| रिपोर्ट -
पदक-विभूषण
राजाद्वारा, राजाका मान्छेलाई
कसैले
पाएको पदक वा विभूषणलाई उसले देशप्रति गरेको योगदानको मापन भनेर मान्ने
हो भने मुख्यसचिव विमल कोइराला भन्दा राजाका ज्वाइँ राजबहादुर सिंह
र छोरी प्रेरणाको योगदान 'उल्लेखनीय' रहेको मान्नुपर्ने हुन्छ ।
•
किरण नेपाल

मीन बज्राचार्य |
| लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि बिष्ट र
मरिचमान सिंहः राजनीतिज्ञका नाउँमा यस्ताले मात्र पाएका छन् मानपदवीः
|
पाटन औद्योगिक
क्षेत्रभित्रको घरेलु तथा साना उद्योग कार्यालयमा यतिखेर 'नेपाल तारा'
बनाउने काम धमाधम भइरहेको छ । पुराना कारिगरहरू नभएकोले नयाँ कारिगरहरूलाई
यो विभूषण बनाउन निक्कै हम्मे परिरहेको छ । त्यसो त उनीहरू वर्षरि
नै कुनै न कुनै विभूषण बनाउने काम गरिरहन्छन् । एक कारिगर भन्छन्,
"बनाउन गाह्रो हुने नेपाल तारा होस् वा सजिलो गोदबा, हाम्रा लागि
वर्षरिको मेलो यही हो ।" उनका भनाइमा, "गोदबा त वर्षरि नै
बनिरहन्छ ।" अलङ्कार तथा विभूषण बनाउने काममा यस कारखानामा ३५
कारिगरहरूसहित करीब ५० को सङ्ख्यामा जनशक्ति कार्यरत छ ।
'शान्ति सुव्यवस्था कायम गराउने सिलसिलामा विशेष योगदान
पुर्याउने' सेना, प्रहरी, निजामती कर्मचारी र र्सवसाधारण गरी १ हजार
२ सय ८३ जनाले यही १७ भदौमा राजाबाट विभूषण -पदक) पाउँदैछन् । १ वैशाख
२०६२ मा घोषणा गरिएका यी पदक वितरणपछि मात्रै राजाको ५९ औँ जन्मोत्सवको
अवसर पारेर २३ असारमा घोषणा गरिएका करीब ४ हजार ५ सय पदक वितरणको अर्को
कार्यक्रम तय गरिनेछ । विभूषण, मानपदवी, अलङ्कार जे जे भनिए पनि र्सवसाधारणले
त्यसलाई 'पदक' भनेर चिन्ने गरेका छन् ।
अहिले नेपालमा ११ वटा विभूषण -तिनको ३५ श्रेणी हुन्छ,
जस्तो कि गोरखा दक्षिण बाहु प्रथमदेखि पाँचौँसम्म) छन् । ८ पुस २०४८
मा जारी विभूषण नियमावलीले ९ वटा मानपदवीहरूको व्यवस्था गरेकोमा १९
जेठ २०५८ मा राजा वीरेन्द्रको वंश-विनास भएपछि दर्ुइ वटा मानपदवी-
वीरेन्द्रमाला र वीरेन्द्र प्रजातन्त्र भास्कर थपिएका हुन् ।

नेपाल तारा पहिलो ।

नेपाल प्रताप भास्कर पृथुलाधीशका लागि ।

राजाका छोरी र ज्वाइँले पाएको पदक त्रिशक्तिपट्ट पहिलो (बायाँ)
र गोदबा पहिलो ।

र्सवसाधारणले सामान्यतयाः पाउने त्रिशक्तिपट्ट चौथो (बायाँ)
र गोदवा चौथो


|
नचिनिएका 'योग्य'हरू
दरबारले प्रत्येक वर्षपदक, विभूषण दिएर सम्मान गर्नेहरूको नाम सुन्नासाथ
प्रश्न उठ्छ, यिनले राष्ट्रिय जीवनमा के योगदान गरे - यस्तो प्रश्न
अरू चर्कोसँग उठेको छ । 'राष्ट्रिय जीवनको कुनै पक्षमा प्रशंसनीय काम
गर्ने' नेपालीलाई दिइने गोरखा दक्षिण बाहु (प्रथम) २३ असारमा राजाका
ज्वाइँ राजबहादुर सिंह र तत्कालीन प्रधानन्यायाधीश हर्रि्रसाद शर्मालाई
दिइएको छ । उनीहरूले 'के-कस्तो प्रशंसनीय काम गरेबापत' सो पदकबाट सम्मानित
हुने अवसर पाएका हुन् - यस्ता प्रश्नको जवाफ दरबारले कहिल्यै दिँदैन
र त्यसो गर्न बाध्य पनि छैन । अधिराजकुमारी प्रेरणा र रुम्जाटार ओखलढुङ्गाका
नवराज गुरुङलाई 'राष्ट्रसेवामा उल्लेखनीय योगदान गर्ने' नेपालीलाई
दिइने त्रिशक्तिपट्टद्वारा सम्मानित गरिएको छ । राजाकी छोरी हुनुबाहेक
अधिराजकुमारी प्रेरणाको र पञ्चायतकालीन अञ्चलाधीश गुरुङको त्यसरी विभूषित
हुने अरू कुनै योग्यता देखिँदैन । जबकि वर्तमान प्रधानन्यायाधीश दिलीपकुमार
पौडेल र मुख्य सचिव विमलप्रसाद कोइरालालाई मर्यादाक्रममा तल्लो -गोदबा
दोस्रा) पदक दिइएको छ । यसको स्वाभाविक अर्थ पौडेल र कोइरालाको भन्दा
राजाका ज्वाइँ राजबहादुर सिंह, अधिराजकुरमारी प्रेरणाको योगदान 'उल्लेखनीय'
रहेको भन्ने निस्कन्छ । तर त्यस्तो मान्न कुनै नेपाली पनि तयार भेटिँदैनन्
। परिणामतः राष्ट्र वा राजाले दिने पदक-विभूषणले आफ्नो आदर-इज्जत र
आकर्षा गुमाउँदै गएका छन् ।
यस वर्षपत्रकारका नाममा सम्मानित हुने ४० मध्ये अधिकांश
व्यक्ति मूलधारको पत्रकारितामा कहिल्यै नसुनिएका नाम छन् । दरबारले
'मुलुकका लागि प्रशंसनीय काम गरेको' भनी गोदबा चौथोद्वारा विभूषित
समाज कल्याण परिषदका वकिल देवेन्द्रराज शर्मालाई भर्खरै मात्र समाज
कल्याण मन्त्रालयले सेवाबाट हटाएको छ । नाम उल्लेख नगर्ने शर्तमा सरकारका
एक उच्चअधिकारी भन्छन्, "पञ्चायतमा होस् वा प्रजातन्त्रमा, विभूषणलाई
सम्मान भन्दा पनि दरबारका आफन्त बढाउने अस्त्रका रूपमा प्रयोग गर्ने
गरिएको छ ।"
चाकडी जत्ति, पदक उत्ति
के कस्तो काम गर्ने कसलाई कुन विभूषण दिने भन्ने व्यवस्था विभूषण नियमावली
२०४८ ले गरेको छ । नियमावली अनुसार 'मुलुकका लागि उत्कृष्ट योगदान
गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने, राज्यको रक्षार्थ सराहनीय काम
गर्ने, राष्ट्रसेवामा उत्कृष्ट/उल्लेखनीय योगदान पुर्याउने, राष्ट्रिय
जीवनको कुनै पक्षमा प्रशंसनीय काम गर्ने' व्यक्ति यस्तो मानसम्मानको
हकदार मानिने देखिन्छ । त्यस्तै मुलुकको हितमा काम गर्ने विदेशीहरूलाई
पनि यस्ता पदकहरूबाट सम्मान गर्न सकिने व्यवस्था नियमावलीमा छ । सम्मानित
व्यक्तिलाई विभूषणसँगै दिइने 'शाही अधिपत्र'मा उसलाई किन सो पदक दिइएको
हो भन्ने खुलाइएको हुन्छ ।
तर व्यवहारमा नियमावलीको कुनै अर्थ छैन । नागरिक निकाय,
गृहमन्त्रालयमा विभूषण शाखा भए पनि यो शाखा दरबारले भनेको व्यक्तिको
विवरण सङ्कलन गर्ने, कतिपय अवस्थामा घरमा पदक पुर्याउने, उसले मागेको
जानकारी दिने काम गरेर बस्न विवश छ । पर्ूव गृहमन्त्री गोविन्दराज
जोशी स्वीकार गर्छन्, "सबै मन्त्रालयबाट आएका नामावली र समाजका
लब्ध प्रतिष्ठित व्यक्तिको नाम सिफारिस समितिमा पेश गर्ने काम मात्रै
गर्छ गृहमन्त्रालयले ।"
प्रजातान्त्रिक कालमा कुनै पनि दल वा सरकारले पदक,
मान-सम्मानको सही व्यवस्थापन गर्नेतर्फध्यान दिएनन् । नेपाल अधिराज्यको
संविधान २०४७ को धारा १२३ मा 'श्री ५ बाट राज्यका तर्फाट दिइने उपाधि,
सम्मान र विभूषणहरू प्रदान हुनेछन्' भन्ने उल्लेख हुनुलाई दलहरूले
'राजाकै काम' का रूपमा बुझे । फलतः प्रजातान्त्रिक कालमा पनि विभूषण
वितरणमा सधैँ दरबारको हालिमुहाली रहृयो । देशको तर्फाट दिइने मानसम्मानको
यो अवसरलाई उसले आफ्ना र्समर्थक बढाउने काममा प्रयोग गरिरहृयो । शाही
नेपाली सेनाका पर्ूव बिगे्रडियर जनरल तथा कानुनविद् दीप्तप्रकाश शाह
भन्छन्, "नियमावलीको कुनै अर्थ छैन । व्यवहारमा पदक वितरण प्रणाली
राजाको स्वविवेकमा हुन्छ र चाकडी गर्नेले उपल्लो र दह्रो पदक पाउँछन्
।"
हुन पनि २०४९ सालमा सेनामा भर्ना भएर तालिम पूरा गर्न
नसकेपछि बाहिरिएका वर्तमान स्वास्थ्य सहायक मन्त्री निक्ष शम्शेर राणाले
गोदबा चौथो पाएका छन् । केही वर्षेखि राजा र दरबारको पक्षमा सडकमा
जुलुश निकालेर चर्चित भएका राणाको योगदान यति 'उच्च' मानिनुमा देख्न
सकिने अरू कुनै कारण छैन । नियमावलीले मानपदवी, विभूषणहरू तथा पदकहरू
पाउन मापदण्ड तोके पनि व्यवहारमा त्यसको पालना कहिल्यै पनि भएको पाइँदैन
। -हे.बक्स)
प्रधानमन्त्री अध्यक्ष हुने विभूषण सिफारिस समितिले
चयन गरेका व्यक्तिहरूलाई श्री ५ बाट प्रत्येक वर्षसम्मानित गर्ने कुरा
नियमावलीमा उल्लेख छ । यसरी पदक वितरणमा नागरिक प्रशासन संलग्न भएको
देखिएपनि व्यवहारमा समितिले सिफारिस गरेका व्यक्तिले नै पदक पाउँछन्
भन्ने छैन । सिफारिस समितिका एक सदस्यको भनाइमा, यो वर्षपदक पाउने
'लिष्ट'मा नाम भएर पनि गृह, सञ्चार, कानुन, अर्थ र रक्षा सचिवलगायत
करीब एक दर्जन वरिष्ठ निजामती कर्मचारीहरूको नाम दरबारले अन्तिम अवस्थामा
गएर काटेको थियो ।
उद्योग, बाणिज्य तथा आपर्ूर्ति मन्त्रालयअर्न्तर्गत रहेपनि अलङ्कार
र विभूषणहरू बनाउने पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग
कार्यालयको कारखाना राजकीय सम्पत्ति कोषको निर्देशनमा चल्ने गर्छ ।
त्यसैले त्यो कारखानामा छिर्न सजिलो छैन । भवनमा प्रवेश गरिसकेपछि
पनि तीन वटा ढोका नाघेर मात्र पुग्न सकिने कारखानाका प्रत्येक ढोकामा
'अनुमति बिना प्रवेश निषेध' सूचना टाँसिएका छन् ।
प्रत्येक पदकमा के कति धातु, हीरा, जवाहरातहरू प्रयोग
गर्ने भन्ने निर्ण्र्ाादरबारको राजकीय सम्पत्ति कोषले गर्छ । जस्तो
१०० ग्राम सुन, १०० ग्राम चाँदी र ६० वटा हीरासहित वीरेन्द्रमाला बन्छ
भने गोदबा पाँचौँमा ३० ग्राम चाँदी मात्र हुन्छ । पदक बनाउँदा पर्ने
श्रम अनुसार त्यसको निर्माण लागत -ज्याला) तय गर्ने गरिन्छ । जस्तो
त्रिशक्तिपट्ट पहिलो बनाउँदा ज्याला मात्रै झण्डै रु.५ हजार पर्छ भने
यसकै पाँचौँ श्रेणी बनाउँदा करीब रु.६ सय मात्रै पर्न आउँछ । सम्मानित
व्यक्तिले विभूषणसँगै पृथुलाधीश वा राजाले तोकेको व्यक्तिको हस्ताक्षरसहितको
'शाही अधिपत्र' प्राप्त गर्छ । १९ जेठ २०५८ पछि यस्तो सम्मान पाउनेहरूलाई
रानीको हस्ताक्षरसहितको 'शाही अधिपत्र' दिने गरिएको छ ।
यसरी जथाभावी वितरण गरिने पदकले देश र समाजप्रति योगदान
गरेको जनिने नभई कता कता अपमानित महसूस गर्नु परेर होला, पदक लिन्न
भन्नेहरू पनि देखिन थालेका छन् । गएको वर्षसमय साप्ताहिक का सम्पादक
युवराज घिमिरेले 'आफूले पदक पाउनयोग्य कुनै काम नगरेको' भनेर गोदबा
चौथो अस्वीकार गरेका थिए । पञ्चायत कालमा गोदबाका लागि सिफारिस गरिएका
शङ्करदेव कलेजका संस्थापक शङ्करदेव पन्तले 'आफैँ विभूषित भएका कारण
कसैले विभूषण दिइरहनु नपर्ने' भन्ने जवाफ तत्कालीन सत्तालाई दिएका
थिए ।
व्यक्तिगत सन्तुष्टिबाहेक पदकले पदक पाउनेहरूलाई सामाजिक
मानसम्मान पनि दिन छोडेको छ । दरबार र सरकारको जागिरमा रहेकाहरू बाहेक
अरूले त पदकप्रति चासो पनि राखेको पाइँदैन । पदक पाउने सेना, प्रहरीहरूले
पुरस्कारसँगै पदक अनुसार आफ्नो 'करिअर'को बढोत्तरीका लागि कार्यकुशलता
अङ्क समेत पाउँछन् भने निजामती कर्मचारीहरूले अवकाशपछि एकमुष्ट उपदान
पाउँछन् । यता आएर, हैसियत नभएका व्यापारी तथा अन्य विभिन्न धन्दा
गर्नेहरूले पदक पाएपछि थुप्रै पैसा खर्च गरी अखबारमा विज्ञापन छपाउने
लहर नै आएको छ । समाजमा बद्नामी कमाएकाहरूले त राजाले दिएको पदकमार्फ्
आफूलाई चोखो र महान् देखाउन कैयौँ लाखौँसम्म खर्च गर्ने गरेको पाइएको
छ ।
| विभूषण पदक |
कसले पाउँछ ? |
| वीरेन्द्रमालाः |
विदेशी राज्यका गद्दीनसीन राजा वा गद्दीनसीन रानी |
| महेन्द्रमालाः |
विदेशी राज्यका गद्दीनसीन राजा वा गद्दीनसीन रानी |
| नेपाल प्रताप भास्करः |
राजपरिवार, विदेशी राज्यका राजा वा रानी |
| ओजस्वी राजन्यः |
राजपरिवार, विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख र वा तिनका
पतिपत्नी |
| त्रिभुवन प्र. श्रीपदः |
राजपरिवार, मुलुकका निम्ति उत्कृष्ट योगदान गर्ने नेपाली |
| नेपाल श्रीपदः |
राजपरिवार, राष्ट्रको प्रतिष्ठा बढाउने नेपाली |
| नेपालताराः |
राजपरिवार, युद्ध/शान्तिकालमा मुलुकको रक्षार्थ, अन्तर्रर्ााट्रय
शान्ति स्थापनार्थ सराहनीय काम गर्ने सेना, नेपाली नागरिक तथा
विदेशी सैनिक |
| रामपट्टः |
राजपरिवार, राष्ट्रसेवामा उज्जवल दृष्टान्त कायम गर्ने नेपाली
नागरिक |
| वीरेन्द्र प्र. भास्करः |
राजपरिवार, राष्ट्रसेवामा विशिष्ट सेवा पुर्याउने नेपाली र
हितकारी विदेशी |
| त्रिशक्तिपट्टः |
राजपरिवार, राष्ट्रसेवामा उल्लेखनीय योगदान गर्ने, नेपालको हितकारी
विदेशी |
| गोरखा दक्षिण बाहुः |
राजपरिवार, राष्ट्रियजीवनको कुनै पक्षमा प्रशंसनीय काम गर्ने,
हितकारी विदेशी । |
|