हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट - काङ्ग्रेस महाधिवेशन

हुने त भई नै सक्यो

विधानबाट राजतन्त्रप्रतिको आफ्नो प्रतिबद्धता हटाउने काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्ण्र्ााे पार्टर्ीीे ११ औँ महाधिवेशनलाई फिका तुल्याउने काम गरेको छ । महाधिवेशनका बाँकी दर्ुइ दिन मूलतः चुनावमै केन्द्रित हुने भएका कारण, थप चमत्कारको आश गर्ने ठाउँ बाँकी छैन, अर्थात् हुने जति भई नै सकेको छ । केन्द्रीय कार्यसमितिमा छानिने सदस्यहरूमध्ये आधाभन्दा बढी पुरानै अनुहारहरू हुने पनि लगभग तय नै छ ।

ध्रुव सिम्खडा


तस्बिरहरूः मीन बज्राचार्य
१४ भदौ २०६२ को उदघाटन समारोह

काङ्ग्रेस कार्यकर्ताको ध्यान भावी नेतृत्वको निर्वाचनमा केन्द्रित भएको छ । १२ भदौमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टर्ीीवधानमा उल्लिखित 'संवैधानिक राजतन्त्र' भन्ने शब्दावली हटाएर राजतन्त्रबारे मौन रहने निर्ण्र्ाागरेपछि 'संवैधानिक राजतन्त्र' र 'लोकतन्त्र' का खेमामा विभाजित काङ्ग्रेस नेता/कार्यकर्ताहरू कसरी आफ्नो लवी वा र्समर्थकलाई जिताउने भन्ने अभियानमा लागेका छन् ।

'नीतिगत रूपमा पार्टर्ीी नयाँ बाटो लियो अब त्यसलाई हाँक्नसक्ने सक्षम नेतृत्व चाहियो' भनेर कार्यकर्ताहरू आफू वा आफूले जिताउनुपर्ने पक्षलाई 'सक्षम' सावित गर्न प्रयासरत छन् । यो प्रतिस्पर्धाको खेलमा कोही युवापुस्ताका नाममा, कोही विचारकको नाममा, कोही पञ्चायतविरुद्ध र बहुदलको पक्षमा आफ्नो निरन्तर योगदानका नाममा, कोही जनजाति, दलित एवं महिलालाई ग्राहृयता दिनुपर्ने नाममा त कोही पारिवारिक रूपले काङ्ग्रेसमा पुर्‍याएको योगदानका नाममा चुनाव लड्दैछन् ।

महाधिवेशनले सभापतिसहित १८ जना केन्द्रीय सदस्य निर्वाचित गर्छ । सभापति पदमा 'हेभिवेट' गिरिजाप्रसाद कोइरालासँग पार्टर्ीीत्र लोकतन्त्रका पक्षधर मानिने कार्यकर्तामाझ लोकप्रिय हुँदै गएका नरहरि आचार्य भिड्ने तयारीमा छन् । 'राजकीयसत्ता र र्सार्वभौमसत्ता दुवै संसद्मा निहित रहने गरी पर्ूण्ा प्रजातन्त्रको दिशामा अघि बढिने' वर्तमान सभापति कोइरालाको विचारसित असहमत आचार्यको आफ्नै वैकल्पिक कार्यक्रम छ । आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट पार्दै आचार्य भन्छन्, "राजसंस्था सम्बन्धी प्रसङ्ग पार्टर्ीीवधानबाट हटाउन, जनताको सर्वोच्चताको निम्ति संविधानसभामा जान, समावेशी तथा प्रादेशिक राज्यसंरचना र पार्टर्ीीत्र लोकतान्त्रिक वातावरण सिर्जना गर्न सभापतिमा उठ्ने निर्ण्र्ाागरेको हुँ ।"

आचार्यले उम्मेद्वार बन्ने निर्ण्र्ाागरेपनि उहाँ विजयी हुने सम्भावना कमै छ । किनकि काङ्ग्रेस कार्यकर्ताहरू वर्तमान सभापति कोइरालाको पराजयको अनुमानसम्म पनि गर्न सक्दैनन् । यसअघि २०५३ सालमा चिरञ्जीवी वाग्ले र २०५७ सालमा शेरबहादुर देउवाले गिरिजाप्रसादलाई चुनौती दिँदा दुवै पराजित भएका थिए । हाल वाग्ले र देउवा दुवै नेपाली काङ्ग्रेसबाट अलग छन् ।

पुस्ताको कुरा
सभापति र १८ सदस्यका लागि लगभग छ दर्जन महासमिति सदस्यहरू मैदानमा छन् । सभापति पदमा प्रत्यासी बन्ने प्रचार गरेपनि आफूद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव कार्यसमितिबाट पारित भएपछि नीति तथा कार्यक्रम विभाग प्रमुख रामचन्द्र पौडेलले भने, "म गिरिजाबाबुलाई सभापतिमा सहयोग गर्छर्ुु आफू केन्द्रीय सदस्यमा उठ्छु । अब एक भएर अगाडि बढ्नर्ुपर्छ  ।" पौडेल काङ्ग्रेस भित्र कोइरालापछिको प्रमुख नेता बन्न चाहन्छन् भन्ने यसले देखाउँछ ।

काङ्ग्रेसभित्र २०१६/०१७ सालताका 'विग फोर' -बीपी, सुवर्ण्र्ाार्सर्ूयप्रसाद र गणेशमान) को नेतृत्व थियो । पञ्चायतकालका 'नेतात्रय' -गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद) को अवधारणा स्थापित भयो । तर व्यवहारमा काङ्ग्रेस सधैँ कोइरालाको एकल नेतृत्वमा रहेको छ । कोइरालापछिको पुस्ताको रुपमा कसै-कसैले रामचन्द्र, शैलजा र सुशीललाई 'नेतात्रय' भनेपनि त्यो पार्टर्ीीत्र स्थापित हुनसकेको छैन । महाधिवेशनले यी तीन नेताको हैसियतमा खासै असर पार्ने सम्भावना पनि देखिँदैन ।

पौडेल, आचार्य र कोइराला केन्द्रीय सदस्यमा विजयी हुने लगभग पक्का छ । तर, सभापति कोइरालाबाट भविष्यमा कसले के जिम्मेवारी पाउने हुन् भन्ने अनुमानका आधारमा उनीहरूले पाउने मतको सङ्ख्या तलमाथि हुनसक्छ । मत तलमाथि भएपनि यिनीहरू तीनै जना आउने कार्यसमितिमा प्रभावशाली हैसियतमा रहने अनुमान गर्न सकिन्छ । सभापति कोइरालाकै पुस्ताका जनजाति समुदायका नेता बलबहादुर र्राई, गणतन्त्रका कट्टर र्समर्थक मधेसी मूलका महन्थ ठाकुर र जनजाति समुदायका पुराना र इमानदार अर्का नेता भीमबहादुर तामाङ्गको विजयमाथि कसैले पनि शङ्का गरेका छैनन् ।

आफूलाई विचारको अगुवा ठान्ने पङ्क्ति पनि छ काङ्ग्रेसमा- अर्जुननरसिंह के.सी, डा. रामशरण महत, चक्रप्रसाद बाँस्तोला र महेश आचार्य । प्रतिगमनविरोधी आन्दोलनमा उत्रिएका, १९ माघपछि पक्राउ परेका, कार्यकर्तासँग राम्रो सम्बन्ध भएका कारण उनीहरूको विजयमा शङ्का गरिँदैन  । रामचन्द्र र सुशील दुवै खेमाका कार्यकर्ताले मनपराउने बलदेव शर्मा मजगैयाँ र गिरिजाप्रसाद कोइराला निकट चतुर कृष्णप्रसाद सिटौलाले चुनाव जित्ने अनुमान छ ।

काङ्ग्रेस भित्र कसैले अस्वीकार गर्न नसक्ने हैसियत बनाएर बसेको छ कोइराला परिवार । कतिपय प्रतिनिधिका भनाइमा, पारिवारिक राजनीतिक विरासतको सम्मान गर्ने परम्परा दोहोर्‍याउने 'मुड' मा उनीहरू पुगे र बीपीका कनिष्ठ पुत्र शशाङ्क कोइरालालाई जिताए भने आर्श्चर्य मान्नुपर्दैर्न । किनभने गएको महाधिवेशनमा पनि बीपीका छोरा प्रकाश, गणेशमानका छोरा प्रकाशमान र निधिका छोरा विमलेन्द्रलाई जिताएको उदाहरण छ । तर, उनीहरू तीनैजना अहिले नेपाली काङ्ग्रेसमा छैनन् ।

यसपालि जसरी पनि चुनाव जित्ने सुरमा छिन् सुजाता कोइराला  । त्यस अर्थमा उनका लागि यो महाभारत नै हो- जिते राज्य, हारे र्सवस्व  । तर, उनको निवासमा बिहानदेखि बेलुकासम्म लाग्ने कार्यकर्ताको भीड हर्ेदा उनले चुनाव जित्ने अनुमान गर्न सकिन्छ । शेखर उठे र शशाङ्क उम्मेदवार बनेनन् भने बाबु-छोरी मात्र उठेर बीपीको छोरालाई 'पाखा' लगाएको आक्रोश सुजातामाथि पर्न सक्छ । त्यसको असर सुशील कोइराला हुँदै पूरै कोइराला खेमाका उम्मेद्वारहरूसम्म पुग्नसक्ने सम्भावना रहेको कोइराला निकटस्थहरू बताउँछन् । भ्रष्टाचारविरोधी आन्दोलनको हावाले महाधिवेशन मैदान तातेन भने खुमबहादुर खड्का र गोविन्दराज जोशीको भाग्य चम्किने अड्कल छ ।

केन्द्रीय सदस्यका लागि २०३० को दशकमा राजनीतिमा होमिएको पुस्ता यस पटक बलियोसँग उभियो भने त्यसले काङ्ग्रेस राजनीतिमा नयाँ हलचल ल्याउनेछ । त्रैलोक्यप्रताप सेन, रामचन्द्र तिवारी, हृदयराम थानी, जगन्नाथ पौडेल, शङ्करप्रसाद पाण्डे, रामचन्द्र पोख्रेल, शोभाकर पराजुली, दीपक गिरी, शिवकुमार बस्नेत, पद्मनारायण चौधरी, अर्जुनप्रसाद जोशी, उमेशजङ्ग रायमाझीलगायतका नयाँ अनुहारहरू केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । पार्टर्ीीत्रका विभिन्न गुट-उपगुट र लवीको आशर्ीवाद र तालमेल मिल्दा वा ब्रि्रँदा युवा पुस्ताका एकदुइ जना केन्द्रीय समितिमा निर्वाचित भए भने अनौठो हुँदैन । तर, यो पुस्ताबाट उम्मेद्वार बन्ने धेरैले पराजय व्यहोर्नुपर्ने निश्चित छ । यस अतिरिक्त डा. रामवरण यादव, सिद्धराज ओझा, दिलेन्द्रप्रसाद वडू, विनयध्वज चन्द, रामकृष्ण ताम्राकार, फरमुल्ला मन्सुर, ओमकार श्रेष्ठ, बेनुपराज प्रर्साईंहरूले यो निर्वाचनमा आफूलाई कहाँ उभ्याउने हुन हर्ेन बाँकी नै छ ।


दशौँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित नेतापुत्रहरू विमलेन्द्र निधि, प्रकाश कोइराला र प्रकाशमान सिंह अहिले काङ्ग्रेसमा छैनन् ।

शैलजा र सुजाता जति चर्चामा नभए पनि लीला कोइराला र मीना पाण्डे पनि चुनावी प्रतिस्पर्धामा छन् । लीला स्व. सरोज कोइरालाकी पत्नी हुन् भने मीना नेपाल महिल संघकी सभापति हुन् । १४४२ जना महाधिवेशन प्रतिनिधिहरूमध्ये १५ जना दलितहरू छन् । र, यो समूहको प्रतिनिधित्वको लागि मानबहादुर विश्वकर्मा अगाडि सरेका छन् । उता बलबहादुर र्राई र भीमबहादुर तामाङ्गले जित्ने करीब-करीब पक्का भएपनि जनजाति कार्यकर्ताको मन जित्न र्सर्ूयमान गुरुङ्ग पनि प्रतिस्पर्धामा छन् ।

२०५७ सालमा पोखरामा सम्पन्न दशौँ महाधिवेशनबाट पहिलो पटक १८ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएपछि चुनावी दृष्टिले काङ्ग्रेस महाधिवेशनमा झन् रौनक थपिएको हो । तर वर्षा एकपटक बस्नुपर्ने महासमितिको बैठक पाँच वर्षबितिसक्दा पनि एकपटक पनि बसेन । यसका लागि सभापति कोइराला जत्तिकै दोषी छन् त्यसबेला निर्वाचित केन्द्रीय सदस्यहरूपनि  ।

२००७ सालको आन्दोलनमा राणाशासन विरुद्ध 'राजाको वैधानिक नायकत्व' का लागि सङ्र्घष्ा गरेको मुलुकको पुरानो प्रजातान्त्रिक पार्टर्ीीेपाली काङ्ग्रेसले २०१७ सालको शाही कदमपछिको विषम परिस्थितिमा पनि विधानबाट संवैधानिक राजतन्त्र भन्ने शब्दावलीलाई हटाएको थिएन । तर, १८ असोज २०५९ र १९ माघ २०६१ पछिका राजाका कदमको विश्लेषण गर्दै एघारौँ महाधिवेशनको लागि नीति तथा कार्यक्रम विभागद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावमाथिको छलफलपश्चात् विधानबाट संवैधानिक राजतन्त्र भन्ने शब्द झििकएको छ । यर्सअर्थमा सभापति कोइरालासँग प्रतिस्पर्धा गर्ने नरहरि आचार्यले जतिसुकै मत ल्याए पनि नैतिक विजय उनको पनि मानिनेछ । किनकि संवैधानिक राजतन्त्र शब्द हटाउनर्ुपर्छ भन्ने पक्षमा पहिला आवाज उठाउने उनी नै हुन् । तर कार्यसमितिले विधानबाट संवैधानिक राजतन्त्र भन्ने शब्दावली हटाउने छाँट देखेपछि नेतृ शैलजा आचार्य त्यो आफूलाई स्वीकार्य नहुने बताउँदै बैठक चल्दाचल्दै कार्यालयबाट बाहिरिएकी थिइन् । उनको वहिर्गमनले यो आगामी नेतृत्वको चुनावमा खासै अर्थ राख्ने देखिन्न । ल

दशौँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित नेतापुत्रहरू विमलेन्द्र निधि, प्रकाश कोइराला र प्रकाशमान सिंह अहिले काङ्ग्रेसमा छैनन् । -बायाँबाट क्रमशः)