खेलकुद
आश जगायो एथलेटिक्सले

सुन्दर श्रेष्ठ |
| टि्रपल जम्पमा कीर्तिमान राख्ने १७ वर्षीया केशरी चौधरी। |
६ वटा नयाँ
राष्ट्रिय कीर्तिमानसहित ३५ आँै राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप
सकिएको छ। तीन वर्षपछि भएको राष्ट्रिय च्याम्पियनसिपमा फेरि एकपटक
प्रहरी र सेनाको टोलीको वर्चस्व देखिएको छ भने केही नयाँ 'स्टार'हरू
पनि उदाएका छन्।
केशरी चौधरी, चन्द्रकला थापा र देवीबहादुर बस्नेतको
उदयसँगै खुर्सिद अहमद खाँ र विना श्रेष्ठको सन्न्यास यो प्रतियोगिताको
अन्य महत्ववपूर्ण पक्ष बनेको छ। यसपटक पुरुष स्पर्धामा त्रिभुवन क्लबको
तथा महिला स्पर्धामा पुलिस क्लबको वर्चस्व देखियो। दर्शक माझ् लोकप्रिय
हुन नसकेको एथलेटिक्स खेलले पनि प्रायोजक पाउनुलाई महत्ववका साथ हेरिएको
छ। आसन्न १० औँ दक्षिण एसियाली खेलकुदको तयारीलाई यो प्रतियोगिताले
केही हदसम्म भए पनि सहयोग चाहिँ गरेको छ।
३७ इभेन्टमा सञ्चालित यस प्रतियोगितामा पहिलो पटक समावेश
गरिएको महिला टि्रपल जम्पमा उपाधि जित्ने मध्यपश्चिमाञ्चलकी १७ वर्षीया
केशरी चौधरीले कीर्तिमान मात्र राखिनन् प्रतियोगिताको उदीयमान खेलाडी
समेत घोषित भइन्। महिलातर्फ महेन्द्र पुलिस क्लबकी निर्मला भारती तथा
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका देवीबहादुर बस्नेत उत्कृष्ट ठहरिए।
सफलतापूर्वक राष्ट्रिय च्याम्पियनसिप सञ्चालन गर्नु
र ६ वटा राष्ट्रिय कीर्तिमान कायम हुनुलाई एथलेटिक्स संघले सफलताको
रूपमा हेरेको छ। प्रतियोगितामा कायम ६ वटै कीर्तिमान महिलातर्फ नै
भएका थिए। महिलातर्फको १० हजार मिटर दौडमा राम्रो सुधार गरेको देखियो।
सो इभेन्टमा अर्को नयाँ कीर्तिमानसहित भारतीले नै स्वर्ण पदक जितिन्।
यद्यपि दक्षिण एसियालीस्तरमा प्रतिस्पर्धा हुने इभेण्टहरूमा
खासै सुधार भने हुनसकेको छैन। यस क्षेत्रमा नेपालको नाममा कीर्तिमान
कायम पुरुष म्याराथुनमा खेलाडीहरूको प्रदर्शन पुरानैस्तरको रह्यो।
नेपालले पाँच–पाँच पटक पदक जितेको ज्याभलिन थ्रो खेलका नायक खुर्सिद
अहमद खाँले सन्न्यासको घोषणा गर्दा एउटै उत्तराधिकारी नदेखिनुले समग्र
खेल स्थितिलाई सन्तोषजनक भन्न सकिने ठाउँ छैन।
•
मनोज घिमिरे
अन्तिम पदक तालीका
टिम स्वर्ण रजत काश्य कुल
त्रिभुवन आर्मी क्लव १६ ८ ३ २७
नेपाल प्रहरी १३ १७ ११ ४१
मध्यपश्चिमाञ्चलल ३ ४ ४ ११
मध्यमाञ्चल २ ३ ५ १०
पूर्वाञ्चल १ १ ३ ५
सशस्त्र प्रहरी – २ ५ ७
सुदूर पश्चिमाञ्चल – १ २
अफ्रिकी टीमलाई
'बूढासुब्बा' र 'आहा'

महेश राई
|
| २८ फागुनमा बूढासुब्बा गोल्ड कप उचाल्दै। |
राम्रा स्वदेशी
राष्ट्रिय खेलाडीहरू बङ्गलादेशमा हुन गइरहेको एएफसी फूटबल प्रतियोगिताको
तयारी प्रशिक्षणमा रहँदाको फाइदा विदेशी खेलाडीहरूको अफ्रिकन युनाइटेड
क्लब (एएफसी) ले उठाएको छ। २८ फागुनमा धरानको आठौँ बूढासुब्बा टुबोर्ग
गोल्ड कप र २० फागुनमा पोखराको चौथो आहा गोल्डकप फूटबल प्रतियोगिताको
उपाधि जितेपछि यो टिमले अहिले सबैको ध्यान तानेको छ।
राजधानी बाहिरको चर्चित प्रतियोगिताका रूपमा रहेका
बूढासुब्बा ३–१ र आहा २–० को गोल अन्तरमार्फत् उपाधि जितेपछि ७५–७५
हजारको नगद पुरस्कार र गोल्डकपमा एएफसीले कब्जा जमाएको हो। उपाधिका
लागि एएफसीले बूढासुब्बामा आयोजक धरान फूटबल क्लब र आहा गोल्डकपमा
महेन्द्र पुलिस क्लब (एमपीसी) लाई पराजित गरेको थियो।
बूढासुब्बामा एएफसीका लागि माइकल आदेयमो, नुरुद्दीन
सलाउ र डानियल एकोङले १–१ गोल गरेका थिए। धरानका लागि ऋषि राईले टिमको
एक मात्र गोल गरेका थिए। खेलमा म्यान अफ द म्याच धरानका सुदिप लिम्बू
भएका थिए भने उत्कृष्ट खेलाडी एएफसीका नुरुद्दीन सलाउ घोषित भए।

सुदर्शन रञ्जित |
| आहा गोल्डकपको फाइनलमा पोखरामा एमपीसीसँग भिड्दै एएफसी (नीलो
जर्सीमा)। |
हरि खड्का, रमेश बुढाथोकी, राकेश श्रेष्ठ, जुमन राई,
रितेश थापा, राजु कटवाल र सुमन सुवेदीसहित ७ राष्ट्रिय खेलाडी बिना
मैदानमा उत्रिएको एमपीसी बूढासुब्बा गोल्ड कपमा धरान फूटबल क्लबसँग
सेमी फाइनलमै पराजित भएको थियो। एमपीसी जस्तै विगत दुई वर्षका आहा
गोल्ड कप विजेता मनाङ मर्स्याङ्दी (एमएमसी) आफ्ना ६ कुशल खेलाडीको
अनुपस्थितिका कारण सेमी फाइनलबाटै बाहिरिन पुगेको थियो। एमएमसीका खेलाडीहरू
सागर थापा, कुमार थापा, टासी छिरिङ, नवीन न्यौपाने, विकास मल्ल पनि
एएफसीको तयारी क्याम्पमा नै रहेका छन्।
आहा गोल्ड कपमा भने महेन्द्र पुलिस विरुद्ध उपाधिका
लागि अफ्रिकन युनाइटेडका तर्फबाट अब्दुल धानीले मात्रै २ गोल गरेका
थिए। ३ गोल गरेर प्रतियोगिताको हाईस्कोरर धानी नै बने भने एमपीसीका
अनन्त थापा उत्कृष्ट खेलाडी रहे। धरानको प्रतियोगितामा १७ र पोखरामा
१२ टिम मैदानमा उत्रिएका थिए।
•
रमेश पौडेल, पोखरा
आनन्द कोइराला, धरान
|