| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“विश्व हिन्दू महासंघको अध्यक्षको हैसियतले म
राजालाई कुनैपनि हालतमा माओवादीको अघिल्तिर घुँडा टेक्न दिने छैन।”
भरतकेशर
सिंह, शाही पार्श्ववर्ती
दि काठमाडौँ पोष्ट, २४ फागुन, २०६२
“राजाका वरिपरि बद्नाम ठगहरू जो छन्, ती भ्रष्ट,
तस्कर माफियाहरूले राजालाई 'चक्रव्यूह' बाट उम्कन नदिएर राष्ट्र नै
समाप्त गर्ने षड्यन्त्र गरिरहेका छन्। राजाको नियत खराब हो या वरिपरि
रहेकाले राजालाई बिगारे!”
दीर्घराज
प्रसाइँ
देशान्तर साप्ताहिक, २८ फागुन, २०६२
“प्रशिक्षकका रूपमा काम गर्न थालेको २० वर्षभन्दा बढी
भइसक्यो तर अहिलेसम्म मलाई एकपटक पनि अन्तर्राष्ट्रिय टीमको नेतृत्व
गर्न दिइएको छैन।”
शान्ति
गुरुङ, वरिष्ठ महिला भलिबल प्रशिक्षक
राष्ट्रिय खेलकुद परिषदमा महिला विरुद्ध हुने गरेको लैङ्गिक विभेदको
प्रसङ्गमा
सञ्चारिका लेखमाला, माघ–फागुन २०६२
अङ्क
र अर्थ
५ हजार
प्रसव सम्बन्धी समस्याबाट नेपालमा बर्सेनि मर्ने आमाहरूको सङ्ख्या।
३,३२,१८१ जना
यो वर्षको एसएलसी परीक्षामा सम्मिलित हुने विद्यार्थीहरूको सङ्ख्या।
स्रोतः नेपाल स्वास्थ्य पत्रकार
संघ / पनिका
हिँड्दा-हिँड्दै
हिट्स एफ्एम् म्युजिक अवार्ड–२०६२ द्वारा सम्मानित
युवा पप गायक लोचन रिजाललाई संयुक्त
राष्ट्रसंघले 'सहस्राब्दी विकास लक्ष्य' का लागि गरीबी विरुद्ध चेतना
फैलाउन नेपालका तर्फबाट सद्भावना राजदूत नियुक्त गरेको छ।

अनुप प्रकाश |
कतिवटा विधामा हिट्स एफ्एम्
म्युजिक अवार्ड जित्नुभयो?
वेष्ट पप भोकल, वेष्ट पप कम्पोजिसन, वेष्ट रक कम्पोजिसन र अल्बम अफ्
इअर गरी चार विधामा अवार्ड पाएँ।
कस्तो अनुभव भयो त्यसबेला?
एकदम खुशी लाग्यो। सङ्गीततर्फको यात्रालाई अझै परिमार्जन गरेर अगाडि
बढ्ने सूरमा छु।
कस्ता गीतहरू गाउनुहुन्छ नि?
पप, रक र अलिअलि शास्त्रीय स्वादका गीतहरू गाउँछु।
तपाइँले गाएका यस्ता गीतहरू
कति नेपालीहरूले सुन्छन् जस्तो लाग्छ?
श्रोताहरूको राम्रै माया पाएको छु। म हौसिन्न, आफ्नो कर्ममा दत्तचित्त
भएर लागिरहन्छु। श्रोताहरू बिस्तारै बढ्दै जाने कुरा हो।
पप गायनमा त काम नपाएकाहरू लाग्छन्
रे' नि?
पप गायनमा पनि राम्रा प्रतिभा भएकाहरू प्रशस्त छन्।
सङ्गीतसँगै अरू के गर्दै हुनुहुन्छ?
काठमाडौँ विश्वविद्यालयमा जनजातिसम्बन्धी सङ्गीत (इथ्नो–म्युजिकोलोजी)मा
एम्ए गर्दैछु।
कुनचाहिँ जनजातिको सङ्गीतबारे
अध्ययन गर्दै हुनुहुन्छ?
स्नातकमा नेवारको धिमे बाजाबारे व्यावहारिक अध्ययन गरेको थिएँ। र,
अहिले सारङ्गी, शास्त्रीय गायन, गितार र तबलाबारे व्यावहारिक अध्ययन
गर्दैछु। साथै विश्व सङ्गीतबारे पनि सैद्धान्तिक अध्ययन गरिरहेको छु।
तपाइँका कति वटा अल्बम छन्?
मेरा उद्वेग र कोमा दुई अल्बम बजारमा छन्।
|