| तन्नेरीका
कुरा
जागिर चाहियो ?
सही
ढङ्गले जागिर खोज्नु एउटा कला हो भने जागिरका लागि योग्यता र सर्म्पर्कको
विकास गर्नु सफलताको सूत्र हो । जागिर खोज्नेले 'जागिरले के खोज्छ'
भन्ने कुरा पत्ता लगाई त्यस अनुरुप आफूलाई पनि योग्य बनाउनुपर्छ ।
•
शैली बस्नेत

किरण पाण्डे |
| लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि बिष्ट र
मरिचमान सिंहः राजनीतिज्ञका नाउँमा यस्ताले मात्र पाएका छन् मानपदवीः
|
"खै, काम
नै पाइएन... यो देशमा अवसर नै छैन..." बेरोजगार युवाहरूका यस्ता
गुनासा आजभोलि प्रशस्त सुनिन्छन् । देशमा आकर्ष 'करिअर'को सम्भावना
र व्यक्तित्व-विकासको अवसर नै भेटिएन भन्दै हरेक वर्षहजारौँ तन्नेरीहरू
विदेशिने गर्छन् । हुनेखानेका छोराछोरी अमेरिका, अष्ट्रेलिया, बेलायतजस्ता
देशमा पुग्छन् । मध्यमवर्गीय तथा निम्न आयस्रोत भएकाहरू चाहिँ मलेशिया
तथा खाडी मुलुकहरूलाई आफ्नो गन्तव्य बनाउँछन् । अमेरिकी डिभी चिठ्ठामार्फ्
पलायन हुने क्रम पनि बर्सर्ेे बढ्दैछ । र, यो क्रमले जन्माएका प्रश्नहरू
हुन्- नेपालमा साँच्चै नै रोजगारीका अवसरहरूको कमी छ त ?
्नातक वा स्नातकोत्तर उत्तर्ीण्ा शिक्षित जनशक्तिलाई
लिनसक्ने बजार पनि छैन त -
रोजगारदाताहरू भने यो कुरामा सहमत छैनन् । उनीहरूको भनाइमा नेपाली
बजारमा रोजगारीका अवसर हुँदै नभएका होइनन्; तर, तिनलाई उपयोग गर्न
सक्ने वा ती कामका निम्ति उपयुक्त, कुशल मान्छे पाउन गाह्रो छ । एक
सरकारी आँकडाअनुसार नेपालको कुल जनसङ्ख्यामा पाँच प्रतिशत पर्ूण्ा
बेरोजगार छन् भने ३२.३ प्रतिशत अर्ध-बेरोजगार । जागिर खोज्नेहरूको
सङ्ख्या हरेक वर्षतीन लाखका दरले बढिरहेको अन्य स्रोतहरूले समेत देखाइरहेका
छन् । बेरोजगारहरूको यति ठूलो सङ्ख्या हुँदाहुँदै पनि व्यावसायिक कम्पनीहरूले
'मान्छे पाइँदैन' भनेको सुन्दा आर्श्चर्य लाग्न सक्छ । स्थिति त्यस्तै
छ त - छ भने बेरोजगार र रोजगारदाताहरूबीच यो मतभिन्नता किन र कसरी
आइरहेछ ?
नेपालमा जागिर खोज्नेहरूमा अधिकांशले पत्रपत्रिकामा
प्रकाशित 'चाहियो', 'आवश्यकता', 'वान्टेड', 'भ्याकेन्सी अनाउन्समेन्ट'
हर्ेर्दै निवेदन दिने गर्छन् । दैनिक पत्रपत्रिकामा मात्रै हरेक दिन
दर्जनौँ आवश्यकताका विज्ञापन देख्न सकिन्छ । तिनका आधारमा निवेदन दिनेहरूको
एउटा संसार छ भने 'आवश्यकता' ननिकाली जागिर दिलाउने/रिक्रुट गर्नेहरूको
अर्को दुनियाँ । यथार्थ के हो भने नेपालभित्रका सबै जागिरका लागि 'चाहियो'
छापिँदैन । यो स्थितिमा मानिसहरूले जागिर कसरी पाइरहेका छन् त - अवसर/जागिर
नपाएर विरक्तिएकाहरू भन्छन्, "भनसुन, सोर्सफोर्स चाहिन्छ,"
"आफ्नो छैन" वा "भनेका मान्छेहरूले वास्ता गर्दैनन्
।"
कतिपय मानिसले चिनजानकै भरमा जागिर पाउने कुरा सत्य
हो । राम्रो चिनजानका आधारमा गरिने त्यस्ता सबै सिफारिसलाई नकारात्मक
मान्न नहुने ब्याङ्कङि व्यवसायमा संलग्न एक उच्च अधिकारी बताउँछन्
। संसारको जुनसुकै कुनामा पनि जागिरका लागि सबैभन्दा बढी चल्ने/चलाइने
उपाय यही हो । यसको अर्थ कुनै संस्थामा चिनेको मान्छे हुँदैमा कसैले
जागिर पाउँछ भन्ने होइन । निजी क्षेत्रमा कसैले पनि आफ्नो जागिरलाई
जोखिममा पार्ने वा छवि बिग्रिने गरी कसैको सिफारिस गर्दैन । त्यसैले
असक्षम, अयोग्य वा खराब आचरण/विचारधारा भएकाहरूलाई प्रायः सिफारिस
गरिँदैन । तर विडम्बना के छ भने अधिकांश नेपाली युवाहरू चिनेका मान्छेकहाँ
अघाउञ्जेल धाउँछन् तर आफ्नो योग्यता, विशेषता र क्षमता दर्शाएर उनीहरूलाई
प्रभावित पार्नेतिर ध्यान नै दिँदैनन् ।
अनेक छन् उपाय
'चाहियो' र 'चिनजान' बाहेक जागिर पाउने अरू माध्यम पनि छन् । Jobsnepal.org,
BMjobs.com.np, Jobstreenepal.com, bigyapan.com.np, जस्ता
वेबसाइटहरूमा समेत खाली पदका लागि विज्ञापन दिने गरिन्छ । त्यहाँ पत्रपत्रिकामा
नदेखिएका आवश्यकताका बारेमा समेत सूचनाहरू हुन्छन् । यस्ता साइटहरूमा
आफ्नो व्यक्तिगत विवरण -बायोडाटा) दर्ता गरेर जागिर खोज्नेले आफ्नै
विज्ञापन पनि गर्न सक्छन् । कम्पनीहरूले दिएको विज्ञापन पत्रपत्रिकामा
जस्तै हर्ेन र आफूलाई सुहाउँदो पदका लागि वेबसाइटमार्फ् नै निवेदन
दिन सकिन्छ । आजभोलि नेपालका थुप्रै कम्पनीहरूले मान्छे चाहिएको बेला
यस्ता साइटमा दर्ता भएका बायोडाटा हेरेर उम्मेदवारहरूसँग सीधै सर्म्पर्क
गर्न थालिसकेका छन् ।
जागिर खोज्ने अर्को उपाय हो- कम्पनीहरूमा आफ्नो बायोडाटा
छोड्नु । कम्पनीका वेबसाइटमा समेत जागिरका लागि निवेदन दिने, बायोडाटा
पठाउने सुविधा दिइएको हुन्छ । अधिकांश निजी संस्थाहरूले आफूसँग भएको
वा आफूकहाँ आएका बायोडाटाका आधारमा जागिरका लागि मान्छे बोलाउने गरेको
अनुभव सुनाउँदै चौधरी ग्रुपकी पूजा भट्टर्राई भन्छिन्, "हामीकहाँ
छाडिने हरेक बायोडाटा हाम्रो डाटावेसमा दर्ता गरिन्छ र कुनै पद खाली
भएमा तिनै बायोडाटालाई पहिलो प्राथमिकता दिइन्छ ।" तर एकपटक भन्दा
बढी एउटै मान्छेले बायोडाटा छोड्यो भने त्यसले नकारात्मक प्रभाव जन्माउने
बताउँदै भट्टर्राई भन्छिन्, "दर्ुइपटकसम्म ठीकै छ भन्ने हुन्छ,
तर त्योभन्दा बढी एउटै बायोडाटा आयो भने यो मान्छेमा धर्ैय रहेनछ भन्ने
बुझन्िछ र यस्ता रर्ेकर्ड भएकाहरूले जागिरमा कम प्राथमिकता पाउँछन्
।"
यसरी बायोडाटालाई प्राथमिकता दिने र 'चाहियो' नछाप्ने
कारण के होला - अग्नि इन्कर्पोरेटेडका नायब महाप्रबन्धक बिजु बज्राचार्य
भन्छन्, "सबै कम्पनीहरू मितव्ययिता चाहन्छन् । विज्ञापन छाप्ने
काम खर्चिलो र झण्झटिलो पनि छ । त्यसमाथि निवेदन दिनेहरूको बाढी नै
आउँछ । जाँच र अन्तर्वार्तामा समेत अनावश्यक स्रोत र समय खर्च हुन्छ
। फेरि, निवेदकहरूको हूलमा आफूलाई चाहिएजस्तो मान्छे नहुन सक्छ । कुनै
'चाहियो' देख्नेबित्तिकै 'हाली राखौँ न त' भनेर निवेदन दिनेहरू पनि
थुप्रै छन् ।" चौधरी गु्रपकी पूजाका अनुसार एउटा सेल्स एक्जीक्यूटिभ
माग्दा सेल्स म्यानेजरदेखि सेल्सम्यानसम्म, कहिलेकाहीँ त क्षेत्र नै
नमिल्ने मार्केटिङ, फाइनान्सतिरकाले समेत निवेदन दिन्छन् । यसले गर्दा
पनि कम्पनीले खोजेजस्तो मान्छे भेट्न सक्दैन ।
"हाम्रो कम्पनीले कहिल्यैै पनि 'चाहियो' भन्ने
विज्ञापन दिँदैन" हिट्स एफएमकी उद्घोषिका अर्पिता नेपाल भन्छिन्,
"जसलाई साँच्चिकै यो क्षेत्रमा लाग्नु छ, उसले पहुँच बनाउने तरिका
थाहा पाइसकेको हुन्छ । त्यसैले स्वतः अग्रसर भएर आउने निवेदकहरूलाई
नै अवसर दिइन्छ ।" अर्कोतिर, 'चाहियो' छाप्नेबित्तिकै मन्त्रीलगायत
विभिन्न उच्च ओहोदाबाट 'राखिदिनू' जस्ता निर्देशनसहित आउने फोन पनि
पत्रिकामा विज्ञापन दिनुको प्रमुख बेफाइदा मानिन्छ । यस्ता सोर्सफोर्स
छल्नलाई समेत पदपर्ूर्तिका लागि अरू बाटो अपनाउनुपर्ने बाध्यता रहेको
कम्पनीहरू स्वीकार गर्छन् । त्यस्ता कम्पनीहरू 'चाहियो' लाई अन्तिम
उपायका रूपमा मात्र प्रयोग गर्छन् ।
हिजोआज पदपर्ूर्तिका निम्ति थुप्रै कम्पनीहरूले व्यावसायिक
एजेन्सीको सहयोग समेत लिने गर्दछन् । जागिर खोज्नेहरूले आफ्नो बायोडाटा
कम्पनीको सट्टा एजेन्सीहरूमा छोड्छन् । आफ्ना ग्राहक-कम्पनीका लागि
उपयुक्त मान्छे पठाइदिने जिम्मा एजेन्सीको हुन्छ । कम्पनीमा कुनै पद
खाली हुनेबित्तिकै पदको विवरणसहित एजेन्सीमा सर्म्पर्क गरिन्छ । एजेन्सीले
पद-सुहाउँदो मान्छेहरूको बायोडाटा कम्पनीलाई पठाइदिन्छ । त्यसकै आधारमा
छनौट-प्रक्रिया अगाडि बढाइन्छ । यसो गर्दा कम्पनीलाई 'चाहियो' छाप्ने
झन्झटबाट मुक्ति मिल्छ । विज्ञापन निकाल्नै परेको खण्डमा पनि सोर्सफोर्स
छल्नका लागि एजेन्सीहरूले आफ्नै नाममा सूचना निकालेर जागिरदाता कम्पनीको
नाम गोप्य राख्ने गर्छन् ।
तीन वर्षता नेपालका कहलिएका कम्पनीहरूलाई सेवा दिँदै
आएको मानव संशाधन परामर्श संस्था 'रियल सलुसन्स'का निर्देशक शैलेन्द्रराज
गिरीको अनुभवमा धेरै नेपालीहरूमा जागिर पाइएन भनेर गुनासो गर्ने तर
जागिरका लागि आफूमा के कस्तो दक्षता हुनर्ुपर्छ, त्यतातिर वास्तै नगर्ने
बानी छ । "बाउन्न घुस्सा त्रिपन्न ठक्कर नखाई जागिर पाइँदैन,"
उनी भन्छन्, "र, त्यसको तयारीका लागि केही समय र मेहनत लगानी
गर्नैपर्छ । आफूलाई बिकाउने केही विशेषता नै नबोकी औपचारिक शिक्षाका
भरमा मात्र 'जागिर पाइएन' भन्नु समाधान होइन, समस्याको जड हो । किताब-पत्रपत्रिका
अध्ययन गर्ने, काम बुझेकाहरूबाट विषयगत ज्ञान हासिल गर्ने, इन्टरनेट
जस्ता स्रोतको उपयोग गरी आफूलाई अरूभन्दा सचेत र सक्रिय बनाउने सोच
नै छैन यहाँ ।"
हुन पनि नेपाली कम्पनीहरूलाई नयाँ प्रविधि र युगसँग
घुल्न सक्ने प्रतिस्पर्धी, सिर्जनशील युवाहरूको ठूलो खाँचो छ । योग्य
मान्छेको त बजारमा किनबेच नै हुन्छ भन्दा पनि हुन्छ । एउटा कम्पनीमा
राम्रो कौशल देखाएको मान्छेेलाई प्रतिस्पर्धी कम्पनीले दोब्बर, तेब्बरभन्दा
बढी तलब, सुविधा दिएर राखेका उदाहरणहरू पनि बजारमा भेटिन्छन् । योग्य
उम्मेदवारको अभाव पनि हो यसको एउटा मुख्य कारण । रियल सलुसन्सका गिरी
भन्छन्, "नेपालमा जागिर थुप्रै छन् तर खोज्ने कला र संयन्त्रको
अभाव छ ।"
राष्ट्रिय/अन्तर्रर्ााट्रय गैरसरकारी संस्थाहरूमा जागिर
पाउने प्रक्रिया अलि भिन्न छ । यी संस्थामा नयाँ र अनुभवहीनहरूले काम
पाउन कठिन छ । कुनै क्षेत्रमा पर्याप्त अनुभव बटुलिसकेकालाई पत्रपत्रिकाको
विज्ञापन र कतिपय अवस्थामा चिनजानका माध्यमबाट समेत यस्ता संस्थामा
जागिर दिइन्छ । माइती नेपालका सूचनाअधिकृत प्रकाश गुरुङ भन्छन्, "हामीले
उद्धारपछि परिवारमा र्फकन नसकेका चेलीहरूलाई तालिम दिएर 'बोर्डरगार्ड'
को काम पनि दिने गरेका छौँ । तर अरू अवस्थामा खाली पदका लागि हामी
विज्ञापनमै जाने गर्र्छौं ।"
राष्ट्रिय/अन्तर्रर्ााट्रय गैससहरूमा स्वयंसेवक बनेर
पसेका व्यक्तिहरूले पछि त्यहीँ काम पाउने सम्भावना पनि उत्तिकै हुन्छ
। गैसस 'कामधेनु'की सचिव ज्योति नकर्मीका अनुसार स्वयंसेवक बनेर अनुभव
बटुलेकाहरूलाई नयाँ परियोजनाहरूमा स्वाभाविक रूपमै पहिलो प्राथमिकता
दिइन्छ ।
लक्ष्यमुखी भए समस्या छैन
जागिर नपाउनेहरूले प्रायः देशलाई नै गाली गरेको पाइन्छ- 'नेपालीहरू
खत्तम छौँ, कम्पनीहरूमा सिफारिस मात्रै चल्छ' आदि भनेर । तर उनीहरू
आफूमा के कस्ता कमीकमजोरी छन्, कहिल्यै नियाल्दैनन् । चौधरी गु्रपकी
पूजा भन्छिन्, "त्रिभुवन विश्वविद्यालयका कतिपय विद्यार्थीहरू
काठमाडौँ विश्वविद्यालय वा विदेशी विश्वविद्यालयका उत्पादनले मात्र
राम्रो जागिर पाइरहेको गुनासो गर्छन्् । तर त्यो सही होइन । हरेक परीक्षणमा
प्रतिस्पर्धात्मक योग्यताले मात्र प्राथमिकता पाउँछ । जागिरका लागि
अरूलाई पर्छार्न सक्ने गुणी उम्मेदवारहरूलाई हामी खोजी खोजी राख्छौँ
।"
उता, जागिर खाएपछि सिकिहालिन्छ नि भन्दै फर्ुसदको समय
खेर फालेर बस्ने धेरै छन् । कुनै पनि पदका लागि मान्छे लिँदा प्रायः
सबै कम्पनीहरूले हर्ेर्ने मुख्य गुण हो- उम्मेद्वारमा सिक्न सक्ने
क्षमता । यदि उम्मेद्वारले पहिल्यै काम सुहाउँदो केही सिकेको छ र पेशागत
ज्ञान तथा रुचि बढी भएको छाप छोड्न सक्छ भने उसैले प्राथमिकता पाउँछ
। रोजगारदाताहरूको अनुभवमा काठमाडौँ विश्वविद्यालय वा विदेशमा पढेकाहरूमा
व्यावहारिक ज्ञान बढी पाइएको छ । अङ्ग्रेजीको ज्ञान, प्रस्तुति र सम्वादमा
पनि उनीहरू अगाडि देखिएका छन् । आफैँ अग्रसर भएर युग-सुहाउँदो क्षमता
हासिल गरेका युवाहरू भने जुनसुकै शिक्षणसंस्था वा पृष्ठभूमिबाट आए
पनि सहजै बिकिरहेका छन् ।
बाबुआमाको गाल र्टार्न वा भावी योजनाबारे सोच्दै नसोची
औपचारिकताका लागि मात्र पढ्ने अनि समयमै राम्रो सर्म्पर्क नबनाउनाले
जागिर पाउने सम्भावना टाढिँदै जान्छ । शैलेन्द्र र पूजा दुवै जागिर
खोज्नेहरूमा केन्द्रित लक्ष्य -फोकस्ड एम्बिसन) को कमी देख्छन् । एउटा
पेशा, क्षेत्र र पदका लागि आफूलाई योग्य बनाउनु आजको प्रतिस्पर्धात्मक
युगमा अत्यन्त जरुरी छ । विद्यार्थी छँदै 'इर्न्र्टनसीप' जस्ता अवसरको
सदुपयोग गर्न सक्नर्ुपर्छ । इर्न्र्टनसीपको मुख्य फाइदा हो- यसले चिनजान
बढाउँछ । सो अवधिमा राम्रो छाप छोड्न सक्ने हो
भने भविष्यमा कम्पनीलाई मान्छे चाहिँदा प्रायः 'इर्न्र्टन'
गर्नेहरूलाई नै बोलाइन्छ । इर्न्र्टनसीपबाटै काठमाडौँ कलेज अफ म्यानेजमेन्टका
अधिकांश उत्पादनले रोजगारी पाएका छन् । कम्पनीलाई चित्त बुझेको खण्डमा
इर्न्र्टन लगत्तै -परीक्षाफल अगावै) विद्यार्थीहरूलाई रोजगारी दिइएका
उदाहरणहरू पनि छन् । कतिपय राम्रा विद्यार्थीहरूलाई कलेजहरूले नै रोजगारीका
प्रस्ताव राख्ने गर्छन् । आफ्नो कलेजका विद्यार्थीहरू योग्य छन् भन्ने
छवि बजारमा बनिसकेकाले कतिपय कम्पनीले मान्छे चाहिएमा सोझै कलेजमा
सर्म्पर्क गर्ने गरेको काठमाडौँ कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल
विष्णुराज अधिकारी बताउँछन् ।
हिमालयन स्न्याक्स एण्ड नूडल्स प्रालिका मानव संशाधन
अधिकृत दिप्ती ठकुरीको विचारमा भर्खरै पढाइ सकेका वा पढ्दै गरेकाहरूले
कामलाई सानो ठूलो भनेर हर्ेनुहुँदैन । पहिला सानोतिनो काममा हात हालेपछि
मात्र आफू कुन कामका लागि योग्य छु भन्ने राम्ररी थाहा हुन्छ । त्यसैअनुसार
उच्च-अध्ययन गर्नु र एउटा विषयमा आफूलाई पारंगत बनाएर पेशागत रूपमा
अगाडि बढ्नु उचित हुन्छ । विद्यार्थी छँदैमा घरबाट कलेज, कलेजबाट घर
जाने बानी छोडेर व्यापार व्यवसायको दुनियाँमा प्रत्यक्ष, परोक्ष रूपमा
घुलमिल हुने हो भने पढाइ सकेपछि जागिर पाउने बाटो सजिलो बन्छ ।
युवाहरूलाई रोजगारीका लागि सुझाव दिँदै वित्तीय संस्था
सीजी फिन्कोका प्रमुख कार्यकारी अधिकृत निर्वाण चौधरी भन्छन्, "पेशाका
रूपमा ब्याङ्क वा कम्पनीमैै जागिर खानु जरुरी छैन । सङ्गीत, खेलकुद,
साहित्यलाई पनि पेशाका रूपमा लिन सकिन्छ तर जुनसुकै क्षेत्रमा लाग्नका
लागि पनि विषयगत दक्षता, लगाव र जोश नभई हुँदैन ।" चौधरीको विचारमा
यसका लागि आफ्नो तर्फाट चाहिँदो लगानी गर्नैपर्छ । समय वा मेहनतको
लगानी मात्र हैन, जनसर्म्पर्क बढाउने काम पनि त्यसैमा पर्छ ।
तर्सथ, जागिर पाउनका लागि पत्रिका पल्टाएर मात्र पुग्दैन
। सही ढङ्गले जागिर खोज्नु एउटा कला हो भने जागिरका लागि आवश्यक योग्यता
र सर्म्पर्कको विकास गर्नु सफलताको मूल सूत्र हो । यसकारण 'जागिर चाहियो'
मात्र नभनेर 'जागिरलाई के चाहियो' भन्ने मानसिकता विकास गरी त्यसै
अनुरुप अगाडि बढ्नु आजको बजारको माग हो ।
|