हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

कोइराला गणेशमान बन्नुपर्छ

'गणेशमानको खोजी' (आवरण, हिमाल, १-१५ भदौ) ले काङ्ग्रेस र अन्य पार्टर्ीीत्र त्यागको भावना जागृत गराउन र जनभावनाअनुरुप मुलुकलाई अगाडि बढाउन सक्ने नेताको खोजी गर्न नेपाली जनतालाई प्रेरित गरेको छ ।

अहिले सारा नेपालीले लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्नो अभिमत प्रकट गरिरहेका छन् । नेपाली काङ्ग्रेसका युवा नेताहरूले जनताको त्यही भावना मुखरित गरिरहेका हुन् । देशमा यति धेरै कम्युनिष्ट पार्टर्ीी हुँदाहुँदै पनि काङ्ग्रेसका नेताहरूले नै लोकतन्त्र-अभियानको अगुवाई गर्नु भनेको जनचाहनाको कदर गर्नु हो । आगामी दिनमा जनताको माझमा पुगेर जनमत लिनु छ भने गिरिजाप्रसाद कोइराला र अन्य वरिष्ठ नेताहरूले लोकतन्त्रको नारालाई उजागर हुन दिनर्ुपर्छ । काङ्ग्रेस-महाधिवेशनमा पनि यस्ता विषयमा व्यापक छलफल गर्नु/गराउनर्ुपर्छ । किनकि अबको युग जनताको युग हो । कोही पनि एकदलीय वा निरङ्कुशवादीहरूको नियन्त्रणमा बस्न सक्तैन । बस्नुहुँदैन पनि ।

गणेशमान सिंहले २०४७ मा प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेर त्यो पद कृष्णप्रसाद भट्टर्राईलाई सुम्पेका थिए । उनले जनताको चाहना र लोकतन्त्रको पक्षमा नै आफ्नो जीवन उर्त्र्सग गरे । काङग्रेस् होस् वा एमाले- सबैमा पुरातनवादी सोच परिवर्तन गरेर युवा पुस्तालाई जिम्मेवारी दिँदै बूढा नेताहरूले संरक्षक बस्न सक्नर्ुपर्छ  । तबमात्र नयाँ नेतामार्फ् देशको समग्र विकास सम्भव हुनेछ ।

प्रकाश बराल

'गणेशमानको खोजी' महत्त्वपर्ूण्ा समयमा गरिएको सही दिशातर्फो ध्यानाकर्षा हो । सो शर्ीष्ाकले देशको प्रजातान्त्रिक आन्दोलनको 'गणेशमान चरित्र' तिर मात्र आकषिर्त गर्छ भन्ने छैन । कसैलाई 'खोजी विश्वेश्वरको हुनर्ुपर्छ' भन्ने लाग्छ भने पनि हिमाल ले बहसको बाटो खोलिदिएको छ ।

केविकल
वालिङ, स्याङ्जा

गणेशमान सिंहले जीवनको अन्तिम समयतिर आफ्ना पुत्र र पत्नीलाई चुनावमा उठाएर राजनीतिमा परिवार-मोह पर््रदर्शन गरे । सीके लालले आफ्नो लेखमा उनको यस पक्षलाई कतै उठाएनन् । अहिलेको परिस्थितिमा देश र काङ्ग्रेसलाई गणेशमानको आवश्यकता भन्नु अलि बढ्ता भएन र ?

सुव्रत स्वार, सुयश स्वार
पोबनंं. ५०३, काठमाडौं


अपर्याप्त अनुसन्धान

वनस्रोतसम्बन्धी विशेष सामग्री (प्रभाव फिचर, १-१५ भदौ) मा समाविष्ट सामुदायिक वनसम्बन्धी सामग्रीहरू रोचक लागे । तर केही लेखहरूलाई अझै राम्रोसँग अनुसन्धान गरेर प्रस्तुत गर्न सकिन्थ्यो  । वन उत्तरी क्षेत्रमा हुनु र उपभोक्ता कैयौँ किलोमिटर दक्षिणमा छरिएर रहनु तर्राईको वन व्यवस्थापनको मूल समस्या रहेको अवस्थामा हेमन्तराज ओझाको लेखमा उल्लिखित रुपन्देहीको ५० हजार सदस्य भएको चारपाला सामुदायिक वन उपभोक्ता समूहको विस्तृत सङ्गठनात्मक विवरणहरू पढ्न पाएको भए वन व्यवस्थापनमा अभिरुचि राख्ने पाठकहरूलाई शिक्षाप्रद हुनेथियो ।

डा. नेत्रप्रसाद तिम्सिनाको लेख चाहिँ अचाक्ली हुने गरी पार्टर्ीीाजनीतिबाट अभ्रि्रेरित रहेछ । त्यसमा नेपालमा सामुदायिक वनको सुरुआतका सम्बन्धमा दिइएको एउटा तथ्य पनि गलत लाग्यो । नेपालको सामुदायिक वनमा महत्त्वपर्ूण्ा मोड उहाँले उल्लेख गर्नु भएजस्तो २०४६ सालको परिवर्तनले ल्याएको होइन, ३० चैत २०४४ को नेपाल राजपत्रमा प्रकाशित पञ्चायत संरक्षित वन नियमावलीको दोस्रो संशोधनले ल्याएको हो । २०४६ सालपछि नेपालमा शासन गर्ने राजनीतिक नेताहरूमा डा. तिम्सिनाले दावा गर्नुभए जस्तो परिकल्पना र प्रतिबद्धता भएको भए उनीहरूले सामुदायिक वनबाट पाठ सिकेर जनसरोकार भएका विकासका सबै क्षेत्रमा स्थानीय सरोकारवालाहरूलाई अधिकार हस्तान्तरण गर्नु पर्दथ्यो । यसो गरेको भए, देशले अहिले माओवादी हिंसाको त्रास भोग्नुपर्ने थिएन ।

बिहारीकृष्ण श्रेष्ठ,
पाटन


त्यै हो मानवअधिकार ?

'भन ! उनीहरू कहाँ छन् -' (रिपोर्ट/परिवारजनको प्रश्न, १-१५ भदौ) पढेपछि मन कटक्कै खायो । माओवादी व्रि्रोहको विरुद्धमा २०५८ सालबाट प्रतिकारमा सेनाले हतियार उठाएपछि दुवै पक्षबाट र्सवसाधारण बेपत्ता पार्ने क्रम तीव्र भएको छ । त्यसमा पनि गरीब तथा विपन्न वर्गका नेपालीहरू दर्ुइ पैसा कमाउन विदेशिनु रहर हैन, बाध्यता हो । त्यस्तो अवस्थामा सुरक्षाजाँचको नाममा बाटैबाट पक्रेर बेपत्ता बनाई तीन वर्षम्म अवस्था र्सार्वजनिक नहुँदा कसको पो मन थामिएला र - घरेलु कामका लागि राखिएका लिखारामले शाही नेपाली सेनामा जागिर खोज्नुलाई अपराध ठान्ने क्याप्टेन रमेश स्वाँरलाई धिक्कार छ । श्री ५ ज्ञानेन्द्र र प्रचण्डले मानवअधिकारप्रति प्रतिबद्धता जनाएको कहिलेकाहीँ सुनिएको पनि हो । दुवै पक्षले जवाफ दिनुपर्‍यो- त्यै हो त मानवअधिकार 

हर्कराज रेश्मी मगर
सुलुबुङ्ग-३, इलाम


शिक्षकले बुझनर्ुपर्छ
'एड्सको आरोपमा जागिरबाट निकाला' (देश/ समाचार, १-१५ भदौ) को पेटबोली पढ्दा नुवाकोटको विद्या निकेतन प्राविका शिक्षक महोदयहरूको स्वास्थ्य चेतनामाथि दया लाग्यो । विडम्बनाको कुरा, उहाँहरूलाई एचआईभी जीवाणु एक मानिसबाट अर्कोमा कसरी र्सछ भन्नेसमेत थाहा रहेनछ । परिणामस्वरुप, लाग्दै नलागेको रोगको बहानामा एक निर्दोष र असहाय महिलाको आयस्रोत नै सुक्यो ।
त्यसैले शिक्षकजस्तो प्रबुद्ध वर्गमा पर्ने व्यक्तिहरूले निर्दोष शान्ति नेपाललाई पर्ुनर्वहाली गरी शिक्षण पेशाको मर्यादा एवम् गरिमा बचाउनु हुने आशा एवं विश्वास लिएको छु ।

डा. गङ्गाराम अर्याल
सृजनावस्ती, ग्वार्को-१७, ललितपुर


प्रतिवाद

'ढुकुटी लुट्ने राष्ट्रवादी धन्दा' (देश/समाचार) मा उल्लिखित अभियोगप्रति मेरो आपत्ति छ । उक्त समाचारलाई मैले मेरो चरित्रहत्या गर्ने दुष्प्रयास ठानेको छु । मैले स्थानीय विकास मन्त्रीलाई अनुरोध गरेको पत्रको एक अंश मात्र छापेर हिमाल स्वयंले मप्रति बद्नियत देखाएको छ । पत्रमा मैले 'राजा, जनता र साँचो प्रजातन्त्र' नामक क्यासेट कुनै व्यापारिक प्रयोजनका लागि नभएर राष्ट्र, राष्ट्रियता, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका लागि सामाजिक उद्देश्यले प्रकाशन गरेकाले लागत मूल्य -थोक मूल्य) मा उपलव्ध गराउन सक्छु भन्ने अंश पनि थियो  ।

कसैलाई मैले गाएका गीत राम्रा लाग्लान् कसैलाई नराम्रा  । तर समाचारमा दर्ुइ दशकभन्दा बढीको मेरो साङ्गीतिक यात्रालाई समेत बद्नाम गर्ने दुष्प्रयास गरिएको रहेछ । लोकगीत/दोहोरी गीतको क्षेत्रमा रामप्रसाद खनालको योगदान के कति छ - त्यो सारा दर्शक/श्रोतालाई थाहा छ । समाचारमा उल्लिखित क्यासेट, सीडी, भीसीडीबाट मैले एक पैसा मात्र पनि आर्जन गरेको, त्यसको दुरुपयोग गरेर कुनै फाइदा उठाएको कुनै सबुतप्रमाण दिन सक्नुहुन्छ भने म आजैका मितिदेखि पत्रकारिता, कलाकारिता र सामाजिक जीवनबाटै सन्न्यास लिनेछु, देशै छाड्नेछु ।

रामप्रसाद खनाल
प्रधान सम्पादक/प्रकाशक
निष्पक्ष राष्ट्रिय साप्ताहिक

काठमाडौँ


अरू पनि छन् बद्मासी

'ढुकुटी लुट्ने राष्ट्रवादी धन्दा' (देश/समाचार, १-१५ भदौ) मार्फ् एक धर्ूत व्यक्तिको पोल खोलेकोमा हिमाल लाई धन्यवाद । 'राष्ट्रवादी पत्रकार' भनेर चिनिन खोज्ने दरबारपरस्त रामप्रसाद खनालले लोकदोहोरी कार्यक्रमको सञ्चालकका रूपमा नेपाल टेलिभिजनमा अवसर पाएपछि 'लोकदोहोरी' को सट्टा 'दरबार दोहोरी' गाउँदै आएका छन् ।

'लोकदोहोरी' चलाउने निहुँमा निजी क्यासेट रर्ेकर्ड गरी सरकारी कार्यालय र विदेशी नियोगहरूसम्म पुगेर रकम माग गर्ने, नपाए दरबारको धाक, धम्की दिने खनालका अन्य बेइमानीहरूबारे पनि खोजबिन हुनु जरुरी छ ।

प्रतीक्षा शर्मा
इस्मा मरभुङ, गुल्मी

आफूलाई राष्ट्रवादी भन्दै नेपाली जनताको आँखामा छारो हाल्न सफल रामप्रसाद खनाललाई कानुनको कठघरामा उभ्याएर दण्ड दिलाउनर्ुपर्छ ।

मछिन्द्र तिवारी
बेल्कोट-७, नुवाकोट

आज शाही सत्ता आयो भन्दैमा राजाको प्रशस्ति गाउने र राजनीतिक दलहरूप्रति विद्वेष फैलाउने काममा उद्यत रामप्रसाद खनालको दर्ुर्नियतको निन्दा गर्नैपर्छ  ।

खनालले आफ्नो स्वरमा चामत्कारिक परिवर्तन ल्याएर अरू गायकजस्तै गाउन सके भने उनले सरकारी अड्डा धाउनुपर्दैन, सङ्गीत पारखीहरूले खोजी खोजी उनका गीत सुन्नेछन् । अहिले उनको स्वर सुन्दा उनलाई गायक भन्ने ठाउँ कतै भेटिँदैन ।

दर्ुगा अर्याल
इस्मा, दोहली-५, गुल्मी


तथ्याङ्क मिलेन

'बर्म्बईमा घटे नेपाली केटी (रिपोर्ट/समाज, १-१५ भदौ) मा बर्म्बईस्थित रेस्क्यु फाउण्डेशनलाई उद्धरण गर्दै बर्म्बईमा ४० हजार नेपाली यौनकर्मी रहेको उल्लेख रहेछ । तर त्यो सत्य होइन । अस्मिता संस्थामार्फ् हामीले गएको वर्षबर्म्बईको यौन बजार र त्यहाँ रहेका नेपाली महिला तथा बालबालिकाका विषयमा करीब दर्ुइ महिना अध्ययन गरेका थियौँ  । त्यसबेला कुनै पनि स्रोतले बर्म्बईमा ४० हजार नेपाली यौनकर्मी रहेको बताउन सकेका थिएनन् । रेस्क्यु फाउण्डेशनका संस्थापक अध्यक्ष बालकृष्ण आचार्यले पनि बर्म्बईको यौन बजारमा यति नै नेपाली महिला छन् भनेर यकिन भन्न नसक्ने कुरा पटकपटक स्वीकारेका थिए ।

गएको वैशाखकोे अन्त्यतिर सडक दर्ुघटनामा परेर आचार्यको निधन भएपछि उनकी पत्नी त्रिवेणी आचार्यले रेस्क्यु फाउण्डेशनको नेतृत्व लिएकी हुन् । यसअघि रेस्क्यु फाउण्डेशन र त्यसका काम कारबाहीसँग उनको प्रत्यक्ष संलग्नता थिएन । त्यसैले अहिले नेतृत्व फेरिनेबित्तिकै रेस्क्यु फाउण्डेशनलाई स्रोत मानेर दिइएको ४० हजारको तथ्याङ्कलाई कसरी सही मान्न सकिन्छ ?
हामी हाम्रो अवलोकन तथा बर्म्बईका विभिन्न संघसंस्थाहरूसँगको अन्तरक्रियाबाट बर्म्बईको यौन बजारका कोठीहरूमा १३ हजारभन्दा बढी नेपाली महिला तथा बालबालिका छैनन् भन्ने निष्कर्षा पुगेका छौँ ।

अञ्जु क्षेत्री, मञ्जु थापा
अस्मिता, काठमाडौँ


गजल

परेवाको गुँडमा कठै ! बाज आयो फेरि
हर्ेदाहर्ेर्दै पञ्चायती राज आयो फेरि

इतिहासको पाना-पाना दर्ुनाम जसको लेखिया'छ
इनामस्वरूप तिनकैै शिरमा ताज आयो फेरि

एउटा सुन्दर बिहानीको सपना थ्यो नयनमा
नेपालीलाई मध्यान्हमै साँझ आयो फेरि

निभ्ला भन्दा युद्धको यो आगो झनै फैलिँदै गो
देश झन् झन् भुमरीको माझ आयो फेरि

रोम जल्दैछ निरो भने बाँसुरी नै बजाउँदैछन्
सबैभन्दा दुःखको दिन आज आयो फेरि ।

शिव पलाँस
किचनास-९, स्याङ्जा