| जनस्वास्थ्य
- विषालु च्याउ
च्याउ चिन्नुस् !

तस्बिरहरूः मोर्टन क्रिस्टनसन, शिव
देवकोटा र संजीव भट्टर्राई |
खतरनाक विषः पाल्पामा एक दर्जनको ज्यान
लिँदै तीन दर्जनलाई बिरामी तुल्याउने च्याउ 'एमानिटा फ्लोइडस'
।

नेपालको वनमा जताततै पाइने चिल्ले च्याउ 'एमानिटा लङ्गिसट्रयाटम'
। यो पनि प्रायः विषालु नै हुनर्ेगर्छ ।
|
च्याउ अति नै
पौष्टिकतत्वयुक्त र स्वास्थ्यवर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ
। यता आएर नेपालको शहरी क्षेत्रमा समेत यसको खपत बढिरहेको छ । च्याउ
खेती गरेर हजारौँ किसानले आफ्नो आर्थिक अवस्था पनि सुधारेका छन् ।
तर, अघिल्लो महिना तानसेन, पाल्पामा विषालु च्याउका कारण एकदर्जन मानिसहरूको
मृत्यु र ४० भन्दा बढी बिरामी परेको समाचारले च्याउका नयाँ पारखीहरूलाई
ठूलो झड्का दियो । च्याउले ज्यानै लिनसक्छ भन्ने कुरा कतिपय शहरी उपभोक्ताले
पहिलो पटक सुनेको पाइयो ।
वषर्ात्को मौसममा नेपालका वन, पाखा र खाली चउरहरूमा
समेत प्रशस्त र थरीथरीका च्याउहरू उम्रने गर्छन् । यीमध्ये थुप्रै
च्याउ खानयोग्य हुन्छन् । कुन च्याउ खानयोग्य हुन्छ र कुन विषालु भन्ने
छुट्याउन गाउँलेहरूले परम्परागत ज्ञानको प्रयोग गर्ने गर्छन् । तर
कतिपय अवस्थामा यो क्रम भङ्ग हुन्छ र मानिसहरू अखाद्य च्याउको मारमा
पर्छन् ।
डेनमार्कको पशु तथा कृषि विश्वविद्यालयका च्याउ विज्ञ
मोर्टन क्रिष्टनसन; केन्द्रीय वनस्पति विभाग कर्ीर्तिपुर, काठमाडौँका
च्याउ अनुसन्धानकर्ता शिव देवकोटा र वन विज्ञान अध्ययन संस्थान पोखराका
सञ्जीव भट्टर्राईको टोलीले गरेको स्थलगत अध्ययन-अनुसन्धानले तानसेन,
पाल्पामा एमानिटा फ्लोइडस नामक विषालु च्याउका कारण त्यति ठूलो मानवीय
दर्ुघटना हुनपुगेको देखाएको छ । अनुसन्धान टोलीले पाल्पा मिसन अस्पतालका
चिकित्सक, च्याउ खाएर विरामी परेका व्यक्ति तथा मृतकका आफन्तहरूसँगको
कुराकानी, तिनले खाएका च्याउका नमूनाहरूको परीक्षण र च्याउ टिपेको
वन/पाखाको निरीक्षणपश्चात् उक्त निष्कर्षनिकालेका हुन् । उनीहरूका
अनुसार पीडितहरूले खान हुने च्याउमा खान नहुने एमानिटा प्रजातिका च्याउ
मिसाएर -अज्ञानतावश) खाएका थिए ।
ती विज्ञहरूका अनुसार, प्रायः गरेर एमानिटा प्रजातिका
च्याउहरूमा लामो डाँठ, फेदमा थैलो जस्तो डल्लो र खैरो, हरियो वा रातो
रंगको छाता हुन्छ । छातामुनिको रंग प्रायः सेतो हुन्छ । यस्ता प्रायः
सबै च्याउहरूको डाँठमा छाता नजिक गोलाकार औँठी जस्तो बनावट हुन्छ (हे.
बायाँका तस्बिरमा) ।

कटुस र चिलाउनेको वनमा पाइने यस किसिमको च्याउ (एमानिटा भाइरोसा)
खानै हुँदैन, अति विषालु हुन्छ । |
केही एमानिटा प्रजातिहरू -एमानिटा सेसरीया, एमानिटा
हेमीबाफाः फूल च्याउ, सुन्तले च्याउ, धर स्यामो) ख्ाान योग्य भनिए
पनि यस्ता धेरैजसो च्याउमा एमाटक्सीन र फ्यालोटक्सीन जस्ता विषालु
पदार्थ हुन्छन् । यस्ता विषाक्त पदार्थ सेवनले मानिसको कलेजो र मिर्गौलामा
सीधा असर पर्दछ ।
विषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षण बान्ता,
पखाला र टाउको दुख्नु हुन् । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव
गर्न सक्छ । तर विषको असर दर्ुइ वा तीन दिनपछि बिरामीको कलेजो र मिर्गौलामा
पर्न थाल्दछ र एकदेखि दर्ुइ हप्ता भित्रमा बिरामीको मृत्यु हुन सक्छ
। अन्तिम अवस्थामा गरिने उपचार प्रायः असफल हुन्छ ।
च्याउको प्रयोगः केही सुझाव
· आफूलाई थाहा नभएका च्याउ खाँदै नखाने ।
· डाँठमा औँठी जस्तो काँजो र फेदमा थैला जस्तो डल्लो भएका च्याउहरू
प्रयोग नगर्ने ।
· विषालु च्याउ सेवनको शङ्का लागेमा बान्ता गर्ने र जतिसके छिटो अस्पताल
जाने ।
|