हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन पर्वत

यस्तो बचाइ पनि के बचाइ !

 

पर्वत जिल्लाका जनताले गगनबहादुर कुँवरको घरमा आगो लाग्दा र उनकी श्रीमतीको अपहरणहुँदा, काङ्ग्रेस कार्यकर्ता माया के.सी.को सलसलाउँदो कपाल मुण्डन गरिँदा र व्रि्रोहीहरूलाई सामान सप्लाई गरेको अभियोगमा स्थानीय व्यापारी गोपी अधिकारी गिरफ्तारहुँदासम्म हिंसाको दबाब र चाप खासै महसूस गरेका थिएनन्  । तर अहिले, दर्ुइ वर्षछि त्यहाँका बासिन्दा हिंसाको दबाब र चाप बताउन चाहँदैनन् । यसबीच, पर्वतमा हिंसाका घटनाहरू उल्लेख्य बढेका छन् । २०६१ को १३ माघमा पातीचौरको भ्यात्ले खोलामा व्रि्रोहीहरूले थापेको धरापमा परी मेजर रविसिंह गर्तौलासहितका सुरक्षाकर्मीहरूको दुःखद् निधन पर्वतमा भएको ठूलो घटना थियो । दीपक परियार र खुँडे नेपाली राज्य पक्षबाट अविवेकपर्ूण्ा ढङ्गले मारिए । वयोवृद्ध हर्रि्रसाद श्रेष्ठ अनाहकमा निर्घर्ााकुटिए । गत साल पुस मसान्तका दिन माओवादीले नेपाली काङ्ग्रेसका नेता हरिदत्त तिवारीको खुट्टा काटे । डेढ घण्टासम्म रक्तस्रावपछि उपचारको अभावमा तिवारीको निधन भयो । त्यसपछि, तिनले अर्का काङ्ग्रेसी नेता वलभद्र शर्माको खुट्टा भाँचेर पर्वत जिल्लामा विरोधी पक्षको 'खुट्टा भाँच अभियान' नै चलाएको कुरा स्थानीय व्यक्तिहरूको सम्झनाबाट मेटिएको छैन । शर्मा हाल पोखरामा विस्थापित छन् ।

अहिले पनि, अन्यत्रका माओवादीहरू सात राजनीतिक दलहरूसँग सहकार्यको नगरा बजाइरहेका छन् तर पर्वतका माओवादीहरू चूपचाप छन् । उल्टै, अन्य दलका सदस्यहरूसँग "त्रि्रो र हाम्रो युद्ध मैदानमा भेट हुनेछ" भन्दै हिँडेको कुरा स्थानीय पत्रकारहरू बताउँछन् ।
हिंसाले जनताको निरपेक्षता हदैसम्म बढाएको छ । मानिसहरू आफैँमा समेत एकाग्र हुनसकेका छैनन् । नेपाल उद्योग बाणिज्य महासंघका सदस्य दर्ुगाप्रसाद श्रेष्ठका शब्दमा, "व्यक्तिले आफ्नो दुःख आफू एक्लैले खेप्नुपर्ने परिस्थितिमा हिंसाको दबाब र चापका बारे प्रश्न सोध्नुको खासै अर्थ अब छैन ।"

दर्ुइहजार अन्ठाउन्नपछि पर्वतका व्यापारीहरूको जीवनमा आएको उतारले दर्ुगाप्रसाद मात्र होइन, सबै व्यापारीहरू चिन्तित बनेका छन् । आफ्नो थरथलो नै छाडेर हिँड्नुपर्ने अवस्थामा पुगेका व्यापारीहरूले १९ माघपछि अवस्थामा केही सुधार आउने आशा नराखेका होइनन् । तर, सोचेको जस्तो केही भएन । बरु सदरमुकाम कुश्मामा कर्फ्र्यूको समय अरू लम्बिएको छ । उपभोक्ता संघका अध्यक्ष विस्थापनमा परेका छन् । बजारको कारोबार सत्तरी प्रतिशतका दरले ओरालो लाग्दैछ ।

भौगोलिक हिसाबले सानो र वैदेशिक रोजगारमा जाने मानिसहरूको अत्याधिकताका कारण सम्पन्न पर्वत जिल्लाका ५५ मध्ये ४८ गाउँ मोटर बाटोले जोडिएका छन् । सदरमुकामबाट हिँडेर आठ घण्टामा नपुगिने कुनै गाउँ छैनन्  । तर, व्रि्रोहीहरूको अवरोधले गर्दा कृषि सडकको सञ्जालले चिताएजति विस्तार लिन पाएको छैन । गाउँमा सरकारी बजेट पुग्न छोडेको छ । जिल्लामा आएका आर्थिक स्रोतहरू फर्काउन हँुदैन भन्ने आवाज उठेपछि सदरमुकाममा विस्थापित जागिर खाइरहेका केही गाउँ सचिवहरू ग्ााउँ फर्किएका छन् । तर, परिस्थितिको असहजताले उनीहरू फर्किनु र नफर्किनुले खासै फरक परेको छैन । व्रि्रोहीहरूले अन्धाहरूका लागि मोदीपारि बन्न लागेको स्कूल निर्माणमा समेत रोक लगाएका छन् । पर्वतको डिमुवामा रहेको मोदी जलविद्युत् परियोजना जिल्लाकै सबभन्दा ठूलो विकास आयोजना हो । तर, यसबाट स्थानीय जनताले सामान्य लाभ समेत पाएका छैनन् । स्थानीय मिलन युवा क्लवका टङ्क लामिछाने भन्छन्, "हामीले गर्न खोजेका स-साना काममा समेत आयोजनावाट सहयोग पाइएको छैन ।" पर्वतमा अहिले विकासका पचासभन्दा बढी योजनाहरू अलपत्र परेका छन् । धौलागिरिको ढोकाको रूपमा रहेको पर्वत प्रवेशकै सबै ढोकाहरू बन्द हुने तरखरमा छन् ।

केही समयअघिसम्म निकट छिमेकी जिल्ला बाग्लुङको तुलनामा पर्वतमा माओवादीहरूको प्रभाव कम रहेको बताउने राजनीतिककर्मीहरू यता आएर त्यो विश्लेषण बदल्न बाध्य भएका छन् । केही समय अघिसम्म राजनीतिक दलका कार्यकर्ताहरू राजनीतिक गतिविधि सञ्चालन गर्न नपाए पनि सहज ढङ्गले आ-आफ्नो क्षेत्रमा घुमफिर गर्ने गर्दथे । तर, अहिले त्यो अवस्था छैन  । म्याग्दी आक्रमणपछि पर्वतका गाउँहरूमा सामान्य गतिविधि समेत रोकिएका छन् । राजनीतिक कार्यकर्ताहरू गाउँ पस्न नसकेपछि राजनीतिमा माओवादीको एकलौटी दबाब शुरु भएको छ । महेन्द्रजङ्ग लामिछाने जस्ता एमालेका प्रभावशाली नेता केन्द्रीय नेतृत्वसँग विरक्तिएर थुप्रै कार्यकर्ताहरूसहित व्रि्रोही पक्षमा सामेल भइसकेका छन् । यति हुँदाहुँदै पनि राजनीतिक कार्यकर्ताहरूमा सैद्धान्तिक अडान र आस्था कायमै भेटिन्छ । तर, बाध्यात्मक परिस्थितिका कारण यो अथवा त्यो धार अँगाल्नुको विकल्प भने छैन । यतिबेला राज्यका प्रतिनिधि हौँ भन्नेहरूले संसदवादी राजनीतिक दलहरूसँग गर्ने गरेको व्यवहार राजनीतिका कुनै पनि व्याकरणसँग मेल नखाएकाले पनि माओवादीहरूको राजनीतिले फस्टाउने मौका पाएको छ । संसदवादीहरूलाई लाञ्छित गरेर राज्यका प्रतिनिधिहरूको आवाभगत नगरे सदरमुकामको प्रशासन चल्दैन । प्रशासकहरू आफूमाथिको प्रशासकसँग विरक्तिइसकेका छन् । तर, विरक्तिको त्यो भाव अनुहारमा ल्याएर लालावालाको भविष्य बिगार्न उनीहरू सक्दैनन् ।

जिल्लाका युवाहरूमा सीप र शिक्षाको विकास गरेर गाउँमा नै बस्ने भन्दा पनि वैदेशिक रोजगारीमा जाने चाहना बढ्दो छ । मलेशिया पुगेका केही युवाहरू फर्केर आएपनि उनीहरूको दुःखद् अनुभवबाट सिक्ने प्रवृत्ति देखिँदैन । पार्वती युवा क्लवका मनबहादुर मल्ल भन्दछन्, उताको दुःखले भन्दा यताको दुःखले बढी पोल्दछ । कमसेकम त्यता हतियार विनाको दुःख छ भने यता हतियारका कारण बढी दुःख पाइएको छ ।

माओवादीले डिमुवाको एउटा आवासीय स्कूललाई सदरमुकामतिर लखेटी दिएपछि डिमुवा मानिस मरेको घर जस्तै भएको छ । डिमुवाकी दिलमाया पाइजा भन्छिन्, "जबसम्म सबैका बीच मेलमिलाप हुँदैन तबसम्म हामी सजिलै बाँच्न पाउँदैनौँ । यस्तो बाँच्नुलाई के बाँचेको भन्नु, यो त बाँचेकै हैन !"