हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

चरामै मन, चरामै सम्मान


किरण पाण्डे

आइएस्सी सिध्याएर 'नेचर गाइड' को तालिम लिन पुगेका हेमसागर बराललाई चरा-विशेषज्ञ बन्छु भन्ने एक मनमा पनि थिएन । तर तालिम र त्यहाँको बहसकै क्रममा उनी चराहरूप्रति आकषिर्त हुन थाले । र, अन्त्यमा चराहरूबारे विद्यावारिधि गर्ने पहिलो नेपाली बन्न पुगे । नेदरल्याण्डको आर्मस्ड्रम विश्वविद्यालयबाट पीएचडी गरेका बराल दर्ुइ दशकदेखि चराहरूको अध्ययन/अनुसन्धानमा सक्रिय छन्  । नेपालमा पाइएका ८६२ प्रजातिका चराहरूमध्ये यिनले चितवन र शुक्लाफाँटामा पाइने नर्कट भ्याकुर, सुनौलो तोपचरा, गाइने भारद्वाज र जुँगे फिस्टो प्रजातिका नयाँ चरा पत्ता लगाएका हुन् । नर्कट भ्याकुर र सुनौलो तोपचरा विश्वमै दर्ुलभ मानिन्छन् ।

चरा अध्ययन/अनुसन्धानमार्फ् संरक्षण कार्यमा प्रगतिशील नेतृत्व दिने संरक्षणविद्का रूपमा उनको कदर गर्दै ७ वैशाख २०६२ मा लण्डनस्थित रोयाल जोग्राफिकल सोसाइटीमा उनलाई 'द हृविट्ली अवार्ड' बाट सम्मान गरिएको थियो । ३० हजार पाउण्ड -करीब रु.३८ लाख) राशीको यो पुरस्कारबाट सम्मानित हुने उनी पहिलो नेपाली हुन् । सो सम्मान समारोहको स्मरण गर्दै बराल भन्छन्, "बेलायतकी अधिराजकुमारी आनबाट पुरस्कार लिन पाउँदा म निकै खुशी भएँ ।" यसअघि, बर्ड लाइफ इन्टरनेशनलको 'पार्टनरशीप' पुरस्कारबाट समेत सम्मानित भइसकेका बराल पछिल्लो पुरस्कारको सबै रकम नेपाल पन्छी संरक्षण संघमार्फ् फूलचोकी क्षेत्रको चरा संरक्षण तथा अध्ययनमा खर्च गर्ने योजनामा छन् ।


प्रकृत्रि्रेमी सञ्जीवनी


डम्बरकृष्ण श्रेष्ठ

सानैदेखि प्रकृति र वातावरण भन्नासाथ हुरुक्कै हुने सञ्जीवनी योञ्जनले वातावरण विज्ञानमै मार्स्र्टस गरिन् । संयोगले अहिले उनको दिनचर्या नै बनेको छ वातावरण संरक्षणसम्बन्धी चेतनामूलक काम । दर्ुइ वर्षघि वाईल्डलाइफ कन्जर्भेसन नेपाल (डब्ल्युसीएन) को युथ एन्भाइरोमेण्ट एण्ड अर्वन वाइल्ड्लाइफ प्रोग्राम संयोजकको जिम्मेवारी लिएपछि अधिकांश समय उनले नेपालका प्राकृतिक सौर्न्दर्यको प्रचारप्रसारमै बिताउने गरेकी छन् । ६-१६ साउनमा सम्पन्न प्रकृति र वन्यजन्तुसम्बन्धी फोटोग्राफी कार्यशाला र त्यसका सहभागीहरूले खिचेका तस्बिरहरूको पर््रदर्शनी 'लेन्स थु्रु नेचर' (१२-१५ भदौ) मा उनले देखाएको सक्रियताले उनको लगावको पुनःपुष्टि गर्‍यो ।

आम नागरिकलाई प्रकृत्रि्रति आकषिर्त गर्न एमेच्योर फोटोग्राफी प्रतियोगिता, विद्यालय र क्याम्पसका विद्यार्थीहरूका लागि प्रकृति र वन्यजन्तुसम्बन्धी कार्यशालाहरूमा वर्षौभरि व्यस्त रहेकी सञ्जीवनी विदेशका प्राकृतिक सम्पदा, वन्यजन्तु, वनस्पति र मनोरम दृश्यहरू हेरेर रमाउने तर आफ्नै देशका सम्पदाहरूप्रति ध्यान नदिने नेपाली बानीप्रति गुनासो गर्छिन् । भन्छिन्, "नेपालको समग्र प्रकृति धेरै आकर्ष भए पनि यहाँको हिमाल, संस्कृति, मन्दिर र गरीब मान्छेहरूका अनुहारको मात्र बढी प्रचार भएको छ । हामी विदेशका तस्बिर हेरेर मख्ख पर्छर्ाा तर आफ्नै देशलाई राम्ररी नियाल्दैनौँ ।" फोटोग्राफीसँगै चित्रकला र अन्य जागरणमूलक काममा लागेकी सञ्जीवनी अहिले डेढ सय दक्ष युवा स्वयंसेवीका साथमा अरूलाई प्रकृति संरक्षणसँगै शिक्षा, चित्रकला, फोटोग्राफी र व्यक्तित्व विकास सम्बन्धी सीप र दक्षता बाँड्न सक्रिय छिन् ।