हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

केवल नामका लागि

पोहोर साल यसै छेकतिर यस स्तम्भमा दिवङ्गत सङ्गीतकार गोपाल योञ्जनबारे एउटा प्रसङ्ग उक्काइएको थियो । त्यो प्रसङ्ग थियो उनको जन्मजयन्तीको, जो संयोगवश ऋषितर्पणी अथवा जनैपूणिर्माका दिन पर्दछ  । पोहोर उनको ६१ औँ जन्मजयन्ती थियो । त्यसैको अवसर पारेर गोपाल योञ्जनको स्मृतिमा सङ्गीत प्रतिष्ठान खडा भएका थिए, एउटा होइन दर्ुइ-दर्ुइ ओटा  ।

एउटा थियो गोपाल योञ्जनको परिवारको संलग्नतामा स्थापना गरिएको 'निशानी गोपाल योञ्जन सङ्गीत प्रतिष्ठान' र अर्को थियो उनका प्रशंसक र चेलाचेलीहरूको अग्रसरतामा थालिएको 'सङ्गीत सम्राट गोपाल योञ्जन राष्ट्रिय प्रतिष्ठान' ।

पछिल्लो प्रतिष्ठान अस्तित्वमा आएको घोषणा त वाकायदा ६१ औँ जन्मजयन्ती समारोहको आयोजनाका साथ गरिएको थियो जसमा बोल्नेहरूमा नगेन्द्र थापा प्रभृत्ति गीतकारहरू, सङ्गीतकार तथा गायकहरू थिए । त्यस समारोहमा भाग लिने अवसर यस स्तम्भकारलाई पनि मिलेको थियो । नवगठित प्रतिष्ठानको उन्नयनका लागि आर्थिक सहयोग गर्न गोपाल योञ्जनका धेरै जना प्रशंसकहरू उत्सुक र अग्रसर थिए । एक जना उदारमना प्रशंसकद्वारा प्रतिष्ठानलाई एक लाख रुपैयाँको थैलो प्रदान गरिएको घोषणा पनि भएको थियो । पाँच-दस हजार रुपैयाँ सहयोग गर्ने वचन त धेरै जनाबाट आयो । त्यस्तो र्समर्पणभाव देख्दा यस प्रतिष्ठानले केही गरिहाल्ला भन्ने लागेको थियो । तर त्यस दिन त्यहाँ देखिएको उत्साह सोडाको बोतल खोल्दा निस्कने फिँज जस्तो मात्र साबित भयो ।

त्यसरी धूमधडाका साथ स्थापना गरिएको त्यो प्रतिष्ठान र गोपाल योञ्जनको परिवारको संलग्नतामा खडा गरिएको अर्को प्रतिष्ठान विधिवत् रूपमा दर्ता भएनभएको थाहा भएन । जे भए पनि यो साल गोपाल योञ्जनको जन्मजयन्ती नमनाइएको कुरा चाहिँ थाहा भयो । किनभने प्रत्येक साल झैँ यसपटक पनि जनैपूणिर्मा त आयो, तर नेपाली सङ्गीतका ती महारथीको जन्मजयन्ती मनाइएको समाचार भने कतै पढ्न-सुन्नमा आएन ।

कुनै संस्था जन्माउन त्यति गाह्रो छैन । घटीमा सात या नौ जना वयस्क भए एउटा तदर्थ समिति बनिहाल्छ । अनि प्र.जि.अ.को कार्यालयमा दर्ता गर्‍यो, भइहाल्छ । असली चुनौती भनेको संस्थालाई हर्ुकाउने, बढाउने र जुन उद्देश्यका लागि खोलिएको हो त्यसको परिपर्ूर्तिका लागि संस्थालाई निरन्तर सक्रिय राख्नु हो । त्यो काम एक जना व्यक्तिबाट सम्भव हुँदैन  । त्यसका लागि प्रतिबद्ध र समर्पित व्यक्तिहरूको एउटा गतिलो समूह चाहिन्छ  । अनि मात्र संस्था बलियो र दर्ीघजीवी हुन्छ ।

नत्र त्यही ताल हुन्छ जो गोपाल योञ्जनका नाममा स्थापित दर्ुइ प्रतिष्ठानहरूले देखाएका छन् । केवल नाम हुन्छ, काम हुँदैन । खालि नामका लागि संस्था खोल्नुको के अर्थ ?

भत्क्यो प्रजातन्त्रको भित्ता

ख्यालको रडाको मच्चिएको थिएन त्यो एउटा जाबो भित्ताका लागि ! प्रजातन्त्र के आएको थियो, एकथरी विद्यार्थीले काठमाडौँ रत्नपार्कको रातो घरमाथि झन्डा गाडे । अर्काथरी विद्यार्थीले त्यसको सामुन्ने रहेको नेपाल विद्युत् प्राधिकरणको एउटा घरको भित्तामाथि कब्जा जमाए । बरु त्यो रातो घरको उपयोगबारे उनीहरूबीच कुनै विवाद उठेन । तर त्यस भित्ताको उपयोगमा आफ्नो अग्राधिकार स्थापित गराउन भने दर्ुइ समूहबीच मारामार नै चल्यो । जमेर लडाइँ भयो । एकपटक मात्र होइन पटकपटक । कतिका टाउका फुटे, हात भाँच्चिए, दाँत फुक्लिए त्यस लडाइँमा परेर ।

एउटा समूहको नेतृत्व त स्वयं डाक्टर वी.आर.बाट भएको थियो । भिडन्तकारी पक्षहरूको दृष्टिमा त्यो भित्तो प्रजातन्त्रको प्रतीक बनेको थियो अनि उनीहरू त्यस प्रतीकलाई आफ्नो मुठीमा राख्न चाहन्थे  । यसप्रकार त्यस भित्ताको नाम नै प्रजातन्त्रको भित्ता हुन पुगेको थियो । यो कुरा डाक्टर वी.आर.को समूहले अरण्य प्रवेश गर्नुअघिको हो  ।

जुन भित्ताका लागि त्यसरी तन्नेरी नेपालीहरूले रगत बगाएका थिए, जसको उपयोगका लागि उनीहरूले ढुङ्गामुढा गरेका थिए, त्यही भित्ता अहिले गर्ल्यामगर्ुलुम भत्केको छ । भत्केको छ भन्दा पनि सरकारी निकायले त्यसलाई भत्काएको छ । जसको भित्ता थियो उसले भत्काइदियो । आर्श्चर्य ! कतैबाट विरोधको चुँसम्म सुनिएन ।

हुन त प्रजातन्त्रले नै हावा खाइरहेको अहिलेको अवस्थामा प्रजातन्त्र नामधारी त्यो भित्ता भए पनि नभए पनि के फरक पर्छ र !
यसबाट सिक्नुपर्ने पाठः प्रजातन्त्र कुनै भित्तामा आधारित हुनुहुँदैन  । भित्तामा आधारित प्रजातन्त्र बाँच्दैन । भित्ता जसको हो त्यसले एकदिन त्यो अवश्य भत्काउँछ । बुझनुभो कमरेड ?

वन म्यान वन भोट

यो मन्त्री भन्ने पद पनि गजबकै जिनिस रहेछ ! जो पनि त्यसलाई प्राप्त गर्न चाहन्छन् र त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि सदा तयार रहन्छन् । कोही सफल उद्यमी, व्यापारी, वकिल, डाक्टर, इन्जिनियर, पत्रकार वा केके होला, उसले आफ्नो कार्यक्षेत्रमा नाम र दाम दुवै कमाएको होला । तर त्यस्ता सफल व्यक्तिको पनि अन्तरमनमा मन्त्री पद पाउने लालसा टाँसिएको हुन्छ । अचेलभरि त यस्ता सफल र जानेमाने व्यक्तिहरूलाई मात्र होइन कैद सजाय भोगिसकेका र कैदमा रहेका अपराधीहरूलाई समेत यस्तो लालसाले पोलेको हुनर्ुपर्छ ।

तर मन्त्री हुने निजी आकाङ्क्षा र मन्त्रीको कर्ुर्सर्ीीच बहुदलीय राजनीतिक व्यवस्था तगारो भएर तर्ेर्सिएको थियो ।

मन्त्री हुनलाई चुनाव लड्नुपर्ने । चुनाव लड्नलाई राजनीतिक पार्टर्ीीे सदस्य हुनुपर्ने । सदस्य मात्र भएर नपुग्ने सक्रिय योगदान गर्नुपर्ने । भाषण गर्नुपर्ने, जुलुसमा भाग लिनुपर्ने, डन्डा खानुपर्ने, जेल जानुपर्ने, अनसन बस्नुपर्ने आदि यावत् काम गर्नुपर्ने जो हरकोहीका लागि सम्भव हुने कुरा होइन ।

अहिले बडो सरल र सोझो 'वन म्यान वन भोट' को व्यवस्था आएको छ । केही दुःख बेसाइरहनुपर्दैन । एक जनाको नजर परेर भोट पाउनेबित्तिकै मन्त्री पद त कतै न जा !

केही मर्ूधन्य व्यक्तिहरूलाई चिन्दछु, जो मन्त्री पदको दौडमा पर्ूव कैदी कराँते मास्टरबाट पराजित भएकाले खिन्न छन् र नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेका छन् ।

त्यस्ता सबै कुखुराहरूलाई सल्लाह छः

आफ्नो बायोडाटा अद्यावधिक गरेर हालै खिचेको पासपोर्ट साइजको फोटोसहित मन्त्री पदका लागि निवेदन आजै दर्ता गराउनुहोस् । 'वन म्यान वन भोट'को जमानामा तपाईं मन्त्रिमण्डलको अर्को सेटमा परिहाल्नुहुन्छ कि, के थाहा ?