हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी | सामुदायिक विद्यालय

समुदायको आर्श्चर्यलाग्दो सफलता

सकेन ओहासी

हिमाल आरोहणमा प्रख्यात शेर्पो तथा युद्धमैदानमा बहादुर गोर्खालीहरूको मुलुकको अन्तर्रर्ााट्रय पहिचान बोकेको छ नेपालले । नेपालीहरूको लगनशीलता र क्षमताका यस्तै गुणले गर्दा आजसम्म संसारभरि यस मुलुकको छवि उज्वल छ । तर नीति तथा कार्यक्रम कार्यान्वयनको सवालमा भने नेपालको त्यो छवि केही धमिलिएको देखिन्छ । धेरै नयाँ र राम्रा नीतिहरू सहीढङ्गले कार्यान्वयन हुनुअगावै 'असफल' भएका छन् ।

शिक्षा ऐनमा सातौँ संशोधनको आधारमा आर्थिक वर्ष२०५९/०६० देखि सरकारी विद्यालयहरूलाई सामुदायिक व्यवस्थापनमा सुम्पन थालियो  । पहिलो वर्ष९५ वटा विद्यालयहरू समुदायलाई सुम्पिइएको थियो भने दोस्रो वर्षजम्मा एक हजार र तेस्रो वर्ष-आ.व. २०६१/०६२) दर्ुइ हजारभन्दा केही बढी हुनपुग्यो । तर यो सङ्ख्या कुल २१ हजार सरकारी विद्यालयको १० प्रतिशत मात्र हो । २०६२/०६३ मा सरकारी विद्यालय समुदायलाई हस्तान्तरण गर्ने क्रम निकै घटेको छ ।

गत वर्षेखि धेरै ठाउँमा स्थानीय माओवादीले समुदायहरूलाई विद्यालय व्यवस्थापनको जिम्मा नलिन र जिम्मा लिइसकेका विद्यालय सरकारलाई नै फिर्ता गर्न चेतावनी दिँदै आएका छन् । विद्यालयहरू समुदायलाई हस्तान्तरण गरेर सरकार आफूले उपलब्ध गराउँदै आएको सहयोग बन्द गर्ने चालबाजी गर्दैछ भन्ने माओवादीहरूको आरोप छ । केही शिक्षक समूहबीच समेत यस्तै कुरा चल्ने गरेको छ । यसबाट अधिकांश समुदायमा पनि भ्रम र चिन्ता छाएको देखिन्छ  ।

सूचकाङ्क २०६०/६१ २०६१/६२
विद्यालयसम्म पहुँच नभएका प्राथमिक उमेर समूहका बालबालिका २०.४ ८.०
विद्यालयसम्म पहुँच नभएका प्राथमिक उमेर समूहका बालिका २२.४ ८.७
विद्यालयसम्म पहुँच नभएका प्राथमिक उमेर समूहका दलित बालबालिका २८.९ १.१
प्राथमिक कक्षा छाड्ने र दोहोर्‍याउने दर १३.७ ९.५
माध्यमिक कक्षा पुगेपछि छाड्ने र दोहोर्‍याउने दर ८.९ ४.६

स्रोतः प्रिलिमिनरी रिजल्ट्स फर्म द एसएमसी र्सर्भे

वास्तविकता के हो त - प्राथमिक विद्यालयहरूलाई आर्थिक सहयोग गर्ने जिम्मेवारीबाट सरकार उम्कन खोज्दैछ भन्ने कुरालाई पुष्टि गर्ने आधारहरू भेटिँदैनन् । आ.व. २०५८/०५९ मा प्राथमिक विद्यालयहरूका लागि छुट्याइएको कुल बजेटको ८.७ प्रतिशत रकम २०६२/०६३ मा ९.३ प्रतिशत पुर्‍याइएको छ । यो रकम कुल विनियोजनको ४२ प्रतिशतले बढेको छ । यस्तो रकम धेरथोर समुदायमा हस्तान्तरण गरिएका विद्यालयहरूमै वृद्धि भएको देखिन्छ । यीबाहेक, समुदायबाटै स्थापित र सरकारी सहयोगविना सञ्चालित अरू दर्ुइ हजार विद्यालयले पनि २०६०/०६१ मा एक जना र २०६१/०६२ देखि दर्ुइ जना शिक्षक राख्नको लागि अनुदान पाउन थालेका छन् । यस्ता विद्यालयहरूलाई क्रमैसँग आर्थिक सहयोग उपलब्ध गराएर सरकारी सहयोग पाउने विद्यालयहरूकै पंक्तिमा उभ्याउने सरकारको योजना रहेछ । यसबाट सरकार प्राथमिक विद्यालय शिक्षामा गरिने लगानीको दायित्वबाट पछि हट्ने प्रयत्न गरिरहेको छैन भन्ने नै देखिन्छ ।

यहीबेला, सरकारले शिक्षा ऐन र नियममा विद्यालय व्यवस्थापन समितिले शिक्षक भर्ना र बर्खास्त गर्न समेत सक्ने व्यवस्था गरेर समितिहरूलाई अधिकारसम्पन्न बनाएको छ । यसबाट के प्रस्ट हुन्छ भने सरकार शिक्षामा र्सार्वजनिक-निजी साझेदारी बढाउने कुरामा गम्भीर छ, जसअर्न्तर्गत सरकारले विद्यालयहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनेछ, समुदायहरूले तिनको व्यवस्थापन हर्ेर्नेछन् ।
त्यसोभए, के यो नयाँ अवधारणाले काम गरिरहेको छ त - हालसालै गरिएको ३३ वटा विद्यालय व्यवस्थापनको जिम्मेवारी दिइएका १० हजार परिवारमा आधारित एउटा र्सर्वेक्षणले केही सङ्केत दिएको हो भने, विद्यालयको सामुदायिक व्यवस्थापनले असाधारण परिवर्तन ल्याएको देखिन्छ ।

र्सर्वेक्षणका केही परिणामः
सानै भएपनि कार्यक्रमले ल्याएको परिवर्तनलाई लेखबद्ध गर्ने यो पहिलो र्सर्वेक्षण थियो । र्सर्वेक्षण विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक विद्यालय सहयोग परियोजना अर्न्तर्गत केही अनुदान वितरण भएका विद्यालयमा गरिएको थियो । यो सहयोग तिनमा नयाँ भर्ना बढाउन र विद्यालय छाड्ने दर घटाउन सफल देखिएको छ । कसैकसैले विद्यालय व्यवस्थापन समितिहरूले र्सर्वेक्षणको नतिजालाई आफ्नो अनुकूल पार्ने प्रयास गरेको हुनसक्ने शङ्का गर्न सक्छन् । तर यो र्सर्वेक्षण घरघरमा गएर गरिएकोले त्यसमा दिइएको जवाफलाई सजिलै परीक्षण गर्न सकिन्छ । कार्यसम्पादन गरेबापत दिइने भुक्तानीको लागि पनि नभएकोले यसको नतिजा भरपर्दो मान्न सकिन्छ  । र्सर्वेक्षणको परिणामले सानो सहयोग र समुदायको प्रयासले शिक्षाको विकासमा ठूलो सुधार ल्याउन सक्दोरहेछ भन्ने देखाएको छ । समुदायले व्यवस्थापन गरेका विद्यालयहरूसँग सम्बन्धित अगुवाहरूले पनि यो नतिजालाई अस्वाभाविक मानेका छैनन् ।

नेपालको शिक्षा प्रणालीका लागि यो निकै सुखद समाचार हो । कार्यक्रमबाट आशा गरिएभन्दा राम्रो उपलब्धि भएको देख्दा म अचम्भित छु । नेपालको विकास प्रयासका लागि यो साँच्चै नै उत्साहवर्द्धक छ । राजनीतिक सङ्कट र व्रि्रोहका कारण विकास कार्यक्रमहरूले चुनौतीपर्ूण्ा अवस्थाबाट गुज्रिरहनु परेको बेला समुदायको नेतृत्वमा सञ्चालित विकास योजना र कार्यक्रमहरू तथा समुदायमा आधारित विकास अवधारणा सफल भएका प्रमाणको रूपमा यसलाई लिन सकिन्छ ।

विद्यालयको सामुदायिक व्यवस्थापन यस्तै अवधारणाको एउटा उदाहरण हो । यसले श्री ५ को सरकारले आफ्नो सहयोग विस्तार गर्नसक्ने समुदायमा आधारित कार्यक्रमको क्षेत्र अरू फराकिलो पारिदिएको छ । यसबाहेक गरीबी निवारण कोष, ग्रामीण खानेपानी -फण्ड बोर्ड र अन्य कार्यक्रमबाट सञ्चालित), वैकल्पिक ऊर्जा विकास -वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्र), ग्रामीण विद्युतीकरण -सामुदायिक विद्युतीकरण कार्यक्रम), माइक्रो क्रेडिट योजना -ग्रामीण माइक्रो फाइनान्स विकास केन्द्र), आदि पनि समुदायमा आधारित भएर चल्ने हुन सक्छन् ।

सरकारद्वारा सञ्चालित समुदायमा आधारित यस्ता कार्यक्रमको नियतलाई लिएर गलत सूचना प्रवाह गर्ने अनुत्पादक खेल भने जारी छ र शिक्षा तथा खेलकुद मन्त्रालयले त्यस्तो अभियानलाई दृढतापर्ूवक जवाफ दिनसकेको छैन । समुदायमा आधारित व्यवस्थापनको अवधारणाबारे अझै धेरै समुदाय अन्यौलमा छन् र केही पर्यवेक्षकहरू यस्तो सुधार कार्यक्रम अब धेरै अगाडि नबढ्ने कुरा गर्दैछन् । तर, समुदायले जिम्मा लिएका धेरैजसो विद्यालय व्यवस्थापनको नतिजा प्रभावशाली देखिएको छ । तिनले पनि उनै शर्ेपा र गोर्खालीहरूले झैँ नेपालको प्रतिष्ठालाई माथि उठाउने छन् । र, यसले विवादास्पद सूचनाबाट अन्यौलमा परेका अन्य समुदायहरूलाई पनि सामुदायिक विकासको नेतृत्व लिन सहयोग पुर्‍याउनेछ ।

(ओहासी विश्व ब्याङ्कको नेपालस्थित कार्यालयका प्रमुख हुन् ।)