हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

 

जङ्गबहादुरको कापीमा चीनको चर्चा

एकपटक फेरि यो स्तम्भ आफ्नो निर्धारित सीमाभन्दा अलिपर जाँदैछ, यद्यपि यो सीमाअतिक्रमण हाम्रो पर्ूव नामाङ्कति स्रोतभित्रैबाट हुन लागेको हो । भन्न खोजेको के भने आजको लेख इतिहासविषयक हो तापनि नेपालको इतिहास होइन, चीनको इतिहाससँग सम्बन्धित छ । अन्त्यमा गएर मात्र हामी नेपाल छुनेछौँ । चीनकै कुरा भए पनि यो उही हाम्रो 'बेलाइती कापी' मा नै आधारित छ ।

जङ्गबहादुर महाराजले भोट 'हान्ने' मन बनाएपछि उनले त्यसअघि नेपालको भोटसँगको युद्ध र सुलहको इतिहास जान्नु आवश्यक देखे  । भोट अथवा तिब्बतसँगको नेपालको सम्बन्धमा चीनको भूमिका महत्त्वपर्ूण्ा हुँदोरहेछ भन्ने ज्ञान भएर हुनर्ुपर्छ उनले चीनबारे पनि केही बुझन खोजे । उनले यो काम आफ्नै जैसीकोठा -आजको परराष्ट्र मन्त्रालय जस्तो निकाय) लाई जिम्मा दिए अथवा अन्तै कतैबाट खोज गर्न लगाए- त्यो थाहा छैन । तर उनको टिपोटकापीमा करीब साठी पृष्ठ त्यतैका कुराले भरिएका छन् । यी साठी पृष्ठमध्ये बाटाघाटाका कुराले धेरै भाग ओगटेका छन् । तर त्यसभन्दा ठूला कुरा पनि छन् त्यहाँ । "चीनको अहेवाल" छ, त्यहाँ । इतिहासका कुरा, वादशाहहरूको विवरण, चीनका प्रान्तका कुरा छन् । आर्थिक अवस्था र भौगोलिक तथ्याङ्क पनि छन् । यी सबै भएबाट जङ्गबहादुरले आफूलाई आवश्यक पर्ने चीनविषयक सबै व्यहोरा राम्रै बुझेको देखिन्छ ।

'अहेवाल' भनिएको छ, यहाँ । यो अरबी शब्द 'अह्वाल' को अपभ्रंश हो । हाल प्रज्ञा-प्रतिष्ठानको कोषले नभित्र्याए पनि पहिलेपहिले नेपालमा राम्रैसँग चलेको थियो यो शब्द र यसको अर्थ थियो- हालचाल या हालखबर । यस कापीमा यो 'अहेवाल'भित्र चीनको संक्षिप्त इतिहास र भूगोल पनि समेटिएको छ । भूगोलभित्र त्यहाँका १५ प्रान्त या 'सुवाउ' को क्षेत्रफल, जनसङ्ख्या, जनघनत्व, 'जीएनपी', प्रतिव्यक्ति कर र सेना -फौज)को सङ्ख्या समेत दिइएको छ । त्यतिमात्र होइन राजधानी पेचिङबाट प्रान्तहरू कति माइल टाढा छन् भन्ने पनि खुलाइएको छ ।

यतिसम्मको तथ्याङ्क दिएको त बुझन सकिन्छ, तर यो कापी त्यतिमै चुप लाग्दैन । यहाँ चीनका पन्ध्रै प्रान्तका सदरमुकामको अक्षांश -ल्याटिच्युड) सम्म पनि दिइएको छ । तर देशान्तर -लङ्गच्ियुड) भने यहाँ दिइएको छैन । यहाँ अक्षांशको कुरा किन उठाउनु पर्‍यो भने जङ्गबहादुरको यो टिपोटकापीमा अक्षांशलाई बढी नै महत्त्व दिइएको छ । अवश्य त्यहाँ 'अक्षांश' शब्द परेको छैन, "लाटिटिउड्" भन्ने लेखिएको छ  । र, यो 'लाटिटिउड्' के हो भनेर अर्थ्याइएको छ । चाख लाग्दो छ, त्यो  अंश- पढिहेरुँ ।

"लाटिटिउड् भन्याको. र्सर्ूय मण्डलको उत्तरायन. दक्षिणायन हो. जसको गिंति कहाँदेषि गर्नु भन्या. उत्तरायन दक्षिणायनका विचाविचदेषि गिंति गर्नु, जस विचाविचलाई. अंग्रेजिमा, एकुइटर भंछन् र्सर्ूय कि गति ताहावाट वीचमा पर्दछ, ताहादेषि उत्तरपट्टलिाई नार्थ लाटिटिउड् भंछ, दक्षिणपट्टलिाई सौथ लाटिटिउड् भंछन्, ताहादेषि दुवैपट्ट िअंसा ९०/९० पर्दछन्, अंसापिछे ६०/६० भाग हुंछ("यस हिसाबले पेचिली-पेचिङ) मा, क्याण्टन २३ मा, यूनान २५ मा सेचुवान र अक्षांशी ड्रि्रीमा पर्छन् भनिएको छ । नक्सा पल्टाइ हेर्दा यो सबै शुद्ध पनि देखिन्छ । त्यो तेरिजको एउटा खण्डमा प्रान्तीय सदरमुकामहरू र राजधानीको दूरी कति भन्ने पनि दिइएको छ । त्यसको नमूना हेरुँः पेचिङ -आजको बेइजिङ) बाट क्याण्टन २७२० माइल, शांसी ४३१ माइल र यूनान २९४६ माइल । त्यस्तै प्रत्येक 'सुवाइ' या प्रान्तको जनसङ्ख्या, क्षेत्रफल दिइएको छ । जस्तो- पेचिङ ५९७०० र्-वर्ग माइल हुनर्ुपर्छ) र ३४,०४,०३८ व्यक्ति, सेञ्चुवान १,७५६०० -वर्ग माइल) र ७७,८९७८२ जना इत्यादि । यहाँ एउटा अझ चाख लाग्ने कुरा छ- "पगरि पिछे कति महसुल सरकारी लाग्छ" भनेर पौंड सिलिङ पेन्समा हिसाब दिइएको छ । पेचिङमा त्यो ५ सिलिङ् ३ पेन्स छ भने सेञ्चुवानमा ९ पेन्स मात्र छ । "हरेक सुवाइको मुलुकी आम्दानी पौंडमा" अर्थात् जीएनपी दिइएको छः पेचिङको ९,२३,९३१ पाउण्ड र काङ्सीको १,४६,८२८ पाउण्ड । त्यसबाहेक प्रत्येक प्रान्तको जनघनत्व पनि पढ्न पाइन्छ, त्यहाँ  । पेचिङ प्रान्तमा प्रत्येक वर्गमा माइलमा ५८ जना, क्याण्टनमा १५ जना अनि सबभन्दा बढी प्र.व.मा ५१० जना बस्ता रहेछन् चेकिएङ प्रान्तमा । यहाँ दिइएका यी प्रान्त या सुवाइका नाम अचेल केके छन् हामीलाई थाहा छैन, तर जङ्गबहादुरका समयमा, नेपाली उच्चारणमा ती नाम त्यस्तै रहेछन् भन्ने मान्नर्ुपर्छ । चीन -महाचीन) को जम्मा क्षेत्रफल र जनसङ्ख्या यस 'अहेवाल'मा अङ्क र अक्षर दुवैमा दिइएको छ । अक्षर मात्र पढौँ- "महाचीनको भित्रि नाप अंग्रेजीमाइल ज्मा तेह्र लाष बहत्तर हजार चारसै पचास माइल" अनि "ज्मा मानिस- चौध क्रोड चौध लाष सत्तरी हजार पाच्" र "माइल् पिछे ज्मा मानिस् १०३" ।

अब अलिकति रमाइला कुरा गरेर यो प्रकरण टुङ्ग्याउ । चीनको राजावंश हाम्रा श्रृङ्ग ऋषिका सन्तान हुन् भन्ने धारणा राख्दा रहेछन् त्यसताका नेपालीहरू । यो कुरा चीनमा राज्य गर्ने शासकहरूको पचास पुस्ताको सूची दिँदा यसरी शिरवेहोरामै लेखिएको छ- "श्रृङ्ग ऋषिका सन्तानदेषी लगायेत्का चीन वादसाहका पुस्ता आयर्ुदा गादिको तपसील्"  । शुरुका केही राजाका हुलिया पौराणिक पाराका, पत्याउन नसक्ने जस्ता दिइएका छन् तापनि पछिकाहरूको तथ्याङ्क ऐतिहासिक नै हुन् भन्ने देखिन्छन्  । जस्तो, पहिलो राजा, "श्रृङ्ग ऋषिका सन्तान थाय काउपाउ सिश्रीको आयर्ुदा ११०० वर्षर राज्यकाल ३२३ वर्षलेखेको छ भने त्यसै वंशको बीसौँ पुस्ताका तोङ्वेन् यानतिको आयु ४६ र राज्यकाल १६ वर्षदेखाइएको छ, जुन चाहिँ विश्वसनीय लाग्दछ । थपमा यिनैका बारेमा त्यहाँ यस्तो कैफियत लेखिएको छ- "इनै तोङ्येन्यानति वादसाहका पालामा सिकन्दर वादसाह चीनमा चढ्याको" । अर्का तीसौँ पुस्ताका "उषौ" भन्ने नारी वादशाहका बारेमा यस्तो कैफियत लेखेको छ- "इथाङ्थायेचोङ् वादसाहको छोरा नहुनाले इनै उषौ छोरिलाई वादसाही दि. इनैले वादसाही गरिन्- आयर्ुदा ८१ गादि २१" । अनि ४३सौँ पुस्ता छुन्टेनका सम्बन्धमा यस्तो टिप्पणी लेखिएको छ- "इनै छुन्टेन वादसाहलाई मंजु वादशाहले दगा गर्दा छुन्टेन् वादसाह आफै पासो लगाइ मर्‍या- याहादेषी मंजु वादसाह"  । मंजु अर्थात् मन्चु वंशका चौथा राजा छ्यानलुङ् भएछन् भन्छ यो बेलाइती कापी । यहीँनिर हो माथि भनिएको, यस 'अहेवाल'ले नेपाली इतिहासलाई छोएको  । त्यहाँ यस्तो लेखेको छ-" धैवुंमा लडाञी गर्न आयाको इनै छयान्लुङ् वादसाहका पालामा हो, लडाञी गर्न आउन्या काजि फुटु थ्याङ हो?"

झर्कोलाग्दो गरी चीनको यति लामो 'अहेवाल' भट्टाएपछि यस स्तम्भले बल्ल आफ्नो धरातल भेट्टाएको छ । यसै ठाउँमा आएर हामी आजलाई विश्राम लिऊँ ।