| जनता
स्वतन्त्रताका पहरेदार

मीन बज्राचार्य |
"जनताको सुसूचित
हुने हकलाई व्यापक असर पर्ने हुँदा यो मुद्दाको टुङ्गो नलागेसम्म इजाजत-पत्र
रद्द गर्ने काम नगर्नू", सर्वोच्च अदालतका न्यायाधीश अनुपराज
शर्माको इजलाशले २६ साउनमा गरेको एक वाक्यको यो आदेश नेपालका स्वतन्त्र
प्रसारण संस्थाहरूका लागि सञ्जीवनी सावित भएको छ । समाचार बजाएकै कारण
बन्द गर्न सकिनेे धम्की पाएको नेपाल एफएमका पक्षमा सर्वोच्चको आदेश
आउनासाथ १९ माघपछि गीत-सङ्गीतमा खुम्चिएका एफएम रेडियोहरूले टाउको
उठाए र समाचार प्रसारण गर्नथाले । यस अर्थमा शर्माको इजलाशले दिएको
आदेशले प्रसारण माध्यममा पत्रकारिताको पर्ुनर्जन्म मात्रै गराएको छैन,
आवश्यक पर्दा नेपालको सर्वोच्च अदालत नागरिक स्वतन्त्रताका पक्षमा
बलियोसँग उभिन्छ भन्ने पनि देखाएको छ ।
कानून व्यवसायीहरूमाझ शर्माकोे स्वच्छ छविको खुलेर प्रशंसा
गरिन्छ । पेशामा तीन दशकसम्म उनीसँगै बिताएका वकिलहरूका भनाइमा, सर्वोच्च
अदालतको न्यायाधीशका रूपमा प्रतिमहिना शर्माले जति सुविधा पाउँछन्,
हिजो त्योभन्दा बढी कर तिर्ने हैसियतका वकिल थिए उनी । स्वच्छ छविकै
कारण उनलाई वकिलबाट सोझै सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनाइएको
थियो । एक अधिवक्ताको भनाइमा, "शर्माको इजलाशले संविधान र कानूनले
नागरिकलाई दिएको अधिकारमा हस्तक्षेप नगर्न सरकारलाई सूचितसम्म गरेको
हो ।" संविधान र कानूनका दृष्टिमा शर्माको आदेश सामान्य होला
तर अहिले यसको महत्त्व निकै ठूलो छ । अदालत, न्यायाधीशहरू सधैँ स्वतन्त्रताकै
पक्षमा हुन्छन् भन्ने सन्देश पनि हो यो ।
आदर्श
विधवा

जेबी पुन मगर |
दुई वर्षघि
दशैँ मनाउन बुटवलबाट धनुषा जाँदा बाटैमा माओवादी-प्रहरी भिडन्तमा परेर
अमिरकला महतोका श्रीमान् मारिए । नवलपरासीस्थित सुनवल चौकीमाथि माओवादीले
हमला गर्दा अशोकलाई कुन पक्षको गोली लाग्यो, थाहा भएन ।
वियोगसँगै शुरु भए अमिरकलाका विपत्तिका दिन ।
श्रीमान्को आयबाट रोजीरोटी चलिरहेको उनको परिवारलाई दर्ुइछाक जोड्न
हम्मे पर्यो । बुटवलस्थित सीप विकास तालिम केन्द्रका जागिरे अशोकले
जोडेको प्रिन्टिङ प्रेस पनि बन्द भयो । श्रीमान्को कार्यालयबाट बिरामी
भत्तासहित चौबीस महिनाको तलब सहयोग गर्ने भनिए पनि उनले त्यहाँबाट
उपेक्षाबाहेक केही पाइनन् । तर उनले हार मानिनन् । धनुषा गएर विधवा
बुहारीका रूपमा खुम्चिनुको सट्टा थन्किएको प्रेस चलाउन थालिन् ।
आजभोलि बिहान पाँच बजे नै काममा निस्किन्छिन्
अमिरकला । अफिस-अफिस चहारेर छपाइको काम जुटाउँछिन् र दर्ुइ कर्मचारीसहित
साँझसम्म प्रेसमै खटिरहन्छिन् । भन्छिन्, "अस्वस्थ प्रतिस्पर्द्धर्ाा
काम पाउनसमेत मुश्किल छ तर दिनरात खटाइले गुजारा चलिरहेको छ ।"
प्रेसकै आम्दानीबाट छोराहरूको राम्रै लालनपालन गरिरहेकी अमिरकलाले
शुरुमा अवला भन्दै हेप्ने, होच्याउनेेहरूबाट पाएको मानसिक पीडा भुलिसकेकी
छन् । सामान्य लेखपढ गर्नसक्ने उनी दुःख पर्यो भन्दैमा आत्तिन नहुने,
बरु हिम्मत देखाउनुपर्ने धारणा राख्छिन््् । त्यस्तै साहसकै कारण द्वन्द्वले
विधवा बनाएका हजारौँ महिलाहरूमाझ एक आदर्श बनेकी छन् अमिरकला । भन्छिन्,
"दुःखको बेला होश गुमाएको भए परिवार नै छिन्नभिन्न हुन सक्थ्यो
।
|