हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विज्ञान-विचार | प्रकृति संरक्षण

के पो छैन हाम्रा निकुञ्जमा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग समेत नेपालको समग्र संरक्षण-प्रयासले वितेका २५ वर्षा घाँस-दाउरा, चोरी-शिकारी र काठ-पतिङ्गरका समस्यासँग जुध्नु पर्‍यो । तर आगामी २५ वर्षा चुनौती अरु बढी डरलाग्दा छन्- खासगरी जैविक प्रविधि र प्रदूषणको खतरा ।

डा. तीर्थबहादुर श्रेष्ठ


सौजन्य हाकाहाकी
स्थानीय समुदायको गाँसबास हरेर निकुञ्ज संरक्षित हुँदैन । 'काम गर्ने कालु मकै खाने भालु' भन्ने उक्ति चरितार्थ भइरहृयो भने भालु संरक्षणमा कालुको योगदान नकारात्मक हुनु स्वाभाविक हुन्छ ।

पृथिवीतलमा एउटासम्म, मानिस बाँकी रहँदासम्म
तुच्छ सुगाको जन्म नदेउ, दीनदयालु ! विन्ती लेउ ।

कवि शिरोमणि लेखनाथ पौड्यालले पिँजडामा थुनिएको सुगाको दारुण पुकारलाई मान्छेले बुझने भाकामा रुपान्तर गरी वन एवं वन्यजन्तु संरक्षणको महत्त्व र चिन्तनलाई स्पष्ट पारिदिएका छन् । प्रत्येक वर्षविश्वबाट सयौँ प्राणी र वनस्पति लोप भइरहेका छन् र यो क्रम झन्झन् बढ्दैछ । दीनदयालु अर्थात् दुःखी-असहायमाथि दया गर्नेर् इश्वरले पनि तिनका पुकार सुनेर तिनलाई जन्म दिन छाडेको भान हुन्छ । तिनको जन्मने क्रम मर्न थालेको छ । यस कार्यमा मानिस नै विशेष रुपले जिम्मेवार छ ।

पृथ्वीतलमा आज ६ अर्ब जनसङ्ख्या पुगिसक्यो । पहिलो एक अर्ब पुग्न मानिसलाई २० लाख वर्षलागेको थियो । अब १० वर्षभत्रै मान्छेको एक अर्ब सङ्ख्या थपिन्छ । बीस-पच्चीस वर्षपहिलेसम्म "करोड नेपालीको एउटै ढुकढुकी नेपाल" भन्ने गीत प्रचलनमा थियो । अब अर्ढाई करोडको वेगमा छौँ । नेपालले प्रत्येक २५ वर्षा अर्को नयाँ नेपाल जन्माउँछ, जनसङ्ख्याको हिसाबले । यस्तो लाग्छ, गैँडा मरे पनि मान्छे जन्मन्छ, गिद्ध मरे पनि मान्छे नै जन्मन्छ । हुँदाहुँदा यस पृथ्वीतलमा मान्छे नै मान्छे मात्र बाँकी रहृयो भने त्यो संसार कस्तो होला - त्यसैले केही क्षेत्र वन-वनस्पति र पशुपन्छीका लागि छुट्याउनु आवश्यक छ । विभिन्न राष्ट्रले वन-वन्यजन्तुका निम्ति छुट्याएको संरक्षित क्षेत्र अहिले १ करोड ८० लाख वर्ग किलोमिटर पुग्न आउँछ । यो आँकडा हाम्रो मित्र राष्ट्र चीनको क्षेत्रफलभन्दा दोब्बर हो भने त्यसले विश्व भू-खण्डको लगभग ११.५ प्रतिशत ओगट्छ ।

नेपालमा वन्यजन्तु संरक्षणको इतिहासतर्फफक्र्यौँ भने, आजभन्दा १२३ वर्षपहिले -सन् १८४८) गैरशासक वर्गले गैँडा शिकार गर्न नपाउने व्यवस्था जङ्गबहादुर राणाले गरेका थिए । तर राणा प्रधानमन्त्री जुद्ध शमशेरले अङ्ग्रेज पाहुना लर्ड लिनलिथगोलाई रिझाउन चितवनको जङ्गलमा एकैपल्ट १२० वटा बाघ र ३८ वटा गैँडा शिकार गराए । यो ६६/६७ वर्षपहिलेको घटना हो । त्यसबेलासम्म तर्राईको घना वन र वन्यजन्तुको सुरक्षा लामखुट्टे -औलो रोग) ले गर्दथे भने शासक वर्गका बन्दूक शिकार गर्नका निम्ति प्रयोग हुन्थे । औलो उन्मूलनपछि लामखुट्टेको स्थान राज्यका बन्दुकले लिएका छन् ।

जङ्गल, जनावर र जनता
सम्वत् २०२९ मा नेपालको पहिलो, चितवन राष्ट्रिय निकुञ्ज खडा भयो । त्यही वर्षसगरमाथा राष्ट्रिय निकुञ्ज स्थापना गर्ने घोषणा भयो । कालान्तरमा यी दुवै राष्ट्रिय निकुञ्जहरू विश्वसम्पदाका रूपमा सूचीकृत भए । यसै क्रममा लाङटाङ र रारा राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पु र शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्थापित भए । संरक्षित क्षेत्रको महत्त्वलाई ध्यानमा राखेर श्री ५ को सरकारले वन मन्त्रालयअर्न्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्थापना गर्‍यो । १५ भदौ २०६२ सो विभाग स्थापनाको रजतजयन्ती हो । पच्चीस वर्षा सिकेका संरक्षणका पाठले निश्चय नै यसलाई नयाँ मार्गनिर्देश गर्ला ।

२५ वर्षपहिले नेपालको संरक्षित क्षेत्र पुगनपुग ५,००० वर्ग किलोमिटरमा फैलिएको थियो । त्यो क्षेत्र आज ६ दोब्बरले बढेर झण्डै ३०,००० वर्गकिलोमिटर -नेपाली भूभागको २१.४ प्रतिशत) पुग्न आँटेको छ  । यसमा निकुञ्ज-आरक्ष आसपासका मध्यवर्ती क्षेत्र -वफर-जोन) हरू पनि पर्छन् । तर, सिमसारको विश्व सूचीमा परेको कैलालीको घोडाघोडी ताल र रुपन्देहीको जगदिशपुर जलाशयको क्षेत्र यसमा जोडिएको छैन । यसैगरी पश्चिममा तर्राई भू-परिधि संरक्षण कार्यक्रम भित्र परेका थप क्षेत्र र पर्ूवमा तीनजुरे-मिल्के-जलजलेको गुराँस संरक्षण क्षेत्र पनि समावेश गरिएको छैन ।

२०३० सालताका चितवनमा गैँडाको सङ्ख्या १०० भन्दा कम थियो भने २०५० ताका ४६६ र २०५७ मा त्यो सङ्ख्या अझ बढेर ५४४ पुग्यो  । तर वर्तमानको दर्ुभाग्यवश द्वन्द्वले गर्दा विगत पाँच वर्षा १७२ वटा गैँडा घटे । दशकौँको आर्जन द्वन्द्वको आहुतिमा पर्न गएको छ । यही क्रम चल्यो भने गैँडा मर्ने र मारिने घटनाले नभई गैँडा नै नजन्मने घटनाले प्रश्रय पाउन सक्दछ ।

अहिले ९ वटा राष्ट्रिय निकुञ्ज -चितवन, सगरमाथा, बर्दिया, रारा, लाङटाङ, खप्तड, शे-फोक्सुण्डो, मकालु-वरुण र शिवपुरी), तीन वटा वन्यजन्तु आरक्ष -कोशी, शुक्लाफाँटा र पर्सर्ाातथा एउटा शिकार आरक्ष -ढोरपाटन) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रत्यक्ष व्यवस्थापनभित्र छन् । तीन वटा संरक्षण क्षेत्रहरू -अन्नपर्ूण्ा, मनासलु र कञ्चनजंघा) गैरसरकारी निकायहरूको व्यवस्थापनमा छन् । गैरसरकारी व्यवस्थापनको उल्लेखनीय सफलता अन्नपर्ूण्ा संरक्षण क्षेत्रमा देख्न पाइन्छ । संरक्षणमा जनसहभागिताको यो उच्चतम उदाहरण बन्न पुगेको छ । यसैगरी कञ्चनजंघा संरक्षित क्षेत्रमा स्थानीय गैरसरकारी संस्थाहरू सक्रिय छन् र यसले पनि सफलताको उदाहरण प्रस्तुत गर्ने अपेक्षा राख्न सकिन्छ ।


किरण पाण्डे
आफ्नो सामुदायिक वनमा गैँडा आइदिनाले पर्यटकबाट आम्दानी बढ्यो भने विगतमा बाली नाश गर्ने शत्रु जनावर धन आर्जन गर्ने पुत्र बराबर प्यारो हुन्छ ।

विगतका २०/२५ वर्षो संरक्षण प्रयासको लेखाजोखा गर्दा, संरक्षित क्षेत्र आसपास -मध्यवर्ती भू-भाग) मा वन्यजन्तुको विगविगी बढ्नु र तिनको संरक्षणमा कुनैबेला ती जीवबाटै सताइने गरेका स्थानीय बासिन्दाको सक्रिय सहयोग जुट्नुलाई नै सफलताको द्योतक मान्न सकिन्छ  । नेपालको सामुदायिक वन कार्यक्रम र मध्यवर्ती क्षेत्र विकास कार्यक्रमले अन्तर्रर्ााट्रय ख्याति नै प्राप्त गरेको अवस्थामा यिनलाई दिगो कसरी राख्ने भन्ने कुरामा विशेष चिन्तनमनन हुन आवश्यक छ । "निकुञ्ज भनेको जनताको मौलिक हक-अधिकार हनन् गर्ने चिन्तन हो" भन्ने कुराले वर्तमानको यथार्थ विपरीत हुन्छ । प्रकृति संरक्षणको सवालमा जङ्गल, जनावर र जनतालाई अलिकति पनि अलग्याएर हर्ेन मिल्दैन ।

यता आएर समष्टिगत भू-दृश्यको स्वरुप -ल्याण्डस्केप) लाई ध्यानमा राखेर संरक्षणका कार्यक्रमहरू अगाडि बढाउने प्रयास हुनथालेको छ । विश्व वन्यजन्तु कोष र श्री ५ को सरकार वन तथा भू-संरक्षण मन्त्रालयले तर्राई भू-परिधि परियोजना -तर्राई आर्क ल्याण्डस्केप) शुरु गरेको छ  । यसअर्न्तर्गत मानिस र तिनले बसोबास गरेको भू-स्वरुपको ऐतिहासिक अन्तरक्रिया तथा भावी भू-दृश्यको परिकल्पनालाई आधार मानेर संरक्षणका कदमहरू तय गरिन्छ ।

संरक्षित क्षेत्र धेरै प्रकारका हुन्छन् र संरक्षणका ढाँचा पनि ठाउँ अनुसार फरक हुन्छन् तर जनताको सहयोग र सहभागिता विना चाहिँ कुनै पनि संरक्षण दिगो हुनसक्दैन भन्ने पाठ सबैले सिकिसकेका छन् । स्थानीय समुदायको गाँसबास हरेर निकुञ्ज संरक्षित हुँदैन । 'काम गर्ने कालु मकै खाने भालु' भन्ने उक्ति चरितार्थ भइरहृयो भने भालु संरक्षणमा कालुको योगदान नकारात्मक हुनु स्वाभाविक हुन्छ । आलुबारीमा विचरण गरिरहेका डाँफे हर्ेन आउने पर्यटकबाट राम्रो आम्दानी हुने हो भने नाम्चेको किसानले आलुको पीर गर्दैन । आफ्नो सामुदायिक वनमा गैँडा आइदिनाले पर्यटकबाट आम्दानी बढ्यो भने विगतमा बाली नाश गर्ने शत्रु जनावर आज धन आर्जन गर्ने पुत्र बराबर प्यारो हुन्छ । चितवन राष्ट्रिय निकुञ्जको सेरोफोरेमा रहेका केही सामुदायिक वनका सर्न्दर्भमा यस्तो यथार्थ-उदाहरण भेटिन पनि थालेको छ ।

निकुञ्जमा के छ, कति छ ?
नेपालका संरक्षित क्षेत्रहरूमा विश्वमै अद्वितीय सावित हुने भूस्वरुप र प्राकृतिक वनावट, पर्यावरणीय संरचना -इकोसिष्टम), जीवजन्तु, पशुपन्छी, वन-वनस्पति तथा सांस्कृतिक वैभवहरू समेटिएका छन् । तर तिनको वैज्ञानिक र वस्तुपरक लेखाजोखा र अध्ययन अनुसन्धान गरी त्यसबाट विश्व र नेपाल स्वयंले लाभ लिने काम हुनसकेको छैन ।

हाम्रा संरक्षित क्षेत्रमा विश्वका सर्वोच्च शिखर सगरमाथालगायत कञ्चनजंघा, मकालु, अन्नपर्ूण्ा, धवलागिरि, मनासलुका साथै सयौँ चुचुरा, हिमनदी र हिमातालहरू छरपष्ट छन् । अन्नपर्ूण्ा र धवलागिरि चिरेर बग्ने कालीगण्डकीले विश्वको सबभन्दा गहिरो गल्छी निर्माण गरेको छ । मकालु र जलजलेको बीचमा अरुण नदीले विश्वको सबभन्दा गहिरो उपत्यका सिर्जना गरेको छ । अरुणको बगर समुद्र सतहबाट ४५६ मिटरको उँचाइमा छ भने मकालु शिखर ८४६३ मिटर अग्लो छ । यो ८ हजार मिटरको सग्लो पर्यावरणमा भूमध्य रेखाको उष्णदेखि ध्रुवीय प्रदेशको हिमाच्छादित हावापानी तथा त्यस अनुरुपका जीव-वनस्पतिहरू हरेक खुट्किलापिच्छे फरक फरक पाइन्छन् । भूमध्य रेखादेखि ध्रुवीय क्षेत्रसम्म लम्पसार फैलिएको धरातल जुरुक्क उठेर टक्रक्क बसेको प्रतिबिम्ब हाम्रा हिमाली निकुञ्ज भित्र भेट्न सकिन्छ । मोटामोटी हिसाबमा, दक्षिण अमेरिकाको कोलम्बियादेखि उत्तर अमेरिकाको अलास्कासम्म फैलिएको प्राकृतिक विविधता हाम्रो एउटै निकुञ्जभित्र अनुभव गर्न सम्भव हुन्छ  । हाम्रा गगनचुम्बी कुनै तालमा जीवनसृष्टिको सङ्केतसम्म पाइँदैन -जस्तै, फोक्सुण्डो ताल जहाँ कुनै माछा, भ्यागुतो वा जलचर भेटिँदैन) भने रारा जस्तो जलाशयमा भेटिएका असला जातिका माछा र केही भ्यागुता त्यहाँभन्दा बाहिर कतै पाइँदैनन् । जापान र अन्य क्षेत्रमा निर्जीव पत्थरमा अवशेष भेटिएको वृक्ष मकालु-वरुण र कञ्चनजंघा क्षेत्रमा लहलहाउँदो पीपलपाते का रूपमा हामीकहाँ सुरक्षित छ । शिवपुरी क्षेत्रमा भेट्टाइएको एक प्रकारको गाइने कीरा -ड्रयागनफ्लाई) अन्यत्रबाट लोप भइसकेको मान्यता वैज्ञानिकहरूको छ । यसैगरी लाङटाङको सल्ला -लार्च) हिमालयका अन्य भागबाट हराइनैसकेको छ ।


सौजन्य हाकाहाकी
जनताको हक हनन् गर्ने चिन्तन आजको यथार्थ विपरीत हुन्छ । प्रकृति संरक्षणको सवालमा जङ्गल, जनावर र जनतालाई अलिकति पनि अलग्याएर हर्ेन मिल्दैन ।

"हामीले हिमाल उठायौ एसियाको माझमा" भन्ने गीत अथवा त्यस हिमालमा चढेर विश्व कर्ीर्तिमान राख्ने कुरा आफ्नै ठाउँमा छन् । तर जैविक विविधताको दृष्टिले, सर्वोच्च भूमिमा बाँच्ने जीवात्मा -८०० मिटरको उँचाइमा भेटिएको एक व्याक्टेरिया, फुल्ने फूल -स्टिलेरिया), सर्वोच्चभूमिमा हर्ुकने काष्ठपदार्थ -हिम गुराँस) र ८००० मिटरको उँचाइमा उडान भर्ने खोया हाँस -बार-हेडेड गुज) पनि हाम्रा निकुञ्जहरूमा मौजुद छन् । विश्वमा सबभन्दा ठूलो गाई जाति, गौरी गाई चितवन र पर्सर्ाा, विश्वको सबभन्दा सानो गौ-प्राणी- नौमुठ्ठे अच्छामी गाई खप्तडको सेरोफेरोका गाउँघरमा, विश्वको सबभन्दा ठूलो भेडा नायन शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्नपर्ूण्ा संरक्षण क्षेत्रमा र र्सप जातिमध्ये सबभन्दा ठूलो प्राणीमध्येको अजिङ्गर चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षित छन्  । मह पार्ने माहुरीमध्ये सबभन्दा ठूलो माहुरी- भीरमाहुरी पनि लाङटाङ राष्ट्रिय निकुञ्ज र अन्नपर्ूण्ा संरक्षण क्षेत्रमा पाइन्छ । यी संरक्षित क्षेत्रहरू भविष्यका निम्ति जैविक विविधताको अपार भण्डार जगर्ेना गर्ने जीव बैंक हुन् । तर तिनको आर्थिक लेखाजोखा भने प्रायः असम्भव छ । आठ हजार मिटर उँचाइबाट उडान भरेर नारायणी, कोशी वा कर्ण्ाालीको तीरमा जाडो छल्न आएको खोया हाँस शिकारमा परी सेकुवाका लागि बन्ने उसको दर्ुइ किलो मासुले जैविक सम्पदाको मूल्य आकलन गर्न सघाउँदैन । आज विश्वभरि "चिकेन" को नाममा खाइने-खुवाइने मासुको जैविक स्रोतको वंशानुगत आधारका रूपमा हाम्रा निकुञ्जभित्र सुरक्षित लुइँचे चराको आर्थिक मूल्य कसले निर्धारण गर्ने - हजारौँ वर्षपहिले हाम्रा पर्ुखाले लुइँचे पालेर कुखुरा नबनाइदिएको भए आज विश्वमा 'चिकेन' हुने थिएन । इतिहास अनुसार इशा पर्ूव १४०० अर्थात् आजभन्दा झण्डै ३४०० वर्षपहिलेदेखि हाम्रा छिमेकी चिनियाँहरू कुखुरा पाल्ने गर्दथे ।

एसियाको माझमा पर्ूवपश्चिम फैलिएको पर्वतराज हिमाल र त्यसको मध्य खण्डलाई काखमा बोकेको नेपालको थोरै भागले पनि धेरै क्षेत्रको प्रतिनिधित्व गर्छ । अन्नपर्ूण्ा तथा धवलागिरिमा पश्चिम हिमालयका देवदारका वृक्ष र जैतुनका बुटा पनि छन्, पर्ूर्वी हिमालका चाँप र गुराँस पनि छन् । पर्ूर्वी हिमालका चिलिमे चरा र पश्चिम हिमालका च्याखुरा पनि त्यहीँ छन् । पर्ूर्वी हिमालका कटुस-चिलौने वनको विस्तार कालीगण्डकीको सेरोफेरोमा पुगेपछि टुङ्गन्िछ भने पश्चिम हिमालको खोटे सल्लाको वन पनि त्यही क्षेत्रमा चिलौने-कटुससँग मिल्न आउँछ । हिमालपारिको अति सुख्खा भूमिमा विचरण गर्ने दर्ुलभ रातो भालु -ब्राउन बियर) र हिमालको दक्षिणी काखको आदर््र वनमा बस्ने कालो भालु -हिमालयन ब्ल्याक बियर) पनि सोही संरक्षित क्षेत्र भित्र पाइन्छ । यसरी "नेपाल सानो संसारै हो" भन्ने कुरा जैविक विविधताको दर्पणमा र्छलङ्ग हुन्छ ।

चुनौतीः हिजोका र भोलिका
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग समेत नेपालको समग्र संरक्षण-प्रयासले वितेका २५ वर्षा घाँस-दाउरा, गाँस-बास, चरिचरन, काठ-पतिङ्गर आदि जनताका आधारभूत आवश्यकताहरूसँग जुध्नु पर्‍यो । सामुदायिक वन, मध्यक्षेत्र विकास आदि कार्यक्रमहरूको सफल कार्यान्वयन तथा जनतामा बढेको चेतनाले गर्दा त्यस्ता चुनौतीहरू मत्थर हुँदै गएका छन् । तर, सबैले बिर्सनु नहुने कुरा के छ भने, संरक्षणको सवालमा आगामी २५ वर्षा चुनौती वितेका २५ वर्षा भन्दा बढी जटिल र घातक हुनसक्छन् । तीमध्ये जैविक प्रविधिबाट हुनसक्ने खतरा आज सबैभन्दा चर्को देखिन थालेको छ  ।

जीवात्माको अनुवंशीय संरचनामा फेरबदल गर्ने "जेनेटिक इञ्जिनियरिङ" मार्फ् आनुवंशिक गुण वा तत्वहरू -जीन) को जोड-घटाउबाट प्रकृतिमा नभएका नयाँ नयाँ खाद्यान्न, तेलहन, औषधि आदि निर्माण हुन थालेका छन् । एक ब्याक्टेरियाको जीवाणु मकैमा प्रत्यारोपण गरेर रोगमुक्त मकैबाली अमेरिकामा विकास भएको छ । त्यसबाट मकै उत्पादनमा त निकै ठूलो योगदान पुर्‍यो, तर त्यस्तो मकैको पराग खाँदा "मोनार्क" नामक पुतलीका झुल्से कीराहरू मर्ने र अन्ततः सो पुतली नै लोप हुने खतराले संरक्षणवादीहरूलाई चिन्तित पारेको छ । यस्ता वंश परिवर्तित जीवहरू प्राकृतिक वातावरणमा फैलिएमा प्राकृतिक प्रजातिहरू खतरामा पर्छन्  । तर्सथ संरक्षित क्षेत्रहरूलाई त्यस्तो खतराबाट कसैगरी पनि मुक्त राख्नुपर्ने हुन्छ । यसका लागि जैविक सुरक्षा सम्बन्धी स्पष्ट नीति र मार्गनिर्देश जरुरी भइसकेको छ । जैविक प्रविधिबाट उत्पादित मकै, भटमास, रायो, तोरी, कपास आदिका खेतीमा नौला नौला रोगका कीरा फट्याङ्ग्रा र झारको प्रकोप हुन सक्नेतिर पनि संरक्षणविज्ञहरू चिन्तित छन् । विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेका राष्ट्रहरू आफ्नो प्राकृतिक सम्पदामा जैविक सुरक्षाको कवच जोगाइराख्न स्थानीय खेतीपाती र बीउविजनको आयात निर्यातमा विशेष चनाखो हुनर्ुपर्दछ । नेपालको प्रकृति-संरक्षणको प्रसङ्गमा आउँदो २५ वर्षो प्रमुख चुनौती बन्न सक्ने जैविक सुरक्षा या आनुवंशिक-प्रदूषणप्रति आजैदेखि क्रियाशील हुनु जरुरी छ । हाम्रो सुगा होस् वा अष्ट्रेलियाको सुतुरमर्ुग- खतरा एउटै हो । आणविक प्रविधिजस्तै जैविक प्रविधिको खतरा विश्वव्यापी हुन्छ ।

संरक्षणको विश्व-प्रयास र नेपाल
संरक्षित क्षेत्रको विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न विश्व संरक्षण संघ -आईयूसीएन) ले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ वर्गमा विभाजन गरेको छः
· कठोर निगरानीको प्राकृतिक आरक्ष (स्टि्रक्ट नेचर रिजर्भ/ वाइल्डरनेस एरिया): यस वर्गको संरक्षित क्षेत्रमा केही वैज्ञानिक अध्ययन र अनुसन्धान बाहेक अरू प्रयोजनमा रोक लगाइएको हुन्छ । नेपालमा यस्तो क्षेत्र निर्धारण भइसकेको छैन । मकालु-वरुणको केही दर्ुगम भागलाई सिफारिससम्म गरिएको छ ।
· राष्ट्रिय निकुञ्ज (नेशनल पार्क): प्रकृतिबाट मनोरञ्जन प्राप्त गर्ने प्रयोजनको लागि संरक्षित क्षेत्रहरू यो वर्गमा पर्छन् । नेपालका राष्ट्रिय निकुञ्जहरू पनि यसमै समेटिन्छन्  ।
· प्राकृतिक धरोहर (नेचुरल मोनुमेन्ट): सगरमाथा लगायत पृथ्वीका विशेष धरोहर नेपालमा पाइने भए तापनि तिनीहरू राष्ट्रिय निकुञ्ज भित्रै समाविष्ट छन् । त्यस अर्थमा, नेपालमा प्राकृतिक धरोहरकै नाममा संरक्षित क्षेत्र हालसम्म निर्धारण भएको छैन ।
· पर्यावरणीय संरचना/प्रजाति व्यवस्थापन क्षेत्र (इकोसिष्टम/स्पेसिज म्यानेजमेन्ट एरिया)ः दर्ुलभ वन-वनस्पति र वन्यजन्तु लोप हुनबाट जोगाउन यस्ता विशेष क्षेत्र सिर्जना गरिन्छन् । अर्नाका लागि कोशी टप्पु, हात्तीका लागि पर्सर्ाा बाह्र सिंघाका लागि शुक्लाफाँटा- नेपालमा त्यस्ता आरक्ष हुन् ।
· संरक्षित भूस्वरुप/सामुद्रिक क्षेत्र (प्रोटेक्टेड ल्याण्डस्केप/सिस्केप)ः यस्ता क्षेत्रमा भौतिक विकास निर्माण नियन्त्रण गरिन्छ । मनोरञ्जन तथा पर्यटन विकासलाई विशेष स्थान दिन्छ । नेपालले यो वर्गमा पनि संरक्षित क्षेत्र छुट्याएको छैन ।
· व्यवस्थित स्रोत संरक्षण क्षेत्र (म्यानेज्ड् रिसोर्स प्रोटेक्टेड एरिया): अन्नपर्ूण्ा, कञ्चनजंघा र मनासलु संरक्षण क्षेत्रहरू यस कोटिमा पर्दछन् । ढोरपाटन-शिकार आरक्षलाई पनि यसमै राख्न सकिन्छ  ।


जनताको हक हनन् गर्ने चिन्तन आजको यथार्थ विपरीत हुन्छ । प्रकृति संरक्षणको सवालमा जङ्गल, जनावर र जनतालाई अलिकति पनि अलग्याएर हर्ेन मिल्दैन  ।

सौजन्य हाकाहाकी फेटोहरु