| रिपोर्ट -
माओवादी
कोल्टीमा हल्ला पिलीमा हमला

रामेश्वर बोहरा |
| माओवादीले आक्रमण गर्ने प्रचार गरेपछि १० साउनमा
बाजुराको कोल्टीमा उतारिएका सेना -माथि) र निर्माणाधीन कर्ण्ााली
राजमार्ग । |
साउन शुरुदेखि
नै माओवादीले बाजुराको कोल्टी वा सदरमुकाम मार्तडी आक्रमण गर्ने हल्ला
चलाएको थियो । यो हल्लापछि ती स्थानमा शाही सेनाको सुरक्षा बल थपियो
-हे. तस्बिर) भने सुदूरपश्चिमका अन्य जिल्ला सदरमुकामको सुरक्षा र्सतर्कता
बढाइयो । तर, माओवादीले सुदूरपश्चिममा पर्ने बाजुरामा नभई त्यसको छिमेकी
मध्यपश्चिमको कालीकोटमा कर्ण्ााली राजमार्ग बनाउन बसेको सेनामाथि हमला
गरेर ठूलो क्षति पुर्याए ।
माओवादी सूत्रका भनाइमा, पश्चिम डिभिजनले हतारमा छानेको
थियो पिलीको बेसक्याम्प जहाँ १२ दिनअघि मात्र सेना बस्न थालेको थियो
। हतियारले सुसज्जित भएपनि वरिपरि अग्ला डाँडा र तलतिर तिला नदीको
खोँचमा राखिएको क्याम्पको वरिपरि सामान्य डिफेन्स पोष्टहरू बनाइएका
थिए, बङ्करलगायतका सुरक्षित पोष्टहरू थिएनन् । वरिपरिका ठूलाठूला ढुङ्गामा
आड लिएर माओवादीले गरेको हमलाको प्रतिकार गर्न शाही सेनाका निम्ति
सजिलो आड थिएन । आक्रमणको नेतृत्व गरेका माओवादीको पश्चिम डिभिजन कमाण्डर
प्रभाकरका अनुसार, हमलाको स्थलगत योजना उपकमाण्डर 'विविध' ले बनाएका
थिए ।
एकवर्षता लगातार पराजय भोग्दै आएको माओवादीले यत्रो
भीषण हमला गर्लान् भन्ने अनुमान पक्कै थिएन, मध्यपश्चिमको शाही नेपाली
सेनालाई । बर्दियाको गणेशपुर, रुकुमको खारा र रुकुम-रोल्पाकै सीमाक्षेत्र
दलसिंहमा पाएको विजयसँगै सेनाले बर्दियाको रम्भापुरमा माओवादीलाई नराम्रोसँग
हराएको थियो ।
तर, २३ साउनमा कालीकोटको पिलीमा सेनाले भोगेको क्षतिले
विगतका सबैखाले आकलनलाई गलत सावित गरिदिएको छ र माओवादी समस्याको सैन्य
समाधान खोज्नेहरूलाई गतिलो जवाफ पनि दिएको छ । ६० जना सेना व्रि्रोहीको
नजरबन्दमा छन्, मारिने र बेपत्ता हुनेको सङ्ख्या जोड्दा सयको हाराहारी
हुन आउँछ, बाँकीले मुश्किलले ज्यान जोगाएका छन् । योभन्दा पनि ठूलो
क्षति उल्लेख्य मात्रामा आधुनिक हातहतियार व्रि्रोहीको हातमा परेको
छ । कतिपयका भनाइमा सेनाले यति ठूलो क्षति यसअघि व्यहोरेको थिएन ।

शरद के.सी |
| माओवादीका पश्चिम डिभिजन कमाण्डर 'प्रभाकर'
(भाषण गर्दै), डिभिजन प्रवक्ता 'सर्ुदर्शन' र पिली आक्रमणका स्थलगत
योजनाकार 'विविध' (दायाँबाट क्रमशः बसिरहेका) । |
पिलीबाट १ सय ५० वटा बमसहितको ८१ एमएम मोर्टर्ााएउटा,
५ हजार गोलीसहित एकनाल जीपीएमजी, २० नाल एलएमजी, २ व्यारेल टु इन्च
मोर्टर्ाार त्यसको बम दर्ुइ सय, ७० नाल इन्सास राइफल, ८० नाल एसएलआर,
२ नाल एसएमजीलगायतका विष्फोटक पदार्थ कब्जामा लिएको माओवादीले जनाएको
छ ।
माओवादी आक्रमणसँगै कर्ण्ााली राजमार्गको भविष्य अन्योलमा
परेको छ । सेनाले निर्माण कार्यलाई निरन्तरता दिने बताए पनि पाइलैपिच्छे
माओवादी अवरोधको सामना गर्नर्ुपर्छ । १३२ किलोमिटर खण्डमा सडक निर्माण
गर्ने जिम्मा लिएको चिनियाँ कम्पनी माओवादी असुरक्षा देखेर ११२ किलोमिटरबाट
अघि बढेन । त्यसैले १३२ किमिबाट जिम्मा लिए पनि सेनाले ११२ किमिबाटैै
काम थालेको छ । जुम्लातर्फो ३२ किलोमिटर खण्ड भने स्थानीय समुदायहरूले
बनाइरहेका छन् । सेनाको जिम्मामा रहेको खण्ड सबैभन्दा अप्ठ्यारो खण्ड
मानिन्छ । हमलापछि कर्ण्ााली अञ्चलमा मोटरबाटो बन्ला भन्ने आशा कर्ण्ाालीबासीले
छाड्दै गएका छन् । मुगु जिल्ला विकास समितिका पर्ूव सभापति मोहन बानियाँ
भन्छन् "एउटै आशा सेनाले बनाउला भन्नेथियो, अब त्यो पनि बाँकी
रहेन ।"
रामेश्वर बोहरा, नेपालगन्जमा
|