हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ/बजार

प्यारिवेयर को ग्राहक सेवा केन्द्र

स्नान-शौचगृहका सामान उत्पादन गर्ने भारतीय कम्पनी प्यारिवेयर ले काठमाडौँमा तीन महिनाका लागि ग्राहक सेवा केन्द्र खोलेको छ । कम्पनीका अनुसार केन्द्रले ग्राहकहरूको माग अनुसार स्नानगृहको डिजाइनिङ, सामग्रीको व्यवस्थापन तथा स्नानगृहको मर्मत-सम्भारको सेवा उपलब्ध गराउनेछ ।


यामाहाको जी फाइभ

मोरङ अटो वर्क्सले यामाहा जी फाइभ को बिक्री वितरण शुरु गरेको छ । अत्यन्त आकर्ष र सुविधाजनक बताइएको यामाहा जी फाइभ, नीलो, पहेँलो, रातो र खरानी रंगमा उपलब्ध छ । एअर इण्डक्सन सिष्टम तथा एरो डाइनामिक डिजाइनयुक्त यो मोटरसाइकलका चक्का चौडा छन् भने ग्राउण्ड क्लियरेन्स पनि उच्च छ । एक लिटर पेट्रोलमा ८५ किमी गुड्ने दाबी गरिएको जी फाइभ को मूल्य रु.१ लाख ६ हजार ७५० राखिएको छ ।


नयाँ नेपाली टिभी

हिम इलेक्ट्रोनिक्स्ले आफ्नो नयाँ उत्पादन सामुर्राई रङ्गीन टिभी बजारमा ल्याएको छ । पाँच वर्षो अनुसन्धानपछि निर्माण गरिएको भनिएको यो टिभीमा क्यालेन्डर, टेलिफोन डाइरेक्टरी, २५० च्यानल मेमोरी, मेसेज राइटिङ्ग जस्ता नयाँ र थप सुविधाहरू छन् । "भरपर्दो गुणस्तर सही मूल्य" भन्ने नाराका साथ बजारमा ल्याइएका १४ र २१ इञ्चका सामुर्राई टिभीको उपभोक्ता मूल्य क्रमशः रु.६,९९० र रु.११,५०० कायम गरिएको छ ।


गजबले चल्ने ट्राइसेल

'चल्छ, गजब चल्छ' भन्ने नाराका साथ औद्योगिक समूह केएल दुगडले आफ्नो नयाँ उत्पादन ट्राइसेल ब्याट्री बजारमा ल्याएको छ । समूहको धान्वी कार्वाइड प्रा.लि.द्वारा उत्पादित यो ब्याट्री अन्तर्रर्ााट्रय स्तरको भएको दाबी कम्पनीको छ । धान्वी कार्वाइड देशकै सबैभन्दा ठूलो ब्याट्री कारखाना भएको बताइएको छ । हाल बजारमा उपलब्ध आर-६ 'एए' -सानो) र आर-२० 'डी' -ठूलो) ब्याट्रीहरूको उपभोक्ता मूल्य क्रमशः रु.९ र रु.२३ कायम गरिएको छ ।