर गोर्खालीहरूको मुलुकको अन्तर्रर्ााट्रय
पहिचान बोकेको छ नेपालले । नेपालीहरूको लगनशीलता र क्षमताका यस्तै
गुणले गर्दा आजसम्म संसारभरि यस मुलुकको छवि उज्वल छ । तर नीति तथा
कार्यक्रम कार्यान्वयनको सवालमा भने नेपालको त्यो छवि केही धमिलिएको
देखिन्छ । धेरै नयाँ र राम्रा नीतिहरू सहीढङ्गले कार्यान्वयन हुनुअगावै
'असफल' भएका छन् ।
शिक्षा ऐनमा सातौँ संशोधनको आधारमा आर्थिक वर्ष२०५९/०६०
देखि सरकारी विद्यालयहरूलाई सामुदायिक व्यवस्थापनमा सुम्पन थालियो
। पहिलो वर्ष९५ वटा विद्यालयहरू समुदायलाई सुम्पिइएको थियो भने दोस्रो
वर्षजम्मा एक हजार र तेस्रो वर्ष-आ.व. २०६१/०६२) दर्ुइ हजारभन्दा केही
बढी हुनपुग्यो । तर यो सङ्ख्या कुल २१ हजार सरकारी विद्यालयको १० प्रतिशत
मात्र हो । २०६२/०६३ मा सरकारी विद्यालय समुदायलाई हस्तान्तरण गर्ने
क्रम निकै घटेको छ ।
गत वर्षेखि धेरै ठाउँमा स्थानीय माओवादीले समुदायहरूलाई
विद्यालय व्यवस्थापनको जिम्मा नलिन र जिम्मा लिइसकेका विद्यालय सरकारलाई
नै फिर्ता गर्न चेतावनी दिँदै आएका छन् । विद्यालयहरू समुदायलाई हस्तान्तरण
गरेर सरकार आफूले उपलब्ध गराउँदै आएको सहयोग बन्द गर्ने चालबाजी गर्दैछ
भन्ने माओवादीहरूको आरोप छ । केही शिक्षक समूहबीच समेत यस्तै कुरा
चल्ने गरेको छ । यसबाट अधिकांश समुदायमा पनि भ्रम र चिन्ता छाएको देखिन्छ
।
| सूचकाङ्क |
२०६०/६१ |
२०६१/६२ |
| विद्यालयसम्म पहुँच नभएका प्राथमिक उमेर समूहका बालबालिका
|
२०.४ |
८.० |
| विद्यालयसम्म पहुँच नभएका प्राथमिक उमेर समूहका बालिका |
२२.४ |
८.७ |
| विद्यालयसम्म पहुँच नभएका प्राथमिक उमेर समूहका दलित बालबालिका |
२८.९ |
१.१ |
| प्राथमिक कक्षा छाड्ने र दोहोर्याउने दर |
१३.७ |
९.५ |
| माध्यमिक कक्षा पुगेपछि छाड्ने र दोहोर्याउने दर |
८.९ |
४.६ |
स्रोतः प्रिलिमिनरी रिजल्ट्स फर्म द एसएमसी र्सर्भे
|
वास्तविकता के हो त - प्राथमिक विद्यालयहरूलाई आर्थिक
सहयोग गर्ने जिम्मेवारीबाट सरकार उम्कन खोज्दैछ भन्ने कुरालाई पुष्टि
गर्ने आधारहरू भेटिँदैनन् । आ.व. २०५८/०५९ मा प्राथमिक विद्यालयहरूका
लागि छुट्याइएको कुल बजेटको ८.७ प्रतिशत रकम २०६२/०६३ मा ९.३ प्रतिशत
पुर्याइएको छ । यो रकम कुल विनियोजनको ४२ प्रतिशतले बढेको छ । यस्तो
रकम धेरथोर समुदायमा हस्तान्तरण गरिएका विद्यालयहरूमै वृद्धि भएको
देखिन्छ । यीबाहेक, समुदायबाटै स्थापित र सरकारी सहयोगविना सञ्चालित
अरू दर्ुइ हजार विद्यालयले पनि २०६०/०६१ मा एक जना र २०६१/०६२ देखि
दर्ुइ जना शिक्षक राख्नको लागि अनुदान पाउन थालेका छन् । यस्ता विद्यालयहरूलाई
क्रमैसँग आर्थिक सहयोग उपलब्ध गराएर सरकारी सहयोग पाउने विद्यालयहरूकै
पंक्तिमा उभ्याउने सरकारको योजना रहेछ । यसबाट सरकार प्राथमिक विद्यालय
शिक्षामा गरिने लगानीको दायित्वबाट पछि हट्ने प्रयत्न गरिरहेको छैन
भन्ने नै देखिन्छ ।
यहीबेला, सरकारले शिक्षा ऐन र नियममा विद्यालय व्यवस्थापन
समितिले शिक्षक भर्ना र बर्खास्त गर्न समेत सक्ने व्यवस्था गरेर समितिहरूलाई
अधिकारसम्पन्न बनाएको छ । यसबाट के प्रस्ट हुन्छ भने सरकार शिक्षामा
र्सार्वजनिक-निजी साझेदारी बढाउने कुरामा गम्भीर छ, जसअर्न्तर्गत सरकारले
विद्यालयहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनेछ, समुदायहरूले तिनको व्यवस्थापन
हर्ेर्नेछन् ।
त्यसोभए, के यो नयाँ अवधारणाले काम गरिरहेको छ त - हालसालै गरिएको
३३ वटा विद्यालय व्यवस्थापनको जिम्मेवारी दिइएका १० हजार परिवारमा
आधारित एउटा र्सर्वेक्षणले केही सङ्केत दिएको हो भने, विद्यालयको सामुदायिक
व्यवस्थापनले असाधारण परिवर्तन ल्याएको देखिन्छ ।
र्सर्वेक्षणका केही परिणामः
सानै भएपनि कार्यक्रमले ल्याएको परिवर्तनलाई लेखबद्ध गर्ने यो पहिलो
र्सर्वेक्षण थियो । र्सर्वेक्षण विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालित
सामुदायिक विद्यालय सहयोग परियोजना अर्न्तर्गत केही अनुदान वितरण भएका
विद्यालयमा गरिएको थियो । यो सहयोग तिनमा नयाँ भर्ना बढाउन र विद्यालय
छाड्ने दर घटाउन सफल देखिएको छ । कसैकसैले विद्यालय व्यवस्थापन समितिहरूले
र्सर्वेक्षणको नतिजालाई आफ्नो अनुकूल पार्ने प्रयास गरेको हुनसक्ने
शङ्का गर्न सक्छन् । तर यो र्सर्वेक्षण घरघरमा गएर गरिएकोले त्यसमा
दिइएको जवाफलाई सजिलै परीक्षण गर्न सकिन्छ । कार्यसम्पादन गरेबापत
दिइने भुक्तानीको लागि पनि नभएकोले यसको नतिजा भरपर्दो मान्न सकिन्छ
। र्सर्वेक्षणको परिणामले सानो सहयोग र समुदायको प्रयासले शिक्षाको
विकासमा ठूलो सुधार ल्याउन सक्दोरहेछ भन्ने देखाएको छ । समुदायले व्यवस्थापन
गरेका विद्यालयहरूसँग सम्बन्धित अगुवाहरूले पनि यो नतिजालाई अस्वाभाविक
मानेका छैनन् ।
नेपालको शिक्षा प्रणालीका लागि यो निकै सुखद समाचार
हो । कार्यक्रमबाट आशा गरिएभन्दा राम्रो उपलब्धि भएको देख्दा म अचम्भित
छु । नेपालको विकास प्रयासका लागि यो साँच्चै नै उत्साहवर्द्धक छ ।
राजनीतिक सङ्कट र व्रि्रोहका कारण विकास कार्यक्रमहरूले चुनौतीपर्ूण्ा
अवस्थाबाट गुज्रिरहनु परेको बेला समुदायको नेतृत्वमा सञ्चालित विकास
योजना र कार्यक्रमहरू तथा समुदायमा आधारित विकास अवधारणा सफल भएका
प्रमाणको रूपमा यसलाई लिन सकिन्छ ।
विद्यालयको सामुदायिक व्यवस्थापन यस्तै अवधारणाको एउटा
उदाहरण हो । यसले श्री ५ को सरकारले आफ्नो सहयोग विस्तार गर्नसक्ने
समुदायमा आधारित कार्यक्रमको क्षेत्र अरू फराकिलो पारिदिएको छ । यसबाहेक
गरीबी निवारण कोष, ग्रामीण खानेपानी -फण्ड बोर्ड र अन्य कार्यक्रमबाट
सञ्चालित), वैकल्पिक ऊर्जा विकास -वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्र),
ग्रामीण विद्युतीकरण -सामुदायिक विद्युतीकरण कार्यक्रम), माइक्रो क्रेडिट
योजना -ग्रामीण माइक्रो फाइनान्स विकास केन्द्र), आदि पनि समुदायमा
आधारित भएर चल्ने हुन सक्छन् ।
सरकारद्वारा सञ्चालित समुदायमा आधारित यस्ता कार्यक्रमको
नियतलाई लिएर गलत सूचना प्रवाह गर्ने अनुत्पादक खेल भने जारी छ र शिक्षा
तथा खेलकुद मन्त्रालयले त्यस्तो अभियानलाई दृढतापर्ूवक जवाफ दिनसकेको
छैन । समुदायमा आधारित व्यवस्थापनको अवधारणाबारे अझै धेरै समुदाय अन्यौलमा
छन् र केही पर्यवेक्षकहरू यस्तो सुधार कार्यक्रम अब धेरै अगाडि नबढ्ने
कुरा गर्दैछन् । तर, समुदायले जिम्मा लिएका धेरैजसो विद्यालय व्यवस्थापनको
नतिजा प्रभावशाली देखिएको छ । तिनले पनि उनै शर्ेपा र गोर्खालीहरूले
झैँ नेपालको प्रतिष्ठालाई माथि उठाउने छन् । र, यसले विवादास्पद सूचनाबाट
अन्यौलमा परेका अन्य समुदायहरूलाई पनि सामुदायिक विकासको नेतृत्व लिन
सहयोग पुर्याउनेछ ।
(ओहासी विश्व ब्याङ्कको नेपालस्थित कार्यालयका प्रमुख
हुन् ।)
|