| रमझम

अठार वषर्ीया उपासना छरिती, सुकुमारी
लाग्छिन् । दार्जीलिङबाट र्भर्खरै बाह्र्र कक्षा उत्त्ार्ीण्ा उपासनाको
रुचिभित्र पर्छन् नृत्य र कुकिङ । र्भर्खरै न्यू किङफिसर बियरको विज्ञापनमा
अभिनय गरेकी यी नवमोडल करिअर चाहिँ फेशन डिजाइनिङमा बनाउन चाहन्छिन्
। किन त - उनको निश्छल जवाफ छ, "म त नक्कली छु नि ।" जेनिफर
लोपेज, नेली उनका प्रिय गायक-गायिका हुन् भने हिपहप मनपर्ने शैली ।
कस्तो गुण भएको व्यक्तिलाई आदर्श पुरुष मान्नुहुन्छ - छोटो जवाफमा
उनी भन्छिन्, "स्नेही व्यक्तित्व ।
मोडल: उपासना बज्राचार्य
तस्बिरः अनुपप्रकाश
स्थानः होटल याक एण्ड यति
मोडल स्रोतः डि्रम्स् अनलिमिटेड मिडिया एण्ड इन्टरटेनमेन्ट
कला
चित्रमा चरैचरा



तस्बिरहरू किरण पाण्डे
|
| हेम पौडेल (माथि) र हीरा डङ्गोल । |
चित्रकार हेम
पौडेलले चराहरूका बारेमा बयान गर्न थालेपछि कुनै चरा विशेषज्ञको प्रवचन
सुनिरहेको भान पर्न सक्छ । "यो पाँच फिट अग्लो हुन्छ, यो ४८ इन्च
। यो ब्ल्याक नेक्ड स्टेट..., यो हिउँको आसपासमा बस्छ..., यो सारस
र यो चखेवा-चखेवी... ।" अझै रोकिएनन् हेम, आफूले बनाएका चराका
चित्र औँल्याउँदै गए, "यो कोशीमा पाइन्छ, यो बर्दियामा । यिनीहरू
त यहीँ उपत्यकामै आइपुग्छन् । जलकौवाले हम्मेसी पखेटा झार्दैन... चखेवा-चखेवी
सक्दो छुट्टँिदैनन्... ।"
हुन पनि खुला आकाशमा विचरण गर्ने चराहरूलाई धर्तीमा
बसेर हेम पौडेलले पछ्याउन थालेको साढे चार दशक बितिसक्यो । तर न शिकार
गर्न हो, न वैज्ञानिक अध्ययन-अनुसन्धान गर्न नै । चित्रमा दुरुस्त
उतार्न हेम चराहरूलाई ठम्याउने अभियानमा लागेका हुन् । सानैदेखि चित्र
कोर्न रुचि राख्थे उनी । २०१५ सालतिर काठमाडौँ-त्रिपुरेश्वरस्थित घरेलु
उद्योग कार्यालयमा औपचारिक तालिम थालेपछि चित्रकार बन्ने विशेष लगाव
जागेको उनी बताउँछन् ।
तालिमकै सिलसिलामा भेटिएका थिए, हीरालाल डङ्गोल र हेम
। त्यहीँबाट दर्ुइ जनाको सहकार्य/ सहयात्रा शुरु भयो । कालान्तरमा
यो जोडी कुशल 'चरा चित्रकार'का रूपमा स्थापित बन्यो । कलामा अहोरात्र
साधनाकै प्रतिफल हो- अहिले हीरा-हेम नै नेपालका अगुवा चरा चित्रकारमा
गनिन्छन् । हुन पनि उनीहरूले चित्रमा उतारेका चराहरू अहिले नै भर्ुर्रुर
उड्लान् जस्ता लाग्छन्् ।
हीरा-हेमले नेपालका प्रख्यात चित्रकार लैनसिंह बाङ्देलको
मातहतमा रही राजकीय प्रज्ञा-प्रतिष्ठानमा समेत सिके, काम गरे । नेपाली
चराहरूका बारेमा अनुसन्धान गरिरहेका अमेरिकी नागरिक र्रवर्ट एल फ्लेमिङसँग
बाङ्देलले सन् ७० को दशकको शुरुमा उनीहरूको सर्म्पर्क गराइदिए । फ्लेमिङ
चरा-सङ्ग्रह गर्थे, हीरा-हेम तिनलाई चित्रमा उतार्थे । त्यसपछि नेपालमा
रहेका अधिकांश पक्षीको चित्र-सङ्ग्रहको प्रकाशन भयो, र्'बर्डस् अफ
नेपाल' । यसरी हेम-हीरा पक्षी चित्रकारितामा समर्पित भएका हुन् । "लेन्सयुक्त
बन्दुक थियो, निशाना फरकै नपर्ने । आकाशमा उडिरहेका चरा पनि खसाल्थे,"
फ्लेमिङले चरा सङ्कलन गर्न अपनाएको विधि सम्झिँदै हीरा भन्छन्, "नभेटिएका
केही चराहरू चाहिँ क्षेत्रपाटीका हरिशरण नेपालीसँग मागेका थिए । अमेरिका
फर्किँदा आफ्नो सबै सङ्कलन राष्ट्रिय सङ्ग्रहालयमा दिएर गए ।"
उनीहरूका चित्र हर्ेदा जिज्ञासा उठ्छ- प्वाँख, नङ्ग्रा,
जुरो आदिको रंग र लम्बाइ, चराको बसाइ एवं अवस्थिति सबै दुरुस्तै उतारिएको
होला त - हेम भन्छन्, "प्रकृतिको स्वरुप बिगार्ने कुरै हुन्न
। जे-जस्तो छ, बनाउने नै त्यही हो ।" कहिलेकाहीँ उनीहरू चराचुरुङ्गी
हर्ेन भनेरै काठमाडौँबाट बाहिरिन्छन् । कामविशेषले कतै गएको बेला पनि
ध्यान र नजर चराचुरुङ्गीमै हुन्छ । "यो मुक्तिनाथ जाँदा कागबेनी
उक्लेपछिको बाटो हो । हाम्रो अघिअघि थिए यी च्याखुराहरू," २०५७
सालको यात्रादृश्य उतारिएको चित्र औँल्याउँदै हेमले थपे, "हिमाली
भेगमा पाइने यो महाचील -गोल्डेन इगल) ले त भेडा-बाख्राका पाठापाठी
समेत उचालेर उड्नसक्छ ।"
हेम घरमै तेल रंगका चित्र बनाउँछन् । बेलाबखत तिनको
पर््रदर्शनी गर्छन् । पानी चित्र बनाउने हीराले भने बिक्रीका लागि
आफ्ना सिर्जनाहरू सोल्टी होटलको गेटैमा रहेको आफ्नो 'डंगोल आर्ट ग्यालेरी'
मा झुण्ड्याएका छन् । ४ सयदेखि ६० हजार रुपैयाँसम्मका चित्रहरू छन्
त्यहाँ । उनले आफ्ना तीन छोरी र एक छोरालाई समेत चित्रकला सिकाएका
छन् । छोरीहरू पनि उनीजस्तै चराहरूको चित्र बनाउन रुचाउँछन् । छोराले
भने प्रायः प्राकृतिक, सामाजिक दृश्यलाई चित्रमा उतार्छन् ।
कलाप्रतिको र्समर्पणले जागिरमा स्थिर हुन नसकेका हेम
पौडेलमा चित्रकारिता गर्दागर्दै पन्छीप्रति स्नेह र ममता पनि असाध्यै
बाक्लिएको छ । उनको चिन्ता छ, "शहरीकरण र बढ्दो जनघनत्वले गर्दा
चराचुरुङ्गीहरू लोप हुने सम्भावना बढेको छ । अण्डा पार्न, गुँड बनाउन
पनि छोड्दैछन् ।"
पन्छीलाई जीवनको अभिन्न अङ्ग बनाएका चरा चित्रकारिताका
अगुवा जोडीको अनवरत लगनको प्रशंसा गर्दै अग्रज चित्रकार हर्रि्रसाद
शर्मा भन्छन्, "विचलित नभई कलामा उहाँहरू दिनरात खट्नु भएको छ
। त्यो निकै ठूलो प्रतिबद्धता हो ।"
•
शरद के.सी.
सङ्गीत
भीड छिचोल्दै वेभ सङ्गीत यात्रा
२२ साउनमा
धरानमा आयोजित सङ्गीत कर्न्र्सट 'वेभ टुर २००५' मा देशका चर्चित साङ्गीतिक
व्याण्डहरू एकसाथ प्रस्तुत भए । कर्न्र्सटमा नेपाल र नेपालीबारे गाइएका
गीत सुन्नासाथ दर्शकहरूले राष्ट्रिय झण्डा फर्फाउँदै कलाकारहरूलाई
साथ दिएका थिए ।
वेभ मासिक पत्रिकाको एघारौँ वाषिर्कोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा
१९९७ एडी, रविन एण्ड न्यू रिभोलुशन, निर्ण्र्ाादा'एनएसके, अग्लिज व्याण्डसँगै
प्राश्ना शाक्य र प्रकाश पौडेलले आ-आफ्नो कला र गला प्रस्तुत गरेका
थिए । वेभ पत्रिकाले जुटाएको यो जमघटलाई प्रत्यक्ष हर्ेन पर्ूव झापादेखि
धरान-पश्चिम सिरहा, धनुषासम्मका युवा-सङ्गीतप्रेमीहरूको भीड लागेको
थियो ।
कार्यक्रममा १९७४ एडी समूहले 'यो मन त मेरो नेपाली
हो', 'गुराँसै फुल्यो वनैमा', 'पिँजडाको सुगा' लगायतका आधा दर्जन गीत
गाएको थियो । रविन एण्ड न्यु रिभोलुसनले 'नेपाल...', 'भूलमा भुल्यो',
'कल्पना..., केटाकेटी..., दश हजार मान्छे' लगायतका गीतमा आफूलाई व्यक्त
गर्यो भने निर्ण्र्ाादा' एनएसकेले 'म नेपाली, यो गाउँले जीवन' र अग्लिज
व्याण्डका सरुनले 'त्रि्रो न्यानो अँगालोको ..., माया माया' सुनाए
। प्राश्ना शाक्यले निर्ण्र्ााश्रेष्ठलाई साथ दिँदै आफ्नो चर्चित गीत
'आवाज देऊ' प्रस्तुत गरेकी थिइन् । धरानबासी रुन्चे गायक प्रकाश पौडेलले
'घाँस काट्ने खर्ुर्केर' बाट पृथक् स्वादको मनोरञ्जन दिएका थिए ।
पब्लिक हाइस्कुल धरानको मैदानमा आयोजित सो कर्न्र्सट
विविधता र सहभागिताका हिसाबले निकै मनोरञ्जक थियो भने मञ्चमै पानीको
बोतल र ढुङ्गा हान्ने केही दर्शकको 'अति उत्साह' का कारण केही तनावपर्ूण्ा
। अमर्यादित दर्शकबाट गायक र फोटोग्राफरहरूसमेत प्रताडित बने । एक
दर्शकको टाउको नै फुट्यो । पर्खाल नाघेर कार्यक्रमस्थलमा पसेका, पसाइएका
दर्शकहरूको सङ्ख्या पनि उल्लेख्य थियो । उत्तिकै अप्ठ्यारोमा देखिन्थे
मञ्चको सुरक्षार्थ खटिएका प्रहरी र स्वयंसेवक । धरानका किशोरकिशोरी
र युवतीमाझ लोकप्रिय अग्लिज व्याण्डले गीत प्रस्तुत गर्नासाथ व्याण्ड
सदस्यहरूलाई कार्यक्रमस्थलबाट अन्यत्र लैजानुपरेको थियो ।
पर्ूर्वेली युवा पुस्तामा वेभ पत्रिका र सङ्गीतप्रतिको
'आक्रामक मोह' देखेर वेभका सम्पादक कशिसदास श्रेष्ठ उत्साहित देखिन्थे
। उनी भन्दैथिए, "हामीले वेभ टुरका लागि एकदमै सही ठाउँ रोजेछौँ
। यहाँका युवाहरूको साङ्गीतिक क्रेज अरू ठाउँभन्दा बढी नै पाइयो ।"
१९७४ एडीका गायक एडि्रनले समूहको पहिलो लाइभ कर्न्र्सट धरानमै भएको
सम्झना गरे भने गायक रविनले धरानको साङ्गीतिक उत्साहले फेरि फेरि आउन
लोभ्याएको बताए ।
•
डम्बरकृष्ण श्रेष्ठ
प्रतिभा
सम्भावनायुक्त सौगात

किरण पाण्डे
|
नेपाली रङ्गमञ्चको
पछिल्लो दृश्यपटमा उल्लेख्य नाम हो सौगात मल्ल । दर्ुइ वर्षता निकै
प्रशंसित नाटक 'अग्निको कथा' मा आगो खाने झाँक्री, 'जात सोध्नु जोगीको'मा
उट्पट्याङ गर्ने सन्काहा दादा अनि 'बाघःभैरव' मा बाघकै प्रभावशाली
चरित्र - सबैमा सौगातले अभिनयको उदाहरणीय नमुना प्रस्तुत गरेका छन्
। फरक-फरक भूमिकामा पनि उत्तिकै सहज र सशक्त देखिँदै आएका सौगात भन्छन्,
"कलाकारको ठूलो सम्पत्ति भन्नु नै आवाज र शारीरिक प्रस्तुति हो
। म यी कुरा नाटकको चरित्रमा कसरी समाहित गर्ने भनेर सधैँ चिन्तित
हुन्छु । शायद त्यसैले होला परिणाम राम्रो आएको ।"
राजधानीको गुरुकुल स्कुल अफ थिएटरमा नियमित अभिनय-
नवलपरासीका छब्बीस वषर्ीय तन्नेरी सौगातको अहिलेको अध्यवसाय हो । यसअघि
त्यहीँ उनले दर्ुइ वर्षम्म रङ्गमञ्चसम्बन्धी अध्ययन गरेका थिए । सम्भावनाका
ढोकाहरू भने राष्ट्रिय नाटक महोत्सव-२०५७ मा मञ्चित 'सोरठी' बाटै खुलेको
हो । वीरेन्द्र हमालद्वारा निर्देशित सो नाटकमा सौगातले माझीको भूमिकामा
राम्रै छाप छोडेका थिए । 'सोरठी' पछि हमालकै 'अमर्ूत' र 'भृकुटी' मा
उनले काम गरे । २०५७ सालमा 'जात सोध्नु जोगीको' को वमे चरित्रका लागि
निर्देशक अनुप बरालले वीरेन्द्र हमाललाई छानेका थिए । हमालले भ्याएनन्
र उनले सौगातलाई अघि सारे । शुरुमा नपत्याइएका सौगातले पहिलो सहभागितामै
अनुप र आयोजक संस्था आरोहणका सुनिल पोखरेलको मन जिते । त्यसपछि उनी
गुरुकुलको प्रशिक्षणका निम्ति छानिए जहाँ उनले 'आरूका फूलका सपनाहरू',
'खुमा', चिहान' जस्ता नाटकमा समेत आफ्नो प्रतिभा तिखार्ने मौका पाए
। सौगात भन्छन्, "जात सोध्नु जोगीकोको वमे चरित्र मेरा लागि खुबै
फाप्यो । पाँच वर्षछि हालै यही चरित्रमा उत्रिँदा बेजोड आनन्द लाग्यो
।"
अभिनय गर्दा संवाद-सम्प्रेषण, शारीरिक लचकता र नियन्त्रण,
अन्य कलाकारसँगको सहकार्यको कुशल संयोजन- थोरै रङ्गकर्मीमा पाइने विशेषता
हुन् । यी सबैमा दक्ष देखिन्छन् सौगात । सुगठित शरीर उनको अतिरिक्त
गुण हो । यसका लागि उनले नृत्य, कराँते र योगको समेत प्रशिक्षण लिएका
छन् । भन्छन्, "अझ धेरै कुरा सिक्न त बाँकी नै छ ।" यिनै
संभावनायुक्त कलाकार केही दिनमै छायाङ्कन आरम्भ हुने, आकाश अधिकारीको
चलचित्र 'क्रोध' मा मुख्य 'निगेटिभ रोल' मा चयन भएका छन् । फर्ुसदमा
रामगोपाल बर्माको फिल्म हर्ेर्ने र अल्वेयर कामु, विजय तेन्दुलकरका
कृति पढ्न रुचाउने सौगात भोलिका दिनबारे भन्छन्, "फाट्टफुट्ट
अन्यत्र लागे पनि मेरो रोजाइको क्षेत्र नाटक नै हो । त्यसैले पहिलो
प्राथमिकता नाटकलाई ।
•
कृष्ण शाह यात्री
चलचित्र
परिकार भए पारखी छन्

'कव होई...' को एक दृश्य
|
नेपाली फिल्म-उद्योगमा
कला र प्रविधिको राम्रो ज्ञान भएका निर्देशक मानिन्छन् किशोर राना
। पहिलो सिनेमास्कोप फिल्म 'राँको' बनाउने प्रसङ्गमा होस् या ऐतिहासिक
विषयमा निर्मित 'सीमारेखा' को मनोरम प्रस्तुति- निर्देशक राना सबैतिर
सफल देखिए । राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत 'बन्धकी' र भोजपुरी
फिल्म 'कव होई मिलनवा हमार' बाट उनी फेरि चर्चामा छन् ।
अधिकांश नेपाली फिल्मलाई लगानी उठाउन धौधौ परिरहेको
बेला करीब रु. ६० लाखको लगानीमा 'कव होइ...' बनाए निर्देशक राना र
निर्माता शक्ति पंडितले । र, फिल्मले भोजपुरीभाषी क्षेत्रका मात्र
नभएर अन्यत्र, अझ राजधानीबासीहरूलाई समेत राम्रैसँग तान्यो । यस्तो
होला भन्ने पर्ूवानुमान थियो त - दुवै भन्छन्, "थिएन । तर फिल्मव्यापारमा
तर्राईका दर्शकलाई समेत समेट्नर्ुपर्छ भन्ने हाम्रो ध्येय थियो । नेपाली
निर्देशक, निर्माताहरूका लागि यता पनि बाटो छ है भनेर हामीले बताएका
छौँ ।"

निर्देशक किशोर राना । |
सिनेमा कला र व्यापार दुवै हो । यसमा लगानी गर्दा सुरक्षित
बजार पनि हेरिन्छ । भारतका बिहार र उत्तरप्रदेशको बजारलाई समेत विचार
गरी रविकिशन, विजय खरे, श्रद्धा शर्माजस्ता उतैका कलाकारलाई समेत फिल्ममा
समेटिएको छ । अनि निरुता सिंह, मिथिला शर्माको अव्वल अभिनयसँगै द्वन्द्व,
नृत्य, छायाङ्कनलगायतका क्षेत्रमा नेपाली प्राविधिकले देखाएको कौशलले
निर्देशक रानालाई राम्ररी साथ दिएको छ । राजधानी बाहिर र सीमा क्षेत्रका
दश सिने-हबहरूमा फिल्मले ५१ दिने सफलता हासिल गरिसकेको जानकारी दिँदै
निर्माता पंडित भन्छन्, "पचास प्रतिशत लगानी उठिसक्यो । चाँडै
किशोरजीकै निर्देशनमा अर्को भोजपुरी फिल्म बनाउने तयारीमा छु ।"
चलचित्र महोत्सवमा उत्कृष्ट दश अवार्ड हात पारेको 'बन्धकी'
ले पनि निर्देशक रानाको उँचाइ बढाएको छ । फिल्ममा उनले दिलीप रायमाझी,
निरुता सिंह, गीता शाही, वीरेन श्रेष्ठ, प्रेमदीप गिरी आदिबाट किशोरले
राम्रै काम लिएका छन् । रानाका अनुसार, निर्माता डाक्टरसिंह गुरुङले
'सीमारेखा' धेरैपल्ट हेरेका रहेछन् । उनले त्यस्तै फिल्म बनाउने प्रस्ताव
राखे र ग्रामीण परिवेशको 'बन्धकी' तयार भयो । 'बन्धकी'को प्रायः सबै
छायाङ्कन सर्ुर्खेत उपत्यकामा भएको थियो ।
खुदा गवाह, बुलन्दी लगायत दर्ुइ दर्जन हिन्दी फिल्ममा
सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका रानाले करोडपति, घुम्टो,
उपहार लगायत एक दर्जन नेपाली फिल्मको निर्देशन गरिसकेका छन् । मुर्म्बईमा
क्ल्यापरव्याईका रूपमा फिल्मी क्षेत्रमा छिरेका थिए उनी । सङ्र्घष्ापर्ूण्ा
विगत सम्झँदै उनी भन्छन्, "आजको मेरो पहिचान मेहनत र अठोटको प्रतिफल
हो । म कर्ममा विश्वास गर्छर्ुु काममा सकभर सम्झौता गर्दिनँ । तर मनले
खाएको नेपाली फिल्म बनाउने धोको अझै पूरा भएको छैन ।
•
यात्री
संस्कृति
दुलही डामेर शुरु हुन्छ
मिथिलाको मधुमास

डाम्ने तयारी । |

डामिँदाको चित्कार । |
"विधकरी
(विधि सिकाउने महिला) ले पानको पातले आँखा छोपिदिएपछि अब आगोले डाम्छन्
भनेर मुटु कामिरहृयो । गोडामा एक्कासि डामिएपछि म बेस्सरी कराएँ र
उप्रिएँ । अघिल्तिरका पूजाका सबै सामान छरपष्ट भए । पूजा हर्ेन आएका
महिलाहरूलाई समेत चोटपटक लाग्यो । आफ्नो त लुगाफाटोको समेत ठेगान रहेन",
गत वर्षात्र पोलाइको पीडा भोगेकी जनकपुर-९ गुडियाटोलकी सरस्वती कर्ण्र्ााे
अनुभव हो यो ।
दर्ुइ वर्षघि यस्तै पीडा भोगेकी थिइन् जनकपुर-९ की
श्वेता दासले । बल्दो बत्तीले डामिनुपर्दा उनलाई असाध्यै पोलेको थियो
। उनले एकसातासम्म ओछ्यान छोड्नै सकिनन् । त्यतिखेर घुँडा र गोडामा
फोका उठेर बस्न र हिँड्न निकै अप्ठ्यारो भएको उनी बताउँछिन् ।
मिथिला क्षेत्रका नवविवाहित महिलाहरूले हरेक वर्षो
नागपञ्चमीबाट शुरु भई पन्ध्र दिनपछि सकिने मधुश्रावणी पर्व मनाउँछन्
। पर्वको अन्तिम दिनमा धागोको सलेदोको बत्तीले बेहुलीका नाङ्गा घुँडा
तथा गोडामा डाम्ने चलन छ, जसलाई 'टेमी' भन्ने गरिन्छ । बिहे भएको पहिलो
वर्षा पर्ने साउन महिनाको मधुश्रावणी पर्वमा टेमी दिँदा हुने पीडाले
नवविवाहित दुलहीको सौभाग्य बढ्ने र पत्रि्रेम तथा निष्ठाको परीक्षा
हुने लोकोक्ति रहेको बताउँछन् संस्कृतिविद् डा. राजेन्द्रप्रसाद विमल
। उनका अनुसार, मिथिलाञ्चलका कायस्थ र ब्राहृमण समुदायमा मनाइने यो
पर्वमा टेमी दिएपछि बेहुलीको घुँडा तथा गोडामा जति ठूलो फोका उठ्यो,
उति नै लोग्नेको दर्ीघायु हुने विश्वास रहेको छ । टेमीको चलन जनकपुत्री
सीताको अग्निपरीक्षाको अवशेषका रूपमा रहेको पनि उनी बताउँछन् ।
मधुश्रावणीमा विषहरा र्सप, नाग, शिव-गौरी लगायतका विभिन्न
दश देवीदेवताको पूजा गरिन्छ । रामपत्नी सीता आफ्ना सहेलीहरूसँग फूल
टिप्न बगैँचा गएको क्षणको सम्झना गर्दै नवदुलहीहरू साथीसङ्गीका साथ
वनबगैँचा जान्छन् र त्यहाँबाट ल्याएको फूलपातले पूजा गर्छन् । टेमी
दिने समयमा लोग्नेले पानको पातले आँखा छोपिदिने र विधकरीले घुँडा तथा
गोडामा घिउ लेपन गरी सलेदोको बत्ती लिएर डाम्ने गर्छन् । कायस्थ समाजमा
चाहिँ आँखा छोप्ने तथा टेमी दिने काम फुपू वा दिदीले गर्छन् । डामेको
ठाउँमा तत्काल फोका नउठोस् भनेर चन्दनको लेप लगाइन्छ ।
नवयुवतीहरू भने टेमी दिँदा हुने पीडाको पर्ूवानुमानबाटै
त्रसित छन् । यो पद्धत्रि्रति नवयुवतीहरूको सोचाइ नकारात्मक समेत बन्दै
गएको छ । "आगोले डामिँदा पत्रि्रेम तथा निष्ठा बढ्ने अन्धविश्वास
त्याग्नर्ुपर्छ । यो त यातना हो," स्नातक तह दोस्रो वर्षी छात्रा
गुडिया भन्छिन्, "प्रेमपरीक्षा त हुँदै होइन यो । त्यसैले मधुश्रावणीमा
टेमीको चलन नभइदिएको राम्रोे ।"
मधुश्रावणीलाई टेमीरहित परम्परामा परिणत गर्दा कस्तो
होला - डा. विमल भन्छन्, "प्रेम जाँच्ने तरिका अरू पनि हुन सक्छन्
। तर टेमी प्रतिबद्धता हो भने यसको रुपान्तरण गर्न सकिन्छ ।"
बीस वर्षघिको टेमी परम्परा तथा अहिलेको चलनमा धेरै परिवर्तन आइसकेको
अनुभव सुनाउँदै उनी भन्छन्, "अब शीतल टेमी अर्थात् ठूलो डाम नहोस्
भनेर बत्तीको आगो निभाएर टेमी दिइन्छ ।" तर शीतल टेमीले शिक्षित,
शहरिया वर्गमा मात्र ठाउँ पाएको छ । मिथिलाका परम्परावादी कट्टर परिवार
तथा ग्रामीण भेगमा भने अहिलेसम्म पुरानै परम्परा कायम छ । ग्रामीण
भेगमा टेमी दिँदा साताभरि ओछ्यान छोड्नै नसक्ने गरी डामिन्छ । ठूलो
फोका उठेन वा डाम बसेन भने चरित्रमाथि शङ्का गर्ने गरिन्छ ।
मधुश्रावणी पर्वको पन्ध्रदिनसम्म शिव-गौरीको दाम्पत्यजीवन,
नागविषहराको प्राचीन कथा तथा शिवलीलाका अनेकौँ लोककथा नवदुलहीहरूलाई
सुनाइन्छ । यस्ता कथाका कारण लोग्ने नै सबैथोक हो भन्ने धारणा दरिलो
भएर दुलहीहरू स्वयम् डामिन तत्पर हुने बताउँछिन् जनकपुर-सरस्वतीटोलकै
उमादेवी झा । श्रीमान्को चिरायुका लागि पीडा सहँदा सहँदै पनि आनन्दको
अनुभूति हुने गरेको उनको बुझाइ छ । संस्कृतिविद् डा. आशा सिंह समयअनुसार
प्रचलनमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताउँदै भन्छिन्, "मधुश्रावणीलाई
एक दिनको कार्यक्रममा सीमित पार्नु बढी व्यावहारिक हुन्छ ।
•
विजेता चौधरी
|