हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
सरोज धिताल

पुस्ता संवाद/आजकी छोरीलाई चिठी-१०

 

लोकतन्त्रका पथिकहरूको धर्म

प्यारी छोरी,

जब जब म तिमीसँग कुरा गर्न बस्छु, अरू बाबु-आमालाई जस्तै मलाई पनि आफ्नो सन्तानको सपनाको बारेमा थाहा पाउन मन लाग्छ । त्रि्रो सपनाको कुरा गर्न मन लाग्छ । हुन पनि जीवनको सौर्न्दर्यबोध छोराछोरीको सपनामा जति अन्यत्र कहाँ हुन्छ र - तर हरेक दिन मानिसको आत्मसम्मानको खिल्ली उडाइरहेको आजको कुरुप अशान्तिले सपनाको कुरा गर्नै दिँदैन । त्रस्त मनले जहिले पनि 'अब के हुन्छ -' भनिरहेको हुन्छ । नयाँ अनिष्ट केही भइसक्यो कि भनी भयभीत आँखाहरू पत्रिका हेरिरहेका हुन्छन् । फूल, सङ्गीत, सपना र बतासको स्पर्शानुभूति- यी सब त आँखाको ढोकामै झोक्राएर उभिइरहेका हुन्छन्, मनको उजाडिँदै गएको बगैँचामा प्रवेश पाउनै सक्तैनन् यिनले ।

जबर्जस्ती सत्ता समाएर बसेकाहरूले जे गरे पनि हुने, जे भनिदिए पनि हुने, जसलाई जे फत्तुर लगाएर जसरी तर्सर्ाापनि हुने र जनता भनेका शासित हुनैका लागि जन्मिएका रैती हुन् भन्ने मानसिकता लिएर जति मनपरी गरे पनि हुने आजको स्थितिमा जब जब युवा विद्यार्थीहरू चिच्याउँछन्, मलाई अनौठो लाग्दैन । मान्छेको आवाज गीत पनि बनिदिन्छ, नारा पनि । मान्छेको आवाजमा हाँसो पनि गुन्जिन्छ, क्रन्दन पनि । मानिसका आवश्यकता र अपेक्षाको खिल्ली उडाउन थालेपछि असन्तुष्टि जन्मिन्छ नै  । र, त्यो असन्तुष्टिको पातलो बोक्रा अलिकति मात्र पनि कोट्याइदियो भने व्रि्रोहको ज्वालामुखी उठ्नसक्छ । यथास्थित्रि्रतिको असन्तुष्टि नै त्यो ऊर्जा हो जसले मानिसलाई, मानिसको समाजलाई निरन्तर अगाडि बढाइरहेको छ ।

तर त्यो ऊर्जालाई सकारात्मक र जीवनोन्मुख परिवर्तनका निमित्त सिर्जनशीलताका साथ उपयोग गर्नुको सट्टा जहिले पनि जहाँसुकै आक्रोश पोख्नका लागि मात्रै प्रयोग गर्न थालियो भने त्यसले नोक्सान गर्न सक्छ ।

प्रकृतिले मानिसलगायत सम्पर्ूण्ा जीवहरूलाई आत्मरक्षाको निम्ति प्रतिरोधको जैविक संयन्त्र दिएको छ । त्यही संयन्त्रका कारण हामी रोगका जीवाणुहरूको महासागरमा रहेर पनि बाँचिरहन सक्षम हुन्छौँ  । शरीरमा जीवाणुहरूको आक्रमण हुनेबित्तिकै अनगिन्ती संयन्त्रहरू सक्रिय हुन्छन्, अनगिन्ती प्रक्रियाहरूको सुरुआत हुन्छ, अनि आत्मरक्षाका निम्ति तिनले आफ्नो भूमिका निर्वाह गर्न थाल्छन् । -यो सब ठीक त्यसैगरी हुन्छ जसरी अन्याय, अत्याचारको विरुद्धमा जनता बोल्न थालेपछि समाज जोगिन्छ, मानिसका मूल्य, मान्यताहरू जोगिन्छन्, मान्छेको अस्मिता, आत्मसम्मान र स्वत्व जोगिन्छ ।) तर कुनै कुनै बेला जीवहरूको आत्मरक्षाका निम्ति प्रकृतिले दिएको त्यही प्रतिरोध क्षमता, आत्मरक्षाका तिनै संयन्त्रहरू, यसरी अनियन्त्रित रूपले भड्किन्छन् कि तिनले आफ्नै शरीरलाई नोक्सानी पुर्‍याउन थाल्दछन् । सामाजिक विसङ्गतिले जन्माएका विरोध र व्रि्रोहहरू पनि कुनै बेला बेलगाम भई भड्किएर धेरै नोक्सान गरेको हामीले देखेका छौँ, अझ भोगिनैरहेका छौँ । एकातिर सामाजिक, राजनीतिक विकृति र अन्याय अत्याचार विरुद्ध केही गर्न नसक्ने हो भने सिङ्गो समाज र राष्ट्र नै पर्ूण्ारुपेण प्रतिरोध क्षमता गुमाएको एउटा एड्स रोगी जस्तो हुनपुग्छ भने अर्काेतिर जनताको त्यही असन्तुष्टि र ऊर्जा बेलगाम भई भड्किँदा त्यसले सबथोक खरानी पार्न पनि सक्छ ।

त्यसैले मानव स्वाभिमानको रक्षाका निम्ति, मान्छे भएर बाँच्न पाउने हकका निमित्त, राष्ट्र र समाजलाई अँध्यारो इनारमा खस्नबाट जोगाउनका निमित्त- आवाज उठ्नै पर्छ, व्रि्रोह हुनर्ैपर्छ । तर त्यो केवल असन्तुष्टिको पर््रदर्शन मात्र नहोस्, आक्रोशको विरेचन मात्र नहोस् । यथास्थितिलाई अस्वीकार गर्ने त्यो ऊर्जा स्पष्ट दिशाबोध सहितको प्रगतिको बाटोमा, उज्यालोको बाटोमा निर्भय र निश्चित भई अघिबढ्नका लागि होस् ।

आजकल सडकमा फेरि टायर बल्न थालेका छन् । फेरिर् इंटा र ढुङ्गाका टुक्राहरू सडकमा छरिन थालेका छन् । सत्ताधारीहरूको अश्रुग्याँससँगै आन्दोलनकारी विद्यार्थीहरूले बालेका टायरको धुवाँले बाटो हिँड्ने बटुवाको मात्रै हैन, अस्पतालको शैय्यामा ऐया र आत्था गर्दै पल्टिएका विरामीको समेत फोक्सो कोपरिरहेको छ । र, यो सब देख्दा मलाई नमीठो लागिरहेको छ । किनकि युवा विद्यार्थीहरूप्रति मेरो मनमा असीम प्रेम र सम्मान छ । तिनै विद्यार्थीहरू हुन् जसले विगत केही वर्षा यति महत्त्वपर्ूण्ा र युगान्तकारी काम गरे जुन पचासौँ वर्षम्म कुनै पार्टर्ीी गर्न सकेनन्  । हो, उनीहरूले ढुङ्गा पनि नहानेका हैनन्, रेलिङ नभत्काएका पनि हैनन्, टायर नजलाएका पनि हैनन् । तर, उनीहरूले गरेको युगान्तकारी उपलब्धि टायर जलाएर भएको हैन, न रेलिङ भत्काएर वा ढुङ्गा हानेरै भएको हो । त्यो उपलब्धि त सक्रिय र सचेत भएर सत्यको उद्घाटनका निमित्त जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएर आफ्ना सहपाठी, गुरुहरू र सम्पर्ूण्ा समाजसँग थालेको र्सार्थक संवादको कारण भएको थियो । यस्तो र्सार्थक संवादका जनक आजका विद्यार्थीहरू हुनसक्छन् भन्ने कुरा उनीहरू आफैँले प्रमाणित गरेर देखाइसकेका छन् । त्यसैले छोरी ! नयाँपिँढीप्रति मेरो बलियो विश्वास छ । र, यही कारण मलाई के पनि विश्वास छ भने, आफ्नो तर्फाट आक्रोशको हिंसापर्ूण्ा कार्यलाई नियन्त्रण गर्दै, सृजनात्मक, प्रभावकारी र लोकप्रिय भएर विद्यार्थीहरूको आन्दोलन लोकतन्त्रको पथमा हिँड्नेछ । 'शान्ति र लोकतन्त्रका लागि नागरिकहरूको आन्दोलन' को बढ्दो लोकप्रियता र प्रभावकारिताबाट पनि धेरै कुरा सिक्न सकिन्छ नि, हैन र - रामेश र रायनका गीत, श्रवण, अर्जुन र धीरेन्द्रका कविता, अस्मिताका संस्थापन कला, कृष्ण पहाडीका अहिंसापर्ूण्ा आमूल परिवर्तनका स्वर, खगेन्द्र सङ्ग्रौलाका शब्दहरू... के यी सब कुनै पनि हतियार वा आक्रोशपर्ूण्ा तोडफोडभन्दा बढी प्रभावकारी छैनन् र ?

हो, उत्पीडनको पीडामा छटपटाइरहेका जनताको आन्दोलन सधैँभरि कविता लेखेजस्तो नहुन सक्छ । एकचोटि पहिले पनि मैले भनेको थिएँ- "दुखिरहेको घाउको पीडा मानिसको सुस्केरा भएर निस्कँदा जब त्यसको कुनै मूल्य हुँदैन, अनि त्यो चर्काे नारा बन्छ र नारा भनेको सुन्दर मन्त्रोच्चारण वा कविता वाचन जस्तो हुँदैन । मानिसले आफ्नो चेतनाको बलियो डोरीले संयमको खोरभित्र राखेको हिंसा केही गरी पीडाको दुनियाँमा फुत्केर आयो भने सबभन्दा डरलाग्दा दुस्वप्नहरू सडकमा यथार्थ भएर देखा पर्न सक्छन् ।" सत्तालिप्सामा लीन अल्पदृष्टि भएकाहरू झैँ जिम्मेवारीविहिन भएर लोकतन्त्रका पथिकहरूको धर्म निर्वाह हुँदैन । त्यसैले, आफ्नो संयमको खोरलाई सकेसम्म बलियो बनाउने आदि आफ्नो उत्तरदायित्वबोध र चेतनाको डोरीले हिंसा नामको त्यो पशुलाई बलियोसँग बाँधेर राख्ने जिम्मेवारी त लोकतन्त्रका पथिककै हो  । यति गर्दागर्दै पनि मानिसको अस्मिता र स्वत्वलाई कौडी भरको नठानी अपमान गर्ने काम भइरहन्छ भने त कसको के लाग्छ र ?

यी पंक्तिहरू लेखिरहँदा म फेरि पनि अश्रुग्याँस र टायरको धुवाँ मिस्सिएको अनौठो रागको अनुभव गरिरहेको छु । र, छेउमै जोडिएको वार्डबाट मेरा एक वृद्ध विरामी खोक्दै आर्तनाद गरिरहेका छन् ।

अहिले यत्ति,
माया गर्ने बुबा

drsdhital@wlink.com.np