| •
किशोर नेपाल |
 |
डेटलाइन पर्वत
यस्तो बचाइ पनि के बचाइ !
 |
पर्वत जिल्लाका
जनताले गगनबहादुर कुँवरको घरमा आगो लाग्दा र उनकी श्रीमतीको अपहरणहुँदा,
काङ्ग्रेस कार्यकर्ता माया के.सी.को सलसलाउँदो कपाल मुण्डन गरिँदा
र व्रि्रोहीहरूलाई सामान सप्लाई गरेको अभियोगमा स्थानीय व्यापारी गोपी
अधिकारी गिरफ्तारहुँदासम्म हिंसाको दबाब र चाप खासै महसूस गरेका थिएनन्
। तर अहिले, दर्ुइ वर्षछि त्यहाँका बासिन्दा हिंसाको दबाब र चाप बताउन
चाहँदैनन् । यसबीच, पर्वतमा हिंसाका घटनाहरू उल्लेख्य बढेका छन् ।
२०६१ को १३ माघमा पातीचौरको भ्यात्ले खोलामा व्रि्रोहीहरूले थापेको
धरापमा परी मेजर रविसिंह गर्तौलासहितका सुरक्षाकर्मीहरूको दुःखद् निधन
पर्वतमा भएको ठूलो घटना थियो । दीपक परियार र खुँडे नेपाली राज्य पक्षबाट
अविवेकपर्ूण्ा ढङ्गले मारिए । वयोवृद्ध हर्रि्रसाद श्रेष्ठ अनाहकमा
निर्घर्ााकुटिए । गत साल पुस मसान्तका दिन माओवादीले नेपाली काङ्ग्रेसका
नेता हरिदत्त तिवारीको खुट्टा काटे । डेढ घण्टासम्म रक्तस्रावपछि उपचारको
अभावमा तिवारीको निधन भयो । त्यसपछि, तिनले अर्का काङ्ग्रेसी नेता
वलभद्र शर्माको खुट्टा भाँचेर पर्वत जिल्लामा विरोधी पक्षको 'खुट्टा
भाँच अभियान' नै चलाएको कुरा स्थानीय व्यक्तिहरूको सम्झनाबाट मेटिएको
छैन । शर्मा हाल पोखरामा विस्थापित छन् ।
अहिले पनि, अन्यत्रका माओवादीहरू सात राजनीतिक दलहरूसँग
सहकार्यको नगरा बजाइरहेका छन् तर पर्वतका माओवादीहरू चूपचाप छन् ।
उल्टै, अन्य दलका सदस्यहरूसँग "त्रि्रो र हाम्रो युद्ध मैदानमा
भेट हुनेछ" भन्दै हिँडेको कुरा स्थानीय पत्रकारहरू बताउँछन् ।
हिंसाले जनताको निरपेक्षता हदैसम्म बढाएको छ । मानिसहरू आफैँमा समेत
एकाग्र हुनसकेका छैनन् । नेपाल उद्योग बाणिज्य महासंघका सदस्य दर्ुगाप्रसाद
श्रेष्ठका शब्दमा, "व्यक्तिले आफ्नो दुःख आफू एक्लैले खेप्नुपर्ने
परिस्थितिमा हिंसाको दबाब र चापका बारे प्रश्न सोध्नुको खासै अर्थ
अब छैन ।"
दर्ुइहजार अन्ठाउन्नपछि पर्वतका व्यापारीहरूको जीवनमा
आएको उतारले दर्ुगाप्रसाद मात्र होइन, सबै व्यापारीहरू चिन्तित बनेका
छन् । आफ्नो थरथलो नै छाडेर हिँड्नुपर्ने अवस्थामा पुगेका व्यापारीहरूले
१९ माघपछि अवस्थामा केही सुधार आउने आशा नराखेका होइनन् । तर, सोचेको
जस्तो केही भएन । बरु सदरमुकाम कुश्मामा कर्फ्र्यूको समय अरू लम्बिएको
छ । उपभोक्ता संघका अध्यक्ष विस्थापनमा परेका छन् । बजारको कारोबार
सत्तरी प्रतिशतका दरले ओरालो लाग्दैछ ।
भौगोलिक हिसाबले सानो र वैदेशिक रोजगारमा जाने मानिसहरूको
अत्याधिकताका कारण सम्पन्न पर्वत जिल्लाका ५५ मध्ये ४८ गाउँ मोटर बाटोले
जोडिएका छन् । सदरमुकामबाट हिँडेर आठ घण्टामा नपुगिने कुनै गाउँ छैनन्
। तर, व्रि्रोहीहरूको अवरोधले गर्दा कृषि सडकको सञ्जालले चिताएजति
विस्तार लिन पाएको छैन । गाउँमा सरकारी बजेट पुग्न छोडेको छ । जिल्लामा
आएका आर्थिक स्रोतहरू फर्काउन हँुदैन भन्ने आवाज उठेपछि सदरमुकाममा
विस्थापित जागिर खाइरहेका केही गाउँ सचिवहरू ग्ााउँ फर्किएका छन् ।
तर, परिस्थितिको असहजताले उनीहरू फर्किनु र नफर्किनुले खासै फरक परेको
छैन । व्रि्रोहीहरूले अन्धाहरूका लागि मोदीपारि बन्न लागेको स्कूल
निर्माणमा समेत रोक लगाएका छन् । पर्वतको डिमुवामा रहेको मोदी जलविद्युत्
परियोजना जिल्लाकै सबभन्दा ठूलो विकास आयोजना हो । तर, यसबाट स्थानीय
जनताले सामान्य लाभ समेत पाएका छैनन् । स्थानीय मिलन युवा क्लवका टङ्क
लामिछाने भन्छन्, "हामीले गर्न खोजेका स-साना काममा समेत आयोजनावाट
सहयोग पाइएको छैन ।" पर्वतमा अहिले विकासका पचासभन्दा बढी योजनाहरू
अलपत्र परेका छन् । धौलागिरिको ढोकाको रूपमा रहेको पर्वत प्रवेशकै
सबै ढोकाहरू बन्द हुने तरखरमा छन् ।
केही समयअघिसम्म निकट छिमेकी जिल्ला बाग्लुङको तुलनामा
पर्वतमा माओवादीहरूको प्रभाव कम रहेको बताउने राजनीतिककर्मीहरू यता
आएर त्यो विश्लेषण बदल्न बाध्य भएका छन् । केही समय अघिसम्म राजनीतिक
दलका कार्यकर्ताहरू राजनीतिक गतिविधि सञ्चालन गर्न नपाए पनि सहज ढङ्गले
आ-आफ्नो क्षेत्रमा घुमफिर गर्ने गर्दथे । तर, अहिले त्यो अवस्था छैन
। म्याग्दी आक्रमणपछि पर्वतका गाउँहरूमा सामान्य गतिविधि समेत रोकिएका
छन् । राजनीतिक कार्यकर्ताहरू गाउँ पस्न नसकेपछि राजनीतिमा माओवादीको
एकलौटी दबाब शुरु भएको छ । महेन्द्रजङ्ग लामिछाने जस्ता एमालेका प्रभावशाली
नेता केन्द्रीय नेतृत्वसँग विरक्तिएर थुप्रै कार्यकर्ताहरूसहित व्रि्रोही
पक्षमा सामेल भइसकेका छन् । यति हुँदाहुँदै पनि राजनीतिक कार्यकर्ताहरूमा
सैद्धान्तिक अडान र आस्था कायमै भेटिन्छ । तर, बाध्यात्मक परिस्थितिका
कारण यो अथवा त्यो धार अँगाल्नुको विकल्प भने छैन । यतिबेला राज्यका
प्रतिनिधि हौँ भन्नेहरूले संसदवादी राजनीतिक दलहरूसँग गर्ने गरेको
व्यवहार राजनीतिका कुनै पनि व्याकरणसँग मेल नखाएकाले पनि माओवादीहरूको
राजनीतिले फस्टाउने मौका पाएको छ । संसदवादीहरूलाई लाञ्छित गरेर राज्यका
प्रतिनिधिहरूको आवाभगत नगरे सदरमुकामको प्रशासन चल्दैन । प्रशासकहरू
आफूमाथिको प्रशासकसँग विरक्तिइसकेका छन् । तर, विरक्तिको त्यो भाव
अनुहारमा ल्याएर लालावालाको भविष्य बिगार्न उनीहरू सक्दैनन् ।
जिल्लाका युवाहरूमा सीप र शिक्षाको विकास गरेर गाउँमा
नै बस्ने भन्दा पनि वैदेशिक रोजगारीमा जाने चाहना बढ्दो छ । मलेशिया
पुगेका केही युवाहरू फर्केर आएपनि उनीहरूको दुःखद् अनुभवबाट सिक्ने
प्रवृत्ति देखिँदैन । पार्वती युवा क्लवका मनबहादुर मल्ल भन्दछन्,
उताको दुःखले भन्दा यताको दुःखले बढी पोल्दछ । कमसेकम त्यता हतियार
विनाको दुःख छ भने यता हतियारका कारण बढी दुःख पाइएको छ ।
माओवादीले डिमुवाको एउटा आवासीय स्कूललाई सदरमुकामतिर
लखेटी दिएपछि डिमुवा मानिस मरेको घर जस्तै भएको छ । डिमुवाकी दिलमाया
पाइजा भन्छिन्, "जबसम्म सबैका बीच मेलमिलाप हुँदैन तबसम्म हामी
सजिलै बाँच्न पाउँदैनौँ । यस्तो बाँच्नुलाई के बाँचेको भन्नु, यो त
बाँचेकै हैन !"
|