हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट - शाही भ्रमण

राजाले सुने मात्रै

पूर्व-पश्चिम भ्रमणमा निस्किएका राजालाई रुँदै-विन्तीभाउ गर्दै हिंसा पीडित जनताले शान्तिसुरक्षा र राहतको माग गरे । तर, राजाले पुरानै शैलीमा भने- ठीक छ, ठीक छ । बुझेँ, बुझेँ ।

शरद के.सी.


सूचना विभाग

दाङ, तुलसीपुरमा राजासँग एक युवकले औँलो ठड्याएर कुरा गरे । सामान्य मर्यादा विपरीतको त्यो शैलीमा व्यक्त धारणा राजाले धर्ैयपर्ूवक सुने ।
सर्ुर्खेतमा एकजना सानो बच्चाको हातको फूल लिन खोज्दा बच्चाले नदिएपछि 'ए ! नदिने, ल ल भैगो' भन्दै राजा अगाडि बढे ।
हातमा फूल लिएका स्कूले विद्यार्थी नउठेपछि जुम्लामा राजाले आफैँ निहुरिएर पुष्पगुच्छा लिए ।
बालबालिका, वृद्धवृद्धा र महिलाले सकिनसकी हात समाएर ढोग्न खोज्दा पनि राजाले 'भो पर्दैन' भनेनन् ।

२८-३१ साउनमा पर्ूवाञ्चल र ६-११ भदौमा मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा राजाबाट भएको भ्रमणलाई धेरै नेपालीले टेलिभिजनमा हेरे  । ती दृश्यले राजा जनताको दैलोमा गएर उनीहरूको पीरमर्का बुझन भगिरथ प्रयास गरिरहेका छन् भन्ने आभास दिन खोजिरहेका थिए । १९ माघको शाही कदमपछि राजा 'जनताको पीरमर्का बुझन' पहिलोपल्ट दरबार बाहिर निस्किएका कारण पनि उनको हाउभाउ, प्रश्न र जवाफ चासोको विषय बनेको थियो ।

१९ जेठ २०५८ को शाहीसंहारपश्चात् गद्दीनसीन राजाले वर्षदिनको आशौचमा कहीँ-कतै र्सार्वजनिक सहभागिता जनाएका थिएनन् । १८ असोज २०५९ मा शेरबहादुर देउवा सरकार अपदस्थ गरी कार्यकारी अधिकार लिएपछि राजाको सक्रियता एक्कासी बढ्यो । सैनिक अखडाहरूको भ्रमणबाट शुरु भएको त्यो सक्रियता, अभिनन्दन र जिल्ला भ्रमणको रूपमा प्रकट हुन थाल्यो । विभिन्न विकास क्षेत्रमा गरिएको भ्रमणको प्रकट उद्देश्य, सुरक्षा र निजामती प्रशासनलाई जनताको पक्षमा परिचालन गर्नु रहेको देखिन्छ । तर, भ्रमण अवधिभर राजाले भेटेका प्रशासक, सभापति, उपसभापति, अनुगमन समितिका पदाधिकारी, प्रजातन्त्र र बहुदलीय व्यवस्थाका विरोधीहरूको जमात हर्ेदा राजाको भित्री उद्देश्य देखिएको भन्दा भिन्न हुनसक्ने आशङ्का गर्ने ठाउँ छ  ।

"भीषण रक्तपात र दमनको तयारी हो"
जनता हिंसाले आकुल छन्, त्यो पक्का हो । उनीहरू माओवादीको हिंसा स्वीकार्न तयार छैनन् । दलहरूसँग जनताको एजेण्डा छैन । तर त्यो रिक्ततालाई राजाले पूर्ति गर्न सक्दैनन् ।
कृष्ण पहाडी, मानवअधिकारकर्मी

ब्यारेक, मन्दिर र प्रशासन कार्यालय वरपर भएपनि राजाले उपस्थित र्सवसाधारणसँग भेटेर कुरा गरे । राजाले कसैलाई सुम्सुम्याएको, कसैसँग नजिकै गएर कुरा गरेको अनि केहीलाई सान्त्वना दिएको देखियो । राजाको कुरा गर्ने र सुन्ने शैलीलाई सरकारी टेलिभिजनले खुब प्रचार गर्‍यो । मोरङ, कञ्चनपुर र दाङमा कालो चश्मा र सैन्य पोशाकमा देखिएका राजा आफ्ना प्रत्येक वाक्यमा 'प्रजातन्त्र' का कुरा दोहोर्‍याइरहेका थिए ।

पैदल हिँड्ने रहर

सडकमा पैदल हिँड्ने, र्सवसाधारणसँग कुरा गर्ने वर्तमान राजाको यो शैली बुबा महेन्द्रसँग ठ्याक्कै मिल्छ । पञ्चायतकालमा अञ्चलाधीश भइसकेका र्सर्ूयबहादुर सेनका भनाइमा राजा महेन्द्र पनि बाटो नभएका जिल्लामा घोडामा हिँड्थे । बाटोमा भेटिएका जनतासँग दुःख-सुखबारे सोधखोज गर्थे । तर प्रजातन्त्रकालमा पनि वर्तमान राजा आफ्ना वरिपरि रहेका सानो समूहबाटै घेरिएर हिँडेको मन परेको छैन सेनलाई । उनी भन्छन्, "राजा सबैको साझा होउन् भन्ने जनताको चाहना छ । अहिले त एक्ल्याउने काम मात्र भइरहेको छ ।"

राजाको पैदल भ्रमणको उद्देश्य बढी भन्दा बढी र्सवसाधारणसँग घुलमिल हुन खोज्नु देखिन्छ । ३० साउनमा कोशी अञ्चल अस्पतालको निरीक्षणपछि राजा जलजला चोकबाट गुद्रीमोडसम्म करीब २० मिनेट पैदल हिँडेका थिए । त्यस्तै १८ किलोमिटर लामो इटहरी-विराटनगर आवत-जावत हेलिकोप्टरबाट हुने अनुमान विपरीत मोटर प्रयोग गरिएको थियो । २८ साउनमा इटहरीस्थित सैनिक पृतना पुगेका राजा भोलिपल्ट धरानको दन्तकाली मन्दिरबाट फर्किँदा पैदल हिँडे । यो क्रम धनकुटामा पनि देखियो । ३१ साउनमा झापाको चारआलीस्थित २१ नम्बर बाहिनी पुगेर राजाले सिद्धेश्वर महादेव र बर्दवाहिनी भगवतीको पूजाअर्चना र केहीबेर पैदल हिँडेर र्सवसाधारणसँग कुराकानी गरेका थिए  ।

पश्चिम नेपाल पुग्दा पैदल यात्रा झनै तीब्र भयो । डोटीको दिपायलस्थित सैनिक पृतनाबाट हेलिकोप्टर चढेर ६ भदौमा महाकाली अञ्चलको सदरमुकाम महेन्द्रनगर -कञ्चनपुर) को भगतपुरस्थित २५ नं. बाहिनीमा झरेका राजा बाहिर रहेको महाकाली मन्दिरसम्म गाडीमा गए । त्यहाँबाट अञ्चल प्रशासन कार्यालयसम्म करीब एक किलोमिटर सडकका दुवैतिर उपस्थित र्सवसाधारणसँग झण्डै दर्ुइ घण्टा लगाएर भलाकुसारी गरे । यो क्रम ७ भदौमा कैलालीको तेघरी, दिपायलको राजापुर हुँदै ८ भदौमा कर्ण्ााली सदरमुकाम जुम्लाको अञ्चल प्रशासन कार्यालय जाँदा र त्यसको भोलिपल्ट समेत चल्यो । दाङ, तुलसीपुरको १९ नं. बाहिनी गई त्यहाँबाट राप्ती अञ्चल प्रशासन कार्यालय जाँदा पनि राजा केही टाढासम्म गाडीमा र त्यसपछि पैदलै हिँडेका थिए  । चार घण्टाको तुलसीपुर बसाइमा दर्ुइ घण्टा भन्दा बढी उनले जनतासँगै बिताए ।

"कमजोर छैन राजसंस्था"
जनताले रोइकर्राई 'भरोसा-केन्द्र तिमी नै हौ' भनेका छन् राजालाई  । अब आमनिर्वाचनलाई संविधानसभा मानेर संविधान पुनर्लेखन गर्न राज्यले दलहरूसँग सम्वादको पहल गर्नर्ुपर्छ ।
जनार्दन आचार्य, पर्ूव सदस्य, राष्ट्रिय सभा

विवादास्पद अभिव्यक्ति

पर्ूवाञ्चल भ्रमण सञ्चारकर्मीका लागि आंशिक रूपमा मात्रै खुला रहेको भएपनि पश्चिम पुग्दा छानिएका प्रसारण माध्यमका लागि खुल्ला गरिएको थियो । परिणामस्वरुप राजाको जनतासँगको सम्वाद, अधिकारीहरूलाई दिइएको निर्देशनलगायत अन्य क्रियाकलाप टेलिभिजनमा देख्न पाइयो । तर, सञ्चारमाध्यमले र्सार्वजनिक गरेका राजाका अभिव्यक्ति विवादमुक्त रहेनन्  । ६ भदौमा महेन्द्रनगरमा जिविसका सभापति-उपसभापतिलाई निर्देशन दिँदा राजाले दलहरूप्रति कटाक्ष गरे- पर्ूण्ा प्रजातन्त्रको बाटोमा हिँड्नुस्  । एक-दर्ुइ जनाले हामी जनताको प्रतिनिधित्व गर्र्छौँ भनेर कराउँदैमा केही हुँदैन ।

प्रजातान्त्रिक कालमा राजनीतिक पार्टर्ीी फुट ल्याउन खेल खेल्ने गरेको आरोप दरबारले खेप्दै आएको बेला ८ भदौमा जुम्ला पुगेर राजाले त्यस्तै अर्थ लाग्ने अर्को विवादास्पद कुरा भने- 'आतङ्ककारीलाई फकाएर हुन्छ कि फुटाएर, शान्ति स्थापनाको लागि राज्यले त्यही बाटो लिनेछ ।' यसले राजा माओवादीलाई फकाउन नसके फुटाउन चाहन्छन् भन्ने देखिन्छ  । फुटाउन चाहनुको स्वाभाविक अर्थ हुन्छ त्यहाँ राजाले भनेको मान्ने पंक्ति पनि छ । राष्ट्रिय सभाका पर्ूव सदस्य जनार्दन आचार्य भने राजाको यो भनाइलाई सुरक्षाकर्मीमार्फ् माओवादीलाई 'साइज' मा ल्याएर संवादको निम्ति तयार पार्ने अर्थमा बुझेको बताउँछन् । तर कतिपय राजावादीकै भनाइमा चाहिँ योभित्र मनमा जे थियो, गैरराजनीतिक मान्छे भएकोले त्यही झरेको हो ।

जुम्लामै राजाले भनेका थिए, "उनीहरू (माओवादी) मा राष्ट्रप्रेम र राष्ट्रियता छ भने राष्ट्रको मूलबाटोमा आउँछन् जस्तो लाग्छ ।" दलहरूलाई आतङ्ककारीबारे प्रस्ट हुन राजाले बारम्बार गर्ने अनुरोध र यो भनाइबीच पनि विरोधाभास छ । मानव-अधिकारवादी नेता कृष्ण पहाडीको प्रश्न छ, "आफूले फकाउँदा माओवादी राष्ट्रवादी हुने, अरूले वार्ता गर्न खोज्दा राष्ट्रघाती हुने, यो कस्तो दोहोरो मापदण्ड ?"

उता ९ भदौमा तुलसीपुर पुगेर राजाले विद्यार्थीहरूलाई 'असामाजिक तत्व' भने । उनको भनाइ थियो- आफू पनि नपढ्ने अरूलाई पनि पढ्न नदिने अशोभनीय काम रोक्नर्ुपर्छ । तर, पञ्चायतकालीन अञ्चलाधीश सेनले यसलाई "गृहमन्त्री, सचिव वा प्रजिअले बोल्ने कुरा" भनेका छन् । त्यसैगरी ७ भदौमा कैलालीमा 'अब हामीले भावी सन्ततिको लागि शान्तिको भेल बगाउनर्ुपर्छ' भन्ने कवि तथा गीतकार राजाको भनाइप्रति एक भाषाविद्को टिप्पणी थियो- 'शान्तिको भेल हुँदैन ।'

"दर्ुइ दिनको रामछायाँ हुनसक्छ"
सबै दललाई एकठाउँमा ल्याउन नसकेमा भ्रमण दर्ुइ दिनको रामछायाँ हुनेछ । अघिल्ला अभिनन्दन र भ्रमणको प्रतिफल के भयो - त्यसबेला राजालाई फूल चढाउनेका छोराछोरी पनि त मारिएका होलान् नि !
र्सर्ूयबहादुर, सेन पर्ूव अञ्चलाधीश

पूरा नभएका वाचाहरू

राजाबाट गएको वर्षमध्यपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमणपछि १८ फागुनमा सरकारलाई दिइएको निर्देशनमध्ये सर्ुर्खेत-जुम्ला सडक निर्माण बाहेकका कामले गति लिन सकेनन् । माओवादीबाट पीडितको पुनःस्थापना र रोजगारी, सुरक्षासँग सम्बन्धित क्षेत्रीय कार्यालय एक महिना र अन्य ६ महिनाभित्र सर्ुर्खेतमा स्थानान्तरण, सर्ुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, सल्यान, रुकुम र रोल्पामा ग्रामीण विद्युतीकरण, छिन्चु-जाजरकोट र देवीस्थल-चौरजहारी-डोल्पा सडक निर्माण, जडीबुटी उत्पादन, प्रशोधन एवं बिक्री-वितरणका लागि स्थानीय जनतासमेत सहभागी हुने कार्यक्रम कार्यान्वयन र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्माण शुरु गर्न भनिए पनि यीमध्ये कुनै पनि काम पर्ूण्ा रूपमा भएनन् ।

बर्दियाको रम्भापुर, दाङ-लगायत विभिन्न ठाउँका घटनामा माओवादीले जबरजस्ती प्रयोग गरेका थुप्रै सवारीसाधन अझै सुरक्षा फौजको नियन्त्रणमा छन् । तीमध्ये कति गाडी व्यवसायीहरूले ऋणमा किनेका हुन्  । यस्तै दर्ुइ पीडित व्यवसायीले दाङमा राजालाई गाडीको बिलबुक देखाउँदै भनेका थिए, "सरकार ! हामी त भोकै मर्ने भयौँ ।" नौमुलेमा मारिएका सुरक्षकर्मीकी विधवाले राजालाई कोहलपुरमा भेटेपछि डाको छोडेर रुँदै भनेकी थिइन्, "श्रीमान मारिएको राहत रकम अझै पाइनँ । कि न्याय हुनुुपर्‍यो हैन भने हामी आमाछोरीलाई पनि मारिदिनुपर्‍यो सरकार  !"

भ्रमणमा राजासँग धेरैले शान्ति मागे । राजाले पनि 'सेना नपुग्ने कुनै ठाउँ छैन' भनेर जनतालाई आश्वस्त बनाउन खोजे । तर, माओवादीले राजा भ्रमणमै रहेको बेला ७ भदौमा जिल्ला अनुगमन समितिका संयोजक अजयराज सिंहको गोली हानी हत्या गरे । माओवादीको फेला नपरेर बाँचेका सरकारद्वारा मनोनीत जिल्ला विकास समिति, बाँकेका सभापति पशुपतिदयाल मिश्रले नै राजालाई भनेका थिए, "शान्ति सुरक्षामा कुनै सुधार आएको छैन सरकार  !"

राजाका अगाडि कतिपय र्सवसाधारण डाँको छाडेर रोए । राजाले उनीहरूको हात सुम्सुम्याए । मानवअधिकारवादी नेता कृष्ण पहाडी यसमा अर्को कुनै अनिष्ट लुकेको ठान्छन् । पहाडी भन्छन्, "यो त काट्नुअघि बगरेले बोका सुम्सुम्याए जस्तो हो । १८ असोज २०५९ पछिका अभिनन्दन र रोल्पा-रुकुमको भ्रमणको परिणाम १९ माघको रूपमा आयो । अब कुन १८, १९ वा २० आउने हो ?"

अहिले जो गाउँमा पुगे पनि जनताले पीडा पोख्छन्, राजा पुग्दा पनि त्यही भएको हो भन्ने धारणा पनि छ । राष्ट्रियसभाका पर्ूव सदस्य जनार्दन आचार्य भन्छन्, "जनता हिंसा-आतङ्कबाट पीडित छन्  । यस्तो पीडापर्ूण्ा अवस्थामा नेताहरू गएको भए पनि जनताले आफ्नो पीर-मर्का पोख्थे । घरदैलोमा राजा नै पुगेपछि त झन् पोख्ने भइहाले ।"

राजाको यो भ्रमणलाई आन्तरिक मामिला भन्दा बाहृय राजनीति, अर्थात् भदौ अन्तिम साता संयुक्त राष्ट्रसंघीय महासभामा जाने राजाको तयारीसँग जोडेर हर्ेर्नेहरू पनि छन् । मानवअधिकारवादी कृष्ण पहाडी भन्छन्, "राष्ट्रसंघको महासभामा जानुअघि आफूलाई जनताको र्समर्थन छ भन्ने देखाउन राजाले मञ्चन गरेको नाटक हो यो ।"

अभिनन्दन-यात्रा


डम्बरकृष्ण श्रेष्ठ

विराटनगर, १९ पुस २०५९
तेह्रथुमको म्याङलुङ, सप्तरीको राजविराज र धनकुटाको हिले भ्रमण । म्याङलुङको सिंहवाहिनी र राजविराजको छिन्नमस्ता भगवतीको पूजा ।
धनगढी, २१ चैत २०५९
बैतडीको जगन्नाथ, अछामको बैजनाथ, डडेल्धुराको उग्रतारा, दार्चुलाको मालिका अर्जुन भगवती र डोटीको शैलेश्वरीमा पूजा ।
नेपालगञ्ज, २५ माघ २०६०
मध्यपश्चिमी जिल्ला तहका अभिनन्दन ग्रहण । ३ फागुनमा एकै दिन दाङ्ग, प्युठान, रोल्पा र सल्यानको अभिनन्दनमा सरिक ।
पोखरा, १५ चैत २०६०
पश्चिमाञ्चल क्षेत्रमा दैनिक तीन-तीन जिल्लामा अभिनन्दन ग्रहण । जिल्लाका शक्तिपीठ र मन्दिरमा पूजाअर्चना ।