| राविन
साय् मि |
 |
मुहूर्त

भनेको/सुनेको
"राजाको जकार्ता वा दोहा भ्रमणले खासै मद्दत
गरेको देखिएन । त्यसैले संयुक्त राष्ट्रसंघको महासभामा हुने सम्बोधनबाट
कुनै सकारात्मक 'वेभ' सरकारका निम्ति आउलाजस्तो मलाई लाग्दैन ।"
मुरारीराज शर्मा,
राष्ट्रसंंघ सल्लाहकार समिति सदस्य
नेपाल साप्ताहिक, ३० साउन
अङ्क
र अर्थ
५.३%
नेपालको राजनीतिक स्थिरता १०० मा ५.३% मात्र छ । विश्व ब्याङ्कले २०९
मुलुकमा गरेको अध्ययन अनुसार राजनीतिक स्थिरताका हिसाबले नेपाल १९८
औँ स्थानमा पर्दछ । नेपालभन्दा मुनी हाइटी, इराक, सुडान, नाइजेरिया,
बुरुण्डी, सोमालिया जस्ता अतिद्वन्द्वग्रस्त मुलुकहरू पर्दछन् ।
४३/७५ जना
२३ साउनमा कालीकोटको पिलीमा मारिएका -४३ जना) र वेपत्ता भएका -७५ जना)
सिपाहीको सङ्ख्या । माओवादीले आफूसँग ५० सिपाही बन्धक रहेको दावी गरेको
छ । त्यहाँ आफ्ना २६ जना लडाकु मारिएको माओवादीले बताएको छ ।
हिँड्दा-हिँड्दै

किरण पाण्डे |
आठपटक सरकार प्रमुख भइसक्नुभएका र्सर्ूयबहादुर
थापा दल र दरबारबीच सम्वाद हुने कुरामा आशावादी हुनुहुन्छ ।
राजासँग कुराकानी
गर्न हेलिकोप्टर नै चार्र्टर्ड गरेर धनकुटा जानु भएछ नि ?
मान्यजनलाई आफ्नो गृहजिल्लामा जाँदाखेरि स्वागत गर्नु म आफ्नो शिष्टाचार
र संस्कारको कुरा ठान्दछु । त्यही सम्मान जनाउन म गएको हुँ । सौभाग्यवश
कुनै सज्जनले मलाई हेलिकोप्टरको व्यवस्था गरिदिनुभयो । त्यसका लागि
उहाँप्रति आभारी छु ।
धनकुटामा महाराजाधिराजको
गाडी पनि चढ्नुभयो हैन ?
हेलिप्याडबाट कार्यक्रमस्थल पुग्ने र फेरि हेलिप्याडसम्म फर्किने समयमा
श्री ५ बाट निगाहपर्ूवक मलाई आफूसँगै गाडीमा चढ्ने सुअवसर बक्स्यो,
त्यो श्री ५ को महानता हो जसका लागि म कृतज्ञ छु ।
श्री ५ सँग लामै
कुराकानी भयो ?
हेलिप्याडमा सरकार उत्रिबक्सेपछि पहिले त केही शिष्टाचारका कुरा भए
। साथै श्री ५ बाट संक्षेपमा राजनीतिका कुरा पनि गरिबक्स्यो । कुराकानी
५/६ मिनेटको मात्र थियो ।
तपाईंले के भन्नुभयो
?
सरकारबाटै मलाई केही कुरा हुकुमभयो । तर मैले चाहिँ त्यहाँ उभिईउभिई
समय लिने धृष्टता गरिनँ ।
त्यसोभए मौसूफबाट
केही पनि हुकुम भएन त ?
शिष्टाचारका साथै राजनीतिक विषयमा पनि केही अभिव्यक्ति भयो ।
दल र दरबारबीच संवादको
सङ्केत पाउनुभयो कि ?
संवाद हुने कुरामा म सधैँ आशावादी छु ।
गिरिजाबाबुसँग भेटेको
लगत्तै श्री ५ सँगको तपाईंको भेटलाई कसरी लिने ?
गिरिजाबाबुसँग भेट्दा श्री ५ धनकुटा सवारी हुने मलाई जानकारी थिएन
। त्यसकारण यो एउटा संयोग मात्र हो ।
|