| रिपोर्ट -
समाज
यौन - हिजोको अपराध आजको व्यवसाय
'वेश्या'
शब्दलाई 'यौनकर्मी' ले विस्थापित गरेको छ भने 'वेश्यावृत्ति' 'यौन-व्यवसाय'
मा परिणत भइसकेको छ । आज 'वेश्या' शब्द प्रयोग गर्दा 'यौनकर्मी' हरूले
आफ्नो अपमान भएको मात्र ठान्दैनन्, यो शब्द प्रयोग गर्ने व्यक्ति अशिष्ट
र असामाजिक समेत ठहरिन्छ । अर्थात्, मानव सभ्यताको सबैभन्दा पुरानो
'पेशा' मध्येको मानिने यौन-व्यवसायले यता आएर नेपाली समाजमा छिटोछिटो
पञ्जा फिजाउन थालेको छ । नेपालको कानून त यस विषयमा पहिलेदेखि नै मौन
छँदै थियो, बेलाबेलामा 'र्सार्वजनिक अपराध' को निहुँमा होटल-लजहरूमा
छापामारी 'वेश्यावृत्ति' मा संलग्न हुनेहरूलाई 'आपत्तिजनक अवस्थामा
गिरफ्तार' गर्ने प्रहरी क्रियाशीलता पनि यता आएर शिथिल भएको छ । र,
यही बेला पेशेवर यौनकर्मीहरुका तर्फाट आवाज घन्किन थालेको छ- 'रेड
लाइट एरिया चाहियो,' 'हाम्रो मानवअधिकारको सम्मान होस्' आदि ।
•
शिव गाउँले/डम्बरकृष्ण श्रेष्ठ

डम्बरकृष्ण श्रेष्ठे |
| ग्राहकको पर्खाईमा एक यौन व्यवसायी । |
•"...त्यसका
लागि अब तपाईँहरूले रत्नपार्क वा ठमेलका सडक कर्ुर्नुपर्दैन, भनेजस्ती
केटी, खोजेजस्तो सुविधा र सुरक्षित ठाउँ सजिलै पाउनुहुन्छ, फोनबाटै
बूक गरेपनि हुन्छ ।" राजधानीको टङ्गाल-विशालनगर क्षेत्रमा यौन-पार्लर
-कोठी) सञ्चालन गरिरहेकी 'कल्पना' को यो कथनले, यौन-व्यवसायप्रति काठमाडौँको
सामाजिक दृष्टिकोण बदलिएको सुनिश्चित नगरे पनि प्रहरी-प्रशासनको सहनशीलता
वा बेवास्ता बढेको भने पक्कै दर्शाउँछ । 'कल्पना' हरूको व्यवसायका
बारेमा प्रहरी निकाय अनभिज्ञ छैन, बरु विस्तृत विवरण नै लिएर बसेको
छ । एक जिम्मेवार प्रहरी अधिकृतको जानकारी अनुसार राजधानीमा प्रति
ग्राहक रु.२ देखि ७-८ हजार लिएर खाजा, खाना, मदिरा र यौन एकैसाथ पस्कने
करीब दर्ुइदर्जन पार्लरहरू खुलिसकेका छन् ।
• पर्ूवाञ्चलको
काकडभिट्टादेखि लहानसम्म करीब दर्ुइ हजार महिलाहरू यौन व्यवसायमा सक्रिय
रहेको आकलन यस्ता महिलाहरूलाई मासिक १० हजार कण्डम सित्तैँ बाँड्दै
आएको 'आम्दा नेपाल' नामक गैरसरकारी संस्थाको छ ।
• गैरसरकारी संस्था
'सेडा नेपाल'का अनुसार पोखरा र आसपासका क्षेत्रमा ५०० जति यौन व्यवसायी
महिलाहरू क्रियाशील छन् । त्यस संस्थाका प्रमुख राजेन्द्र अधिकारीको
भनाइमा, "सम्बद्ध महिलाहरूको चाहना र सहमतिबिना उनीहरूलाई त्यो
व्यवसायबाट हटाउन सम्भव नभएकाले तिनलाई स्वास्थ्य र सरुवा रोगबाट बच्न
सचेत बनाउने काम भइरहेको छ ।"
• २०५८ फागुनमा
यौनकर्मीहरूको संस्था 'महिला एकता सङ्गठन' रुपन्देहीले गरेको प्रथम
भेलामा ६५ यौनकर्मी महिला उपस्थित थिए । त्यसपछि वर्षौपिच्छे यस्ता
भेला हुँदै आएका छन् । २०६१ फागुनमा सम्पन्न चौथो भेलामा सहभागी महिलाहरूको
सङ्ख्या ६०४ पुग्यो ।
माथिका विवरणले नेपालमा व्यावसायिक यौन बजार सङ्गठित
र विस्तारित हुँदै गएको तथ्य दर्शाउँछन् । यौन व्यवसायको पछिल्लो विस्तारलाई
नजिकबाट नियालिरहेका नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान शाखा
प्रमुख एसपी माधव जोशी भन्छन्, "सङ्ख्यात्मक वृद्धि मात्र नभई
यौन-व्यवसायको सामाजिक-आर्थिक प्रभाव पनि बढिरहेको छ । सङ्ख्यात्मक
विस्तार यति छ कि यो समस्या अब देशभर जहीँ-तहीँ देखिन थालिसक्यो ।"
केही वर्षअघिसम्म समाजमा प्रकट हुन गाह्रो मान्ने,
लुकीछिपी पेशा चलाउने यौनकर्मी महिलाहरू अहिले देशव्यापी सङ्गठन निर्माणमा
लागेका छन् । एचआईभी एड्स नियन्त्रण कार्यक्रमअर्न्तर्गत राष्ट्रियस्तरमा
गरिएको एक र्सर्वेक्षण अनुसार नेपालमा ३० हजारको हाराहारीमा यौनकर्मी
महिलाहरू छन् । 'महिला एकता सङ्गठन'ले गएको फागुनमा बुटबलमा गरेको
राष्ट्रिय सम्मेलनमा लगभग देशभरिकै यौनकर्मी महिलाहरूको प्रतिनिधित्व
थियो ।
पोलेसी प्रोजेक्ट नेपाल नामक संस्थाले एचआईभी सङ्क्रमणको
जोखिम घटाउन यौनकर्मी महिलाहरूलाई नै जागरुक र परिचालित गर्नुपर्ने
महसूस गरेर तिनलाई सङ्गठित बनाउने अभियानको थालनी गरेको हो । २०६०
फागुनमा काठमाडाँैमा सबै क्षेत्रका यौनकर्मीहरूको भेला गरी आफ्नो अधिकारका
लागि वकालत गर्न र सङ्गठन बनाउन सिकाएपछि अहिले यौनकर्मी महिलाहरूका
८ वटा सङ्गठन देशभर क्रियाशील छन् । त्यस अनुसार रुपन्देहीमा महिला
एकता सङ्गठन, नवलपरासीमा महिला एकता समूह, बाँकेमा मनकामना महिला समूह,
पोखरामा महिला उद्धार समूह, हेटौँडामा नारी एकता समूह, दमकमा महिला
जनजागरण समूह, इटहरीमा महिला सहयोग समूह र भक्तपुरमा नारी मिलन समूह
गठन भइसकेका छन् । यसरी गठन भएका ८ वटै समूहलाई एकसूत्रमा बाँध्न काठमाडाँैमा
केन्द्रीय महिला एकता सङ्गठन समेत बनाइएको छ । पोलेसी प्रोजेक्टकी
प्राविधिक सल्लाहकार बीना पोख्रेल यौनकर्मी महिलाहरूले आफ्ना लागि
आफैँ वकालत गरुन् भनेर सहयोग गरेको बताउँछिन् । बीना भन्छिन्, "सङ्गठित
भएपछि उनीहरूले आफूमाथि हुँदै आएको दर्ुर्व्यवहार सरोकारवालाहरूसँग
खुलेर राख्न थालेका छन् र एचआईभी सङ्क्रमणप्रति सचेत बन्दै गएका छन्
।"

सांस्कृतिक कार्यक्रममा पूर्वाञ्चलका यौन व्यवसायीहरू । |
यस्ता समूहहरूले आ-आफ्नो क्षेत्रमा यौनकर्मीहरूका लागि
चेतनामूलक कार्यक्रम गर्ने तथा आफ्नो अधिकार र दर्ुर्व्यवहार विरुद्ध
आवाज उठाउन सिकाइरहेका छन् । भक्तपुरमा ४ साउनमा नारी मिलन समूहले
र ५ साउनमा हेटौँडामा नारी एकता समूहले सरोकारवालाहरूसँग आफ्ना कुरा
राख्न प्रहरी-प्रशासन र नागरिक समाजसँग खुला अन्तरक्रिया नै गरे ।
२४-२६ जेठ ०६२ मा रुपन्देहीको देवदहमा एकत्रित यौनकर्मी महिलाहरूले
आफ्नो आवाज राष्ट्रियस्तरमा सुनाउने प्रयास गरे ।
यौनकर्मी महिलाहरूका यी सङ्गठनमा औसत ३० जना सदस्य छन्
। सङ्गठनमा आवद्ध महिलाहरू आफ्ना क्षेत्रका शहरबजारमा समाजसामु बिस्तारै
खुल्दै जान थालेका छन् । पत्रकार, प्रहरी, संघ-संस्थाका प्रतिनिधिहरूमाझ
कार्यक्रम गरेर र्सार्वजनिक भई आफ्ना कुराहरू राख्न थालेका यौनकर्मीहरूप्रति
आक्रामक हुन छाडेर समाज पनि केही उदार भएको आभास हुन्छ । समाजको झुकावट
थाहा पाएर हुनसक्छ, स्वयं यौनकर्मी भन्दा यौनकर्मी माथि दर्ुर्व्यवहार
गर्नेहरू चाहिँ प्रहरीको कारबाहीमा पर्न थालेका छन् । केही समयअघि
एक यौनकर्मीलाई दर्ुर्व्यवहार गर्ने प्रहरी जवान विरुद्ध उजुरी गर्न
इटहरी क्षेत्रमा सङ्गठित यौनकर्मी महिलाहरू जिल्ला प्रहरी कार्यालय
सुनसरीमा पुगेका थिए । त्यस्तै झापाको दमकमा एक यौनकर्मीमाथि जबर्जस्ती
अप्राकृतिक यौन सर्म्पर्क गर्न खोज्ने ग्राहकलाई समूहका महिलाहरू मिलेर
पिटेका थिए । पर्ूर्वी क्षेत्रका यौन व्यवसायी महिलाहरूको सङ्गठन 'महिला
सहयोग समूह'की सचिव २५ वषर्ीया जानकी भन्छिन्, "सङ्गठित भएपछि
हामीमा सामाजिक अपहेलना र प्रहरी दर्ुर्व्यवहारको समेत खुलेर विरोध
गर्ने आँट आएको छ ।" -हे.अन्तर्वार्ता) ।
पर्ूवका यौनकर्मी महिलाहरूमा एचआइभी एड्सको सङ्क्रमणबाट
जोगाउन र उनीहरूलाई अन्य यौन रोगको उपचार सेवा प्रदान गर्दै आएको 'आम्दा
नेपाल'ले दमक, इटहरी र लाहानमा कार्यालय स्थापना गरेर विगत ६ वर्षेखि
नियमित रूपमा कण्डम वितरण गरिरहेको छ । झापा, मोरङ, सुनसरी, सिरहा,
सप्तरी गरी पाँच जिल्लामा कार्यरत आम्दाको सर्म्पर्कमा अहिले १५००
यौनकर्मी महिला रहेका छन् । काकडभिट्टादेखि लाहानसम्म मात्रै महिनामा
१० हजार जति कण्डम वितरण हुन्छन् । पोखरा र बुटबलमा पनि विभिन्न गैरसरकारी
संस्थाहरूले यौन व्यवसायी महिलाहरूको स्वास्थ्य परीक्षण र कण्डम वितरणमा
सहयोग पुर्याउँदै आएका छन् ।
राजधानी काठमाडौँको स्थिति अलिक भिन्न छ । यहाँ सडकमा
ग्राहक खोज्दै हिँड्ने यौन व्यवसायीहरूका लागि केही संघसंस्थाहरूले
स्वास्थ्य परीक्षण र कण्डम वितरण गर्ने गरेपनि व्यवस्थित कोठी सञ्चालन
गर्नेहरूको सर्म्पर्कमा रहेर यौन सेवा बेच्नेहरूले यस्तो सहयोगप्रति
कुनै वास्ता राख्दैनन् । एक वरिष्ठ प्रहरी अधिकारी भन्छन्, "लखपतिबाट
करोडपति हुन लागेका यौन व्यवसायीले अरूको सहयोग खोज्ने कुरा सोच्नै
पर्दैन, आवश्यक परे तपाईँ हामीलाई सहयोग गर्न तयार हुन्छन् उनीहरू
।"
उस्तै कथा, कारण उही
काठमाडौँको ताहाचल क्षेत्रमा चलाइएको व्यवस्थित 'यौन-पार्लर'मा दर्ुइ
हजार शुल्क लिने २४ वषर्ीया 'बुलु' हुन् वा दमकचोक, झापाको रेस्टुराँमा
वेटरको काम गर्दै आएकी १९ वषर्ीया 'प्रमिला'- दुवैका पीडा, कथा, व्यथा
र बहाना समान छन् । 'किन यो काममा लागेको -' भन्दा प्रायः सबैजसो यौनकर्मी
महिलाहरूको जवाफ एउटै हुनर्ेगर्छ, "बाँच्नलाई, अरू काम नपाएर"
आदि आदि । एक पटकमा रु.५ सयदेखि १५ सयसम्म लिने प्रमिला 'घर खर्च धान्न'
यो पेशामा लागेको बताउँछिन् भने 'बुलु' 'कलेज खर्च जुटाउन' आफूले यस्तो
कार्य गर्ने गरेको कारण तेर्स्याउँछिन् ।
आफ्नो सामाजिक पहिचान जोगाउन यौनकर्मी महिलाहरू राजधानी
जस्ता ठूला शहर-बजारमा पनि डेरा सरिरहने गर्छन् । यस सम्बन्धमा प्रमिला
भन्छिन्, "एकै ठाउँमा धेरै समयसम्म बस्न समस्या हुन्छ, त्यसैले
ठाउँ परिवर्तन गर्छर्ुु" उता बिर्तामोडमा एउटा भात पसल चलाउने
३५ वषर्ीया मायाका श्रीमान्ले कान्छी भित्र्याएपछि आफ्नी १६ वर्षी
छोरीलाई पनि यो पेशामा लगाएकी छिन् । दमककी ३२ वषर्ीया गीता क्षेत्री
र धरानकी रीताले त यौन व्यवसाय गरी कमाएको पैसाबाट आफ्ना छोराछोरी
राम्रा बोर्डिङ स्कूलमा पढाएका छन् ।
बाग्लुङकी २६ वषर्ीया अस्मिता शर्मा पोखरामा यौन-पसल
चलाएर बसेकी छिन् । आफ्नो पुरानो साथी यौन व्यवसायमा लागेको देखेपछि
उनी यस पेशामा आकषिर्त भएकी हुन् । अस्मितासँगै काम गर्ने स्याङ्जाकै
बीना क्षेत्री भन्छिन्, "आफन्त भनेर काम गर्न आएको, 'आउट जाने'
-यौन सर्म्पर्कका लागि ग्राहकसँग बाहिर जाने) बानी पर्यो । अहिले
त यसै बिग्रिएँ, उसै बिग्रिएँ भन्ने लागेको छ । ज्यान छउञ्जेल कमाउँछु,
बुढेसकालमा त्यही पैसा खाएर बस्छु ।" सामुदायिक सेवा केन्द्र
तथा प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका सचिव मीनप्रसाद भट्टर्राई
यौन-व्यवसाय बढ्नुमा वर्तमान परिस्थितिलाई दोष दिन्छन् । उनी भन्छन्,
"पोखराका होटल-रेस्टुराँमा यौन-व्यवसाय बढ्नुमा द्वन्द्व र सङ्कटकाल
प्रमुख कारण हुन् ।"
भट्टर्राईको कथन पुष्टि गर्ने उदाहरण बुटवलमा भेटिन्छ
। श्रीमानलाई सुराकीको आरोपमा माओवादीले हत्या गरिदिएपछि अर्घर्ााँचीकी
बेलकुमारीले तीन बच्चाको पालनपोषण देहव्यापारबाट गरिरहेकी छिन् । बेलकुमारी
भन्छिन्, "बच्चा होटल मालिक्नीलाई छाडेर रातभर अरूसँग सुत्छु
। ग्राहकबाट साहुले दर्ुइ हजार लिए पनि मेरो भागमा पाँच सय मात्रै
पर्छ ।"
ठाउँ अनुसार यौनकर्मी महिलाहरू विभिन्न तहका छन् । काठमाडौँलगायत
शहरी क्षेत्रमा सम्पन्न र शिक्षित पारिवारिक पृष्ठभूमि भएकाहरू पनि
यो पेशामा भेटिन्छन् भने राजधानी बाहिरका अधिकांश यौनकर्मी निम्न आर्थिक
स्थितिका छन् । तिनका नियमित ग्राहक भने सामान्य मजदुर, ठेला-रिक्सावाला,
डर््राईभर, खलासी, सेना, प्रहरीदेखि ठूला व्यापारी, उद्योगपति, सरकारी
कार्यालयका हाकिमहरू समेत सबै तह, वर्ग र हैसियतका हुने गरेको पाइन्छ
। हिमाल को खोजमा एक पटकमा कम्तीमा रु.२० देखि बढीमा रु.७-८ हजारसम्म
लिने यौनकर्मीहरू भेटिए ।
देशभरि नै प्रहरी सेना बसेको आसपासका क्षेत्रमा रेस्टुराँहरू
बढी देखिन्छन् । र, यस्ता क्षेत्रमा नै व्यावसायिक-यौन फस्टाउने गरेको
पाइन्छ । यौन व्यवसायी महिलाहरू पनि धक नमानी भन्छन्, "हाम्रा
मुख्य ग्राहक भनेकै पुलिस र सेना हुन् ।"

एक तालिममा कण्डम लगाउन सिक्दै दमक, झापाका यौनकर्मीहरू । |
केले ल्यायो खुलापन ?
केही वर्षघिसम्म सामाजिक व्यभिचार मात्र होइन अपराध नै ठानिने वेश्यावृत्त्रि्रति
एकाएक यत्रो खुलापन र सामाजिक स्वीकृति कसरी सम्भव भयो - के द्वन्द्व,
हिंसा, असुरक्षा र आर्थिक सङ्कट नै यसका प्रमुख कारक हुन् - व्यक्ति,
परिवार र समाजका समस्या मुखरित गर्ने राजनीतिक संरचनाको अभाव यसनिम्ति
कत्तिको दोषी छ - कतै लाखौँ युवा पुरुषहरू कामको खोजीमा विदेशिँदाको
प्रतिफल त हैन यो - यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने र विश्लेषण
गर्ने कार्य अहिलेसम्म कतैबाट भएको पाइँदैन । यसमा थप चाखलाग्दो पक्ष
के छ भने, व्यावसायिक-यौनको सवालमा स्वयं यौन-व्यवसायी महिलाहरू जति
स्पष्ट र सङ्कोचहीन भेटिन्छन्, तिनका ग्राहक अर्थात् पुरुषहरू त्यति
नै सङ्कोची र अनुदार वा अस्पष्ट छन् । जस्तो, झापाको इर्स्र्टन प्यालेस
डान्स रेस्टुरेण्टमा काम गर्ने गीता शर्मा निर्धक्क आफ्नो तर्क राख्छिन्,
"क्याबिन वा डान्स रेस्टुरेण्टमा काम गर्ने केटीहरूले यौनव्यापार
नगरे पनि समाजले सबै महिला वेटरलाई वेश्या नै ठान्छ भने थप आम्दानी
गर्न हामीले त्यस्तो काम किन नगर्ने -" सुनसरीको खनारस्थित नेपालीपन
रेस्टुरेण्टकी महिला वेटर जीना वाइवा -दार्जीलिङ), कला दाहाल -उदयपुर),
जानुका कार्की -इटहरी), मीना थापा -झापा) र सीमा र्राई -इटहरी) आफूहरू
यौनव्यवसायी भएको हाकाहाकी बताउँछन् । राजधानीका यौन-व्यवसायीहरूले
त टेलिफोन -विशेषगरी मोबाइल र युटिएल) नम्बरमार्फ् आफ्नो 'मार्केटिङ'
गर्न थालेका छन् । भाटभटेनी क्षेत्रको आफ्नो फ्ल्याट बाहिर महिमाले
हिमाल सँग भनिन्, "पुलिसलाई थाहा भइहाल्छ, साथीभाइलाई किन ढाँट्नु,
त्यसैले हामी माग्नेलाई आफ्नो नम्बर दिन्छौँ ।" प्रि-पेड मोबाइल
नचलेको अवस्थामा धेरैजसो यौन-व्यवसायी महिलाहरूले युटिएल फोन प्रयोग
गर्ने गरेको पाइएको छ ।
सेण्टर फर हेल्थ इन्भाइरोमेण्टल एण्ड पपुलेशन -कृपा
रिर्सच सेण्टर) काठमाडौँले डेढ वर्षघि रुपन्देहीदेखि काकडभिट्टासम्मका
ठूला-साना शहर र राजमार्गका बजारहरूमा गरेको यौन-व्यवसाय सम्बन्धी
अध्ययनले यो व्यवसायमा लाग्नेहरूमध्ये बहुसङ्ख्यक 'बाध्यता' ले र केही
चाहिँ 'रहर' वा 'सोख' ले लागेको निष्कर्षनिकालेको छ । सो अध्ययनमा
संलग्न समाजशास्त्रकी विद्यार्थी नैना र्राई भन्छिन्, "श्रीमानले
कान्छी बिहे गरेपछि र सानैमा आमा पोइल गएपछि, घरको आर्थिक समस्या हल
गर्न धेरै महिला यौनकर्मी बनेका छन् ।"
आम्दा नेपालका प्रमुख डा. शङ्करप्रसाद हुजदार समाज यौनकर्मी र देहव्यापारका
पक्षमा केही उदार बन्न थालेको बताउँछन् । हुजदार भन्छन्, "समाज
नकारात्मक नै छ तर यौनकर्मीहरू बढी खुल्न थालेकाले यौन व्यवसायबारे
समाजमा खुलेर कुरा हुन थालेको छ ।" आम्दाकै कार्यक्रम अधिकृत
नीति सेर्ढाई यौनव्यापार अहिले कसैले नियन्त्रण गर्न चाहेर नहुने बरु
व्यवस्थित भने गर्न सकिने बताउँछिन् । भन्छिन्, "यो मान्छेको
व्यवहारसँग गाँसिएको कुरा भएकोले नियन्त्रण हुनै सक्दैन । तर, घटाउन
चाहिँ सकिएला ।" तर उपत्यका अपराध अनुसन्धान शाखाका एसपी माधव
जोशीको धारणा अलि भिन्न छ । एसपी जोशी भन्छन्, "यौन मानिसका लागि
प्राकृतिक चाहना होला तर यो विकृति कसैको पनि चाहना हुनसक्दैन ।"
विराटनगरमा मनोज श्रेष्ठ,
पोखरामा
विनोद धौलागिरी र बुटवलमा जेवी पुनमगर
"रेडलाइट एरिया चाहियो"
कहिले र किन लाग्नुभएको यो पेशामा ?
चार वर्षभइसक्यो । अरू साथीहरू लागेको देखेँ, अनि कमाई पनि हुने भएकाले
लागेकी हुँ ।
यो समूह कहिले गठन भएको ?
पोहोर असार (२०६१) बाट ।
समूहमा कुन कुन ठाउँबाट कति जना हुनुहुन्छ
?
हामी ३० जना छौँ । अध्यक्ष, सचिव र अरू सबै सदस्य छन् । विराटनगर,
इटहरी, धरान, भण्टाबारी, इनरुवा, झुम्का आदि ठाउँमा सङ्गठित भएका छौँ
।
समूह गठन भएपछि कस्ता कुराहरू उठाइरहनुभएको
छ ?
समाजले हामीलाई राम्रो रूपमा हेरेको छैन, विकृति बढाउने भनेर दोष लगाइरहेको
छ । यस्तो अवस्थामा यौनकर्मी महिला भए पनि हामीले केही न केही गरेर
देखाउनर्ुपर्छ र समाजमा यो व्यवसायलाई स्थापित गराउनर्ुपर्छ भन्ने
सल्लाह हुन्छ । सबैले समूहमा पैसा बचत गरिरहेका छौँ । भोलि कुनै संस्थाले
सहयोग गर्यो भने बालाश्रम, वृद्धाश्रम खोल्ने लक्ष्य राखेका छौँ ।
आफू आफूमा कसरी चेतना वृद्धि भइरहेको छ
?
यौनरोग र एचआईभीबाट बच्न आम्दा नेपालबाट उपचार र कण्डमहरू पाएका छौँ
। यौनकर्मी र ग्राहकहरूमा चेतना पनि बढेको छ ।
छरछिमेक समाजले तपाईँहरूलाई कसरी हेरेका
छन् ?
हेप्छन्, दर्ुर्व्यवहार गर्छन्, राम्रो मान्दैनन् । नानाकुरा गरेर
यातना दिन्छन् । कसैकसैले त मान्छे बेच्ने भन्छन् । यहाँ त आफ्ना छोरा-छोरी
बिग्रिएको देख्दैनन् अर्काको छोरी मात्र बिग्रिएको देख्ने बाबुआमा
छन् ।
कमाई कति हुन्छ ?
कमाईको रर्ेकर्ड अहिलेसम्म समूहमा राखेका छैनौँ । समस्याबारे मात्र
कुरा हुन्छ, कसले कति कमाउँछ, सोध्दैनौँ । मैले चाहिँ एक पटकमा ४/५
सयसम्म लिने गरेकी छु ।
प्रहरी, प्रशासन र ग्राहकबाट कस्तो व्यवहार
हुन्छ ?
नराम्रो नि, भर्खरै इनरुवामा एक जना प्रहरीले हाम्रो साथीलाई निःशुल्क
यौनसर्म्पर्क गर्न खोज्दा नमानेपछि "भालु, वेश्या होस् मलाई गर्न
दिइनस् भने पाता फर्काएर लडाउँछु" भनेछ । हाम्रो समूहका अरू सदस्य
गएर प्रहरी निरीक्षकसँगै कुरा गरेपछि त्यो प्रहरीलाई कारबाही गरेछन्
। कानूनमा यौन व्यवसाय गर्नु र नगर्नु केही नभनेकाले प्रहरीले हामीलाई
केही गर्न पाउँदैनन् तर पनि दर्ुर्व्यवहार गर्छन् ।
प्रहरी, सुरक्षाकर्मीहरू हिजोभन्दा सकारात्मक
हुँदै गएका हुन् ?
यौनकर्मीहरू बढी प्रहरी, सेनालाई नै चाहिन्छ । उनीहरूका श्रीमतीहरू
कहाँ कहाँ हुन्छन् । पाल्पाको मान्छे भोजपुर पुगेको हुन्छ । उनीहरूलाई
नै यौन आवश्यकता पूरा गर्न हामी चाहिन्छ । तपाईं नै भन्नुस् त यौन
सर्म्पर्क गर्नु नराम्रो काम हो त - भगवान्कै पालादेखि भइरहेको कुरा
हो । काठमाडौँका मठमन्दिरमा '...गर्दै गरेका' त्यत्रा मर्ूर्तिहरू
छन् । यो प्रकृतिले दिएको कुरा त हो नि ! पुलिसहरूलाई पैसै नलिई गर्न
दिए केही गर्दैनन्, पैसा चाहिन्छ भन्यो भने हामीलाई भालु भनेर पक्राउ
गर्छन् ।
केही संघसंस्थाले तपाईंहरूलाई राम्ररी सघाएका
छन् नि ?
संघसंस्थाहरू पनि हाम्रो लागि केही गर्र्छौँ भनेर कुरा गर्छन्, फोटो
खिच्छन् र डलर खाएर मोजमस्ती गर्छन् । अस्ति भर्खर एउटा संस्थाले उनीहरूसँग
कुरा गरेबापत हाम्रा साथीलाई ५०/५० रुपैयाँ दिएछ । तर उनीहरूले कति
कमाए कुन्नि !
अब के हुनर्ुपर्छ जस्तो लाग्छ ?
'रेडलाइट एरिया' तोकिदिनुपर्यो । "तिमीहरूले यहाँदेखि उता मात्र
व्यवसाय सञ्चालन गर यता नआऊ" भन्नुपर्यो । कि यौन व्यवसाय गर्ने
लाइसेन्स दिनुपर्यो कि खानपुग्ने रोजगारी दिनुपर्यो । भारतमा जस्तो
रेडलाइट एरिया तोकिदिए हामीले यस्तो दुःख पाउनु र दर्ुर्व्यवहार खेप्नु
पर्दैनथ्यो ।
सरकार र समाजलाई के भन्नुहुन्छ ?
अशिक्षा र गरीबीका कारणले यौनकर्मी बढेको भन्छन् तर धनी, सम्पन्न समुदायका
केटीहरू पनि यौन व्यवसायमा छन् । यो रोकेर रोकिँदैन । केही माानिस
र संघसंस्थाहरू सकारात्मक बन्दै गइरहेका छन् । तर, सबै छैनन् । हामी
घरबाट राम्रो लुगा लगाएर निस्कियो भने समाजले फलानी धन्दा गर्न निस्की
भन्छन् । उसको बाध्यता कसैले बुझदैन, उसको बच्चाले खान, पढ्न नपाएको
देख्दैन । माओवादीले पनि दुःख दिने गरेका छन् ।
सचिव -२५ वर्ष यौनकर्मी महिला
समूह, -विराटनगर, इटहरी, धरान क्षेत्र)
बर्म्बईमा घटे नेपाली केटी
एकताका बर्म्बईको व्यावसायिक-यौन बजारका प्रमुख धरोहर मानिने
नेपाली केटीहरूको सङ्ख्या यता आएर घट्न थालेको छ । आपर्ूर्तिमा आएको
कमीका कारण त्यहाँ नेपाली केटीको भाउ झण्डै दोब्बर बढेको छ ।
वेश्यावृत्तिका लागि
चर्चित भारतको बर्म्बईका कोठी -वेश्यालय) हरूमा नेपाली केटीहरूको सङ्ख्या
घट्न थालेको छ । सरकारी-गैरसरकारी क्षेत्रको सक्रियता, समाजमा बढेको
चेतना अथवा नेपालमै मौलाउँदै गएको यौन व्यवसाय- कारण जे पनि हुनसक्छ
तर बर्म्बर्इर्र्ा नेपाली चेलीबेटी बेचिने क्रममा भने उल्लेख्य कमी
आएको छ । तर त्यहाँको यौनबजारमा नेपाली युवतीको माग घटेर भने त्यसो
भएको होइन । अहिले पनि त्यहाँ नेपाली युवतीको माग उच्च छ । कतिपयका
भनाइमा, 'गोरो छाला' र 'भद्रता' भारतीय ग्राहकहरूको प्राथमिकतामा पर्ने
र ती दुवै विशेषता नेपाली युवतीमा मात्रै पाइने भएकोले तिनको माग कायमै
छ ।
वेश्यालयमा बेचिएका चेलीबेटीको उद्धार तथा बेचबिखन नियन्त्रणमा
सक्रिय संस्था 'रेस्क्यू फाउण्डेसन', बर्म्बईका अनुसार, बर्म्बईमा
रहेका करीब एकलाख यौनकर्मीहरूमध्ये ४० हजार नेपाली रहेको अनुमान छ
। रेस्क्यु फाउण्डेसनका अध्यक्ष त्रिवेणी आचार्य भन्छन्, "विगतमा
बर्म्बईका वेश्यालयहरूमा नेपाली चेलीबेटीको सङ्ख्या ६० प्रतिशतसम्म
पुगेको थियो । तर, केही वर्षता नेपाली युवतीको सङ्ख्या ४० प्रतिशतमा
झरेको छ भने अन्यको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको छ ।"
वेश्यावृत्तिका लागि बर्म्बईका कमाठीपुरा, ग्य्राण्डरोड,
फकल्याण्डरोड, शुक्लाजी स्ट्रीट, भिवण्डी, नेरुल, तर्ुर्वेटिकी चर्चित
'रेड लाइट एरिया' हुन् । बर्म्बईबाट चार घण्टाको दूरीमा रहेको पुनामा
समेत रेडलाइट एरियाहरूको विकास भइसकेको छ । तीमध्ये कमाठीपुराका वेश्यालयहरू
उच्चस्तरका मानिन्छन् । वातानुकूलित कोठा र १८ वर्षन्दा कम उमेरका
सुन्दर नेपाली चेलीबेटीहरू यौनधन्दामा राखिएकाले त्यहाँको दर पनि निकै
चर्को छ । त्यहाँ बङ्गाली र अन्य भारतीय मूलका यौन-व्यवसायीहरूको सङ्ख्या
पनि कम छैन । कमाठीपुरामा मात्रै ६ सय कोठीमा ६ हजारभन्दा बढी यौनकर्मीहरू
छन् । जसमध्ये नेपाली चेलीबेटी ४० प्रतिशत छन् ।
फाउन्डेसनका अनुसन्धान अधिकृत सन्तोष सेर्ढाई बताउँछन्,
"कोठी मालिक्नीले स्वस्थ र सुन्दर एउटै केटीबाट पाँच वर्षा २०
देखि २५ लाखसम्म कमाउने गर्छन् । त्यहाँ बिक्री गरिने नेपाली केटीको
मूल्य रु.७० देखि ७५ हजारसम्म पुगेको छ ।" जबकि ५-७ वर्षघिसम्म
नेपालबाट लगिने केटीको सङ्ख्या उच्च थियो- तिनको भाउ रु.३०-४० हजार
मात्र तोकिन्थ्यो ।
दर्ुइ महिनाअघि बर्म्बईको तर्ुर्वेटिकीस्थित रेडलाइट
एरियामा बेचिन पुगेकी लमजुङकी १४ वषर्ीया रमिला थापा -नाम परिवर्तन)
भन्छिन्, "कोठी मालिक्नीले अह्राए बमोजिम नमाने यातना खेप्नुपर्ने
भएकोले दिनमा जति ग्राहक आएपनि 'नाइँ' भन्न नसक्ने स्थिति हुन्छ ।"
कोठीमा बेचिएका नेपाली चेलीबेटीहरूले त बन्द कोठालाई
नै 'संसार' मान्नुपर्ने हुन्छ । अट्याच्ड ट्वाइलेट वाथरुम भएका कोठामा
राखिएका नेपाली चेलीबेटीहरूले भान्साका रूपमा पनि त्यही कोठालाई नै
प्रयोग गर्नुपर्ने हुन्छ । प्रत्येक कोठामा ४/५ युवती राखिएको हुन्छ
। युवतीकै सङ्ख्याका आधारमा एउटा कोठामा ४/५ खाट राखिएका छन् । ग्राहक
आएका बेला सबै खाटका बीचमा पर्दा लगाइन्छ, जसले 'क्याविन'को काम गर्छ
। अन्य समयमा पर्दा हटाइने गरिन्छ ।
धेरैजसो ग्रामीण युवायुवतीका लागि 'सपनाको शहर बर्म्बई'
घुम्ने, त्यहाँ काम गरेर कमाउने इच्छा हुन्छ । त्यही इच्छा भजाएर दलालहरू
सहजै युवतीहरूलाई बर्म्बई पुर्याएर बिक्री गरी भाग्न पनि सफल हुन्छन्
। कति चाहिँ झुक्किएर पुग्छन् । दर्ुबईमा डान्स रेस्टुराँमा काम गर्ने
आफन्तबाट पाएको आश्वासनमा काठमाडौँ स्वयम्भूबाट हिँडेकी शान्ति गुरुङ्ग
-नाम परिवर्तन) अहिले कोठीमा छिन् । दार्जीलिङ्ग घर भएकी विवाहित सपना
थापा -नाम परिवर्तन) आफ्नै अति मिल्ने साथीको सुनको व्यापार गर्दा
मनग्गे फाइदा हुने बहकाउमा लागी यहाँ आइपुगिन् ।
एकपटक यौन व्यवसायमा लागेका धेरैजसो युवतीहरू कोठीबाट
उद्धार गरिए पनि घर र्फकन मान्दैनन्, बरु कोठीमै बस्न तयार हुन्छन्
। २ असार २०६२ मा भिवण्डीबाट उद्धार गरिएकी एक युवतीले आफू घर नर्फकने
बरु कोठीमै मर्ने बताइन् -हे.तस्बिर) । यस्तै सोही दिन उद्धार गरिएका
१७ चेलीबेटीमध्ये कैलाली लम्कीकी १३ वषर्ीया पवित्रा थापा -नाम परिवर्तन)
पनि घर र्फकन मानिनन् । उनी भन्छिन्, "घर गएर के गर्नु, म जान्नँ
!"
महाराष्ट्र सरकारले वेश्यावृत्तिलाई लाइसेन्ससहित वैधानिकता
नदिए पनि व्यवहारमा वैधानिकता दिएको छ । '१८ वर्षनाघेकी महिलाले चार
पर्खाल भित्र स्वेच्छाले जे सुकै गर्न पाउने' छूट यहाँको सरकारले दिएकै
कारण यहाँ वेश्यावृत्ति मौलाएको हो । तर, बर्म्बईका प्रायः धेरैजसो
कोठीहरू नेपाली महिलाहरूद्वारा सञ्चालित छन् । स्थायी रूपमा बर्म्बईमा
बसोबास गर्दै आएका ती कोठी सञ्चालिकाहरूको राजनीतिक पहुँचका कारण प्रहरीले
सितिमिति 'हात' हाल्न सक्दैन । २५ वर्षन्दा लामो समयदेखि बर्म्बईको
कमाठीपुराको ११ नम्बर गल्लीमा कोठी सञ्चालन गर्दै आएकी विमला तामाङ
र १३ नम्बर गल्लीकी शिला तामाङको प्रहरी प्रशासन र बर्म्बईको राजनीतिमा
बलियो प्रभाव छ । विमला तामाङ त आफ्नो क्षेत्रकी 'डन' नै मानिन्छिन्
।
१३ वटा गल्ली रहेको कमाठीपुराको ११ नम्बर गल्लीका नीता
तामाङ, गौरी तामाङ, सरिता तामाङ र १३ नम्बर गल्लीका रेणु तामाङ, सरिता
तामाङ, मीरा लामा र गङ्गा लामा अरू चर्चित कोठी सञ्चालिकाहरू हुन्
। गल्ली नम्बर १३ को बायाँतिर ३३ र दायाँतिर २३ गरी ५६ वटा कोठी छन्
। ती सबै कोठी नेपाली महिलाहरूद्वारा नै सञ्चालनमा छन् ।
दीर्घराज उपाध्याय/कर्ण शाह,
बर्म्बई |