| रिपोर्ट -
माओवादी
तहसनहस 'रिङ' क्षेत्र

किरण पाण्डे |
| उपत्यका वरिपरिका डाँडामा माओवादीको यो चहलपहल
हृवात्तै घटेको छ । |
नुवाकोट जिल्ला जनसरकार
प्रमुख रजमान पाख्रिन र तामाङ मुक्ति मोर्चा रसुवा-नुवाकोटका सचिव
मानसिंह तमाङले २४ साउनमा माओवादी छाडेको वक्तव्य दिए । काभ्रे-रामेछाप
जनसरकार प्रमुख धावा लामा १८ जेठमा मारिए । रुद्र पाख्रिन, भरत ढुङ्गाना,
वैकुण्ठ पोखरेल 'शमसेर' जस्ता राजधानी वरिपरिका 'कमाण्डर'हरू पनि बचेनन्
। २०६१ जेठमा यस क्षेत्रका केन्द्रंीय सदस्य हितबहादुर तामाङ भारतमा
समातिएर जेलमा छन् । साँच्चिकै तहसनहस भएको छ माओवादीको 'रिङ' क्षेत्र
।
राजधानीलाई सके 'तहसनहस' पार्ने नसके 'कमजोर' बनाउने
उद्देश्यले माओवादीले बनाएको 'तामाङ स्वायत्त प्रदेश' आफैँ तहसनहस
भएको छ । नेतृत्व पलायन हुने र सुरक्षा कारबाहीमा मारिन थालेपछि यस
क्षेत्रका नेताहरू 'विचार नमिलेको' भनेर माओवादी छाड्न थालेका छन्
। भर्खरै संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल नुवाकोट जिल्ला -जनसरकार)
प्रमुख रजमान पाख्रिन 'समीप', तामाङ मुक्ति मोर्चा रसुवा-नुवाकोट सचिव
एवं माओवादी जिल्ला कमिटी सदस्य मानसिङ तामाङ 'शेरसिंह', जिल्ला कमिटी
सदस्य ऋषेश्वर भट्टर्राई 'र्सर्ूय', रामकृष्ण श्रेष्ठ 'शोषित' -जिम्मेवारी
सिन्धुपाल्चोक), बालकृष्ण थापा 'दीप' लगायत डेढ दर्जन नेताहरूले माओवादी
छाडेका छन् ।
नुवाकोटको विदुर नगरपालिका हर्ेर्ने जिम्मेवारी पाएका
ऋषेश्वर भट्टर्राई लाखौँ रुपैयाँ लिएर फरार भएको माओवादीको आरोप छ
। उनी १ असारमा भारत पुगेका थिए । उता 'महत्त्वपर्ूण्ा जिम्मेवारी
दिइएका' भनिएका धर्म अधिकारी 'जगदीश' र सरस्वती अधिकारीले डेढ वर्षघि
नै माओवादी छाडेका छन् । रजमान र मानसिंहले आफूहरूले 'नसकेर माओवादी
छाडेको' बताएका छन् । यस क्षेत्रका प्रभावशाली मानिने तामाङद्वयले
'के गर्न नसकेर' माओवादी छाडेका हुन् प्रस्ट पारेका छैनन् । आफ्नो
राजिनामाका बारेमा पाख्रिन भन्छन्, "भित्रको कुरा बाहिर ल्याउन
चाहन्नँ । मैले जहाँ कुरा राख्नुपर्ने हो राखेँ, जताततै भन्नुपर्दैन
। जसले थाहा पाउनुपर्ने हो उनीहरूलाई थाहा छ ।"
तर, माओवादीको उच्च स्रोतले भने पाख्रिन र तामाङको मामिलालाई
'पलायन' भनेको छ । स्रोतका भनाइमा, "उनीहरू सुरक्षा निकायसँग
कुरा मिलाएपछि राजधानी छिरेका हुन् ।" त्यो भनाइ सत्य हुनसक्ने
एउटा घटना पनि छ । ६ साउन दिउँसो १२.४५ बजे काठमाडौं-गोङ्गबुको होटल
गोरखा अगाडिबाट शाही नेपाली सैनिकको १ नम्बर बाहिनीले रजमानलाई गिरफ्तार
गरेको थियो । तर, उनलाई केही घण्टामै रिहा गरियो । माओवादीको यो तहको
नेता समातिना साथ छुट्नुको आन्तरिक कारण छ भनेर अनुमान गर्नु स्वाभाविकै
हुन्छ । रजमानले पनि आफूले माओवादी छाडेको 'थाहा हुनुपर्नेलाई भइसकेको'
बताए । तर, उनले माओवादी छाडेको आधिकारिक वक्तव्य चाहिँ २४ साउनमा
मात्रै बाहिर आएको छ ।
यस क्षेत्रका माओवादीहरू सङ्गठन छाडेर हिँडिरहेको देखिन्छ
। २०६० असारमा माओवादी केन्द्रीय सदस्य हितबहादुर तामाङ 'शम्शेर' र
सोनामको उपस्थितिमा नुवाकोटको क्षेत्र नम्बर २ को भद्रुटार आसपासमा
बसेको नुवाकोट जिल्ला कमिटीको बैठकले 'सुमन' लाई जिल्ला कमिटीबाट र
दोस्रो नम्बरमा रहेका धर्म अधिकारी 'जगदीश' लाई सेक्रेटरियट सदस्यबाट
हटायो । सुमनले आफ्नो जिम्मेवारी स्वीकार गरी तर्राईको जिल्लामा गए
भने 'जगदीश' भने सेक्रेटरी बन्नुपर्ने व्यक्तिलाई घटुवा गरेर नयाँ
पद सिर्जना गरी धादिङ पठाएको भन्दै बैठक सकिएपछि पार्टर्ीी फरक मत
दर्ता गरेर काठमाडौँ हिँडे । १४ साउन, २०६० मा माओवादी छाडेको घोषणा
गरे ।
माओवादी सूत्रका भनाइमा, हितबहादुर समातिएपछि तामाङ
स्वायत्त प्रदेश प्रमुख पद खाली छ । त्यसैगरी तामाङ स्वायत्त प्रदेश
अर्न्तर्गतको नुवाकोट, काभ्रे-रामेछाप जनसरकार प्रमुख पद पनि खाली
छ । पार्टर्ीीमोर्चा र सेनाका विभिन्न तहका मारिएका नेताहरूले सम्हालेको
पदहरू पर्ूर्ति हुन सकिरहेको छैनन् । साढे तीन दर्जन भन्दा माथि सङ्ख्यामा
जिल्ला कमिटी सदस्यहरू हुने यस क्षेत्रमा अहिले मुश्किलले डेढ दर्जन
सङ्ख्यामा जिल्ला सदस्यहरू छन् ।
योबिघ्न कार्यकर्ता पलायन हुनुको वास्तविक कारण सुरक्षा
कारबाहीमा मारिने क्रम बढ्नु नै हो । काभ्रे-रामेछाप जनसरकार प्रमुख
धावा लामा 'विश्वास' २०६२ जेठमा काभ्रेको भैसीगोठ भन्ने ठाउँमा मारिए
। अनेरास्ववियु -क्रान्तिकारी) नुवाकोट जिल्ला अध्यक्ष एवं माओवादी
जिल्ला कमिटी सदस्य रामप्रसाद पाठक 'रवि' लगायत रमेश लामिछाने 'विवेक',
नवीन पुडासैनी 'वसन्त' लगायतका नेताहरू पछिल्लो ६ महिनामा सुरक्षा
कारबाहीमा मारिए । दर्ुइ वर्षघि सरकार-माओवादी वार्ता चलिरहेको बेलामा
रामेछापको बेथानमा मारिएका बाबुराम लामा तामाङ समुदायमा लोकप्रिय थिए
। त्यसयता रुद्र पाख्रिन र वीरबहादुर मोक्तान -सचिवालय सदस्य मकवानपुर),
वीरबहादुर तामाङ -सचिवालय सदस्य रसुवा) पनि मारिएका छन् ।
२०६२ साउनको पहिलो साता मकवानपुर र धादिङको सीमा क्षेत्रमा
अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष किशोर बस्नेत, पार्टर्ीीजल्ला
सदस्य एवं एरिया इन्चार्ज सावित्री घिमिरे 'सामना', रामजी वाग्ले,
कमल बराल र कमल ढकाललगायतका व्यक्तिहरू मारिए । स्थानीय बासिन्दाको
'प्रतिकार' मा यी माओवादी मारिएका हुन् । तर, माओवादीले भने सो हत्याकाण्ड
सुरक्षाफौजको योजनामा सेना-प्रहरी र गाँजा तस्करको मिलेमतोमा भएको
भनेको छ । उपत्यका आसपासमा भएको योबिघ्न क्षतिलाई लिएर माओवादीभित्रै
विवाद शुरु भएको छ । रुद्र पाख्रिन, भरत ढुङ्गाना, वैकुण्ठ पोखरेल,
नवराज अधिकारी, रामप्रसाद पाठक, रमेश लामिछाने, नविन पुडासैनीको मृत्युका
बारेमा माओवादीले छानबिन गरिरहेको बताइन्छ । माओवादीहरूले यस क्षेत्रका
९ जिल्लालाई समेटेर १ माघ, २०६० मा सिन्धुली जिल्लामा कार्यक्रम गरेर
'तामाङ स्वायत्त प्रदेश' बनाएका थिए । यसमा नुवाकोट, रसुवा, धादिङ,
मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक
जिल्लाको अधिकांश भू-भाग पर्छ ।
माओवादी सङ्गठनलाई तहसनहस बनाउन सेनाले पनि नयाँ नीति
अवलम्बन गरेको बुझन्िछ । सैनिक सूत्रका भनाइमा, हिजो जस्तो आत्मर्समर्पण
गर्ने माओवादी कार्यकर्तालाई अब प्रेससामु उभ्याएर प्रस्तुत गरिने
छैन । आत्मर्समर्पण गर्न चाहने माओवादीहरू सुरक्षा निकायको विश्वासमा
बिना प्रचारप्रसार समाजमा आफ्नो काम गरेर बस्न सक्छन्, जसलाई आत्मर्समर्पण
नभनी 'विचार परिवर्तन' भनिएको छ । आत्मर्समर्पण भनेर पत्रकार सम्मेलन
गर्दा उनीहरूको स्वाभिमानमा चोट पुग्ने, माओवादीले हमला गर्नेलगायतका
खतरा हुने भएकोले 'विचार परिवर्तन' को नीति बनाइएको हो । रजमान प्रकरण
त्यसको एउटा उदाहरण हुनसक्छ । तर, योबिघ्न क्षति हुँदा पनि माओवादी
नेतृत्वको भनाइ छ, "गद्दारहरू बेलैमा आफ्नो बाटो लाग्नु उचित
हो, यसले हामीलाई कमजोर बनाउँदैन ।"
रामप्रसाद पुडासैनी
|