हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

“प्रवासी” हुनुको पीडा

बाह्र वर्षअघि दार्जीलिङबाट आएर दक्षिणा बाट अभिनय शुरु गरेकी निरुता सिंह दुई पल चलचित्रसम्म आइपुग्दा सफल नेपाली नायिकामा दरिएकी छिन्। उनका ६० मध्ये दर्पण छायाँ, बन्धकी, आफ्नो मान्छे जस्ता एकदर्जन चलचित्र 'हिट' छन्। विज्ञापन मोडलिङमा पनि उत्तिक्कै सक्रिय निरुताले भोजपुरी चलचित्र कबहोई मिलनवा हमार मा समेत सफल अभिनय गर्न भ्याएकी छिन्।


तस्बिरहरूः किरण पाण्डे

अहिले कुन फिल्ममा व्यस्त हुनुहुन्छ?
चलचित्र दुनियाँ को तयारी र मान्छेको माया को छायाङ्कनमा व्यस्त छु।

भोजपुरी चलचित्रमा काम गर्दाको अनुभव कस्तो रह्यो?
मलाई भोजपुरी एक शब्द पनि आउँदैनथ्यो, त्यसमाथि भोजपुरी फिल्मका सुपरस्टार रवि किशनसँग काम गर्नुपर्ने! तर केही गाह्रो भएन, रमाइलो अनुभव भयो। भोजपुरीको बजार यति ठूलो होला जस्तो लागेको थिएन। नेपाली फिल्म नचल्ने तराईका कतिपय ठाउँका दर्शकमाझ् पनि मलाई यसले चिनायो।

तपाईँ विज्ञापनमा निक्कै देखिन थाल्नुभएको छ, चलचित्र नपाएर हो कि?
हैन। पहिलेदेखि नै म छानेर एकपछि अर्को चलचित्र गर्दै आएकी छु। विज्ञापनमा काम गर्दा थोरै समयमा धेरै पैसा पाइने र उत्पादनहरूको प्रचारप्रसारका क्रममा थुप्रै दर्शकहरूलाई पनि भेट्न पाइने भएकाले त्यसमा मेरो रुचि छ।

विभिन्न भूमिका गर्दा कस्तो महसूस हुन्छ?
क्याम्पस पढ्ने 'टिनएजर' होस् या ४/५ जना बच्चाकी आमा, कुनै पनि भूमिका गर्दा हाँसो, खुशी र दुःख, पीडामा म आफू निरुता सिंह हुँ भन्ने नै बिर्सने गरी डुब्छु।

नेपाली नारीको समग्र अवस्थालाई कसरी हेर्नुहुन्छ?
अहिले पनि गाउँका धेरै नारीहरू शोषण र पीडामा छन् भने शहरबजारमा नारीहरू पुरुषसँग हरेक कुरामा प्रतिस्पर्धा गर्दै अघि बढिरहेका छन्। तर पनि समग्रमा अवस्था अझ्ै उक्सन सकेको छैन।

यस क्षेत्रमा नारी सहभागितालाई समाजले कसरी हेरेको छ?
यसमा एकथरीले वर्षौँ अघिदेखि नै प्रश्न उठाउँदै नराम्रो भन्ने गरेका थिए। तर, अहिले यो क्षेत्रमा पढेका र सम्पन्न परिवारकाहरूको पनि सहभागिताले होला धेरै बाबु–आमाहरू आफ्ना छोरा–छोरी नायक–नायिका होउन् भन्ने चाहन्छन्।

नायक/नायिका बारे धेरै नराम्रा कुराहरू पनि मिडियामा आउने गरेका छन् नि?
अरूको कुरा गर्न म चाहन्न तर मेरो आफ्नै अनुभवमा चाहिँ यस्ता कुरामा एक प्रतिशत पनि सत्यता हुँदैन। मेरो त यहाँको रंग पत्रकारिताप्रति विश्वास नै मरेको छ। जिम्मेवार पत्रकारिता गर्नेले त जसको बारेमा लेखिएको हो उसलाई पनि सोध्छ, प्रमाण पुर्‍याउँछ तर यहाँ त जे पायो त्यही लेख्ने गरिन्छ।

साह्रै चित्त दुखे जस्तो छ नि?
म यस क्षेत्रमा लागेदेखि नै केही मान्छे मेरो पछि लागेका छन्। उनीहरू किन मेरो यसरी खेदो गर्छन् मलाई थाहा छैन। “यो नेपाली हैन प्रवासी हो, यसलाई यहाँ टिक्न दिनुहुन्न” भनेर लाग्नेहरू पनि छन्। मेरो कामले गर्दा आज म यो ठाउँमा आइपुगेकी हुँ, कसैले मलाई दया गरेर काम दिएको त हैन नि!

त्यसरी प्रवासी भनेर खेदो गर्दा कस्तो लाग्छ?
मेरा दर्शकले कहिल्यै पनि निरुता प्रवासी, भारतीय हो भनेर भनेका छैनन्, मलाई माया गरी नै रहनुभएको छ। कसको हिम्मत छ मलाई यहाँबाट निकाल्ने? लौ, मलाई मेचीपारि पुर्‍याएर अर्को निरुता जन्माएर देखाउन् त? यत्रो माया गर्ने दर्शकको अगाडि २/४ जनाले के गर्न सक्छन्?

प्रसङ्ग बदलौँ, अब बिहे गर्ने बेला भएन?
उमेर त भइसक्यो तर मेरो कामको अहिले पिक टाइम छ, बिहे गरेपछि घरपरिवारलाई पूरा समय दिनुपर्छ। त्यसैले २/४ वर्षपछि मात्रै बिहे गर्ने।

लभ, एरेञ्ज कस्तो बिहे गर्ने अनि श्रीमान कस्तो होस् भन्ने चाहना छ?
'लभ प्लस एरेञ्ज दुवै मिक्स' भयो भने राम्रो हुन्छ। जुन मान्छेसँग जिन्दगी बिताउनु छ उसको बारेमा राम्रो बुझनुपर्छ। पहिले जस्तो कहिल्यै नदेखेको मान्छेसँग बिहे गरेर सम्झ्ौतामा जिन्दगी बिताउने पक्षमा म छैन। मेरो श्रीमान राम्रो संस्कार भएको मलाई बुझने, समझ्दार, आफूभन्दा सानोलाई आदर र ठूलालाई सम्मान गर्न जान्ने, समाजमा उभिएर चिनाउँदा पनि मैले गर्व गर्न सक्ने होस्।

त्यस्तो मान्छे भेटिसक्नु भो त?
अहँ, अहिलेसम्म भेटेको छैन।

अनुशील श्रेष्ठ


सङ्गीत

सुरेशको लोकप्रियता


किरण पाण्डे

चलचित्र बन्धकीको उडायो मेरो मखमली पछ्यौरी... होस् या पपको झ्ट्टै गोरी ऐना हेर है...। गायक हेमन्त शर्माको स्वरको जाले रुमाल... मा होस् या कुमार सानु र सञ्जीवनीको स्वरको पुरानो हुँदैन माया....। सङ्गीतकार सुरेश अधिकारी प्रत्येक सङ्गीत सिर्जनामा उत्तिकै जमेका छन्। तर प्रत्येक सङ्गीतले पाएको लोकप्रियताको दाँजोमा नेपाली सङ्गीतको बजारमा उनको चर्चा भने कमै छ।

तीन वर्षअघि चलचित्र सङ्गीतमा लागेका सुरेशले यस अवधिमा झ्ण्डै दुई दर्जन चलचित्रमा सङ्गीत गर्न भ्याइसकेका छन्। अहिले उनका हातमा आधा दर्जनभन्दा बढी चलचित्र छन्। यो व्यस्तता देख्दा लाग्छ, चलचित्र क्षेत्रका लागि उनी शम्भुजीत बाँस्कोटाका उत्तराधिकारी हुन्। “चलचित्र क्षेत्र त्यस्तो क्षेत्र हो, त्यहाँ कोही पनि रहर वा चाहनाले टिकिरहन सक्दैन।” चलचित्र क्षेत्रमा कसरी टिक्नुपर्छ भन्ने कला राम्रैसँग बुझ्ेका उनी भन्छन्, “चलचित्र क्षेत्रमा आफ्नो आयु आफैँले बनाउने हो।”

झ्ण्डै डेढ दशकअघि आफ्नै स्वर र सङ्गीतमा म मरेको पल तिमी डोली चढ्नु... बोलको गीत रेकर्ड गराएर औपचारिक साङ्गीतिक यात्रा थालेका सुरेशले त्यतिबेलै चर्चा पाउनुपर्ने थियो। किनकि त्यतिबेला म मरेको पल र प्रदीपराज पाण्डेको स्वर रहेको म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु...ले रेडियो नेपालका फर्माइस कार्यक्रमहरूमा महिनौँसम्म धेरै बजेर रेकर्ड बनाएका थिए। त्यतिबेला रेडियो कार्यक्रमहरूमा नारायणगोपालका कालजयी गीतहरूलाई समेत उछिनेर एक नम्बरमा पुग्नु चानचुने कुरा थिएन। भन्छन् “त्यतिखेर चर्चामा आएको भए यतिखेर म बासी भइसक्ने थिएँ। त्यसैले अहिले मलाई सजिलो भएको छ।” उनलाई मिडियाहरूबाट जबर्जस्ती आफ्नो प्रचार गराउने शैली मन पर्दैन। रेडियोमा समेत सम्बद्ध रहेर मिडियाको महत्व बुझ्िसकेका ३८ वर्षीय अधिकारी भन्छन्, “सस्तो प्रचार गराएर सङ्गीतको बजारमा केही समय टिक्न सकिएला तर दिगो हुन सकिँदैन।”

त्यसपछिका एकदशक सङ्गीतको सक्रिय जीवनबाट हराएर गुजाराका लागि राजधानीका आधा दर्जन विद्यालयमा सङ्गीत शिक्षकको काम गरेका उनमा त्यसप्रतिको मोह अझ्ै मरेको छैन। काभ्रेको कुसादेवीबाट ४४ सालतिर काठमाडौँ छिरेका उनले राजधानी आउनुअघि एकदशक धुलिखेलको हिमाली कला मन्दिर र धुलिखेल युवा क्लबमा नाटक, नृत्य निर्देशनदेखि सांस्कृतिक कार्यक्रम सञ्चालनसम्मको अनुभव सँगालेका थिए। पाँच कक्षा पढ्दै गर्दा रेडियो नेपालले आयोजना गरेको बालगीत प्रतियोगितामा उत्कृष्टको पुरस्कार हात पारेका उनले सङ्गीतको औपचारिक शिक्षा भने लिएका छैनन्।

क्षमता र प्रतिभा भए अवसरका लागि अरूको ढोका कुरिराख्नै पर्दैन भन्ने कुराका ज्वलन्त प्रमाण बनेका छन् उनी। जुन गीतमा सङ्गीत गर्‍यो त्यही हिट हुने भाग्यमानी सङ्गीतकार सुरेशको सिर्जनाको निश्चित समय भने छैन। भन्छन्, “म त सङ्गीतको पसल थापेर बसेको छु। जसले, जतिखेर, जस्तो सङ्गीत माग्छ मैले त्यस्तै सङ्गीत सिर्जना गर्नुपर्छ।” यद्यपि उनी सङ्गीतबाट नाम कमाए पनि आर्थिक रूपमा भने सन्तुष्ट हुन नसकेको बताउँछन्।

आफू सङ्गीतकै लागि जन्मिएको महसूस गरेका सुरेश जति मीठो मेलोडी सिर्जना गर्छन्, त्यति नै मीठो गाउँछन् पनि। २०५४ सालमा आफ्नै स्वरमा श्रेय नामक गीति अल्बम निकालेर झ्ट्टै गोरी ऐना हेर है... मार्फत् राम्रै चर्चा बटुलेका उनलाई अझ्ै पनि “स्वर बेच्ने” रहर छ। “अहिले मेरो सङ्गीत मात्रै बिकिरहेको छ” चाहेर पनि स्वर भने बेच्न नसकेको उनी बताउँछन्।

कृष्ण अविरल


रिपोर्ट

लोकतन्त्रलाई स्वर


उठौं जनता आन्दोलन गर्नलाई,
सबै मिली लोकतन्त्र ल्याउनलाई...
अधिकार माग्ने होइन खोसेर लिनुछ,
एकजुट भई दाजुभाइ अगाडि बढ्नुछ...

छामछुम गर्दै तबला र हार्माेनियममा पुगेका हातहरू सल्बलाउँछन्, छामछुमै गरी स्टेजमा पुग्ने मुखबाट लोकतन्त्रकै यी आवाज गुन्गुनाउन शुरु हुन्छ । १५-१६ वर्षनकाटेका यी बालबालिकाहरूको बाहिरी संसार सधैँ अन्धकार छ । उनीहरूको भित्री आँखाको यो खूबी हर्ेदा लाग्छ, आँखा भएर पनि केही गर्न नसक्नेलाई उनीहरू चुनौती दिइरहेका छन् ।

यताउता हिँड्दा छामछुम र कसैको सहारा चाहिने नेपालगञ्जका यी दृष्टिविहीन बालबालिका यहाँका हरेकजसो अधिकारमुखी कार्यक्रममा छामछुम गर्दै यस्तै लोकतन्त्र र शान्तिकै गीत लिएर मञ्चमा उभिन्छन् । पेशागत संघसंस्था होस् या राजनीतिक पार्टर्ीी गर्ने कार्यक्रममा उनीहरूकै स्वर सङ्गीत गुञ्जिन्छ ।

दृष्टिविहीन बालबालिकाहरू आफैँ गीत लेख्छन्, आफैँ बजाउँछन् र आफैँ गाउँछन् । नेपाल नेत्रहीन संघ बाँकेमा बस्ने यिनको यो जाँगर सबैका लागि प्रेरणादायी लाग्छ । गीतसङ्गीतमा पोख्त झण्डै एकदर्जन दृष्टिविहीन बालबालिकाका नाइके १४ वषर्ीय कमल थापा शिक्षा, स्वास्थ्य, अधिकार र शान्तिका गीत गाउने गरेको बताउँछन् । भन्छन्, "शान्ति र लोकतन्त्रका कुरामा सबैको ध्यान पुर्‍याउन गीत बनाई गाउँछौँ ।" टिमको सङ्गीत निर्देशक र गायक समेत रहेका उनको भाकामा लोकतन्त्र र शान्तिका गीत समेटिएका पाइन्छन् । थापा थप्छन्, "अहिले त शान्ति र लोकतन्त्र चाहिएको छ, त्यसैले यसैलाई जोड दिन्छौँ ।"

गीत लेख्ने काम दर्ुइ बालक लोकबहादुर शाही र विवेक लम्सालले गर्छन् । लेखिसकेपछि सबै मिलेर लय-भाका छान्छन् र त्यसैलाई गीत बनाई गाउँछन् । टोलीका अन्य बालबालिकामा खेमसरा विक, दुर्गी थापा, जीमावतीलाल कोलिया, छेंगुलाल चौधरी, हस्तबहादुर गिरी, जिलेदार चौधरी, खगिसरा लामिछानेलगायत छन् । आफैँ आँखा नदेख्ने बाल-बालिकालाई लोकतन्त्र किन - गीत लेख्ने लोकबहादुर भन्छन्, "हाम्रो अधिकार खोसियो, लोकतन्त्र अहिले सबैलाई चाहिएको छ, त्यसैले जनताको अधिकारका लागि गाउँछौँ ।" साना-साना यी बालबालिका जनताको अधिकार खोसिएकोमा विरोध गर्दा भने परिपक्व मान्छेजस्तै तर्क गर्छन् । अर्का लेखक विवेक थप्छन्, "राजाले हाम्रा अधिकार खोसे, अब यो सरकार ढाल्नलाई पनि यस्ता गीत गाउनै पर्छ  ।"

दर्ुइ वर्षमात्र भयो यी बालबालिकाले सङ्गीतमा हात हालेको  । तर, नियमित 'रियाज'ले धेरै निखार आइसकेको छ उनीहरूको कलामा । घरपरिवारको टुङ्गो छैन, नेत्रहीन संघको सहयोगमा उनीहरू यहीँ बसेर वे्रललिपिमा पढ्छन् र बचेको समय गीतसङ्गीतमा लाउँछन् । आफैँले गीत लेखेर चाँडै लोकतान्त्रिक क्यासेट निकाल्ने उनीहरूको ठूलो धोको छ, तर गाह्रो छ त्यो गर्न । दृष्टिविहीन खेमसरा विक भन्छिन् "क्यासेट निकाल्नलाई पैसा चाहियो, हामीसँग पैसा छैन ।"

उनीहरूलाई संरक्षण दिने नेत्रहीन संघ बाँकेका अध्यक्ष कन्हैयालाल राना अधिकारका लागि सङ्गठित बन्न रुचाउने दृष्टिविहीन बालबालिकाले स्वस्फर्ूत लोकतन्त्र र शान्तिका गीत गाउन थालेको बताउँछन् । दृष्टिविहीन बालबालिकाको यो प्रयासले नेपालगञ्जमा आयोजना हुने लोकतन्त्रका कार्यक्रममा पनि र्सवसाधारणको राम्रै उपस्थिति गराइदिने गरेको छ । 'आँखा नहुने भाइबहिनी'का गीत सुन्नलाई भीड लाग्छ । उनीहरूको मुखबाट द्वन्द्वबाट पीडित नेपाल आमाको क्रन्दन र शान्तिको भाका पनि निस्कन्छ-

नेपाल आमा धर्धरी रोइराछिन्, यही लर्डाईंले शोकाकूल भइराछिन्...,
आत्तुर छौं है मिलेको सुन्नलाई, थाल्यौं हाम्ले फूलमाला उन्नलाई...  ।

रामेश्वर बोहरा


रिपोर्ट

डाँडामा लाग्ने मेला

१ वैशाखको दिन ठूलै सङ्ख्यामा काठमाडौँ उपत्यकावासीहरूले फूलचोकी, चम्पादेवी र शिवपुरीका टुप्पामा पुगेर नयाँ वर्षो स्वागत गर्ने गरेका छन्, जसमा शहरिया युवायुवतीको समेत उल्लेख्य उपस्थिति हुने गर्दछ ।

शिवपुरी जानेहरू बूढानीलकण्ठबाट अघिल्लो दिन दिउँसै हिँडेर साँझ माथि पुग्छन् र बागमतीको मुहान वाग्द्वार नुहाएर शिवपुरी महादेवको दर्शन गर्छन् । चार-पाँच वर्षघिसम्म उनीहरू राति नै शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गल छिचोलेर विष्णुमतीको उद्गमस्थल विष्णुद्वार एवं विष्णुपादुका हुँदै भोलिपल्ट टोखाको सपनतर्ीथ, भक्तपुरको विस्केट जात्रामा पुगी डाँडा चढ्दा-ओर्लिँदा बोकेको लठ्ठी चढाएर यात्रा टुङ्ग्याउने गर्दथे । तर, द्वन्द्वको कारण अहिले राति हिँड्न बन्द भएको छ । वाग्मती प्रदुषणले गर्दा यस दिन उपत्यकाको पुछारमा रहेको कटुवाल दह नुहाउनेको सङ्ख्या पनि घट्दै गएको छ ।

नयाँ वर्षो दिन गोदावरीबाट फूलचोकी तथा कर्ीर्तिपुर, फर्पिङ र टौदहतिरबाट चम्पादेवी डाँडामा जानेहरूको पनि राम्रै चहलपहल देखिन्छ । खोकना, वुङ्मती र चापागाउँ क्षेत्रका ५० जना जति मानिसहरूले तलदेखि पानी खेपेर चम्पादेवीको दर्शन गर्न आउने यात्रुहरूलाई र्सबत -पानी खुवाउने गरेका छन् । बाल्यकालदेखि यो काम गर्दै आएका खोकनाका ६९ वषर्ीय पोचा महर्जनले र्सबत बनाउन अघिल्लै दिनदेखि चम्पादेवी डाँडामा गएर बस्ने गरेको सुनाए ।

रामहरि पौडेल/मेनुका कार्की


कला

मूर्ति र चित्रमा एकसाथः राजन

पोटे्रट, पानी-तैल चित्र होस् या मूर्तिकला, या होस् ग्राफिक्स डिजाइन । सबै विधामा पोख्त कलाकार राजन काफ्ले -३७) ले आफ्नो अलग्गै चिनारी बनाएका छन् । 'योङ्ग आर्टिस्ट ग्रुप'का अध्यक्ष समेत रहिसकेका काफ्ले पछिल्लो समयमा 'लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च' का लागि चित्रकला विधाका संयोजकका रूपमा सक्रिय छन् ।
काभ्रेमा जन्मेर चन्द्रनिगाहपुरमा हर्ुर्के, बढेका कलाकार काफ्लेले कलालाई नै जीवनयापनको माध्यम बनाएका छन् । उनी 'ग्राफिक डिजार्इनर्स गील', 'नेपाल कलाकार समाज', 'आरम्भ' र 'फाइन आर्ट डट कम' सँग पनि संलग्न छन् ।

हाल द्वन्द्वबाट प्रभावित, बाल अधिकारबाट बञ्चित श्रमीक बालबालिकाहरूको विषयलाई लिएर 'कम्पोजिशन'का कामहरू गरिरहेका छन् । भन्छन्, "धेरै अघिदेखि यसमा काम गर्ने धोको थियो । यसका शृङ्खलाहरू गरिरहेको छु । चाँडै यसबारे एकल पर््रदर्शनी गर्ने तयारीमा छु ।" ललित कला क्याम्पस पढेका राजनको अर्को विशेषता भनेको 'पोट्रेट आर्ट' हो । उनी 'कम्पोजिशन' पछि 'पोट्रेट' बनाउँदा नै आफूलाई आनन्द लाग्ने बताउँछन् । भन्छन्, "पोट्रेटलाई अझै पनि व्यावसायिक कलाकै रूपमा दावी गरिन्छ । तर यो क्रियटिभ कला हो ।"

पाँच सय जति पोटे्रटहरू बनाइसकेका राजनले विश्व प्रसिद्ध दार्शनिक सोक्रेटस, वैज्ञानिक आइन्स्टाइनदेखि स्वदेशकै स्रष्टाहरू महाकवि देवकोटा, भैरव अर्याल, पारिजातसम्मका पोट्रेटहरू आयल कलरबाट सृजना गरिसकेका छन् । वाटर, एक्रेलिक र चारकोलमा समेत पोट्रेट बनाउने काफ्ले मूर्तिकार समेत हुन् । उनले मुलुकमा विभिन्न किसिमका सामाजिक आन्दोलनमा लागेकाहरूको 'मेटल'का सालिकहरू समेत बनाएका छन् । शहिद भीमदत्त पन्त, सहितका ऐतिहासीक ब्याक्तिहरूको मर्ूर्तिहरू महेन्द्रनगर, दाङ्ग, बारामा स्थापना गरिएका छन् । भन्छन्, "मलाई ढुङ्गामा भन्दा धातुमा नै काम गर्न मन लाग्छ ।"

कुनै पनि क्षेत्रमा कलाकारहरू वैचारिक रूपमा स्पष्ट हुनुपर्छ भन्ने मान्यता राख्ने काफ्ले भन्छन्, "कलाकारले समाजलाई के-कस्तो सृजना दिँदैछु भन्ने कुरामा स्पष्ट हुनर्ुपर्छ । यदि त्यो भएन भने पनि त्यसलाई राजनीतिक लेभल लगाएर हरेन पनि हुँदैन । बरु ऊ आफ्नो सृजनविधामा प्रस्ट छैन भन्ने रूपमा हर्ेर्नुपर्छ ।" कलाकार हुनुभन्दा पहिले ऊ एउटा जिम्मेवार नागरिक भएकाले नागरिक कर्तव्य कलाकारले पनि पूरा गर्नुपर्ने उनी बताउँछन् । आफूलाई ढाँटेर कहिल्यै काम गर्नु नहुने बताउने राजन सृजना सन्देशमूलक हुनुपर्ने उनको धारण छ । भन्छन्, "बनाएको चित्रले कुनै सन्देश दिन सक्दैन भने त्यसको पनि कुनै तुक रहँदैन ।"

कृष्ण शाह यात्री


रिपोर्ट

भाषाको कुरा


मीन बज्राचार्य
१३ चैतमा भाषाका कुरा गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

ल्याइते र पाहुना शब्द भरमार घुसाएर नेपाली भाषा किन बिटुल्याइँदै छ, प्रयोगकर्ताले विचार गर्ने कि - नेपाली लेखनमा विद्यार्थी किन कमजोर अभिभावक, शिक्षकले सोच्ने कि ?

यस्तै यस्तै भाषाका विभिन्न विषयमा सोच्न, विचार गर्न मौका जुराइदिएको छ, पाटनको यलमाया केन्द्रमा हुने आइतबारे भाषिक भेलाले  । मदन पुरस्कार पुस्तकालय र त्रिभुवन विश्वविद्यालयको भाषा परियोजना अर्न्तर्गत 'भाषाका कुरा' चैतको पहिलो आइतवार एक वर्षपूरा गर्‍यो । भेलाका संयोजक केदार शर्माले वर्षरि ४७ थान विषयवस्तुमा छलफल भएको र यसलाई पुस्तकको रूपमा प्रकाशन गरिने जनाए । भाषिक भेलाको कुनै पनि कार्यक्रम नछुटाएका अजितमान तामाङले पुस्तक सम्पादनको जिम्मेवारी पाएका छन् ।

प्रयोगात्मक शब्दकोश, वर्ण्र्ाान्यासका मिथक, भाषा सम्पादन, संस्कृतको महत्त्व, हिन्दी, थामी, मैथिली, भाषाको रुपरेखादेखि हास्यव्यङ्ग्य, गीत, विज्ञापन, आमसञ्चारमा प्रयोग हुने भाषासम्मका विषयमा भाषिक भेलामा छलफल भएका छन् । प्रा. डा. योगेन्द्र यादव राष्ट्रिय भाषाका विषयमा छलफल अपुग भएको बताउँछन् । हिमाल एसोशिएसनका निर्देशक बसन्त थापा भाषा सुधारको ठेक्का पाएको नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले यस्ता भाषिक छलफल चलाउनर्ुपर्नेमा जोड दिन्छन् ।

प्रतिष्ठानलाई झक्झक्याउन भाषिक भेलामा 'भाषाको दिशामा के गर्दैछ प्रज्ञा-प्रतिष्ठान' विषयमा प्राज्ञ जीवेन्द्र देव गिरीलाई बोलाइएको थियो । ४ चैतमा भाषाको कुरा छलफलको वाषिर्कोत्सवमा प्राज्ञ गिरीले प्रतिष्ठानले नयाँ नयाँ भाषाको बारेमा सोधखोज जारी राखेको बताए  । भने "हालै मात्र काइते भाषाको अध्ययन सकिएको छ । तर भाषाबारे भएको कामबारे प्रचारप्रसार गर्न सकिएको छैन ।"

प्रतिष्ठानका उपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीलगायत अन्य प्राज्ञ पनि छलफलमा उपस्थित थिए । तर कसैले पनि प्रतिष्ठानले यस्तो कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको भनेर बताएनन् । उता भाषिक भेलाका संयोजक केदार शर्मालाई भने वर्षरि भाषाका कुराबारे छलफल चलाइदिएकोमा बधाई थाप्न भ्याई नभ्याई थियो ।

कृष्णराज चौधरी


डायरी

३ चैतको सम्झाना

२०४६ सालको जनआन्दोलनका क्रममा ३ चैतमा राजधानीको त्रि-चन्द्र क्याम्पस हातामा कवि, लेखक, कलाकारहरूले मुखमा कालोपट्टी बाँधेर स्वतन्त्रताको पक्षमा खुलेर अभिव्यक्ति दिएको दिनको सम्झना यसपालि पनि गरियो । गुरुकुलमा सम्पन्न सिर्जना चैत ३ को र्सजक भेलामा साहित्यकार, लेखक खगेन्द्र सङ्ग्रौला, वैरागी काइँला, जन गायक रामेश, चलचित्रकर्मी नवीन सुब्बा र चित्रकार किरण मानन्धरले लोकतन्त्रका लागि फेरि सबै एक हुनुपर्ने बताउनुभयो । गोष्ठीमा १२ कवि कवयित्रीले आफ्ना रचना पाठ गरेका थिए ।

गौरवको कोलाज

ठमेलको बुद्ध आर्ट ग्यालरीमा युवा चित्रकार गौरव श्रेष्ठ (२९) को पहिलो सोलो कोलाज पेन्टिङ पर््रदर्शनी ३-७ चैतमा सम्पन्न भयो । सेल्रि्रेटिङ्ग मुड्स एण्ड एक्सप्रेसन नाम दिइएको पर््रदर्शनीमा राखिएका मठ-मन्दिर, समय र विभिन्न परिवेश समेटिएका २३ मध्ये अखबारको टुक्राहरू समेटिएर बनाइएको कोलाज, बोरा र कार्टर्ुन कागजमा बनाइएका पेन्टिङहरू नौला थिए । १२ वर्षअघिदेखि चित्रकारितामा सक्रिय गौरवले यस्तो कोलाजको पर््रदर्शनी नेपालमै पहिलो पटक गरेको बताए ।

प्रज्ञामा निर्वासित मनहरु


मातृदीप

नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान र ज्योतिपुञ्ज साइन थिएटरको संयुक्त आयोजनामा १० चैतमा नाटक निर्वासित मनहरू को मञ्चन भयो । सांस्कृतिक संस्थानले आयोजना गरेको मध्यमाञ्चल स्तरीय नाटक प्रतियोगिता २०६२ मा उत्कृष्ट निर्देशन, अभिनेता र प्रस्तुतिको तीन विधामा पुरस्कृत निर्वासित मनहरू को लेखन/निर्देशन/परिकल्पना कृष्ण शाह यात्रीको रहेको छ । नाटकमा द्वन्द्वको मारमा परेर ज्यान बचाउन र पैसा कमाउन विदेशिएका नेपालीहरूले भोग्नु परेको कथा समेटिएको छ ।

मायादेवीको सपना


किरण पाण्डे

सम नाटकघर गुरुकुलमा १० चैतबाट डा. अभि सुवेदीको नयाँ नाटक मायादेवीको सपना पर््रदर्शन भइरहेको छ । द्वन्द्वग्रस्त ग्रामीण समाजमा चरम पीडा भोगिरहेका नेपाली महिला र लाहुरे परिवारको कथामा उनिएको एक घण्टाको नाटकको निर्देशन निशा शर्मा पोख्रेलले गरेकी हुन् । १२ वैशाखसम्म दैनिक रूपमा पर््रदर्शन हुने मायादेवीको सपना मा गुरुकुलका कलाकारहरूकोे अभिनय रहेको छ ।

फेशन गुरु काठमाडौँमा

सुस्मिता सेन, उदिता गोश्वामी जस्ता भारतीय प्रख्यात सुन्दरीहरूलाई प्रशिक्षण दिएका भारतका कोरियोग्राफर कौशिक घोसले २-१२ चैतमा काठमाडौँमा नेपाली युवा-युवती तथा मोडलहरूलाई प्रशिक्षण दिए । एसके फिल्मस्ले आयोजना गरेको फेशन सम्बन्धी कार्यशालामा उनले नेपाली मोडलहरूलाई भारतीय फेशन शोमा समेत अवसर दिइने र आगामी साउनतिर काठमाडौँमा अन्तर्रर्ााट्रयस्तरको फेशन शो गर्ने तयारी भइरहेको बताए ।

राजधानीमा पोर्चुगिज चलचित्र

१०-१२ चैतमा रसियन कल्चर सेण्टरमा तीन दिने पोर्चुगिज चलचित्रहरूको परदर्शनी सम्पन्न भयो । पोर्चुगल राजदूतावास दिल्लीको सांस्कृतिक प्रकाशन विभाग र नेपालका लागि पोर्चुगल अवैतनिक बाणिज्यदूतको कार्यालय काठमाडौँले आयोजना गरेको पर््रदर्शनीमा पोर्चुगलका सफल चलचित्र निर्देशकहरूले बनाएका तीन उत्कृष्ट चलचित्रहरू "आई एम गोइङ्ग होम", "हु आर यू -" र "रेण्डिङ्ग" पर््रदर्शन गरिएका थिए । नेपालका लागि पोर्चुगलका अवैतनिक बाणिज्यदूत राजेन्द्र कुमार खेतानले पोर्चुगल संस्कृति र परम्परालाई नेपाली दर्शकसामु परिचित गराउन र दर्ुइ देशको व्यापारिक तथा आर्थिक सम्बन्धलाई नजिक बनाउने उद्देश्यले पर््रदर्शनीको आयोजना गरिएको बताए  ।


नयाँ सिर्जना


बालबालिका शान्तिक्षेत्र हुन्

लोक तथा दोहोरी गीतहरू
सङ्गीत सङ्कलकहरूः रामेश श्रेष्ठ, शिव पौडेल, सुरेन्द्र श्रेष्ठ, चेतन लामा र जगत लामा
शब्द सङ्कलन तथा लेखनः गौरी प्रधान
स्वरः रामेश, सन्तोष श्रेष्ठ, जगत लामा, माण्डवी त्रिपाठी, योगिता मोक्तान, लक्ष्मी श्रेष्ठ
वितरणः चौतारी अडियो भिडियो
प्रस्तुतिः सिविन-नेपाल


भीरमाथिको गाउँ

नेपाली लोकदोहोरी गीतहरू
शब्दः टीका चाम्लिङ
लयः पारस मुकारुङ, कुसुम गुरुङ
स्वरः कुसुम गुरुङ, भिषण मुकारुङ, भेषकुमार खडका
उत्पादक तथा वितरकः श्रद्धा डिजिटल
रेकर्डिङ स्टुडियो