| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“यी तुलसी (डा. तुलसी गिरी) कहिल्यै आफ्नो कुरा
बोलिरहेका हुन्नन्। यी राजाले जे भन् भन्छन् त्यही बोलिरहेका हुन्छन्।”
कुमारमणि
आ.दी., प्र.म. बीपी कोइरालाका निजी सहायक समेत रहेका
सरकारी अधिकृत।
कान्तिपुर दैनिक, १२ चैत, २०६२
“सरकार राजनीतिक दलहरूलाई जङ्गल (माओवादी) तिर
धकेल्ने प्रयत्न गर्दैछ।”
पशुपति
शमशेर जबरा, अध्यक्ष, राप्रपा
दि काठमाडौँ पोष्ट, १४ चैत, २०६२
अङ्क
र अर्थ
९ लाख गर्भ
नेपालमा बर्सेनि ९ लाख महिला तथा युवतीले गर्भधारण गर्छन्। यीमध्ये
१.२९ लाख गर्भले गर्भवतीको जीवन असुरक्षामा पार्छन्। ६ हजार आमाहरू
सुत्केरी हुँदा वा त्यसपछि मर्छन्।
८.४४ लाख
चीनमा अघिल्लो वर्ष अदालतले कैद सजायका निम्ति कारागार चलान गरिएका
कैदी/बन्दीहरूको सङ्ख्या। चीनमा पक्राउ पर्नेमध्ये ९८% दोषी ठहरिएर
दण्डित हुने गरेका छन्, जुन संसारमै उच्चदर हो।
१ अर्ब विश्वमा
स्वच्छ खानेपानीको अभावमा रहेको जनसङ्ख्या। दूषित पिउने पानीका कारण
विश्वमा प्रतिदिन ४,५०० बालबालिकाहरूको मृत्यु हुने गर्छ।
स्रोतः नेपाल स्वास्थ्य पत्रकार
संघ / पनिका
हिँड्दा-हिँड्दै
विदेशमा रहेका नेपालीहरूको सङ्गठन 'एनआरएनए'
ले १४ चैतमा जारी विज्ञप्तिमार्फत् राजाको प्रत्यक्ष शासनको एक वर्षसम्म
पनि देशको परिस्थिति नसुध्रेकोमा चिन्ता व्यक्त गरेको छ। गैरराजनीतिक
संस्थाका रूपमा उभिँदै आएको यस संघका प्रवक्ता डा.
जुगल भूर्तेल सँग 'राजनीतिक कुरा बोल्नुभएछ नि' भन्दा उनको
जवाफ थियो, “नबोली नहुने अवस्था आयो।”

मीन बज्राचार्य |
त्यसोभए तपाइँहरू राजाको शासन
असफल भएको ठहरमा पुग्नुभएको हो?
वर्तमान शासनशैली अन्योलग्रस्त रहेको ठहर हाम्रो हो, सरकारले केही
गर्न सकेको छैन। सरकार न त संसद्वादी दलहरूसँग सहकार्य गरेर अगाडि
बढ्न सकेको छ, न माओवादीसँग वार्ता वा अन्य कुनै उपायद्वारा शान्ति
स्थापना गर्न सफल देखिएको छ। जे–जति काम भएको छ त्यसले देशको स्थिति
सुधि्रएको देखिँदैन।
तपाइँहरूको आग्रहलाई सरकारले
'रेस्पोन्स' गर्ला त?
कहिल्यै नबोलेको संस्थाले केही भन्दा असर भइहाल्ला कि, सकारात्मक परिणाम
ल्याउला कि भनेर बोलेका हौँ। हामीले अहिले आएर बोल्नु भनेको परिस्थिति
यस्तो आयो कि एनआरएनहरू पनि राजनीतिक विषयमा बोल्न बाध्य भए भनेर सरोकारवालाहरूले
बुझन जरुरी छ। अहिलेको अवस्थामा सम्मेलनमार्फत् हामीले देश विकासका
लागि केही गर्छौँ भनेर गरेका कबूलहरू कार्यान्वयन गर्न नसक्ने अवस्था
छ।
यो वक्तव्यले तपाइँहरूलाई 'दरबारिया'
भनेर लागेको आरोप पनि त पखाल्ला नि?
विशुद्ध गैरराजनीतिक संस्था भएपनि थुप्रै मत–मतान्तर रहेका व्यक्तिहरू
छन् यहाँ। दरबार पक्षधरदेखि गणतन्त्र पक्षधरसम्मका व्यक्तिहरू छन्,
यो संस्थामा। मध्यमार्गीहरूको जमात पनि ठूलै छ। त्यसैले समग्र संस्थालाई
कुनै यो वा ऊ भनेर बिल्ला भिराउन मिल्दैन। यदि कसैले त्यस्तो विल्ला
भिराएको छ भने पनि त्यसलाई हाम्रो पछिल्लो कदमले पखाल्छ।
|