स्थलगत
चिहान खोतल्ने सुरसार
माओवादी 'जनसेना' र सरकारी शाही सेनाको ज्यादतीले
मर्माहत पश्चिम पहाडका र्सवसाधारण भन्छन्, "नानीहरू सपनामा पनि
तर्सन्छन् ।"
•
जेवी पुन मगर

तस्बिरहरूः जेवी पुन |
| सेनाले माओवादीलाई गोली हानेको देखेकी थानपति
प्रावि कक्षा ४ की विद्यार्थी सीमा |
१६ माघमा
स्याङ्जाको किचनास खैरिकोटस्थित थानपति प्रावि गएका मानवअधिकारकर्मीको
टोलीलाई देखेर विद्यार्थीले कोकोहोलो गरे । झोला बोकेर आएका मानवअधिकारकर्मीलाई
माओवादी ठानेर ती विद्यार्थी डराएका थिए । २८ पुसमा तेस्रो घण्टीको
पढाइ शुरु हुनलाग्दा चित्रेभञ्ज्याङबाट सेनाले खेद्दै आएका माओवादी
छापामारहरू हेलिकप्टरको आक्रमणबाट बच्न कक्षाकोठामा छिरेका थिए । त्यत्तिबेला
कक्षा चारमा पढाइरहेकी शिक्षिका इन्द्रकला गुरुङले भनिन्, "मैले
विद्यालयमा नपस्नोस् बच्चालाई असर पर्छ भनेँ, तर उनीहरूले विद्यालयमा
केही गर्दैनन् नडराउनुहोस् भने । स्कूल वरिपरि दर्ुइ वटा हेलिकप्टर
घुमिरहेका थिए । केही क्षणपछि गोली बर्सन थाले ।" शिक्षिका गुरुङ्गका
भनाइमा, एउटा गोलीले झयालको फ्रेमलाई छेड्दै एउटा छापामारको साप्रामा
लाग्यो । उछिट्टएिका मासुका टुक्राहरू विद्यार्थी र शिक्षिका गुरुङका
शरीरभरि लागे, सो दृश्य देखेका विद्यार्थी सात दिनसम्म स्कूल आएनन्
।" त्यो घटना देखेका कक्षा चारका विद्यार्थी अप्सरा भण्डारी र
ममता आचार्यको अवस्था अझै असामान्य छ । अर्की शिक्षिका पार्वती गुरुङ
भन्छिन्, "विद्यार्थीहरू रातमा राम्ररी समेत सुत्दैनन् । हेलिकप्टर
आयो भन्दै चिच्याउँछन् भनेर अभिभावकहरू गुनासो गर्छन् ।" त्यसदिन
सेनाले विद्यालय परिसरमा दुइ घण्टा गोली बर्साएकाथिए ।
गत वर्षपनि माओवादी चित्रेभञ्ज्याङस्थित मातृभूमि मा.वि.लाई
ढाल बनाएर लडेका थिए । त्यसैबेला विद्यालय नजिक पर्ने मनकामना गाविसमा
माओवादीहरू विरुद्ध सेनाले गरेको हवाई आक्रमणमा १८ माओवादीसँगै सेनाको
गोली लागि स्थानीय र्सवसाधारण साठी वषर्ीय रेलबहादुर गुरुङको समेत
मृत्यु भएको थियो । अप्रेसनमा गएका सेनाले सपौदे र गहतेका जनतालाई
घरघरबाट निकाल्दै कुटपिट गरेको थियो । स्थानीय गाउँलेहरूका अनुसार
सेनाले १४ देखि ७० वर्षसम्मकालाई माओवादीलाई आश्रय दिएको भन्दै यातना
दिए । यातनाले थलिएका प्रितम गुरुङ -६९) को दर्ुइ हप्तापछि मृत्यु
भएको थियो । सो ठाउँमा माओवादी छापामारहरू घर घरमा लुकेर बसेपछि सेनाले
अन्धाधुन्द हवाई आक्रमण गरेको थियो ।
माओवादी सेल्टर मानिएको त्यस क्षेत्रमा अहिलेसम्म चारपटक
भिडन्त भइसकेको छ । भिडन्तमा गाउँले र विद्यालय निशाना बन्ने गरेका
छन् । दर्ुइ महिनाअघि त्यहाँ शाही नेपाली सेनाको ब्यारेक राखिएको छ
। ब्यारेकले सुरक्षाको अनुभूति भन्दा पनि त्रास थपेको गाउँलेहरू बताउँछन्
। त्यसमाथि दर्ुइ सय बढी सेनाहरूले गाउँलेको खानेपानी मुहानमा जथाभावी
नुहाइदिने, लुगा धोइदिने गर्नाले चित्रेभञ्ज्याङका जनताले खानेपानी
समेत पाउन छाडेका छन् । एक गाउँले भन्छन्, "सुरक्षा दिन्छु भन्नेले
नै हामीलाई दुःख दिइरहेका छन् ।"
'ढाडमा टेकेर टाउकोमा हान्ने' भनेर चार महिनादेखि डेरा
जमाइबसेका माओवादी छापामारका कारण गण्डक क्षेत्रका जनताहरूले पीडा,
सास्ती र आतङ्क सिवाय केही पाएका छैनन् । माओवादीको पश्चिम कमाण्ड
गण्डक क्षेत्रका विद्यालय, र्सार्वजनिक स्थल, गाउँलेहरूका घर प्रयोग
गरेर युद्ध-अभ्यास गरिरहेका छन् ।
सेना माओवादी भिडन्तमा पाल्पामा ठूलो धनजनको क्षति भएको
छ । १८ माघमा भएको पाल्पा आक्रमणमा र्सवसाधारणको सवा करोड भन्दा बढी
धनमालको क्षति भएको आँकडा उद्योग बाणिज्य संघ पाल्पाले निकालेको छ
। आक्रमणमा माओवादी र सेनाले र्सवसाधारणको घर प्रयोग गरेर रातभर लड्दा
यो विघ्न क्षति भएको थियो । १६ फागुनमा पाल्पा र अर्घर्ााचीका सिमानामा
भएका भिडन्तमा पोखराथोकका प्रकाश र्घर्ती (३५) र जीवन गौतमका १० वषर्ीय
छोरा गोली लागेर मरे । बन्दुकको मारमा बालबालिका पनि परिरहेका छन्
। ९ असोजमा पर्ूर्वी पाल्पाकै बहादुरपुरको दोकानटोलमा घरमा लुकेर बसेका
माओवादीलाई सेनाले अन्धाधुन्द गोली हान्दा घरआँगनमा खेलिरहेका तीन
वषर्ीय विपीन ढेंगाको कोखमा र ७ वषर्ीय पुनम ढेंगाको खुट्टामा गोली
लागेको थियो । धारापानी मावि ताकातुङमा कक्षा नौ का विद्यार्थी मिलन
रखालको जोतेर र्फकँदै गर्दा सेनाको गोली लागी मृत्यु भएको थियो । सो
घटनामा स्थानीय शिक्षक र र्सवसाधारणले समेत नराम्रो चुर्टाई खाए ।
चुर्टाई खाएका मध्ये डिलबहादुर झेडी भन्छन्, "माओवादी जबर्जस्ती
बन्दुक बोकेर घरभित्र पस्छन्, सेनाले किन राखिस् भन्दै पिट्छ ।"
सेनाले ११ माघमा पाल्पा ज्यामिरेको भुटुकेमा पनि गाउँलेलाई कुटपिट
गरेको थियो । तीन वटा हेलिकप्टरबाट बमबारी हुँदा गाउँका आधा दर्जन
घर ध्वस्त भएका छन् ।

माओवादीद्धारा अपहरित अपाङ्ग रेमबहादुर
र्घर्तीकी छोरी घटना वृत्तान्त सुनाउँदासुनाउँदै रुन थालिन्
।

सेनाको ज्यादती खप्न बाध्य तेजेन्द्र थापा ।
|
सेनाले पनि र्सवसाधारणलाई मानवढाल बनाई उनीहरूको ज्यान
जोखिममा पार्ने गरेको छ । ६ फागुनमा नवलपरासी र पाल्पाको सिमानामा
पर्ने बेभोकेको डोडेडाँडामा भएको भिडन्तमा सेनाले नवलपरासी हरवलेका
दर्ुइ युवालाई गोलीगठ्ठा बोकाई अघिअघि लगाएका थिए । "बाटो देखा
भने, राति डाँडामा पुग्नासाथ गोली चल्यो । दर्ुइ सेना त्यहीँ ढले",
सुनबहादुर गाहा भन्छन्, "त्यसपछि झोला छाडेर भीरबाट हामफाल्यौँ
।" बाटो देखाउन भन्दै सेनाले स्थानीय युवाहरूलाई गोलीगठ्ठा बोकाउने
गरेका उदाहरण थुप्रै छन् । माघेसङ्क्रान्तिमा सुँगुर काटिरहेका स्याङ्जा
झरुिवासका तेजेन्द्र (२२) र विनोद थापा (२५) सिरौलेका शेरबहादुर थापा
(१५) लाई सेनाले बाटो देखाइदिन भन्दै सामान बोकाए । तेजेन्द्र थापा
भन्छन्, "उताबाट सेटमा एक जनाले ड्रेस लगाएर लैजान भनिरहेको थियो
। तर, हामीले मानेनौ,ँ अलिपर पुग्नासाथ गोली चल्न शुरु भयो । त्यसपछि
जबर्जस्ती हामी फर्कियौँ ।" छिपुङका दाजुभाइ अमृत र दीपक श्रेष्ठलाई
जङ्गलमा लगी सेनाले ड्रेस लगाइदिएर 'हिँड' भनेपछि नमान्दा निर्घर्ााचुटेका
थिए । यसरी ड्रेस लगाएर अघिअघि हिँडाएका युवाहरूलाई गोली लाग्दा सेनाले
'माओवादी' को आरोप लगाउने गरेको एक शिक्षक बताउँछन् । उनका अनुसार,
एक भारतीय सेनाका जवान पार्सल छाड्न स्याङ्जा विरुवा वर्खा भन्ने ठाउँमा
आउँदा सेनाले उनलाई बाटो देखाइदिन भने । कम्ब्याट डे्रसमा रहेको उनी
माओवादीको गोली लागि मरे । पछि सेनाले माओवादी मारिएको घोषणा गर्यो
।
ज्यानमारा 'जनअदालत'
१४ फागुन बिहान ८ बजे गुल्मी-स्याङ्जा सिमानामा पर्ने चण्डीभञ्ज्याङ
८ सिउडीमा जोगीडाँडाका कृष्णबहादुर वि.क.को लाश भेटियो । बाटोदेखि
३ मिटर तल बाँसको ठुटोमा मृतकको दायाँ कञ्चट र गुप्ताङ्ग थियो । मृतक
१३ फागुन राति स्थानीय र्फसबहादुर थापाको घरमा एक घण्टा जति बसेका
थिए । त्यहाँबाट स्थानीय दिलबहादुर राना -६६) उनीसँगै घर जान भनेर
हिँडेका थिए । त्यसैको आधारमा रुरु गाजस जनसरकार प्रमुख चेतबहादुर
क्षेत्रीले उनको हत्या भएको मुचुल्का उठाए । १७ गते बिहान दिलबहादुर
रानासहित मनबहादुर र्घर्ती, यमबहादुर राना, टुकप्रसाद पाण्डे, हुमबहादुर
रानालाई लगे । २१ गते गाउँकै लालबहादुर राना, चोकप्रसाद श्रेष्ठ, यमबहादुर
सोमै, खेमबहादुर राना, गणेश राना, रेमबहादुर र्घर्ती, र्फसबहादुर रेश्मीलाई
पनि लिएर गए । उनीहरूलाई गुल्मीको ठूलो लुम्पेक थुम्कामा राखिएको थियो
।
त्यहाँ लगेर उनीहरूलाई आँखामा पट्टी र पछाडि हात बाँधी
हत्या गरेको स्वीकार्न लगाउँदै लौराले टाउकोमा पिटे । ६६ वषर्ीय वृद्धलाई
ब्लेडले चिर्ने, साप्रा र पेटमा तल-माथि मोटा भाटा राखी पेल्थे । लालबहादुर
रानाका अनुसार 'हत्या गरेको' स्वीकार नगर्दासम्म उनीहरूले रातदिन यातना
दिए । यातनाले मरणासन्न अवस्थामा पुगेका वृद्ध डिलबहादुर रानालाई माओवादीले
आफ्नो कब्जाबाट भागेको बताएका छन् ।
जनअदालतका नाममा यातना दिने, जबर्जस्ती आरोप स्वीकार्न
लगाउने जस्ता काम मधेशमा समेत बढिरहेको छ । ४ चैतमा चोरीको आरोपमा
रुपन्देही आनन्दवन गाविस पर्ूव पहुनीका ६ जनालाई निर्घर्ााचुटेर आरोप
स्वीकार्न लगाइएको छ । यसमध्ये एक पोलरा थारू भन्छन्, "मलाई खाल्डो
खन्न लगाए, त्यसपछि आँखामा पट्टी बाँधी घाँटीसम्म पुरे, कञ्चटमा पिस्तोल
राखेर चोरेको हुँ भन भनेपछि ज्यान बचाउन नगरेको आरोप स्वीकारेँ ।"
उनलाई ल्याप्चे लगाई पैसा दिनुपर्ने शर्तमा छाडिएको छ । आरोप स्वीकार्न
नमानेकोले भोला चौधरीलाई सबैभन्दा बढी कुटपिट गरिएको छ । उनी सिकिस्त
छन् । त्यसैगरी चोरीको आरोपमा एक हप्ताअघि रुपन्देही मानपकडीमा विक्रम
राना, चुरे थापा र चिनक थारूलाई गाउँलेहरूको सामु हत्या गरिएको थियो
भने अन्य ६ जनाको माओवादीले खुट्टा भाँचिदिएका थिए ।
|