हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

अठार वषर्ीया उपासना छरिती, सुकुमारी लाग्छिन् । दार्जीलिङबाट र्भर्खरै बाह्र्र कक्षा उत्त्ार्ीण्ा उपासनाको रुचिभित्र पर्छन् नृत्य र कुकिङ । र्भर्खरै न्यू किङफिसर बियरको विज्ञापनमा अभिनय गरेकी यी नवमोडल करिअर चाहिँ फेशन डिजाइनिङमा बनाउन चाहन्छिन् । किन त - उनको निश्छल जवाफ छ, "म त नक्कली छु नि ।" जेनिफर लोपेज, नेली उनका प्रिय गायक-गायिका हुन् भने हिपहप मनपर्ने शैली । कस्तो गुण भएको व्यक्तिलाई आदर्श पुरुष मान्नुहुन्छ - छोटो जवाफमा उनी भन्छिन्, "स्नेही व्यक्तित्व ।

मोडल: उपासना बज्राचार्य
तस्बिरः अनुपप्रकाश
स्थानः होटल याक एण्ड यति
मोडल स्रोतः डि्रम्स् अनलिमिटेड मिडिया एण्ड इन्टरटेनमेन्ट


सङ्गीत

लोभलाग्दो उचाइ


अजय जोशी

बीस वर्षघि रेडियो नेपाल हेर्ने रहरले गोरखा, आँपपीपलबाट काठमाडौँ छिरेको ठिटो सङ्गीत-मोहमा मजैले लट्ठियो । उसले सङ्गीतलाई एकोहोरो प्रेम गर्न थाल्यो । २०४४ सालमा कलेज पढ्न पुनः राजधानी छिरेपछि त उसको दैनिक कर्म नै रेडियो नेपाल धाउनु हुनथाल्यो । "त्यतिखेर म कलेजभन्दा बढी रेडियो धाउँथेँ," यो उसैको स्वीकारोक्ति हो ।

सङ्गीतमा लागेकै कारण उसले थुप्रै हण्डर खायो । कैयौँ ठाउँमा खिसीको पात्र बनाइयो । तर समयले कोल्टे फेर्‍यो । अग्रजहरूबाट कहिल्यै प्रोत्साहन र मार्गदर्शन नपाएको त्यही पात्र अहिले उदितनारायणपछिको सबैभन्दा लोकप्रिय र व्यस्त नेपाली कलाकार भएको छ, क्यासेटको रूपमा बजारमा सबैभन्दा बढी बिक्ने नाम अनि सञ्चारमाध्यमहरूबाट सम्भवतः सबैभन्दा बढी बज्ने सङ्गीतकार भएको छ । "सबै सञ्चारमध्यममा गरेर दिनमा ५० पटकभन्दा बढी बज्छ होला," यो उसको अनुमानित आकलन हो । २०५५ सालसम्म कसले मेरो सङ्गीतमा गाइदेला भनेर तड्पिने मान्छेले पाएको यो सफलता चानचुने होइन ।

रेडियोमा सुनेका गीतहरूले तानिँदै काठमाडौँ नआएको भए उसको जीवनमा सङ्गीत हुन्थ्यो वा हुँदैनथ्यो - ३२ वर्षो वयमै किम्वदन्ती जस्तै लाग्ने सफलताको शिखर चढेका आलोकश्री आफैँसँग पनि यो प्रश्नको जवाफ छैन । "म भाग्यमानी मान्छे हुँ" सङ्गीतप्रतिको र्समर्पण, त्याग र धर्ैयको प्रतिफलस्वरुप लोकप्रियताको पुरस्कार पाएका उनी भन्छन्, "इमानदारीपर्ूवक लाग्ने र धर्ैय राख्ने हो भने दिन आफैँ आउँदोरहेछ  ।"

सफलताको शिखर सबै चढ्छन् । तर शिखरमा टिकिरहनु चाहिँ ठूलो कुरा हो । यसका अब्बल नमूना मानिने उनी रेडियो नेपाल परिसरमा रामकृष्ण ढकालसँगको भेटलाई "भाग्यले जुराएको संयोग" ठान्छन्  । त्यही साइतमा र्सर्ूयकुमार खातीबाट आलोकश्री भएका उनले अहिलेसम्म पछाडि फर्केर हर्ेर्नु परेको छैन । किङडम स्टार हाइस्कूल टौखेल, गोदावरीको डाइरेक्टर-प्रिन्सिपल, गुञ्जन स्टुडियोको सञ्चालक, सूरताल म्यूजिक कम्पनीका कार्यकारी निर्देशकदेखि सामसुङ नेपाली ताराका निर्ण्ाायकसम्मको व्यस्तता उनको दिनचर्या हो । त्यसबाट पनि फर्ुसद निकालेर उनी सङ्गीत सिर्जना गर्छन् । "जस्तै नभ्याउँदा पनि महिनामा कम्तीमा १५ वटा गीत रर्ेकर्ड हुन्छन्" उनी भन्छन् । उनले गएको महिनासम्ममा ३९० गीतमा सङ्गीत भरिसकेका छन्, जसमा कालीप्रसाद रिजालको 'बिहान उठ्ने बित्तिकै...' देखि रमण घिमिरेको 'कहिले त्रि्रो पछ्यौरी' सम्म पर्छन्  ।

एउटा गीतमा सङ्गीत गरेको रु.५ हजार उनको दर हो । नयाँ सङ्गीत सिर्जनाबाट मात्रै मासिक ७५ हजार कमाउने उनले क्यासेटबाट पाउने रोयल्टीको छुट्टै हिसाब गर्नुपर्छ । रामकृष्णसँगको आशा, एम बरालसँगको मन, शर्मिला बर्देवासँगको फूलको जवाफ, उदित र दीपासँगको उपहार, सत्यराज-स्वरुपराजसँगको स्वर अनि विभिन्न गायक-गायिकासँगका हिउचुली, छायाँ, लय देखि राष्ट्रियता सम्म आइपुग्दा उनले पृथक् पहिचान मात्रै होइन, लोभलाग्दो उँचाइ समेत बनाइसकेका छन् । बिक्रीको कर्ीर्तिमान बनाउने एकसे एक अल्बमका स्रष्टा आलोकश्री भन्छन्, "मैले मात्रै होइन, मेरो सङ्गीतमा गाउने कसैले पनि असफलता भोग्नु परेको छैन ।" देशप्रेमका गीतहरूको 'राष्ट्रियता' र पछिल्लो पटक सामसुङ नेपाली ताराका उत्कृष्ट १० प्रतियोगीहरूको स्वर समेटिएको 'टप टेन नेपाली तारा' आलोकका आत्मगौरवका नमूना हुन् । उनी भन्छन्, "टपटेन नेपाली तारा' बाट नयाँ प्रतिभाहरूसँग काम गर्ने धोको पूरा भएको छ ।" त्यसअघिसम्म आलोकमाथि स्थापित स्वर भजाउने गरेको आरोप लाग्दै आएको थियो ।

लोक-आधुनिक सङ्गीतको सम्मिश्रणमा कोरस मिसाएर कर्ण्र्ाा्रय सङ्गीत सिर्जना गर्नु उनको विशेषता हो । २०४५ सालमा उनले शुरु गरेकै धारमा छ अहिले समकालीन नेपाली सङ्गीत । तर पनि अहम्को लेस छैन अनि सङ्गीतकार हुनुको घमण्ड पनि । सङ्गीतकारमा हुनुपर्ने विज्ञता आफूसँग नभएको स्वीकारोक्तिसहित आफूलाई 'मेलोडी मेकर'का रूपमा चिनाउन रुचाउने उनी भन्छन्, "म त लयमार्फ् भाव गुञ्जाउने मान्छे हुँ ।" ठूलो-सानोको भेदभाव नगरी आत्मीयता साट्नु उनको अर्को गुण हो । अनि १५ वर्षघि काठमाडौँको कुनै गल्लीमा भेटेको मान्छेलाई पनि चिनेर हार्दिकतापर्ूवक बोल्नु उनको स्मरणशक्ति लोभलाग्दो पक्ष हो ।

नौ वर्षो छोरा सनिर र श्रीमती सुचिन्तासँगै ललितपुर, गोदवारीको एकान्तमा बस्ने आलोकश्रीको मध्यमवर्गीय नेपालीले पाल्ने औसत सपना पूरा भएको छ- घर, गाडी, मोबाइल आदि । यद्यपि उनी आफू चाहिँ यो व्यस्तता र लोकप्रियतालाई चटक्कै बिर्सर्ेेअमेरिका पलायन हुने तर्खरमा छन् । आखिर किन - "अब अध्ययनलाई अघि बढाउने सोचाइमा छु" अमेरिकाको ग्रीनकार्ड पाइसकेका उनले भने, "पर्ूण्ारूपमा पलायन हुन लागेको नठान्नु होला, अमेरिका गए पनि वर्षो छ महिना म तपाईँहरूसँगै हुनेछु ।"

कृष्ण अविरल


कला

पुस्ता-पुस्ताका तस्बिर


मीन बज्राचार्य

सर्न्दर्भ थियो, १६६ औँ विश्व फोटोग्राफी दिवस । र, त्यसलाई स्मरणीय बनाउने काम राजधानीमा ३-९ भदौमा आयोजित 'पुस्तादेखि पुस्तासम्म' तस्बिर पर््रदर्शनीले गर्‍यो, जहाँ ४४ फोटोग्राफरका प्रतिनिधिमूलक १५१ वटा तस्बिरहरू प्रदर्शित थिए  ।

छ दशकयता नेपालमा सक्रिय विभिन्न उमेर समूहका फोटोग्राफरहरूका उत्कृष्ट तस्बिरहरूको संयोजन नै पर््रदर्शनीको मूल विशेषता थियो । ७५ वषर्ीय बखतबहादुर चित्रकारदेखि ८ वषर्ीय सुमिन बज्राचार्यसम्मका तस्बिरले तीन पुस्ताको प्रतिनिधित्व गरिरहेका थिए । श्रीधरलाल मानन्धरको सङ्कलनमा रहेको १०० वर्षघिको थापाथली दरबारको श्यामश्वेत तस्बिरदेखि डिजिटल प्रविधिको पछिल्लो प्रयोगसम्मका तस्बिरहरूमा फोटोग्राफरहरूका कलात्मक हेराइ र अभिव्यक्ति क्षमता स्पष्ट अनुभव गर्न सकिन्थ्यो । कतिपय तस्बिरमा कल्पनाशीलता र कलात्मकताको बेजोड सङ्गम भेटिन्थ्यो  ।


मङ्गलमोहन श्रेष

पर््रदर्शनीका संयोजक योगेन्द्रजङ्ग बस्नेतका अनुसार नयाँ पुस्ताका फोटोग्राफरलाई पुरानो पुस्तासँग परिचित गराउनु पनि पर््रदर्शनीको एउटा उद्देश्य थियो । र, अर्को अभीष्ट थियो- अगुवा फोटोग्राफरहरूलाई नयाँ पुस्ताको सम्मान अर्पण गर्ने । सोही अनुरुप उमेरले साठी नाघेका बखतबहादुर चित्रकार, अमरप्रसाद जोशी, पर्ूण्ाबहादुर शाक्य, मुकुन्दबहादुर श्रेष्ठ, डीबी थापा, शम्भुलाल कायस्थ, सानुराजा शाक्य, श्रीधरलाल मानन्धर, पुष्प चित्रकार, मदनबाबु बज्राचार्य, प्रकाशबहादुर श्रेष्ठ र मङ्गलमोहन श्रेष्ठलाई पर््रदर्शनीको प्रारम्भमै अभिनन्दन गरिएको थियो । अभिनन्दित फोटोग्राफरमध्येका एक बखत बहादुर चित्रकार भन्दैथिए, "पर््रदर्शनीले सीमित साधन स्रोत भएका बेला हामीले गरेको मेहनत सम्र्झाई दियो ।" अधिकांश दर्शकहरूको माग थियो, "पुराना तस्बिरहरू खोजी खोजी पर््रदर्शन गर्नुपर्‍यो ।"

 

इन्द्र श्रेष्ठ


प्रतिभा

मिस नेपाल

मिस नेपाल प्रतियोगिताको तिथि नजिकिँदै गर्दा 'नेपाल सुन्दरी' को ताज कसको शिरमा पुग्ला भन्ने चासो बढ्दै गएको छ । डाबर वाटिका मिस नेपाल-२००५ को छनोट २५ भदौमा राजधानीमा हुनेछ ।

काठमाडाँै जेसिज र द हिडेन ट्रेजरको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा उपत्यका र बाहिरबाट छनोट भएका १९ सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रारम्भिक छनोटमा परेका ९४ प्रतियोगीबाट छानिएका ती सुन्दरीहरूको छहप्ते तालिम यतिबेला अन्तिम-अन्तिममा छ ।

पुरस्कार राशी गत वर्षो भन्दा दोब्बर छ । विजयी प्रतियोगीले गत वर्षी मिस नेपाल पायल शाक्यको हातबाट ताजसहित रु.१ लाख नगद र काईनेटिक नोभा स्कुटर पुरस्कार स्वरुप प्राप्त गर्नेछिन् । फस्टरनरअप र सेकेण्ड रनरअपले क्रमशः रु.६० र रु.४० हजार नगद पाउने छन् । उपाधिहरू त्यति मात्र छैनन् । मिस ब्युटिफुल हेयर, हनी एण्ड स्याप|mन सोप, मिस ब्युटिफुल कम्प्लेक्सन, रेड जेल मिस व्युटिफुल स्माईल, रियल मिस नेचुरल ट्यालेण्ट, मिस फोटो जेनिक, मिस पर्सनालिटी, मिस बेष्ट ड्रेस आदि उपाधि प्रदान गरिनेछन् । नेपाल सुन्दरीले चीनमा हुने मिस वर्ल्ड-२००५ मा नेपालको तर्फाट प्रतिस्पर्धा गर्नेछिन् । फस्ट रनरअपलाई मिस अर्थ र सेकेण्ड रनरअपलाई मिस एशिया प्यासिफिक इण्टरनेशनलमा सहभागी हुन अवसर मिल्नेछ  ।

यसपटक प्रतियोगीको निम्ति उमेर १९-२५ वर्षर कम्तीमा १२ कक्षाको परीक्षा दिएको हुनुपर्ने प्रावधान थियो । प्रतियोगितालाई सामाजिकीकरण गर्न द हिडन ट्रेजरले 'महिला सौर्न्दर्यमा जन प्रोत्साहन' विषयमा संगोष्ठी समेत गरेको थियो । तालिमकै अवधिमा प्रतियोगीहरू पशुपति वृद्धाश्रम, बाल मन्दिर गई त्यहाँको वातावरण बुझने प्रयास गरे । क्यान्सर पीडितहरूका लागि सहयोग जुटाउन अग्रसरता देखाए । प्रकृति, वातावरण र वन्यजन्तु सम्बन्धी जानकारीहरू हासिल गरे । "सुन्दरीलाई सामाजिक दायित्वप्रति सचेत र सक्दो विभिन्न क्षेत्रको ज्ञान दिन प्रशिक्षण तथा स्थलगत भ्रमणहरू गराइएको हो," आयोजनाकी संयोजक सृजना जोशी बताउँछिन् ।

प्रतिस्पर्धीहरूमा काठमाडाँैका बेलिना मल्ल, पूजा शाह, सुनिता सापकोटा, प्रतिक्षा मोक्तान, निर्जा रञ्जित, श्वेता खड्का, आयुष्मा पोख्रेल, अनिता गुरुङ, शोभना श्रेष्ठ, ललितपुरका चेरी शेरचन, सुगरिका के.सी., भक्तपुरका हेमा श्रेष्ठ रहेका छन् । त्यस्तै राजधानी बाहिरका सहभागीहरूमा धरानकी बबी खेवाङ -सुब्बा) र समिता सुब्बा, पोखराकी चन्द्रा गुरुङ, स्याङ्जाकी मोहिनी राना, नुवाकोट त्रिशूलीकी मञ्जु लामा, तनहुँकी सुशीला राना र लाहानकी सोनिया गिरी छन् ।

प्रतियोगीहरूले द न्यु एरा करियर डेभलपमेण्ट इन्स्िटच्युटबाट वक्तृत्वकला सम्बन्धी र रेच्छेन गुरुङ शर्मार्बाट कोरियोग्राफी सम्बन्धी प्रशिक्षण लिइरहेका छन् । प्रतियोगिताको आधिकारिक ड्रेस इमेजिन द फेशन बुटिक, ब्युटिशियन कमला श्रेष्ठ र फोटोग्राफर राजभाई सुवाल छन् । वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा हुने प्रतियोगिताको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

डम्बरकृष्ण श्रेष्ठ