हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

विराटनगरमा बन्यो बिजुली भ्यान

नेपालमा बिजुलीबाट चल्ने गाडीको सूचीमा हुलास मोटर्सले निर्माण गरेको भ्यान थपिएको छ। मूलतः कार्यालय प्रयोजनका लागि निर्माण गरिएको १२ जनासम्म यात्रु अट्ने उक्त नमूना 'मिनी ईभी'को विकास तथा अनुसन्धानमा काठमाडौँ इलेक्ट्रिक भेइकल एलायन्स (केभा) ले सहयोग पुर्‍याएको छ। बिजुली प्लगमा जोडी सीधै चार्ज गर्न मिल्ने उक्त भ्यान एक युनिट बिजुलीबाट ४ किलोमिटर गुड्न सक्छ भने ब्याट्री पूर्ण रूपमा चार्ज हुँदा ६० देखि ७० किमी गुड्छ। भविष्यमा ४ जनासम्म अट्ने साना र सामान ढुवानीका निम्ति पिकअप गाडीसमेत निर्माण गरिने जानकारी (केभा) ले दिएको छ।


नयाँ फाइनान्स कम्पनी

रु.१० करोड अधिकृत पूँजी र रु.३ करोड चुक्ता पूँजी भएको इम्पोरियल फाइनान्सियल इन्ष्टिच्युसन लिमिटेडले नेपाल राष्ट्र ब्याङ्कबाट ६५ औँ वित्तीय कम्पनीका रूपमा इजाजत प्राप्त गरेको छ। मासिक मौज्दातमा ५ देखि ६.५ प्रतिशत र मुद्दती खातामा ६.७५ देखि १० प्रतिशतसम्म व्याज प्रदान गर्ने यो संस्थाले १२ देखि १४ प्रतिशत व्याजदरमा कर्जा लगानी गर्ने जानकारी दिइएको छ। संस्थाको चुक्ता पूँजी (रु.३ करोड) को ६१ प्रतिशत अंश संस्थापकहरूबाट र बाँकी ३९ प्रतिशत रकम सर्वसाधारणलाई शेयर बिक्री गरी उठाइने पनि बताइएको छ।


हुलास रेमिट्यान्स र नेबैलिबीच सम्झौता

हुलास रेमिट्यान्स ले आफ्नो सेवा विस्तार गर्ने क्रममा नेपाल ब्याङ्क लिमिटेडसँग व्यावसायिक सम्झ्ौता गरेको छ। वेस्टर्न युनियनसँग आवद्ध उक्त रेमिट्यान्स कम्पनीले विदेशबाट आएको रकम देशभरका प्रमुख स्थानहरूमा छरिएर रहेका नेपाल ब्याङ्कका विभिन्न २५ वटा शाखाबाट सरल तरिकाबाट सम्बन्धित व्यक्तिलाई बुझाइने जानकारी दिएको छ।


गेट्ज स्लिकर को नयाँ संस्करण

हुण्डाइ मोटर्सको अधिकृत बिक्रेता एभ्को इन्टरनेशनलले युरोपेली शैलीको गेट्ज स्लिकर कार बजारमा ल्याएको छ। पुरानो संस्करणको भित्री र बाहिरी सजावटलाई उल्लेखनीय परिवर्तन गर्दै नयाँ मोडल प्रस्तुत गरिएको दाबी कम्पनीको छ। धेरै रंगहरूमा उपलब्ध यो संस्करणमा इन्जिन क्षमता १३०० सीसीबाट बढाएर १४०० सीसी पुर्‍याइएको छ।


किचेन डेकोरको भान्साका सामान

'घरको गहाना नै भान्सा कोठा हो' भन्ने नाराका साथ किचेन डेकोर प्रालिले आकर्षक मोडेलमा भान्सा कोठामा प्रयोग हुने उपकरण तथा सजावटका सामानहरू बजारमा ल्याएको छ। यसअन्तर्गत बिक्रीमा रहेका विभिन्न रुप र आकारका ग्यासचुलो, चिम्नी, क्याबिनेट, र्‍याक, हिटर र फिल्टर जस्ता उपकरणहरू किफायती तथा टिकाउ भएको कम्पनीको दाबी छ।


वीरगञ्ज फाइनान्स काठमाडौँमा

वीरगञ्ज फाइनान्स लिमिटेडले काठमाडौँमा शाखा खोलेको छ। वीरगञ्ज शाखामा जस्तै यो नयाँ शाखाबाट पनि ग्राहकलाई सरल तथा सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ। चालु आ.व.मा रु.७ करोड निक्षेप सङ्कलन र रु.८ करोड कर्जा लगानी गर्ने लक्ष्य कम्पनीले लिएको छ।


शाका लाका बूम को 'पर्दाफास'

शाका लाका बूम चाउचाउको उत्पादक हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिले नयाँ उपहार योजना सार्वजनिक गरेको छ। 'पर्दाफास' नाम दिइएको यस योजना अन्तर्गत उपभोक्ताले रु.२ देखि रु.२ लाख नगद, १४ इञ्च रङ्गीन टीभी, टी सर्ट, स्कूल ब्यागका साथै विभिन्न खेलकुदका सामानहरू पुरस्कार स्वरुप प्राप्त गर्नसक्ने जानकारी दिइएको छ। कम्पनीका अनुसार विगतमा सञ्चालित टाटु र कुपन मिलाउँदा दिइने एक प्याकेट चाउचाउ उपहारको योजना पनि कायमै रहिरहने छ।


युनिभर्सल एक्सप्रेस सञ्चालनमा

भारतमा करीब ८ सय र अन्य मुलुकमा दुई सय शाखा रहेको भारतीय कुरियर तथा कार्गो कम्पनी ओभरनाइट एक्सप्रेस ले नेपालका लागि युनिभर्सल एक्सप्रेस प्रालिलाई आफ्नो अधिकृत एजेण्टका रूपमा चयन गरेको छ। नेपालभर ८ प्रमुख शहरहरूमा शाखा रहेको युनिभर्सल एक्सप्रेसले सुलभ दरमा विश्वको जुनसुकै स्थानमा पनि समयमै कुरियर र कार्गो पुर्‍याउने विश्वास प्रकट गरेको छ।


रेन्बोले ल्यायो डिजिटल छपाई प्रविधि

रङ्गीन फोटो धुलाई र छपाईका लागि परिचित रेन्बो समूहको टाइटन इन्टरनेशनलले डिजिटल छपाई र प्रि–प्रेस कार्यमा सघाउ पुर्‍याउने जापानमा निर्मित कोनिका–मिनोल्टा ब्राण्डको डिजिटल मेसिन नेपाल भित्र्याएको छ। साना तथा मध्यम प्रयोजनका लागि गुणस्तरीय ब्रोसर, पोस्टर, पोष्ट कार्ड, क्यालेन्डर आदि जस्ता कागजात छपाईका निम्ति यो मेसिन उपयुक्त हुने विश्वास कम्पनीले प्रकट गरेको छ। दुई मोडलमा उपलब्ध उक्त मेसिनको मूल्य रु.२५ लाखसम्म पर्ने बताइएको छ। टाइटनले छपाइमा प्रयोग हुने स्त्रि्कन ब्राण्डका फिल्म रोल्स, स्क्यानर तथा च्यापियन ब्राण्डका रसायनहरूको पनि बिक्रीवितरण शुरु गरेको छ।