| विशेष
फिचर | सुविधायुक्त गाडीको बढ्दो व्यापार
त्यही गाडी
जसले दिन्छ सुरक्षा, सुविधा र शान !
निजी गाडी प्रयोगकर्ताहरूको
चाहना, रुचि, प्रवृत्ति र प्राथमिकता पहिचान गर्ने काम हामीले हिमालमिडिया
कै एक सहकर्मीबाट शुरु गर्यौँ । २५ वर्षघि पहिलो कार खरीद गरेका उनीसँग
हाम्रो प्रश्न थियोः "तपाईँले किन कार किन्नुभयो -"
उनले जवाफ दिए, "दैनिक खाँचो र्टार्न र
जीवन सजिलो पार्न ।"
तर आजको पुस्ताका कार-जीप सौखिनहरूबीच पुग्दा
हाम्रा सहकर्मी मित्रको जवाफ 'म्याद गुज्रिसकेको' पायौँ । आजका बहुसङ्ख्यक
गाडी सौखिनहरूले जवाफ दिए, "दैनिक खाँचो र्टार्न त गाडी चाहिन्छ
नै, तर गाडी रोज्दा त्यो मात्र होइन; सुविधा, सुरक्षा र शान पनि हेरिन्छ
।"
"अनि मूल्य नि -"
"आजभोलि सुविधासम्पन्न र कामचलाउ गाडीको
मूल्यमा पहिले जस्तो धेरै ठूलो अन्तर छैन । कामचलाउ कारको पनि ८-१०
लाख परिहाल्छ, त्यसमा अर्को ५-६ लाख थप्ने बित्तिकै सुविधायुक्त कार
आउँछ । अनि किन 'सेडान' या 'एसयुभी' नै नकिन्ने -"
अलिकति बढी मूल्य तिर्नासाथ निकै धेरै 'सुविधा'
र 'शान' खरीद गर्न सकिने भएपछि धेरैभन्दा धेरै कार उपयोगकर्ता नेपालीहरू
माथिल्लो स्तरका गाडीप्रति आकषिर्त हुँदै गएका छन् । खासगरी सेडान
कार र एसयुभी जीपहरूको बिक्रीमा देखिएको वृद्धि एवं विस्तारले नेपाली
उपभोक्ताहरूको छनोट र हैसियतमा आएको भिन्नता दर्शाउँछ । यसको जस चाहिँ
यो श्रेणीका गाडीहरूको प्रविधि, मूल्य र मोडलहरूबीच चर्किएको प्रतिस्पर्धा
तथा ब्याङ्क र वित्तीय संस्थाहरूको आकर्ष एवं आक्रामक कर्जा प्रवाह
रणनीतिले पनि उत्तिकै पाउँछन् ।
•
आलेखः विवेकराज मौर्य, तस्बिरः मीन बज्राचार्य
नयाँ-नयाँ ब्राण्ड र मोडलको आगमन तथा ब्याङ्क- वित्तीय
संस्थाहरूको कर्जा सुविधाले गर्दा कार, जीप जस्ता वैयक्तिक प्रयोगका
हलुका गाडीहरूको व्यापार यता आएर चम्कन थालेको छ । हिजोआजका गाडी सौखिनहरू
गाडीको बाहिरी रुप-रङ्गसँगै श्रेणी, ब्राण्ड, मोडल, बनोट, सुविधा,
मूल्य आदि थुप्रै कुरा हेरेर मात्र आफ्नो छनोट निर्धारण गर्ने भएका
छन् । एकदशकअघि किफायती र 'कामचलाउ' गाडी रोज्नेहरू आज सुरक्षा र सुविधायुक्त
'सेडान' तथा 'एसयुभी' जस्ता गाडीमा उक्लिसकेका भेटिन्छन् ।
नेपालको गाडी बजारमा भारतमा प्रचलित मापदण्ड अनुसार
इञ्जिन क्षमता, बनोट, सुविधा र मूल्यका आधारमा कारलाई 'ए', 'बी', 'सी',
'डी' र र्'इ' पाँच श्रेणीमा तथा जीपलाई 'सानो', 'मध्यम' र 'ठूलो' तीन
श्रेणीमा वर्गीकरण गरिएको छ । यीमध्ये 'सी' भन्दा माथिका कारहरू महङ्गा,
सुविधासम्पन्न र उच्च श्रेणीका मानिन्छन् । यिनमा खासगरी १३०० सीसीभन्दा
माथिका सेडान कार तथा एसयुभी जीपहरू पर्छन् । नेपालमा सबै किसिमका
कार, जीप र भ्यानलाई एउटै वर्गमा राखी दर्ता गर्ने गरिएकोले कस्तो
श्रेणीका कार/जीप कति छन् भनेर छुट्याउन गाह्रो छ । सडकमा मोटरसाइकलपछि
निजी कार-जीपहरू नै धेरै देखिन्छन् ।
जुनसुकै श्रेणी र मूल्यका भए पनि सवारीसाधन सहज यातायात
र परिवहनका लागि चाहिने हुन् । तर पनि कारधनीहरूबीच कामचलाउभन्दा सुविधासम्पन्न
गाडीलाई आफ्नो इज्जत-प्रतिष्ठा र पृथक् पहिचान ठान्ने प्रवृत्ति बढेको
पाइएको छ । गाडीमा बढी सुविधा चाहने व्यक्तिहरू 'सी' वा सोभन्दा माथिल्लो
श्रेणीका कार खरीद गर्न खोज्छन् । होण्डा शो-रुमका सेल्स एक्जिक्युटिभ
लोमस मानन्धर भन्छन््, "बजारमा थुप्रै सस्ता गाडीहरू उपलब्ध भएतापनि
खासगरी उच्च पदमा रहेका र राम्रो आम्दानी भएका व्यक्तिहरू 'डी' सेग्मेन्टमा
पर्ने होण्डा को अकोर्ड रूचाउँछन् ।"
यस्ता कारमा हुने सुन्दै अचम्म लाग्ने खालका कतिपय प्रविधिले
कारहरूको सुरक्षा, गति, ब्रेक, लाइटिङ आदि हरेक कार्यलाई चालकको चाहनासँग
तालमेल मिलाएर लैजान सकिने पारिदिएको छ । कतिपय गाडीमा बाटोको अवस्था
एवं अगाडि-पछाडिका सवारीसाधनहरूको स्थितिअनुसार गति सन्तुलित बनाउने
र विनाअवरोध गन्तव्यमा पुग्न सकिने वैकल्पिक बाटोका सूचना दिने सुविधाहरू
समेत छन् ।
कार बजारका खेलाडीः जापान, भारत र कोरिया
नेपालको कार बजारमा २०-२५ वर्षघिसम्म जापानी गाडीहरू धेरै थिए । टोयोटा
को अधिकृत बिक्रेता युनाइटेड ट्रर्ेर्डस सिण्डिकेट प्रा.लि.का सह-निर्देशक
कैलाश राजभण्डारी भन्छन्, "सन् १९६०-८० को दशकसम्म नेपालमा जापानी
कारकै बिगबिगी थियो र तिनमा सीमित वर्गको मात्र पहुँच थियो । १९९०
को दशकमा भारतीय कारहरू आउन थालेपछि यो स्थितिमा परिवर्तन आएको छ ।"
जापानी कारमा शुरुमा बढी लगानी गर्नु परे पनि ती बलिया र भरपर्दा हुने
र धेरै लामो समयसम्म चल्ने व्यापारीहरूको दाबी छ । पहिले डाटसन र टोयोटा
कार तथा जीपहरू पाइने जापानी गाडीको बजारमा अहिले होण्डा, टोयोटा,
माज्दा, निशान, मित्सुविसी, सुजुकी, इसुजु, डाइहात्सु ब्राण्डका विभिन्न
मोडलहरू उपलब्ध छन् ।
आक्रामक विज्ञापन अभियानका साथ आएका जापानी जत्तिकै
आकर्ष र सुविधासम्पन्न तर सस्ता कोरियाली कार-जीपले पनि छोटो समयमै
नेपालमा राम्रो बजार लिएका छन् । किया को बिक्रेता कन्टिनेन्टल ट्रेडिङका
उप-महाप्रबन्धक पवनसिंह भण्डारी भन्छन्, "कोरियन गाडीको आगमनले
कम आयस्रोत भएका मध्यम वर्गका मानिसहरूको सपना पनि साकार भएको छ ।
हाम्रो गाडीको विशेषता मूल्य र सुविधा नै हो । किया को रिओ ले बजारमा
पाइने कतिपय साना कारकै मूल्यमा जापानी गाडीले दिने सरहको सुविधा दिएको
छ ।"
जापानी, कोरियन र मलेसियन कारका बिक्रेता गोल्छा अर्गनाइजेशनका
कार्यकारी निर्देशक आकाश गोल्छा ग्राहकमा जापानी गाडीको जस्तोे विश्वास
कोरियन र अन्य एसियाली मुलुकका गाडीले कमाउन अझै बाँकी रहेको बताउँदै
भन्छन्, "तैपनि मार्केटिङ र बिक्रीपछिको सेवा/सुविधामा राम्रो
ध्यान दिने हो भने कोरियन गाडीहरू ग्राहकको प्रिय बन्न सक्छन् ।"
नेपालमा कोरियन कम्पनीका हृयूण्र्डाई, किया र साङ्योङ चलेका छन् ।
प्रोटोन यो श्रेणीको मलेसियन कार हो । पश्चिमा मुलुकका कारले पनि नेपालमा
राम्रै बजार लिएका छन् । फोर्ड र सेभ्रोले यस्ता अमेरिकी गाडी हुन्
भने बीएमड्ब्लु, मर्सिडिज र ओपेल जर्मनीका । यसैगरी प|mान्सको प्युजो
र बेलायतको ल्यान्डरोभर पनि स्थानीय बजारमा उपलब्ध छन् । वातावरण संरक्षण
र सुरक्षाका उपायमा विशेष ध्यान दिने यी गाडीहरूको 'इन्ट्री लेबल'
मोडलको मूल्य जापानीकै हाराहारीमा छ भने 'लक्जरी' मोडल धेरै महङ्गा
छन् । यस्ता गाडी बलिया, टिकाउ र 'मेन्टिनेन्स् प|mी' हुने तर्क बिक्रेताहरूको
छ ।
साना कार र जीपको बजारमा ठूलो कब्जा जमाएका मारुति,
टाटा जस्ता भारतीय कम्पनीहरू पनि उच्च श्रेणीका गाडीको नयाँ-नयाँ मोडलका
साथ नेपाली बजारमा स्थान बनाउन तम्सिएका छन् । तर अहिलेसम्म सेडान
र एसयुभी कारहरूको नेपाली बजारमा तेस्रो मुलुकका गाडीहरूकै वर्चस्व
छ, भारतीय उत्पादनहरूले तिनको ठाउँ लिन सकेका छैनन् ।
सुविधासम्पन्न र मध्यम बनोटका सेडान कारको नेपाली बजार
अहिले धेरै बिस्तार भएको छ । आकर्ष मोडेल र धेरै सुविधाहरू देखेर मानिसहरूमा
यो श्रेणीका कार चढ्ने आकांक्षा जागेको हो । "सामान्यतया, मानिसको
इच्छा चर्चित ब्राण्ड र बढी सुविधायुक्त गाडी किन्ने हुन्छ । शुरुमा
सस्तो र सानै कार किन्नेहरू पनि पछि गएर पहिलेको भन्दा उत्कृष्ट र
महङ्गो गाडी किन्ने गर्दछन्," प्युजो र ल्यान्डरोभर बेच्दै आएको
अटोल्याण्ड प्रा.लि.का निर्देशक दिलीप राजभण्डारी भन्छन् । अमेरिकी
कम्पनी जनरल मोर्टसको डिलर विजय मोर्टसका व्यवस्थापक सुरेन बर्देवा
थप्छन्, "धेरै कम्पनीका गाडी आउँदा ग्राहकले ब्राण्ड, मूल्य,
डिजाइन, उत्पादक र ग्राहक सेवाका आधारमा छान्ने मौका पाउँछन्, जुन
राम्रो कुरा हो ।"
निर्ण्र्ााो आधारः सुविधा र मूल्य
नेपाल आइपुग्ने प्रायः सबैजसो गाडीहरूको मूल्य निकै महङ्गो छ । नेपाल
अटो मोवाइल डिलर्स एशोसिएसनको न्यूजलेटरका सम्पादक सुरेन्द्र प्रधान
भन्छन््, "चर्को भन्सार, कर र ढुवानीले गर्दा गाडीहरू महङ्गा
भएका हुन् । यी सबै गरेर वास्तविक मूल्यको झण्डै १७० प्रतिशत रकम थप
खर्च गर्नुपर्छ । त्यसैले भारतमा तीन-सवा तीन लाख पर्ने गाडीलाई नेपालमा
हामी साढे सात-आठ लाख तिर्र्छौँ ।" यो हिसाबले अमेरिकामा करीब
१ लाख ७० हजार डलर -रु.१ करोड २० लाख) पर्ने मर्सिडिज एस-क्लास को
मूल्य नेपालमा लगभग रु.३ करोड पर्नसक्छ ।
एकदमै विलासी कारको श्रेणीमा गनिने मर्सिडिज एस-क्लास
र यही वर्गका जर्मनीका बीएमडब्लु सेभेन-सिरिज, आउडि ए-८, ज्यागुआर
एक्स-जे र भोक्सवागन फाइटन तथा जापानको इन्पिmनी क्यु-४५ जस्ता कारहरू
नेपालका शो-रुममा उपलब्ध छैनन्, तर मगाउन भने सकिन्छ । मर्सिडिज र
बीएमडब्लु ले 'इन्ट्री लेबल'का केही मोडलहरू चाहिँ शो-रुममै राखेका
छन् । नेपालमा अहिले सामान्यतया बिक्ने सबैभन्दा महङ्गा गाडी पनि यिनै
हुन्, जसको बजार मूल्य एक करोडदेखि डेढ करोड रुपैयाँसम्म पर्दछ ।
नेपालमा धेरै उच्च श्रेणीका गाडीहरू नआउनुको प्रमुख
कारण चर्को मूल्य हो भने यसबाहेक गाडी कम्पनीहरूले कुनै देशको बजारमा
यस्ता मोडल लैजानुअघि त्यहाँ उपलब्ध इन्धनको शुद्धता, सडकको अवस्था,
मर्मतसम्भारका पर्ूवाधार पनि हर्ेदछन् । बिक्रीपछिको सेवा र स्पेयरपार्टस्
उपलब्ध गराउनको लागि कम्पनी र बिक्रेताले गर्नुपर्ने लगानीको पनि यसमा
ठूलो भूमिका हुन्छ ।
नेपालमा आउने 'डी' र र्'इ' श्रेणीका कारहरूमा ग्राहकलाई
लोभ्याउने विभिन्न सुविधा र सुरक्षा प्रविधिहरू हुन्छन् । कारमा कुनै
त्रुटि देखिएमा 'ड्यासबोर्ड' मा सूचना आइहाल्छ । अटोल्याण्ड प्रा.लि.का
राजेश श्रेष्ठ भन्छन्, "कारमा कुनै खराबी आयो भने सोझै खोलेर
मर्मत गर्ने तरिका पुरानो भइसक्यो । अन्दाजको भरमा पार्टपर्ुजा खोल्दा
गाडीको आयुमा असर पर्न पनि सक्छ । त्यसैले हामी पहिला कम्प्युटरमा
जोडेर जाँच गर्र्छौँ र त्यसले दिएको जानकारीको आधारमा मर्मत गर्र्छौँ
।" माइक्रो प्रोसेसरको मद्दतले गाडीको हरेक क्रियाकलापको जानकारी
राख्ने 'इलेक्टि्रक कन्ट्रोल मोड्युल' -इसीएम) भनिने यो प्रविधिले
गाडीकोर् इन्जिनमा आएको ठूलो खराबीदेखि चिम जलेको सामान्य समस्यासम्म
पत्ता लगाउँछ र कम्प्युटरको मद्दतले यसलाई सजिलै पढ्न सकिन्छ ।
ड्यासबोर्डमा गाडीको सरदर गति, यात्रा तय गर्नलाग्ने
समय, इन्धन खपत, बाँकी इन्धनले तय गर्नसक्ने दूरी आदिबारे हरेक क्षणका
गतिविधि र अवस्थाको सूचना पनि आइरहेको हुन्छ । "कम्प्युटरको मद्दतबाट
डिजिटल रूपमा आउने यस्ता सूचना सटिक र बुझन सजिला हुन्छन् । यी सूचना
पक्कै पनि यात्रा सजिलो र झञ्झट मुक्त बनाउन सहयोगी हुन्छन्,"
टोयोटा इको कारको ड्यासबोर्ड देखाउँदै युनाइटेड ट्रर्ेर्डस सिण्डिकेट
प्रा.लि.का वरिष्ठ अधिकृत सविना शाक्य नयाँ प्रविधिको वर्ण्र्ाागर्छिन्
। किया को सिराटो र निसान सिफेरो मा भएको यस्तो प्रविधिले ग्राहकहरूलाई
निकै आकषिर्त गरेको तिनका बिक्रेताहरू बताउँछन् ।
स्याट्लाइटको मद्दतबाट आफ्नो गाडी कहाँ यात्रा गरिरहेको
छ, गन्तव्यमा पुग्न कति बाँकी छ र कुन बाटो जाँदा चाँडो पुगिन्छ भन्ने
जानकारी दिने 'ग्लोबल पोजिसनिङ सिस्टम' -जीपीएस) भएका कार र जीपहरू
पनि हुन्छन् । यस्तो प्रविधिको मद्दतबाट चालकहरूले आफू हिँडिरहेको
बाटोमा अगाडि आइपर्ने अवरोधको पर्ूव सूचना पाएर वैकल्पिक मार्ग रोज्न
समेत सक्छन् । "तर यस्ता सुविधाको पर्ूवाधार नेपालमा नभएकोले
अहिलेसम्म तिनको यहाँ कुनै काम छैन," एभ्को इन्टरनेशनलका निर्देशक
सुनिलभक्त श्रेष्ठ भन्छन् ।
कारहरूमा जडित ४०-४२ वटासम्म माइक्रोप्रोसेसरले गाडीको
गति, सन्तुलन र सुरक्षामा मद्दत पुर्याउँछन् । बाटो अनुसारको गति,
हँकाइ अनुसारको इन्धन प्रवाह, भरपर्दो ब्रेकिङ यस्ता गाडीका अनिवार्य
विशेषता हुन् । आफूले बेच्दै आएको बीएमडब्लु थ्री-सिरिज को 'इन्टेलिजेन्स'
बयान गर्दै कस्मिक इन्टरनेशनलका सुनील क्षेत्री भन्छन्, "यस कारमा
जडान भएको विशेष सेन्सरले अगाडि दौडिरहेको गाडीको क्रियाकलाप निगरानी
गर्दै आफ्नो गति सन्तुलित गरेको र अरूको लापरवाहीबाट हुनसक्ने दर्ुघटनाबाट
बच्न चालकलाई सजग बनाइराखेको हुन्छ ।"
यस्तै गरी एउटा स्वीच थिचेर गाडीलाई एउटै गतिमा कुदाउन
सकिने 'अटो क्रुजिङ'को व्यवस्था भएका कार-जीपको सङ्ख्या पनि कम छैन
। निसान को सिफेरो कारमा रहेको यस सुविधाको व्याख्या गर्दै दुगड बर््रदर्स
एण्ड सन्सका वरिष्ठ बजार व्यवस्थापक शम्भु सुवेदी भन्छन्, "यो
प्रविधि मुख्य गरी राजमार्गमा यात्रा गर्दा निकै प्रभावकारी हुुन्छ
। यसले बाटोको स्थितिको आधारमा गाडीको गतिलाई सीमित गर्न पनि सक्छ
।"
गाडीहरू बजारमा ल्याउनुअघि निर्माण कम्पनीले सम्भाव्य
दर्ुघटनालाई र्टार्न र क्षति कम गर्न कसरी सकिन्छ भन्ने कुरालाई विशेष
ध्यान दिएका हुन्छन् । 'डी' र र्'इ' वर्गका कारहरूमा सुरक्षाको लागि
भनेर 'एयर व्याग', 'एन्टिलक ब्रेकिङ सिस्टम', 'इलेक्टि्रक ब्रेक फोर्स
डिस्टि्रब्युसन', 'फुल ट्रान्सेक्ट कन्ट्रोल सिस्टम' आदि प्रविधि जडिएका
छन् । 'सी' वर्गका कारहरूमा पनि इच्छा अनुसार यीमध्ये कतिपय सुविधा
लिन सकिन्छ ।
नेपालमा द्रुत गतिका कारण ठोक्किएर भन्दा सन्तुलन ब्रि्रेको
कारणले भीरबाट गुल्टिएर बढी दर्ुघटना हुने गर्दछन् । तर एयर व्याग
र राम्रो ब्रेक सिस्टम छ भने दर्ुघटनाबाट हुने हानी धेरै हदसम्म कम
हुन्छ । हिजोआज अगाडि बस्ने मानिसको सुरक्षाको निम्ति दर्ुइ वटासम्म
एयर व्याग हुनु सामान्य भइसक्यो । नेपाल भित्र्याइएका बीएमडब्लु र
रेन्जरोभर मा १२ वटासम्म एयर व्याग छन् ।
'सी' वर्गभन्दा माथिका गाडीमा अपर्झट ब्रेक हान्दा
अनियन्त्रित भई चिप्लिन नदिने 'एबीएस' प्रविधि त अनिवार्य नै छ । त्यसमाथि
पछिल्ला दिनमा आएको 'इडीबी' प्रविधिले अगाडि र पछाडिको चक्कामा सन्तुलित
तवरले ब्रेक लाग्न मद्दत गर्दछ । चालकले राम्ररी ब्रेक लगाउन नसकेको
अवस्थामा यसले कारको गति एवं ब्रेकको शक्तिलाई आकलन गरेर थप उर्जा
संचार गरी बे्रकलाई प्रभावकारी बनाउन र एकदमै घुमाउरो मोडमा समेत गाडी
सन्तुलनमा राख्न मद्दत गर्दछ । यस्तो प्रविधि होण्डा अकोर्ड, निसान
सिफेरो, माज्दा-३ र ६, किया सेराटो, टोयोटा कोरोला, बीएमडब्लु थ्री-सिरिज,
प्युजो-४०७ जस्ता कारहरूमा उपलब्ध छ ।
'सेन्ट्रल लकिङ' र साँचोविना ढोका खोल्न मिल्ने 'किलेस
इन्ट्री' सुविधाको माग पनि अत्यधिक छ । एउटा गाडीलाई फरक-फरक मानिसले
चलाउने गरेका छन् भने चालकको कद र सुविधा अनुसार सिटको स्थिति बदल्न
सकिन्छ । होण्डा अकोर्ड को चालक सिटलाई आठ किसिमको अवस्थामा मिलाउन
सकिन्छ । यस्ता श्रेणीका कारहरूमा भार र गति अनुसार गियर आफैँ फेरिने
सुविधा पनि हुन्छ, जसमा क्लच र गियर सिफ्ट बिना नै गाडीले आफ्नो गति
निक्र्यौल गर्छ, गियर बदलिराख्नुपर्दैन । गाडी तीव्र गतिमा गुड्दा
इञ्जिनको आवाजले चालक र यात्रीहरूलाई लगाउने झर्को मेटाउन सेभ्रोले
को अप्ट्रा मा जडित 'टीएनआरएस' प्रविधिले गाडीलाई आवाजरिहत बनाइदिएको
छ । शान्त यात्रा चाहनेहरू यो सुविधातिर आकषिर्त देखिन्छन् । वातानुकूलित
सुविधा त हरेक मोडेलका कारमा अनिवार्य नै छ । 'ए' र 'बी' श्रेणीका
गाडीमा समेत जडान हुन थालिसकेको यो सुविधा 'सी' श्रेणीभन्दा माथिका
गाडीहरूमा बढी क्षमताका र स्वचालित हुन्छन् । यस किसिमको सिस्टमले
एउटा बटन थिचेकै भरमा काम गर्छ ।
"युवा ग्राहकहरू कार खरीद गर्ने बेला आकर्ष 'स्पोर्टर्ीीुक'
सँगसँगै अडियो सिस्टम, डिजिटल कन्ट्रोल र आधुनिक 'गिजमोज' पनि चाहन्छन्",
माज्दा कारको अधिकृत बिक्रेता पद्मश्रीका कार्यकारी निर्देशक रोहिणी
थपलिया भन्छन् । यस्ता 'गिजमोज' मा स्टियरिङ हृवीलमै अडियो कण्ट्रोल,
अँध्यारो भएपछि आफैँ बत्ती बल्ने, पानी परेपछि आफैँ वाइपर चल्नेलगायतका
आकर्ष स्वचालित प्रविधिहरू पर्छन् । म्याग्नेटिक क्यासेट प्लेयर बिक्नै
छाडिसक्यो, मानिसहरू कम्तीमा पनि सीडी प्लेयर जडान गर्छन् । १२-१२
वटासम्म सीडी फर्ेन मिल्ने सीडी प्लेयर, एमपीथ्री वा डीभीडी जडान गरिएका
थुप्रै गाडीहरू नेपालकै सडकमा गुडिरहेका पाइन्छन् ।
गाडीको शक्ति इञ्जिनको सिसी र हर्सपावरमा निर्भर गर्दछ
। 'सी' श्रेणीभन्दा माथिका गाडीमा जडान हुने नयाँ प्रविधिमा आधारित
भिभिटि, र्एइ-भिटेक-३, भि-६, सिआरडीआई जस्ता इञ्जिनहरू कम इन्धनको
उपयोगबाट पनि बढी शक्ति सिर्जना गरेर इन्धन बचत गर्ने, धुवाँ कम फाल्ने
र लामो समय टिक्ने खालका भएको बिक्रेताहरूको भनाइ छ । रु.१५-१६ लाख
भन्दा बढी पर्ने 'सी' वर्गका गाडीहरू कम्तीमा १३०० सीसी इञ्जिन क्षमताका
हुन्छन् र त्यसमाथि श्रेणीसँगै इञ्जिन क्षमता पनि बढ्दै जान्छ । डिजेल
र पेट्रोल इञ्जिनको प्रविधि पनि केही फरक हुन्छ । सामान्यतः डिजल गाडीको
र्'र्टक पावर' बढी हुने भएकोले यसमा तान्न सक्ने क्षमता धेरै हुन्छ
भने पेट्रोल गाडीको 'पिकअप' धेरै हुन्छ ।
देशमा उपलब्ध इन्धनको स्तरले गाडीको बजारमा पनि असर
गर्दछ । स्तरीय पेट्रोलमा ९३ भन्दा बढी अक्टेन हुनु जरुरी हुन्छ, तर
नेपालमा अहिले ८८ अक्टेन चेनको पेट्रोल मात्र पाइन्छ । निम्न स्तरको
इन्धनले इञ्जिनलाई धक्का पुर्याउनुका साथै वातावरणमा प्रतिकूल असर
पार्दछ । हिजोआजका इञ्जिनहरू इन्धनको मामिलामा निकै संवेदनशील हुन्छन्
। नेपालमा पाइने निम्नस्तरको इन्धनको कारण ४०-४५ थरी मोडेलका कार-जीप
निर्माण गर्ने मित्सुविसी ले कम्पनीको नाम र छविमा आँच आउला भन्ने
डरले सबै मोडेल यहाँ पठाउने गरेको छैन", मित्सुविसीको अधिकृत
बिक्रेता नाकासु ट्रर्ेर्डसका निर्देशक केदार लामिछाने भन्छन् ।
नेपालमा सरकारले 'यूरो-१' प्रदूषण मापदण्ड निर्धारण
गरेतापनि बजारमा पाइने स्तरीय गाडीहरू कम्तीमा पनि 'यूरो-३' मापदण्डका
छन् र नेपाली बजारमा पाइने तेल ती गाडीका लागि उपयुक्त छैन । सुजुकी
र मारुति गाडीका अधिकृत बिक्रेता चौधरी ग्रुपका बजार व्यवस्थापक राहुल
सचदेव भन्छन्, "निम्न गुणस्तरको इन्धनको प्रयोगले इञ्जिनमा कुनै
त्रुटि भए पनि त्यसको दोष कार उत्पादक र बिक्रेताले नै पाउँछन् । राम्रो
तेल, राम्रो बाटो भएमा गाडीहरू व्यवस्थित ढङ्गले चल्न सक्दथे र त्यति
ब्रि्रँदा पनि ब्रि्रँदैनथे ।" स्तरीय इन्धन ल्याउने कसरतमा तल्लीन
माली आयल स्टोर्सका प्रोप्राइटर हिक्मतबहादुर माली भन्छन्, "हामी
निकट भविष्यमै ९३ अक्टेनयुक्त पेट्रोल ल्याउँदैछौँ । यो इन्धन बजारमा
प्रचलित मूल्यभन्दा एक लिटरमा रु.५ सम्म महँगो हुन्छ ।" स्तरीय
इन्धन ल्याउने र इन्धनको गुणस्तरलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने
हो भने थप नयाँ-नयाँ गाडी भित्र्याउन, चलिरहेका गाडीलाई 'मेन्टिनेन्स
प|mी' बनाउन र वातावरणमा पर्ने असर कम गर्न मद्दत मिल्ने व्यवसायीहरूको
भनाइ छ ।
गाडी र यसका पार्टपर्ुजाको व्यापार तथा प्रत्येक वर्षगाडी
धनीले तिर्ने करबाट अर्बौँ रुपैयाँ राजस्व उठ्ने गर्दछ । "यसरी
उठाइएको रकमको केही अंश सही तरिकाले स्तरीय इन्धनको आपर्ूर्ति, सडक
मर्मत र विस्तारमा पनि खर्च गर्ने हो भने उच्च श्रेणीका गाडीको व्यापारको
सम्भावना पनि बढ्दै जानेछ," कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज
प्रा.लि.का अध्यक्ष सुहृद घिमिरे भन्छन् ।
थरीथरीका कार-जीप
एसयुभी -स्पोर्टस् युटिलिटी भेइकल)ः सामान्यतः ट्रकको
चेसिस प्रयोग गरेर बनाइने जीप श्रेणीको कार । कारमा हुने सुविधासँगै
धेरै मान्छे र सामान समेत अट्ने भएकोले लामो यात्राका लागि एसयुभी
गाडी बढी रुचाइन्छ ।
अधिक 'ग्राउन्ड किल्यरेन्स', बढी परिवहन र ढुवानी क्षमता,
चार वटै पाङ्ग्रामा शक्ति सञ्चालन गर्न सक्ने 'फोर हृवील ड्राइभ' र
शक्तिशालर्ीर् इन्जिन भएको एसयुभीमा खराब बाटोमा पनि जानसक्ने क्षमता
हुन्छ । प्रायः २००० सीसी इञ्जिनमा उपलब्ध हुने यो सवारी साधनमध्ये
केही शहरी क्षेत्रभित्र मात्र चलाउन उपयुक्त सानो इञ्जिन भएका डाइहात्सु
टेरिओस र सुजुकी इग्निस जस्ता गाडी पनि पाइन्छन् । हाल किया सोरेन्टो
चलाइरहेका सीता एअरका एमडी काप्टेन फिजोनाथ नेपाली भन्छन्, "म
लामो 'ड्राइभ' मा जान रुचाउने भएकोले मेरो गाडीले जस्तोसुकै खराब बाटो
र परिस्थितिको पनि सामना गर्न सक्नर्ुपर्दछ भन्ने सोचेर मैले ठूलो
'एसयुभी' किन्ने निर्ण्र्ाालिएको हुँ ।"
लामो दूरीको यात्रा गरिरहनुपर्ने अन्तर्रर्ााट्रय गैरसरकारी
संस्था, दातृ निकाय, विदेशी कूटनीतिक नियोग र व्यावसायिक संस्थाका
मानिसहरूमाझ 'एसयुभी' निकै लोकप्रिय छ । "तर्राई होस् या पहाडको
बाटो, फिल्ड गइरहनुपर्ने व्यक्तिहरू 'एसयुभी' लाई अन्य कार-जीप भन्दा
बढी विश्वास गर्छन्" दुगड बर््रदर्स एण्ड सन्सको निसान प्याट्रोल
का सेल्स म्यानेजर बताउँछन् ।
नेपालमा चल्ने महङ्गा एसयुभी-जीपहरूमध्ये ल्याण्डरोभर
को रेन्जरोभर, टोयोटा ल्याण्ड क्रुजर, निसान प्याट्रोल, मित्सुविसी
पजेरो बढी लोकप्रिय छन् । सबै सुविधाहरू जडान गरेर लिने हो भने यिनको
मूल्य रु.१ करोड नाघ्ने सम्बन्धित व्यापारीहरू बताउँछन् । बजारमा अहिले
१५ वटा भन्दा बढी मोडलका एसयुभी-जीप उपलब्ध छन् । छिट्टै नै फोर्ड
को फ्युजन र सुबारु को फरेस्टर प्रतिस्पर्धामा उत्रिन लागेका छन् ।
सेडानः यो श्रेणी या वर्गमा पर्ने कारहरूको चल्ती नेपालमा
सबैभन्दा बढी छ । 'सेडान' शब्दको सम्बन्ध दर्ुइ मानिस मिलेर बोक्ने
डोली, घोडाले तान्ने बग्गी अथवा मानिसले तान्ने आरामदायी रिक्सासँग
गाँसिएको छ । प्रायः चार वटा ढोका हुने यस प्रकारको कारमा इञ्जिन,
यात्रु र सरसामानका निम्ति अलगअलग तीन खण्ड हुन्छन्, जसमध्ये अगाडि
र पछाडि रहने इञ्जिन र सामानको खण्ड केही होचो र बीचमा रहने यात्रु
खण्ड अलि अग्लो हुन्छ । यस्ता कारलाई 'सलुन' पनि भन्ने गरिन्छ । सन्
१९७० को दशकपछि 'हृयाचब्याक' कारहरू बन्न थालेपछि यसप्रकारको कारको
लोकप्रियता केही कम हुँदै गएको छ ।
हृयाचब्याक र कम्प्याक्टः पछाडिको भाग माथि उठाएर खोल्न
मिल्ने ढोका भएको कार । यस्तो कारमा सामान राख्ने ठाउँ यात्रु बस्ने
ठाउँसँग छुट्टएिको हुँदैन । 'हृयाचब्याक' मोडलका कारमा प्रायः चार
जनासम्म मानिस अट्न सक्छन् । सानो भएकाले व्यस्त शहरमा सजिलोसँग चलाउन
सकिन्छ । जापानलगायत अन्य विकसित मुलुकहरूमा पार्किङको समस्याका कारण
मानिसहरू यस्तै 'कम्प्याक्ट' कारलाई बढी मन पराउन थालेका छन् । नेपालमा
चाहिँ तुलनात्मक रूपले केही सस्तो भएकाले पनि बढी बिक्ने गर्दछन् ।
कन्भर्टिबलः निकाल्न र पट्याउन मिल्ने छानो भएको कार
। यस्तो छानो प्रायः गरेर क्यानभास कपडाको हुने गर्दछ । युरोपतिर यस्ता
कारलाई 'क्याबिरो' भन्ने चलन पनि छ ।
कुपः प|mेञ्च शब्दबाट नामकरण गरिएको एकदमै 'स्पोर्टर्ीीआकारको
देखिने दर्ुइ वटा मात्र ढोका र दर्ुइ वा चार सिट क्षमता भएको कार ।
स्टेशन वागनः भित्री भाग फैलिएको र तीन लहर सिट भएको
कार । धेरै मानिस अट्ने र चाहिएको बखत सिटलाई खप्ट्याएर धेरै सामान
पनि बोक्न सकिने यस्ता गाडीलाई 'इस्टेट कार' पनि भनिन्छ ।
लुब्रिकेन्टः सम्झाौता नगर्नुस्
लुब्रिकेन्ट आयल
(लुब) एकप्रकारको च्यापच्याप लाग्ने, चिल्लो र नरम तरल पदार्थ -तेल)
हो जसले सवारी साधनलगायत विभिन्न यान्त्रिक उपकरणलाई बिना र्घष्ाण
चल्न मद्दत पुर्याउँछ ।
लुब्रिकेन्टस् बनाउँदा प्रयोग हुने कच्चा पदार्थका आधारमा
यसलाई तीन प्रकारमा बाँड्न सकिन्छः तेल खानीबाट प्रशोधन गरी बनाइने
'मिनरल', रासायनिक प्रक्रियाबाट तयार पारिने 'सिन्थेटिक' र यी दुवैको
मिश्रणबाट उत्पादन गरिने 'सेमि-सिन्थेटिक' लुब्रिकेन्टस् । मिनरल लुब्रिकेन्टस्
९० प्रतिशत खनिज तेल र १० प्रतिशत फोरोकार्बर्,र् इस्टर, सिलिकोन,
पोलियोइफिन्स जस्ता इञ्जिनलाई खिया, अत्यधिक ताप, अधिक फिँज, उच्च
चाप आदिबाट बचाउने 'ऐडेटिभ' मिसाएर तयार पारिन्छ भने 'सिन्थेटिक' लुब्रिकेन्टस्
सम्पर्ूण्ा रूपमा रासायनिक प्रक्रियाद्वारा प्रयोगशालामा तयार पारिन्छ
। प्रयोगको दृष्टिले लुब्रिकेन्टस्लाई 'मोनोग्रेड' र 'मल्टिग्रेड'
गरी दर्ुइ किसिममा विभाजित गर्न सकिन्छ । मल्टिग्रेडले जस्तोसुकै मौसम
र तापक्रममा पनि काम गर्ने भएकोले यो हाल निकै प्रचलनमा आएको छ । मोनोग्रेड
मौसम अनुसार बदलिरहनर्ुपर्ने र झञ्झटिलो पनि हुन्छ ।
कार-जीपलगायत विभिन्न सवारी साधनहरूको कार्य क्षमता
र आयु तिनमा कस्तो इञ्जिन आयल कति-कति समयमा प्रयोग गर्ने गरिएको छ
भन्नेमा निर्भर गर्दछ । गाडी राम्ररी चलाइराख्न सवारी साधनको 'म्यानुअल'
मा भनिए बमोजिम ठीक-ठीक समयमा उपयुक्त लुब्रिकेन्ट आयल बदल्नु पर्दछ
।
गाडीको बजार सँगसँगै नेपालमा लुब्रिकेन्टस्को बजार पनि
बढेको छ । यहाँ स्वदेशी र बिदेशी गरी झण्डै २५ ब्राण्डका लुब्रिकेन्टस्
पाइन्छन् । मिनरलको तुलनामा सिन्थेटिक लुब्रिकेन्टस् चार-पाँच गुणा
महङ्गो हुने जानकारी दिँदै माली आयल स्टोरका निर्देशक हिक्मत माली
भन्छन्, "हाल बजारमा पाइने कार-जीपमा प्रयोग हुने लुब्रिकेन्टस्को
सरदर मूल्य प्रतिलिटर रु.३५० देखि १६०० सम्म पर्छ । सिन्थेटिक लुब्रिकेन्ट
बढी टिकाउ हुने कारणले यसलाई अन्य प्रकारको लुब्रिकेन्ट जस्तो चाँडो
बदलिरहनु पर्दैन ।" नेपालमा क्यास्ट्रोल, एचपी, बिपी, शेल, डकहृयाम्स
जस्ता विदेशी लुब्रिकेन्टस्को वर्चस्व हर्ेदा गाडी धनीहरू महङ्गो भएतापनि
नाम चलेको ब्राण्डका स्तरीय लुब्रिकेन्ट नै रुचाउँछन् भन्ने कुरा पुष्टि
हुन्छ । बिदेशी ब्राण्डको तुलनामा नेपाली ब्राण्डको प्रचार कम हुने
गरेकोले बजार लिन नसकेको फुजिमा कम्पनीका महाप्रबन्धक प्रमोद कोइराला
बताउँछन् ।
संसारभरि बर्सर्ेे पाँच करोड टन लुब्रिकेन्टस् खपत हुन्छ
। यसमा प्रयोग हुने विभिन्न रासायनिक वस्तुलाई विकसित राष्ट्रको एक
चौथाइ प्रदूषणको कारक मानिन्छ । नेपालमा बर्सर्ेे लगभग एक अर्बदेखि
सवा एक अर्ब रुपैयाँ मूल्य बराबरको १२ हजार टन लुब्रिकेन्ट आयल खपत
हुने गरेको दुगड बर््रदर्स् एण्ड सन्स्को अटोमोटिभ डिभिजनका सिनियर
सेल्सम्यान मनोज बच्चन बताउँछन् । उनी भन्छन्, "यसमध्ये ७५ प्रतिशत
गाडीहरूमा र बाँकी उद्योगहरूमा खपत हुने गर्दछ ।"
लुब्रिकेन्ट आयलको बजारमा धेरै विकल्पहरू भएतापनि प्राविधिकहरू
गाडी कम्पनीले सिफारिस गरेको उपयुक्त ग्रेडको तेल नै प्रयोग गर्न सल्लाह
दिन्छन् । जनरल अटो वर्कस्का मेकानिकलर् इन्जिनियर प्रविन शर्मा भन्छन्,
"गाडी खरीदमा लाखौँ रुपैयाँ लगानी गरिसकेपछि, इञ्जिनको राम्रो
काम र दर्ीघायुका निम्ति लुब आयलमा सम्झौता गर्नुहुँदैन । गाडीलाई
टिकाइराख्न उचित ग्रेडको विश्वसनीय लुब्रिकेन्टस् नै प्रयोग गर्नुपर्दछ
।"
सवारी साधनः बढ्दो छ व्यापार
नेपालमा अटोमोबाइल
व्यवसायको विस्तार हुनथालेको तीन दशक पनि भएको छैन । एक दशकअघिसम्म
पनि गाडीहरू सम्पन्न वर्गले मात्र प्रयोग गर्ने साधन ठानिन्थे । तर
अहिले मध्यम र निम्न-मध्यम वर्गलाई समेत आफ्नै सवारी साधन चाहिने भइसकेको
छ । व्यावसायिक र कामकाजी व्यक्तिहरूका लागि त झन् आवश्यकता मात्र
नभएर इज्जत-प्रतिष्ठाको विषय समेत बनेका छन् सवारी साधनहरू । ब्याङ्क
र वित्तीय संस्थाहरूले दिने ऋण सुविधाले गाडी खरीद गर्न अझ सजिलो पारिदिएको
छ । यस्तो प्रवृत्तिले सवारी साधनको आयातमा तीव्रता आउनु स्वाभाविकै
हो ।
एक दशकअघिसम्म भारत र तेस्रो मुलुकबाट हुने अटोमोबाइल
वस्तुहरूको आयात अनुपात समान थियो भने अहिले, खासगरी भारतमा वैदेशिक
लगानीमा विदेशी ब्राण्डका सस्ता सवारीसाधनको उत्पादन हुनथालेपछि, भारतीय
अटोमोबाइलले सङ्ख्या र कारोबारमा क्रमशः ८० र ६६ प्रतिशत हिस्सा ओगट्न
पुगेका छन् । सस्ता र आकर्ष भएको कारण कोरियामा निर्मित १००० सीसीदेखि
१६०० सीसीसम्मका कार, जीप र भ्यानहरूको आयात पनि बढेको छ । आर्थिक
वर्ष२०६०/०६१ मा भारतबाट रु.५ अर्ब ३२ करोडको, तेश्रो मुलुकबाट रु.२
अर्ब ६३ करोडको र तिब्बतबाट रु.४ करोडको गरी झण्डै रु.८ अर्बका अटोमोबाइल
वस्तुहरू नेपाल भित्रिएका थिए ।
नेपालको अटोमोबाइल बजारमा इण्डीका, मारुति र महेन्द्रा
जस्ता भारतीय तथा किया र हुण्र्डाई जस्ता कोरियन हल्का सवारी साधनको
आयातले झण्डै ७० प्रतिशत स्थान लिएको छ । यीबाहेक इटालियन फियट, मलेशियन
प्रोटोन, कोरियन स्याङ्गयोङ्ग, अमेरिकन फोर्ड र प|mेन्च प्युजो जस्ता
हल्का सवारी साधनहरू पनि प्रतिस्पर्धामा छन् । जापानी टोयोटा, होण्डा,
निश्ाान, माज्दा, मित्सुविसी, इशुजु र डाइहात्सु त स्थापित कम्पनी
नै हुन् तापनि उच्च मूल्यका कारण पछिल्लो समय यिनका सवारी साधनहरूको
आयात केही घटेको छ । त्यसो त नेपाली कार बजारमा जर्मनीमा निर्मित मर्सिडिज
र बीएमडब्लु जस्ता ३००० देखि ५००० सिसिसम्मका धेरै महङ्गा कारहरू पनि
बिक्ने गरेका छन् ।
देशको असहज परिस्थितिका कारण पछिल्ला एक-दर्ुइ वर्षता
भने अटोमोबाइलको समग्र आयातमै कमी आएको छ । आ.व.२०४६/४७ सम्म नेपाल
अधिराज्यमा करीब ७५ हजार यातायातका साधनहरू दर्ता भएका थिए भने २०६१/६२
सम्ममा झण्डै पाँच लाख पुगेका छन् । यस अवधिमा २०५८/०५९ मा मात्रै
करीब ५० हजार यातायातका साधनहरू दर्ता भएका थिए भने २०६१/०६२ मा ४०
हजारमा झरेको छ । २०६०/६१ मा ७०७९ वटा दर्ता भएका कार, जीप र भ्यानहरू
२०६१/०६२ मा ४७८१ मा झरेका छन् -हे. तालिका नं १) । नेपालमा दर्ता
भएका करीब पाँच लाख सवारीसाधनमध्ये तीन लाख, अर्थात् दर्ुइतिहाई जति
मोटरसाइकल छन् । त्यसपछि क्रमशः कार, जीप र भ्यान करीब ७८ हजार, ट्याक्टर
३३ हजार, ट्रक/ट्याङ्कर/पिकअप २९ हजार, बस/मिनीबस १८ हजार, ट्याम्पो
७ हजार, माइक्रोबस २ हजार र अन्य ४ हजार छन् । सरकारले र्सार्वजनिक
यातायातका साधनका रूपमा माईक्रोबसमा भन्सार र अन्य सुविधा प्रदान गरेपछि
पछिल्ला वर्षरूमा माइक्रोबसको आयात बढेको छ ।
नेपालमा र्सवाधिक यातायातका साधनहरू बागमती अञ्चलमा
दर्ता भएका छन्- झण्डै ३ लाख । त्यसपछि नारायणीमा करीब ८४ हजार, लुम्बिनीमा
२९ हजार, कोशीमा २७ हजार र गण्डकीमा २३ हजार तथा सबैभन्दा कम राप्तीमा
१७ सय दर्ता भएका छन् । कर्ण्ााली र धौलागिरि अञ्चलमा एउटै पनि सवारीसाधन
दर्ता भएका छैनन् । बागमती अञ्चलमा निजी प्रयोजनका यातायातका साधनहरू-
कार, जीप, भ्यान र मोटरसाइकल अधिक देखिन्छन् भने अन्य अञ्चलमा र्सार्वजनिक
यातायात, ढुवानी र निर्माणकार्यमा प्रयोग हुने साधनहरूको सङ्ख्या अधिक
छ ।
गत एघार वर्षा बागमती अञ्चलमा मात्र २ लाखभन्दा बढी
यातायातका साधनहरू थपिए । २०५०/५१ सम्म करीब ३८ हजार मोटरसाइकल र २१
हजार निजी कार, जीप र भ्यान भएका बागमती अञ्चलमा अहिले मोटरसाइकल झण्डै
दर्ुइ लाख तथा कार, जीप र भ्यान ५५ हजार पुगेका छन् । नेपालमा बर्सर्ेे
दर्ता हुने यातायातका साधनहरूको ७६.५ प्रतिशत र नेपाल अधिराज्यभर दर्ता
भएका कुल यातायातका साधनहरूमध्ये ५७.५ प्रतिशत बागमती अञ्चलमै छन्
।
बागमती अञ्चलमा दर्ता भएका यातायातका साधनहरू पनि अधिकांश
काठमाडौँ उपत्यकामा, अझ उपत्यकाको पनि चक्रपथ भित्र मात्रै चल्छन्
। यही अञ्चलका झण्डै ९० प्रतिशत र अन्य अञ्चलका पनि थुप्रै यातायातका
साधनहरू चल्ने चक्रपथभित्र तिनको चाप अत्यधिक छ । बढी जनसङ्ख्या, अवसर,
सेवा, व्यवसाय र उद्योगधन्दाहरूको केन्द्रीकरणले नै उपत्यकामा यातायातका
साधनहरूको चाप बढी भएकोे हो ।
•
सुरेन्द्र प्रधान
एसयूभी अर्थात् जीप श्रेणीका लोकप्रिय मोडल
आयातकर्ता कम्पनी/गाडी मोडल इञ्जिन क्षमता गियर मूल्य-लाखमा)
चौधरी गु्रप सुजुकी इग्निस १३०० सीसी ५म्या १९-२२
सुजुकी ग्राण्डभिटारा २००० ५म्या ३०-३५
कन्टिनेन्टल किया क्यारेन्ज १८००-२००० ५म्या/४अ २२.८५±
ट्रेडिङ किया स्पोर्टर्ेे२०००-२५०० ५म्या/४अ २९.५०±
किया सेरान्टो २३००-३५०० ५म्या/४अ ४०.३२±
एभ्को इ. हृयूण्र्डाई टेराक्यान २५०० ५म्या ४५
हृयूण्र्डाई टुसान २००० ५म्या ३१.७५
गोल्छा डाइहात्सु टेरियस १३०० ५म्या २५.२५र्
अर्गनाइजेसन स्याङहोङ रेक्टन २७००-२९०० ५म्या २६±
स्याङहोङ मुसो २९०० ५म्या २८.४२
अटोल्याण्ड ल्याण्डरोभर प्रिmल्याण्डर २००० ५म्या/४अ ४५-५५
ल्याण्डरोभर डिस्कभरी २७०० ६म्या/अ ५५-७०
ल्याण्डरोभर रोन्जरोभेर ३००० ६म्या ८०±
स्याकार कं. होण्डा सिआरभी २४०० ५म्या ४६
युनाइटेड टोयोटा प्राडो ३००० ५म्या ६५±
ट्रर्ेर्डस टोयोटा र्याभ-४ २००० ५म्या/४अ ४४.८०
दुगड बर््रदर्स निसान प्याट्रोल ३०००-४००० ५अ ५५±
निसान एक्सट्रेल २२०० ५म्या ४६.५
नाकासु मोर्टस मित्सुविसी पजेरो २८००-३२०० ५म्या ६०±
दीपक एण्ड कंं. मर्सिडिज बेन्ज एम२८० २८०० ५म्या/अ १३३±
सेडानः कार श्रेणीका लोकप्रिय मोडल
आयातकर्ता कम्पनी/गाडी मोडल श्रेणी इञ्जिन क्षमता गियर
मूल्य-लाखमा)
स्याकार होण्डा अकोर्ड डी २४०० ५म्या/अ ४३.५±
होण्डा सिभिक सी १५०० ५म्या २८
विजय सेभ्रोले ओप्ट्रा डी १६००-१८०० ५म्या २४.१±
मोर्टस ओपल कोर्सर्ााी १४००-१६०० ५म्या १९.१±
युनाइटेड टोयोटार् इको सी १३०० ५म्या/अ २०.१०±
ट्रर्ेर्डस टोयोटा कोरोला डी १५०० ५म्या/अ २७.९५
टोयोटा क्यामरर्ीर् इ २४०० ४अ ६०±
कस्मिक अ. बीएमडब्लर्ुर् इ-४र्६र् इ २००० ५म्या/अ ६५±
अटोल्याण्ड प्युजो ४०७ डी २००० ५म्या ४५±
प्युजो ३०७ डी २००० ५म्या ३५±
कन्टिनेन्टल किया सेराटो डी १६००-२००० ५म्या ३५±
पद्मश्री माज्डा माज्डा थ्री सी १६०० ५म्या/४अ २४.६±
माज्डा माज्डा सिक्स डी २०००-२३०० ५म्या/४अ ३२.५
दुगड बर््रदर्स निसान सन्नी डी १६०० ५म्या/४अ २४.७५±
निसान सिफेरोर् इ २४०० ४अ ४५
फोर्ड आइकोन सी १३०० ५म्या १६.७५
चौधरी गु्रप सुजुकी लिएना सी १३०० ५म्या २१.७५
मारुति इस्टिम सी १३०० ५म्या १४.९४±
गोल्छा प्रोटोन वाजा सी १६०० ५म्या १७±र्
अर्गनाइजेसन प्रोटोन वीराएरो सी १५०० ५म्या १५±
स्याङहोङ चेयरम्यानर् इ २३०० ५म्या ४०.५०
एभ्को इ. हृयुण्र्डाई मेटि्रक्स सी १५०० ५म्या २०.९५
दीपक एण्ड कं. मर्सिडिजर् इ-२२र्०र् इ २८०० ५म्या/अ ११६±
स्रि्रदी टाटा इण्डिगो सी १४०० ५म्या १६±
|