हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | अर्थ-राजनीति

राजाको शासन
आश मर्‍यो व्यापारीका

नेपालका होउन् वा अन्यत्रका, उद्योगपति/व्यापारीहरू सामान्यतः सत्ता/संस्थापनमुखी नै हुने गर्छन् । तर नेपालका ठूला उद्यमी-व्यवसायीहरू राजा र दरबारप्रति बढी नै आशक्ति दर्शाउने गर्दथे । राजाको '१८ असोज' होस् या '१९ माघ' को कदम, तिनले खुला रूपमा स्वागत त गरे नै; राजाको प्रत्यक्ष शासनबाट मुलुकका सम्पर्ूण्ा समस्या एकै झट्कामा समाधान हुने अपेक्षा पनि राखे  । कतिपय घरानियाँ उद्यमीहरूले राजाको शासन ग्रहणलाई चिरस्थायी र रामराज्यकै थालनीका रूपमा अर्थ्याएर सडकमा पुर्‍याइएका राजनीतिक कार्यकर्ता एवं तिनका नेताहरूलाई सत्तोसराप गर्न पनि बाँकी राखेनन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता छाता सङ्गठनहरूले राजाको प्रत्यक्ष शासनबाट देशमा छिट्टै शान्तिसुव्यवस्था कायम हुने आश र विश्वासमा दिपावलीसँगै राजाको अभिनन्दन समेत गरे ।

तर, आज राजाको प्रत्यक्ष शासनको सात महिना नबित्दै उद्यमी व्यापारीहरूको त्यो आश मर्न थालेको छ । राजाको शासन, देशको शान्तिसुरक्षाको अवस्था सुधार्न र उद्योग-व्यवसायको निम्ति अनुकूल वातावरण सिर्जना गर्न असफल भएको निष्कर्षँगै तिनीहरू छटपटाउन थालेका छन् । कतिपय युवा उद्यमीहरू त, सिङ्गो निजी क्षेत्रलाई 'दरबारभक्त' देखाएर निजी लाभ उठाउने महासंघ/संघको नेतृत्वप्रति समेत रुष्ट भएका छन् । परिणामतः देशको उद्यमी व्यापारी समुदाय राजाको शासनसँगै निराश र राजाबाट टाढिँदै गरेको देखिन थालेको छ । कुनै पनि राजनीतिक दलले राजाको प्रत्यक्ष शासनलाई मान्यता नदिएको अवस्थामा उद्यमी-व्यवसायीका छाता सङ्गठनहरू समेत विभिन्न बहानामा सडकमा नारा लगाउन उत्रिएपछि, सङ्गठित शक्तिका रूपमा राजासँग सेना मात्र बाँकी रहन गएको छ ।

किरण नेपाल


किरण पाण्डे
नेउवामहासंघका पदाधिकारीहरु ।

'हामी नेपालको औद्योगिक इतिहासकै र्सवाधिक कठिन मोडमा छौँ'
'उद्योग व्यवसायलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्‍यो'
'हामी बहुदलीय व्यवस्थाका विरोधी होइनौँ'
'राजनीतिक दलहरूको एजेण्डामा हाम्रो मुद्दा समेटिनुपर्‍यो'
'नागरिक समाजबाट हामीलाई अलग्याइनुभएन'
'समस्या समाधानका लागि राजा, दल र माओवादी मिल्नै पर्छ'
'समस्या समाधानतर्फशक्तिकेन्द्रहरू अगाडि बढेनन् भने मुलुक, दलहरू र स्वयं निजी क्षेत्रको समेत हितमा नहुने निर्ण्र्ाालिन हामी बाध्य हुनेछौँ'

भदौ लाग्नेवित्तिकै नेपालका उद्यमी-व्यवसायीहरूद्वारा र्सार्वजनिक मञ्चहरूमा व्यक्त पीडा, रोष, आग्रह, अनुरोध र घर्ुर्कीका वाक्यांशहरू हुन् यी ।

१९ माघको शाही कदमपछि पत्रपत्रिकामा 'सभक्ति कृतज्ञता' विज्ञापन छपाएर मुलुकमा व्याप्त हत्याहिंसा, राजनीतिक अस्थिरता र आर्थिक अन्योलका बारेमा समेत 'चुप्प' रहेका नेपालका उद्योगी व्यवसायीहरू यता आएर मुख खोल्न थालेका छन् । मुलुकका दर्ुइ प्रमुख उद्योगहरू रिलायन्स र ज्योति स्पिनिङमा भएको माओवादी सैन्य हमला, बहुराष्ट्रिय कम्पनी युनिलिभरको तालाबन्दी, औद्योगिक-व्यापारिक संघ सङ्गठनका नेताहरूमाथि राजिनामा गर्न आएको दबाब, बढ्दो चन्दा आतङ्क र अपहरणलगायतका घटनाहरूले तिनलाई बोल्न बाध्य पारेको हो । तिनले धेरै ठूलो आश-भरोसा राखेको राजाको सरकार उनीहरूका सङ्कट र विपत्तिमा कहीँ पनि उपस्थित हुन सकेन ।

उद्योगीहरू केही सातादेखि आफ्ना समस्यालाई लिएर समाजका विभिन्न तहमा छलफल गर्न लागिपरेका छन् । विदेशी कूटनीतिज्ञ, राजनीतिक नेता, पत्रकार, प्राध्यापक, मानवअधिकारकर्मी, वकिल लगायतका समाजका विभिन्न पेशाकर्मीहरूसँग तिनले सम्बन्ध र संवाद शुरु गरेका छन् । र, बोलेर मात्र नपुग्ने लागेपछि आफ्नो अस्तित्व रक्षार्थ उनीहरू सडकमै समेत ओर्लिएका छन् ।

१४ भदौमा नेपाल उद्योग-बाणिज्य महासंघको अग्रसरतामा उद्यमी-व्यापारीहरूले मुलुककै प्रमुख औद्योगिक 'करिडोर' पथलैयादेखि वीरगञ्जसम्म भव्य र्‍याली निकाले । उक्त र्‍यालीमा पत्रकार, वकिल, प्राध्यापक, शिक्षक, इञ्जिनियर, चिकित्सक, आदि ती पेशेवार संघ-सङ्गठनहरूको समेत सहभागिता रहृयो जो विगत तीन वर्षेखि नै राजाको शासनको विरोध र पर्ूण्ा प्रजातन्त्र बहालीका निम्ति सडक आन्दोलनमा संलग्न थिए । उद्योगपति प्रभाकर शम्शेर राणाको भनाइमा, सडकमा कहिल्यै नआउनुपर्ने वर्ग -व्यापारीहरू) सडक सङ्र्घष्ामा उत्रनुलाई उनीहरूले राज्यबाट राखेको अपेक्षा पूरा नभएको र तिनको राज्यप्रतिको विश्वास कम भएको भनेर बुझनर्ुपर्दछ ।

सङ्कटग्रस्त अस्तित्व
पाँच वर्षेखि निरन्तर ओरालो लागेको नेपाली अर्थतन्त्रका मुख्य खेलाडी मानिने उद्यमी-व्यापारीहरू उद्योग-व्यवसायको हालको स्थितिलाई 'अस्तित्व नै सङ्कटमा परेको' बताउँछन् । हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताले चौपट बनाउँदै लगेको आर्थिक क्रियाकलापमा थपिएको माओवादीहरूको पछिल्लो सैन्य आक्रमणले गर्दा स्थिति धान्नै नसक्ने भएको उनीहरूको भनाइ छ । नेउबामहासंघका अध्यक्ष चण्डीराज ढकाल, 'अहिलेको समय निजी क्षेत्रको इतिहासकै र्सवाधिक त्रासदयुक्त' भएको बताउँछन् ।

केही वर्षता माओवादीहरूको बन्द, नाकाबन्दी, हडताल, चन्दा मागसँग अभ्यस्त हुँदै गएका उद्यमी/व्यापारीहरूलाई ठूला आक्रमणले विचलित तुल्याइदिएको छ । उद्योगपति राजेन्द्र खेतान भन्छन्, "गएको तीन वर्षता म नवलपरासीस्थित कारखाना गएको छैन, गृहनगर वीरगञ्जमा एक रात सुतेको छैन; अनुमान गर्नुस् ममा कस्तो त्रास छ । र, यो सबैमा छ ।" राजाले शासनसत्ता हातमा लिएको यसै महिना तीन वर्षपुगेको छ ।

उद्योगहरूमाथिको पछिल्ला आक्रमणहरू लोकप्रियता हासिल गर्ने, राज्यमाथि दबाब दिने र राज्यको आर्थिक संयन्त्र तहसनहस पार्ने माओवादी रणनीति मानिएको छ । पथलैयादेखि वीरगञ्जसम्मका अधिकांश कारखानाहरूमा तिनले एकैखाले माग राखेका छन् । जुन पूरा गर्न शुरुमा १० भदौसम्म राखिएको समयावधि बढाएर २० भदौ पुर्‍याइएको छ । मागका केही बुँदाहरू सोझै राज्यसँग सम्बन्धित छन् । यी मागहरू व्यापारी एक्लैले पूरा गर्न असम्भव छ । ज्योति समूहका पद्म ज्योति भन्छन्, "माओवादीहरू हामीतर्फबन्दुक सोझयाएर राज्यसँग 'प्रोक्सी वार' लडिरहेका छन् ।"

माओवादीका कथन र व्यवहार पनि विश्वासयोग्य हुने गरेका छैनन् । तिनका विगतका गतिविधिले नै त्यस्तो अविश्वास पैदा गरेका हुन्  । माग पूरा गर्न १० भदौसम्मको 'अल्टिमेटम' दिइएको ज्योति स्पिनिङमा तिनले १ भदौमै आक्रमण गरे । रिलायन्स स्पिनिङ मिलको व्यवस्थापनसँग रु.२० लाखको चन्दामा 'निगोसिएसन' भइरहेको थियो । यस्तैमा, माओवादीको अर्को समूहले डेढ करोड रुपैयाँ चन्दा माग गर्‍यो र दोस्रो दिनमै कारखानामा आक्रमण गर्‍यो । मजदुरहरूलाई तुलनात्मक रूपमा अरूभन्दा बढी सुविधा दिने भनेर चिनिने युनिलिभर समेत माओवादीको तारोबाट बचेन । 'मजदुरको हकहितमा' भन्दै तिनले कारखानासँग असम्बन्धित माग राखेर यसलाई बन्द नै गराए । महासंघका पर्ूव अध्यक्ष समेत रहेका ज्योति भन्छन्, "कसैले युनिलिभरमा समेत मजदुरको हकहित छैन, शोषण छ भन्छ भने त्यो म मान्दिनँ  । तिनको माग भन्दा राम्रो अवस्थामा छन् त्यहाँका मजदुरहरू ।" ज्योति र रिलायन्स मिलमा गरिएका आक्रमणमा मात्रै रु.३५ करोडको क्षति भएको छ ।

उता, १ साउनदेखि एक महिना बन्द भएर खुलेको चिया उद्योग बन्द प्रकरण त झनै भिन्न छ । डेढलाख मजदुर तथा नेपाली कृषकहरूले लाभ पाएको कृषिजन्य तथा 'लेबर इण्टेन्सिभ' चिया उद्योगलाई माओवादीहरूले 'कृषक र मजदुर हित'का नाममा मुख्य 'सिजन'मै बन्द गराए । यसको असर सयौँ विघा चिया कमानमा काम गर्ने मजदुर र पाँच रोपनी जग्गामा समेत चियाखेती गर्ने किसानलाई नै पर्‍यो । पलाएका मुना टिप्न नपाउँदा मजदुरको ज्याला गुम्यो भने कारखानामा बेच्न नपाउँदा किसानका बारीका मुना छिप्पिएर नासिए । एक महिना चिया उद्योग बन्द हुँदा तीन महिनाको उत्पादनमा असर पर्ने बताउँदै नेपाल चिया विकास निगमका अध्यक्ष सुभाष सांघाइ भन्छन्, "यतिखेर आएको पत्ती टिप्न त परै जाओस् काटेर फाल्न पनि सकिएको छैन, बूढो पत्ती काम लाग्दैन । अर्को मुना पलाएपछि मात्र चिया उद्योग 'एक्टिभेट' हुन्छ ।"


मधुप शर्मा

उल्टो बहाव
नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद चौधरीको भनाइमा सानातिना समस्याका बाबजुद हिजोसम्म द्वन्द्वरत पक्ष र निजी क्षेत्रबीच कायम 'शटल र अनस्पोकेन' सहमति यतिखेर चकनाचूर भएको छ । जसको परिणाम निजी क्षेत्र अगाडि नै बढ्न नसक्ने बिन्दुमा पुगेर अडिएको छ । के हुन्छ त - चौधरीको विश्लेषणमा, शुरुमा निजी क्षेत्र गतिहीन बन्छ, अनि ओरालो लाग्छ, वैदेशिक लगानी परै जाओस् स्वदेशको लगानी समेत बाहिरिन्छ ।

मुलुकमा करोडौँको लगानीमा दह्रो उद्योग स्थापना नभएको धेरै भइसकेको छ । व्याप्त अस्तव्यस्तताका कारण विदेशी लगानी त लगभग ठप्प नै भएको छ, आउने तयारीमा रहेका थुप्रै स्वदेशी औद्योगिक परियोजनाहरू पनि लगानीकर्ताको दराजमा थन्किन पुगेका छन् । खेतान समूहले शुरु गर्न लागेका कैयौँ नयाँ उद्योग हाललाई स्थगित गरेको छ । समूहका राजेन्द्र खेतान भन्छन्, "सर्ुर्खेत वा सल्यानमा एउटा सिमेण्ट फ्याक्ट्री लगाउने तथा उदयपुर सिमेण्ट लिजमा लिनका लागि एक थाई कम्पनीसँग सम्झौता भइसकेको थियो । त्यस्तै भारत निर्यात सजिलो होस् भनेर तर्राईमा समेत एउटा चाउचाउ फ्याक्ट्री खोल्ने तथा विराटनगरमा बियर फ्याक्ट्री लगाउनका लागि जग्गा समेत किनी सकिएको थियो । यस बाहेक औषधि फ्याक्ट्री हाम्रो प्राथमिकतामा थियो । लक्ष्मी लाइफ इन्स्योरेन्स त बर्सर्ेे नवीकरण गराउने काम मात्र भइरहेको छ ।"

बजारहरूमा पसल बन्द हुने, औद्योगिक क्षेत्रभित्रका उद्योगहरूमा ताला लाग्ने क्रम यता आएर अरू व्यापक भएको छ । विराटनगर-इटहरी, वीरगञ्ज-पथलैया, हेटौँडा-नारायणघाट, भैरहवा-बुटवल, कोहलपुर-रुपैडिया; जस्ता हरेक औद्योगिक 'कोरिडोर'मा रहेका उद्योगहरू बन्द भएका छन् । दैनिक रूपमा उद्योगी व्यवसायीहरू टाट उल्टने र पलायन हुने क्रम बढ्दो छ । (हेर्नुस् राजाका सए दिन जनताका गए दिन, १-१५ जेठ हिमाल)

नेपालमा सम्भावना नदेखेर विदेशी भूमिमा ज्यादा समय बिताउनेहरूको लिष्टमा राष्ट्रियदेखि लिएर स्थानीय उद्योगपतिहरूसम्म छन् । कतिले पूँजी नै लिएर गएका छन् भने कतिले आफ्नो दिमाग विदेशमा खपाइरहेका छन् । महासंघका अध्यक्ष ढकाल भन्छन्, "जसले अफोर्ड गर्न सक्छ त्यो पलायन हुन थालेको छ । प्रश्न कति पूँजी पलायन भएको भन्ने मात्र हो ।"

चौधरी समूहका विनोद चौधरी समेत विदेशमा दिमाग -विचार) बेच्न थालेका छन् । उनको भनाइमा उनी अहिले सिक्किम, उत्तराञ्चल र एक खाडी मुलुकमा एक-एक वटा चाउचाउ कारखाना स्थापित गर्न लागिपरेका छन्  । चौधरी भन्छन्, "कानुन विपरीत मैले यहाँको पूँजी लगेको छैन । त्यहाँका व्यवसायीहरूले मसँग भएको जानकारी, ज्ञान र व्यावसायिकताको कदर गर्दै मलाई साझेदार बनाएका छन् ।"

तिरस्कृत अनुभव
दिमाग होस् या पूँजी; पलायन शुरु भइसकेको छ । तर व्यापारीहरूको ठम्याइमा यो कुरा दल, दरबार र माओवादी कसैको पनि प्राथमिकतामा परेको छैन । सरकार जिम्मेवार नभएको दाबी महासंघका अध्यक्ष ढकालको छ । भन्छन्, "सरकार तपाईँ माग्नुस् हामी सुरक्षा दिन्छौँ भन्छ तर हामीले मागेको सुरक्षा पोष्ट होइन, शान्ति हो ।"

शान्ति कसरी त - व्यापारी समुदायसँग 'राजा-दल-माओवादी संवाद' भन्दा पृथक् उपाय वा राय छैन । उद्योगपति प्रभाकर शम्शेर राणाको भनाइमा राजा र दलहरू एकठाउँमा नआउञ्जेलसम्म समस्या समाधान त के त्यसतर्फउन्मुख पनि हुन सकिन्न । अन्य थुप्रै उद्योगपतिहरू पनि वर्तमान सत्ता संरचनाबाट समस्याको निकास संभव नहुनेमै आफ्नो सहमति व्यक्त गर्छन् ।

महासंघका अध्यक्ष ढकाल चाहिँ अलिक फरक प्रकृतिमा वर्तमान सरकारप्रतिको आफ्नो असन्तुष्टि व्यक्त गर्छन् । भन्छन्, "राजाबाट मुलुकप्रति जनाइएका प्रतिबद्धताहरू अनुरुप काम भइरहेको छैन । यसको मतलब राजाकहाँ मुलुकको वास्तविकता राम्रोसँग पुगेको छैन ।"

परिचय नखोल्ने शर्तमा अर्का एक व्यापारी भन्छन्, "कूटनीतिमा त राज्य पूरै असफल नै भएको छ । विश्वमञ्चमा यतिको तिरस्कृत त नेपाल र नेपालीले कहिल्यै अनुभव गर्नुपरेको थिएन ।"

अर्का एक व्यापारीको कथन बेग्लै छ । भन्छन्, "राजा मिसन डि्रभेन होलान्, वाद-अपवाद नहर्ेर्ने, पर्ूवाग्रह नराख्ने, आफ्नो गन्तव्य र उद्देश्यमा स्पष्ट भएर सबैलाई समेटेर अघि बढ्लान् जस्तो लागेरै १९ माघको कदमलाई स्वागत गर्‍यो व्यापारी समुदायले । तर उल्टो, राजा मिसन डि्रभेनको साटो 'भिण्डिक्टीभ' अप्रोचमा अगाडि बढे । आफू सत्तामा नरहँदा क-कसले सहयोग गर्‍यो वा गरेन भन्ने कुरा पालेर बसेका अत्यन्तै पर्ूवाग्रही मानिसहरूलाई साथ लिए । क-कसले सहयोग गरिरहेको छ/छैन भन्नेमा राजाको नीति अडिएको छ । जसले उनको र अन्य -चाहे त्यो जोसुकै होस्) को बीचको दूरी बढाउँदै लगेको छ । "

राजा र अन्य मानिसहरूबीच दूरी बढेको भन्ने यो कथनको पुष्टि गर्ने प्रमाण खोज्न टाढा पनि जानुपर्दैन । धेरै वर्षेखि राजाका व्यापारिक सहकर्मी रहेका र केही महिना अघिसम्म राजाका निकटतम सल्लाहकार/मित्र समेत ठानिएका प्रभाकर शमशेर र राजाबीच नै अकल्पनीय दूरी बढेको छ । प्रभाकर र उनका छोरा सिर्द्धार्थले सोल्टी होटललगायत विभिन्न व्यापारिक प्रतिष्ठानमा राजासँग रहेको व्यावसायिक साझेदारबाट आगामी डिसेम्बरदेखि अलग हुने मानसिकता बनाइसकेका छन् । आफ्ना सम्पर्ूण्ा कारोबारहरूसहित सन् २००५ को अन्त्यदेखि होटल परिसरबाट बाहिरिने टुङ्गोमा पुगेका सोल्टी क्राउन प्लाजाका वर्तमान अध्यक्ष सिर्द्धार्थ राणा नयाँ कम्पनी र कार्यालय खोल्न समेत लागिसकेको बुझएिको छ । यद्यपि, प्रभाकरले भने सोल्टी होटलमा को रहने वा नरहने भन्ने कुरा साधारण सभाको निर्ण्र्ााा निर्भर रहने र अहिल्यै कुनै निर्ण्र्ााभइनसकेको बताए । वर्तमान अध्यक्ष सिर्द्धार्थ राणा सोल्टी इण्टरप्राइजबाट मनोनीत प्रतिनिधि हुन् र सोल्टी इण्टरप्राइजको प्रमुख हिस्सेदार, अधिराजकुमारी प्रेरणा सिंह -राजाकी छोरी) हुन् ।

सरकारमा यतिखेर उद्यमी-व्यापारीको मर्का बुझने मन्त्रीहरूको कमी छैन । अर्थमन्त्री मधुकर शम्शेर राणासँगै तीन जना सहायक मन्त्रीहरू डा. रुप ज्योति, याङ्कलिा शर्ेपा र सिनेट श्रेष्ठको पृष्ठभूमि व्यापारिक नै हो । तर पनि सरकारको प्राथमिकतामा उद्योग-व्यापार क्षेत्र पर्न सकेको छैन । नाम नखोल्ने शर्तमा एक व्यापारी भन्छन्, "कमाण्ड यति माथि भयो कि आफ्ना नेता -राजा) का अगाडि मन्त्रीहरू शिर उचालेर विषयगत रूपमा यसमा-यो भनेर बहस गर्न सक्दैनन् । जसले गर्दा कुनै पनि कुराहरूप्रति तिनको उत्तरदायित्व वा अकाउण्टीविलिटी नै रहेन ।" उनी यसको एक उदाहरण दिँदै भन्छन्, "ब्याङ्क कर्जा नतिर्ने -डिफल्टर) हरूबाट पैसा उठाउने सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदबाट पास भएर पनि किन कार्यान्वयन हुन सकेन - प्रस्ट छ, केही व्यापारीहरूको उक्साहटमा दरबारले यसलाई विश्व ब्याङ्कको पेलाइको रूपमा बुझयो र थन्क्यायो ।" तर उद्योगपति प्रभाकर भन्छन्, "चार जना त के सिङ्गो मन्त्रिमण्डल नै व्यापारिक पृष्ठभूमि भएकाहरूको बनाइए पनि जबसम्म मुख्य समस्या समाधानको वातावरण बन्दैन तबसम्म कसैले केही गर्न सक्दैन ।"

ब्रि्रेको औद्योगिक-व्यावसायिक वातावरणको प्रत्यक्ष असर समग्र अर्थतन्त्र र सरकारी बजेटमा पनि पर्दै गएको छ । तेस्रो मुलुकसँगको आयात, निर्यात व्यापार दुवै घटेको छ । आयात घट्दा राजस्व घट्छ भने निर्यात घट्दाको असर रोजगारी, उत्पादन, वैदेशिक मुद्रा आर्जनलगायतका अर्थतन्त्रका सबैजसो पाटोहरूमा पर्छ । नेपाल राष्ट्र ब्याङ्कको अप्रकाशित तथ्याङ्क अनुसार बितेको साउन महिनामा लक्ष्यभन्दा ९ प्रतिशत कम, -रु.५ अर्ब १० करोड) मात्र राजस्व उठेको छ ।

फुट्यो बोली
चौतर्फी दबाब, समाजबाट तिरस्कृत हुँदै गएको अनुभव, आर्थिक नोक्सानी, त्रस्त जीवन आदिका कारण अन्ततः व्यापारीहरू सडकमा ओर्लेका छन्; शान्तिको माग गर्दै । १९ माघमा राजाले सम्पर्ूण्ा शासन सत्ता एकलौटी पारेपछि उद्योगी व्यवसायीहरूले खुला रूपमा चर्को स्वर निकालेको यो पहिलो अवसर हो । १९ माघपछि मुलुकमा व्याप्त हत्याहिंसा र राजनीतिक अस्थिरता तथा यसतर्फो सरकारी उदासीनताप्रति पनि उद्यमी-व्यवसायीहरू मौन थिए ।

बरु, १८ असोजको कदमपछि नेउबा महासंघले २६ चैतमा होटल हायातमा राजाको अभिनन्दन गरेको थियो । 'प्रारब्ध र पुरुषार्थका प्रतीक, राष्ट्रिय एकताका प्रतीक, राष्ट्रिय जीवनका प्रेरणास्रोत, शान्तिप्रेमी जनताका संरक्षक' जस्ता विशेषणहरूका साथ राजालाई दिइएको अभिनन्दन पत्रमा व्यवसायीहरूले आफूहरू राजसंस्थाप्रति सदैव अनुगृहीत रहेको र सोही अनुग्रहमा बाँधिएर आफूहरू राजसंस्थाको सेरोफेरोमा रहेर वन्दना गर्ने गरेको बताएका थिए ।

राजाको कदमको र्समर्थन र दलको विरोधमा केही व्यापारीहरूले गरेको वक्तव्यबाजीले अहिले नेपालकै समग्र निजी क्षेत्र अप्ठेरोमा परेको छ । तिनको छवि 'दरबारिया'का रूपमा चित्रित भएको छ । जसका कारण आज निजी क्षेत्र दिनानुदिन अप्ठेरोमा भासिँदै जाँदा उनीहरूको तर्फाट बोलिदिने कोही छैन । राजनीतिक दलहरूका एजेण्डा वा नागरिक समाजका सभामा व्यापारीहरूका समस्या पर्न सकेका छैनन् । नितान्त एक्लोपन महसूस गरेका महासंघका अध्यक्ष ढकाल भन्छन्, "मुलुकका तीन प्रमुख उद्योग प्रतिष्ठानमा माओवादीले आक्रमण गर्दा राजनीतिक फोरममा त कुरा उठाएनन् उठाएनन्, नेताहरूले व्यक्तिगत रूपमा पनि सान्त्वना दिने काम गरेनन् ।"

हिजो राजाको कदमलाई पर्ूण्ा र्समर्थन गर्दै शाही कदमलाई 'ऐतिहासिक र साहसिक' लगायतका विशेषण भिर्‍याउँदै पत्रपत्रिकामा आफ्ना विज्ञापनमार्फ् 'सभक्ति कृतज्ञता' जाहेर गर्नेहरू समेत आज आएर वर्तमान 'रिजिम'को खुलेर विरोध गर्न नसके पनि मुलुक अप्ठेरोबाट निस्कन नसकेको भने बताउन थालेका छन् । -हे. विभिन्न व्यापारीहरूको भनाइहरू छुट्टै बक्समा) हिजोको उनीहरूको कृत्यको बारेमा कसैले र्सार्वजनिक रूपमै प्रश्न गरिहाल्यो भने कुरा चपाउनु, टार्नु, झोक्किनु उनीहरूको अहिलेको नियति बनेको छ ।

यतिखेर १८ असोज र १९ माघको राजाको कदमलाई प्रत्यक्ष वा परोक्ष रूपमा साथ दिएको आरोप लागेका व्यापारीहरू त्यो आरोप पखाल्ने सँगै हिजोको दिनमा दलहरूसँग बिग्रिएको सम्बन्ध सुधारतर्फपनि लागेका छन् । उनीहरूले यो प्रयासका लागि १९ माघको कदमको र्समर्थन भनेको दलहरूको विरोध होइन भन्ने तर्क अघिसारेका छन् । उद्योगपति विनोद चौधरी भन्छन्, "राजनीतिक पार्टर्ीी असफल भएको कुरा हामीले मात्र भनेका होइनाँै, स्वयम् त्यस पार्टर्ीी नेताहरूले समेत स्वीकारेका छन् । पार्टर्ीीलाई यतिखेर सबैतिरबाट इमोसनल पनिस्मेण्ट दिने काम भइरहेको छ, हामी पनि त्यही जमातमा पर्र्छौँ ।"

महासंघको नयाँ नेतृत्व पनि राजनीतिक वृत्तमा ब्रि्रेको आफ्नो छवि सुधार्ने प्रयासमा छ । दिव्यमणि राजभण्डारी, चिरञ्जीवीनिधी तिवारी, आजाद श्रेष्ठलगायतका राजनीतिक पृष्ठभूमि समेत भएका व्यापारीहरूको पहलमा अध्यक्ष चण्डीराज ढकाल सहितको महासंघको टोलीले राजनीतिक नेताहरूसँग भेटघाटको क्रमलाई तीब्र बनाएको छ । र, सँगै आफूलाई दरबारबाट टाढाटाढा लैजाँदै छन् ।

वीरगञ्जबाट चन्द्रकिशोरको सहयोगमा


र्समर्थन होइन राजालाई 'बेनिफिट अफ डाउट' दिएको हो

प्रभाकर शम्शेर राणा, इमिरेट्स, सोल्टी ग्रुप


तस्बिरहरूः मीन बज्राचार्य

मुलुकको अवस्था भन्दा अलग रहनसक्दैन, निजी क्षेत्र । हिजोसम्म द्वन्द्वको असर अर्थतन्त्रको 'माइक्रो लेभल'मा थियो भने आज त्यो 'म्याक्रो लेभल'मा पनि सरेको छ  । हिजो द्वन्द्वले पर्यटन जस्ता एउटा क्षेत्र विशेषलाई पिरोलेको थियो भने आज समग्र उद्योग जगतलाई ।

१९ माघको शाही कदमले मुलुक, राजा कसैको पनि हित गरेको छैन । राजाबाट हुकुम भएको छ; 'जनताको माग शान्ति' भनेर, तर शान्ति खोइ त - अहिलेको प्राथमिकता भनेकै माओवादीको विस्तार रोक्नु र शान्ति बहाली गर्नु हो । यसका लागि राजा, दल र राज्यका संयन्त्रहरूसँगै नागरिक समाज एक हुनर्ैपर्छ । त्यो नहुँदासम्म माओवादीलाई खेल्ने ठाउँ रहन्छ  । राज्य एक भएपछि माओवादीसँग वार्ता हुन्छ । माओवादी वार्तामा नआउन पनि सक्छन् । तर एक भएको राज्यले जिल्लागत हिसाबले एक वर्षलगाएर पनि चुनाव त गराउन सक्छ ।

अहिले राज्यका शक्तिहरूबीच दूरी बढ्नुकै परिणाम हो, अर्थतन्त्रको 'म्याक्रो लेभल'मा द्वन्द्वको असर पर्नु । समस्या समाधानतर्फउन्मुख भएन भने अर्थतन्त्र नै धरासायी हुन्छ । राजा र दलहरू एकठाउँमा नआउञ्जेलसम्म समस्या समाधानतर्फउन्मुख हुन सकिन्न ।
अहिले निजी क्षेत्रको 'कम्प्लेन' भनेको राज्य र माओवादीसँग हो । उद्यमी-व्यवसायीको माग भनेको 'तिमीहरूलाई झगडा गर्नु छ, गर तर हामीलाई डिर्स्र्टब नगर' भन्ने हो । यसलाई अन्यथा मान्न मिल्दैन । किनभने भोलि जो आए पनि उद्योग-व्यापार त चाहिन्छ नै ।
राज्य निजी क्षेत्रको समस्यामा 'सिरियस' देखिँदैन । औद्योगिक सुरक्षाबल मागेको वर्षौँ भयो, दिएको होइन । ज्योति समूहको कारखानामा विध्वंश भयो, सरकारले 'सरी' सम्म भनेन । सरकारको कस्तो खाले जनसर्म्पर्क हो यो ?

व्यापारीहरूमा असुरक्षाको भावना व्यापक बढेको छ । व्यापारीहरू हत्तपत्त सडकमा आउँदैनन् । केही नलागेर असन्तुष्टि व्यक्त गर्न उनीहरू सडकमा आएपछि समस्या साँच्चिकै ठूलो छ भन्ने मान्नुपर्छ ।

१९ माघको कदमलाई व्यापारिक समुदायले र्समर्थन गरेको नभई 'बेनिफिट अफ डाउट' दिएको हो । राजाले लिएपछि केही भइहाल्ला भन्नेथियो  । तर अहिले सडकमा आइसकेपछि व्यापारीहरू हिजोको दिनमा राजालाई दिएको 'बेनिफिट अफ डाउट'को दायराबाट बाहिर निस्केको मान्नर्ुपर्छ । उनीहरूको अपेक्षा पूरा भएन र तिनको राज्यप्रतिको विश्वास कायम रहन सकेन । उनीहरू समाधान खोजिरहेका छन् । चुप लागेर बस्न नसकेपछि उनीहरू सडकमा आएका हुन् ।


राजनीतिक मतभिन्नताको शिकार भइएको छ

चण्डीराज ढकाल, अध्यक्ष, नेउबामहासंघ

मुलुकको उद्योग धन्दा सहज अवस्थामा छैन, 'डिजास्टर'तर्फउन्मुख छ । मनोबल खस्कँदो छ, सकारात्मक सङ्केत कतैबाट छैन । आर्थिक सम्वृद्धिका लागि दल, सरकार, नागरिक समाज कोही बोलिरहेको छैन । माओवादी त झन् विध्वंशतर्फलागेका छन् । माओवादीहरूले बन्दी छुटाउने जस्ता राज्यसँग राख्ने माग हामीसमक्ष राखेका छन्, जुन हामी पूरा गर्न सक्दैनौँ ।

राज्यको दबाब व्यापक छ । सुरक्षातर्फबढेको सम्पर्ूण्ा खर्च सरकार निजी क्षेत्रबाटै उठाउन चाहन्छ । तर त्यो सम्भव छैन । सरकारले यदि शान्तिसुरक्षा दिनसक्दैन भने हामीसँग कुनै अपेक्षा पनि नराखे हुन्छ  । जहिले पनि राजस्वको कुरा गरेर मात्र हुँदैन । एकातिर निजी क्षेत्रसँगको सहभागिता, साझेदारीको कुरा गर्ने अर्कोतर्फराजस्वका दरहरू बढाउने, थ्रेस होल्ड हटाउने, राजस्वका निकायहरूलाई स्वविवेकीय अधिकार दिने; यो कस्तो नीति हो - वित्तीय क्षेत्रले पनि हदैसम्म पेलेको छ । हरेक साता लिलामी र कालोसूचीमा पर्ने उद्योगको सङ्ख्या बढ्दो छ । अर्थतन्त्र सुधार्न यो सरकारले एउटै नीतिगत निर्ण्र्ाालिएको छैन ।

सात दलको एजेण्डामा पनि माओवादीसँगको वार्ता पर्छ, जनधनको क्षति नगर्न आग्रह गरिन्छ तर उद्योगहरूमाथिको आक्रमणका बारेमा केही बोलिँदैन । दलहरू साँच्चिकै मुलुकको आर्थिक दुरवस्थाका बारेमा चिन्तित छन् भने भन्नुपर्‍यो; उद्योगहरूमाथि आक्रमण नगर भनेर ।

एउटा व्यक्तिको विचारले कुनै पनि सिङ्गो समुदायको प्रतिनिधित्व गर्दैन । हिजो कसैबाट भएको व्यक्तिगत गल्तीलाई एजेण्डा बनाइनुहुन्न  । यही कारणले हामीलाई राजनीतिक दलहरूले 'आइसोलेशन'मा पारेका हुन् भने त आर्थिक क्षेत्रको महत्त्व नबुझेको, नेतृत्वको क्राइसिस वा दूरदर्शिताको अभाव बाहेक केही भन्न सकिन्न ।

राजा, दल र माओवादीबीचको राजनीतिक मतभिन्नताको शिकार अहिले निजी क्षेत्र भएको छ । राजस्व पनि तिर्ने, चन्दा पनि दिने अनि 'भिक्टिमाइज' पनि यही हुने - देशको वास्तविकता बुझेर नीतिगत तहमै सरकार सहमतिमा आउनुपर्‍यो । दलहरूको एजेण्डामा हाम्रा समस्या पार्नुपर्‍यो  । माओवादीले पनि अनावश्यक दुःख दिन बन्द गर्नुपर्‍यो ।

राजा, दल र माओवादीबीच संवाद हुनर्ैपर्छ । समस्या समाधानतर्फमुलुकका शक्तिकेन्द्रहरू अगाडि बढेनन् भने निजी क्षेत्र पनि मुलुक, राजनीतिक दलहरू र स्वयं निजी क्षेत्रको समेत हितमा नहुने अप्रिय निर्ण्र्ाालिन बाध्य हुनेछ । र, त्यो सम्पर्ूण्ा बन्द बाहेक अर्को केही हुँदैन ।


प्रजातन्त्रमै निजी क्षेत्र फस्टाएको हो

विनोदबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष, नेउबामहासंघ

सन् ९० पछि, निजी क्षेत्रलाई प्राथमिकतामा दिइएपछि निजी र वैदेशिक लगानी बढ्यो, अनि मात्र निजी क्षेत्र फस्टाएको हो । सन् ९६ मा नेपाल भारतबीच सम्पन्न बाणिज्य सन्धि त निजी क्षेत्रको विकासमा 'ब्रेक-थ्रु' नै थियो ।

तर रोजगारीमा ध्यान दिन सकिएन । सीपमूलक शिक्षा दिन सकेनौँ । निजीकरण भएका थुप्रै कारखानाहरू बन्द भए । उद्योगहरूको बेरोजगारी 'एर्ब्जर्भ क्यापासिटी' बढेन । जसको परिणति हामीले भोगिरहेका छौँ, माओवादी द्वन्द्वको नाममा ।

औद्योगिक संरचनाहरू भत्काउनु भएन । हामी द्वन्द्वको हिस्सा होइनौँ । हामी कसैको पनि गठबन्धनमा छैनौँ भन्ने त बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रप्रतिको हाम्रो आस्थाले नै देखाउँछ । राजनीतिक दलहरूले जस्तो हामी बोल्न सक्दैनौँ । सम्वादको संयन्त्र -जनप्रतिनिधि निकाय) नहुँदा पनि राजनीतिक दलहरूसँगको दूरी बढेको हो । सत्तामा दलहरू रहँदा पनि हाम्रो आस्था र श्रद्धा दरबारप्रति थियो, आज पनि छ । तर राजा र दलहरू बीचको दूरी कम गराउनै पर्छ । शुरुमै राजावादी भनिदिँदा हामीले कुनै प्रयास गर्न सकेनौँ । अहिले शान्ति र प्रजातन्त्रका लागि पेशागत ऐक्यबद्धता -पापड) सँग हाम्रो सहकार्यको कुरा भइरहेको छ । उनीहरूले उठाएको राजनीतिक मुद्दामा स्पष्ट हुनुपर्ने भन्ने कुराले अप्ठेरो परेको छ ।

पाँच-छ वटा उद्योगहरू पड्काइँदैमा, ८-१० वटा उद्योगहरू जलाउँदैमा नेपाली अर्थतन्त्र धरासायी हुन्छ भन्ने छैन । तर केही अप्ठेरो भने शुरु भएको हो । अहिलेको मुख्य प्राथमिकता शान्तिसुरक्षालाई मान्ने हो भने राजासँग 'एकोमोडेट' हुनै पर्छ । राजाको कदमले एउटा निश्चित परिणाम त ल्याउँछ नै ।


कसैप्रति अन्धभक्त छैनौँ

विनोद चौधरी, अध्यक्ष, नेपाल उद्योग परिसंघ

सामाजिक र राजनीतिक स्थिति बर्बाद भएपनि विगत १० वर्षो अवधिमा आर्थिक रूपमा राष्ट्र उभिएकै थियो । दह्रो सुरक्षा प्रबन्धको बाबजूद विकासनिर्माण कार्य निरन्तर राख्न नसकेको सरकारको तुलनामा निजी क्षेत्रले आफ्नो गतिविधि कायमै राखेको थियो । यही बीचमा १९ माघ आयो । दलहरूले जुन कुरा 'डेलिभर' गर्न सकेनन् त्यो कुरा राजाबाट हुन्छ कि भन्ने अपेक्षा १९ माघले जगायो  । तर खुलेर भन्नुपर्दा स्थितिमा सुधार भएको देखिँदैन ।

उद्योग व्यवसायलाई द्वन्द्वको कारणले प्रभावित गरिनुभएन  । यसलाई अगाडि जान दिनर्ुपर्छ । किनभने हरेक द्वन्द्वरत शक्तिहरूले समुन्नत राष्ट्रकै परिकल्पनामा आ-आफ्ना सङ्र्घष्ाहरू अगाडि बढाएका हुन् । तर निजी क्षेत्र नै नरहँदा आजको दुनियाँमा समुन्नत समाज कसरी बन्ला -

भएभरका निजी क्षेत्रका संस्थाहरूलाई एउटै घानमा राखेर हर्ेन मिल्दैन । वाद, अपवादबाट निर्देशित हुने व्यक्तिहरू जहाँ पनि हुन्छन्, व्यापारिक समाजमा पनि छन् । वाद र राजनीतिमा हामी आवद्ध छैनौँ  । गुण-दोष तथा तिनको 'डेलिभरी'का आधारमा सत्ताका प्रतिस्पर्धीहरूप्रतिको आफ्नो धारणा र्सार्वजनिक गर्र्छौँ । कसैको अन्धभक्त भएर आफ्नो मान्यता बनाउँदैनौँ ।

देशलाई सहयोग दिने विदेशीहरूको ढोका बन्द हुँदै गएको छ । रु.८० करोड दिँदै आएको चीनसँग सहयोग माग्न जाँदा रु.७ करोड थप हुन्छ । सबैलाई थाहा छ त्यो रु.७ करोड भनेको केही होइन । यदि यस्तै सहयोग भारत, बेलायत, अमेरिकासँग मागियो भने अहिलेकै अवस्थामा के तिनले त्यतिकै देलान् वा आफ्नो स्टेक खोज्लान् - आर्थिक रूपमा सबल भएकै कारण अहिलेसम्म विदेशीको हस्तक्षेप हुन नसकेको हो । राष्ट्र टाट पल्टेको भोलिपल्ट यहाँ वैदेशिक हस्तक्षेप हुन्छ र, मुलुक विदेशीहरूका लागि एउटा खुला मैदान बन्ने निश्चित छ । तत्काल 'करेक्सन' भएन भने वैदेशिक हस्तक्षेप हुन्छ ।

तीन वटै शक्तिहरू एउटै 'प्लेटर्फम'मा आउनै पर्छ । राजनीतिक दलहरूसँग संस्थागत रूपमा हाम्रो कुनै सम्वाद छैन । तत्कालका लागि त्यो जरुरी पनि छैन । किनभने राजनीतिक दलहरूले मात्र अहिलेको यो समस्यालाई निकास दिन सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौँ ।


व्यक्तिबाट केही हुँदैन

पद्मज्योति, ज्योति समूह

व्यापारीहरू सदैव 'न्युट्रल' रहन्छन् । जुनसुकै व्यवस्था आएपनि सत्तामा आउनेसँग सहकार्य हुन्छ । यो नै हाम्रो आधारभूत नीति हो । तर यतिखेर राज्यमा आधारभूत मुद्दामा लडाइँ भइरहेको छ । त्यसैले पनि यो 'न्युट्रालिटी'लाई सत्ता बाहिरका द्वन्द्वरत पक्षहरूले अर्को दृष्टिबाट हेरेका हुनसक्छन् । अहिलेको 'फण्डामेण्टल' लडाइँमा व्यावसायिक क्षेत्रको मौनताका कारण 'यिनीहरूबाट कुनै आशा छैन' भन्ने सन्देश सत्ता बाहिरका द्वन्द्वरत पक्षहरूमा गएको छ । तर बुझनुपर्ने के छ भने, समाज सामान्य भएको बेलामा मात्र हामी 'भोकल' हुनसक्छौँ, बन्दुकको बीचमा त हामी कसरी बोल्न सक्छौँ  ?

दलीय पद्धति काम लागेन भन्नु गलत हो । बहुदलीय सरकारहरूले लिएका आर्थिक उदारीकरणको नीतिबाट थुप्रै उद्योगपतिहरू जन्मिएका छन्  । पार्टर्ीीको क्रियाकलापका कारण दिक्क भएको अवस्थामा राजाको कदमबाट केही भइहाल्छ कि भन्ने आशामा कतिपयले दल विरोधी अभिव्यक्ति दिएका हुुनसक्छन्  । हाम्रै समुदायबाट पनि केही व्यक्तिहरू मन्त्री बन्नकै लागि कम्मर कसेर लागे । तर यसलाई 'जेनरलाइज' गर्न मिल्दैन । संसारको सबैभन्दा बढी 'एक्सपोजर' पाउने व्यापारी वर्ग बहुदलीय व्यवस्था विरोधी कसरी होला र -
सबैलाई समेट्ने राजनीतिक समाधान नै भरपर्दो निकास हो । जतिसुकै मतभिन्नता भएपनि सबै शक्तिहरूले एकआपसको कुरा सुनिने समाज बनाउनै पर्छ । दबाएर जाँदा अर्को शक्तिले 'एस्क्यूज' पाइरहेको हुन्छ ।

यही अवस्था रहने हो भने कसैको पनि भविष्य छैन । कतिपय उद्योगहरू चलाउनुभन्दा बन्द गर्नुमा फाइदा छ । कसैलाई यहाँ बस्ने रुचि छैन । हाम्रो पुस्ता त यहीँ बस्ला तर युवा पुस्ता बस्दैन, यो तय छ  । पछिल्लो समयमा आएका हाम्रै पुस्ताका थुप्रै व्यापारी पनि फर्केर जाँदैछन् । जोखिम लिने, काम गर्ने, व्यावसायिक दक्षता देखाउने वातावरण नभएर यस्तो भएको हो ।

कानुन-व्यवस्थामा थोरै पनि सुधार हुने हो भने आर्थिक वृद्धि सम्भव छ । तर त्यसतर्फप्रयास नै भएन । कहीँ कतै मेलमिलापको गन्धसम्म छैन । यसबीचमा, दलहरू एकठाउँमा आउने बाहेक अर्को सकारात्मक काम भएन । आम जनताको दबाबका कारण दलहरू केही सफल भएको जस्तो देखिएपनि उनीहरू निर्ण्र्ाागर्ने तहमा नभएकाले अहिले तिनको प्रयासबाट मात्र केही हुन्छ भन्ने छैन । यद्यपि दलहरूले करेक्सनका साथ एकमत भएर एउटा स्पष्ट सन्देश दिन सक्दा केही भइहाल्ला कि - व्यक्तिबाट त केही हुँदैन  ।


खरबौँ रुपैयाँ बाहिरिँदैछ

राजेन्द्र खेतान, उपाध्यक्ष, नेपाल उद्योग परिसंघ

केही वर्षेखि केही राम्रा कामहरू हुन थालेका थिए । सुधार प्रक्रिया शुरु भएको थियो  । नयाँ कर ऐन आयो, कर्मचारीहरूको मानसिकतामा सकारात्मक परिवर्तन हुँदैथियो  । यी कारणहरूबाट व्यवसायीहरूले केही राहत पाउन के शुरु भयो, माओवादीहरूको चन्दा आतङ्क र उद्योगहरूमाथिको हमला आदिले हाम्रो जग नै हल्लायो ।

पछिल्लो समयमा मानसिक यातना बढेको छ । अवसरहरू सकिँदै गएका छन्, वृद्धिदर घट्दो छ । बन्द, नाकाबन्दीले लागत बढाएको छ ।

विश्व व्यापार सङ्गठनमा प्रवेशपछि हामीले जे जे गर्नुपथ्र्यो त्यो त गरेनौँ नै, भएको आर्थिक प्रवाहलाई समेत उल्टो बगाउन थाल्यौँ  । डब्ल्युटीओमा प्रवेशपछि विदेशी लगानी यहाँ आउनुपर्थ्याे तर उल्टो पूँजी पलायन शुरु भयो । खरबौँ रुपैयाँ विदेश पलायन भइरहेको छ ।

राजा र दलहरूबीच सहमति नहुञ्जेलसम्म समस्या समाधानको सुरुआत हुनसक्दैन । र, राजा र दलहरूले पहल नगर्दासम्म माओवादी समस्याको स्थायी समाधान निस्कँदैन । राजा र राजनीतिक दलहरूबीच बढेको दूरीले शून्यता बढाइरहेको छ । यही बीचमा गैर राजनीतिक व्यक्तिहरूको महत्त्व बढेको देखिन्छ । केही व्यापारीहरूले समेत त्यो शून्यतामा आफ्नो भूमिका खोज्न थालेका छन् । व्यापारीहरूलगायत गैर राजनीतिक व्यक्तिहरूबाट चाहेर वा नचाहेर निर्वाह गर्न खोजिएको त्यो भूमिकाका कारण राजा र दलहरूबीचको दूरी झनै बढ्न पुगेको छ ।

राजनीतिक पृष्ठभूमि नभएकाहरूले एकातिर समस्या समाधानमा कुनै भूमिका खेल्न सकेनन् भने अर्कातिर उनीहरू विना कारण राजनीतिक व्यक्तिहरूको प्रतिस्पर्धी बन्न पुगे । यसले गर्दा आफ्नो काम गर्ने भन्दा, अर्काको काममा हात हाल्ने व्यक्तिको सङ्ख्या बढ्न पुग्यो । व्यापारीहरू पनि व्यापार भन्दा राजनीति गर्ने, आपसी द्वन्द्व बढाउने, ब्याङ्क ठग्ने, डेलिभरी नगर्ने वर्गको रूपमा चित्रित हुन पुगे । व्यापारीहरूले राजा र दलबीचको द्वन्द्व कम गर्न 'क्याटालिष्ट'को भूमिका निर्वाह गर्नुपर्ने थियो, जुन हुनसकेन । ठीक छ, माओवादीको सम्बन्धमा निजी क्षेत्रले केही गर्न सक्दैन तर राजा र दलहरूबीचको सम्बन्धमा त केही गर्न सकिन्थ्यो  ?


महासंघले पनि बोलेन

सुवास सांर्घाई, सांर्घाई समूह

व्यापारीको काम भनेको कसरी राम्रोसँग उद्योग व्यवसाय चलाउने, बढी भन्दा बढी रोजगारी दिने, बढी भन्दा बढी राजस्व दिने र बढी भन्दा बढी मुनाफा कमाउने हो  । यी सबैका लागि शान्ति अपरिहार्य हुन्छ । जसले भएपनि शान्ति ल्याइदेओस् भन्ने हाम्रो चाहना हो । अहिलेको परिस्थिति कसैले चाहेर भन्दा पनि एकपछि अर्को गल्तीका कारण आएको हो । हरेक कुरा गरीबीसँग गएर ठोक्किएको छ । गरीबी कम गर्नेतर्फनसोचुञ्जेल मुख्य समस्या समाधान हुँदैन । तर हामीकहाँ बेसिक पोलिसी नै छैन । मानिस जहाँ खान पाउँछ त्यहीँ जान्छ, काम पाएपछि आतङ्क रहँदैन ।

समग्र मुलुकको अवस्था विगतको भन्दा नसुध्रेको भएपनि थप ब्रि्रेको जस्तो मलाई लाग्दैन । एकै दिनमा सुध्रन्छ भन्ने पनि छैन  । हिजो एउटा वर्गलाई अप्ठेरो परेको थियो भने आज अर्कोलाई । तर हाम्रो कारोबारमा असर पर्न छोडेको छैन ।

हिजोसम्म उद्योगपति, मजदुरहरूको पक्षमा बोल्दै आएका दलहरू आज किन बोलेनन् - अरूसँगको रिस हामीसँग किन - दल मात्रै होइन महासंघले समेत बोलेन । चिया व्यापारीहरूको दबाब र पदाधिकारीहरूको बगान बन्द भएपछि १ साउनदेखि बन्द भएको चिया बगानको मुद्दाका बारे २०-२१ साउनमा आएर मात्र बोल्यो । व्यक्तिलाई नै नपरिकन नबुझने परिपाटी विकसित भएको छ ।

व्यापारीहरू दरबारिया हुन् भन्ने सोचका आधारमा हामीप्रतिको असहयोग गरिएको हो भने त्यो दलहरूको भूल हो । राजालाई राम्रो भन्नु दलहरू नराम्रो भनेको होइन । सरकारले दर्ीघकालीन औद्योगिक व्यावसायिक नीतिहरू ल्याउनुपर्‍यो । जुन क्षेत्रमा उद्योग व्यापार आएको छैन त्यसतर्फअझै उदार हुनुपर्‍यो । जलविद्युत्, सिमेण्ट, चिया, चिनी जस्ता आधारभूत कच्चा पदार्थमा निर्भर उद्योगहरूतर्फअझै 'लिवरल' हुनु जरुरी छ ।

वार्तामा आधारित


व्यापारिक शान्ति प्रयास !

'नेशनल विजनेश इनिसियटिभ' ले द्वन्द्व समाधानतर्फपहल गरेको छ । शान्तिका लागि निजी क्षेत्रको पनि प्रयास हुनर्ुपर्छ भनेर पद्म ज्योतिको अगुवाईमा यो संस्था अघि बढेको हो । व्यापारिक संघहरूको समेत संलग्नता रहेकोले यसलाई "तीन वटै शक्तिहरू बीचमा 'ब्रिजिङ'को प्रयास" मान्छन् ज्योति ।

युवा व्यापारीहरू हाम्फालेका छन् 'शान्ति' प्रयासमा  । प्रसिद्ध पाण्डे, राजेन्द्र खेतान र चार्ल्स मेण्डिज समेतका स्वदेशी/विदेशीहरू संलग्न यो टोली दल-दरबारबीचको द्वन्द्व कम गर्ने प्रयासमा छ ।

दरबारको सहमति बेगर यस्ता प्रयास अघि नबढ्ने यसअघि नै स्पष्ट भइसकेको छ । कतिपय प्रयासहरू नेतृत्व कसले लिने भन्ने विवादले सफल भएनन् । १८ असोजपछि दल र दरबारबीच बढेको मतान्तर कम पार्न अम्बिका श्रेष्ठ, विनोद चौधरी, विनोदबहादुर श्रेष्ठ, हुलासचन्द गोल्छा, नरेन्द्र बज्राचार्य आदिको प्रयास महासंघ र परिसंघबीचको नेतृत्वकै विवादले अघि बढेन ।

उता केशरबहादुर बिष्टको नेेतृत्वमा हिँडेका योगेन्द्र शाक्य, रविचन्द्रमान सिंह, प्रदीप श्रेष्ठलगायतका व्यापारीहरू अहिले चुपचाप छन् । तर पछिल्ला दिनमा स्वयं बिष्टले दल-दरबार सम्बन्ध सुधार भन्दा पनि आफैँ एउटा दल बनाउने अभियानमा जुटेपछि यो समूहको भूमिका पनि निष्प्रभावी बन्न पुग्यो ।