| जलवायु
- खडेरी
मनसुनको लीलाः यस्तो भइरहन्छ

यसपालिको वषर्ामा
नेपालको अधिकांश भागमा पानी कम पर्यो- कतै सधैँको भन्दा एक चौथाई,
त कतै आधै कम । जेठको मध्यदेखि असोजको मध्यसम्म (जून-सेप्टेम्बर) रहने
वषर्ायाममा बङ्गालको खाडीबाट आउने प्रशस्त ओस भएको आँधीले नेपालमा
पानी पार्दछ । अहिलेसम्म वषर्ायामका साढेदर्ुइ महिना बितिसकेकाले बर्खे
पानी पर्ने आश अब एकतिहाई -३० प्रतिशत) जति मात्र छ ।
यसपटक वषर्ाअघिका दर्ुइ महिनामा समेत सरदरभन्दा निकै
कम पानी परेकाले पछि केही कम वषर्ा हुँदा पनि पानीको ठूलै अभाव महसूस
भयो । किसानहरूलाई रोपाईँलाई धेरै पानी चाहिने असारको मध्यदेखि परेको
खडेरीबाट त आम नेपाली जनजीवन निकै प्रभावित भएको छ । खडेरीको असर बाढी,
पहिरो, भूकम्पको जस्तो तत्काल देखिने नभई विस्तारै देखिनेछ, कतिपय
अवस्थामा प्रत्यक्ष नदेखिइकनै र्टन पनि सक्छ ।
सामान्य बोलीचालीमा अपेक्षा गरेभन्दा धेरै कम पानी परेको
अवस्थालाई खडेरी भनिन्छ । तर प्राविधिक रूपमा यसलाई परिभाषित गर्न
त्यति सजिलो छैन । पटक-पटक पर्नुपर्ने पानी एकैपटक ओइरिदियो भने पनि
आवश्यकता अनुसार पानी पुग्दैन र खडेरीकै जस्तो स्थिति सिर्जना हुन्छ
। आकाशे पानीमा निर्भर खेतीका लागि पटक-पटक सिमसिमे पानी परेर मात्र
हुँदैन, एक-दर्ुइ पटक मुसलधारे पानी पनि पर्नैपर्छ । खडेरीलाई सामान्यतया
तीन समूहमा वर्गीकरण गर्न सकिन्छः वषर्ा नभएर वा कम भएर हुने -मेटेरिओलजिकल),
पानीको स्रोत सुकेर वा वहाव कम भएर हुने -हाइड्रोलजिकल) र खेतीपातीलाई
प्रतिकूल वषर्ा भएर हुने -एग्रिकल्चरल) खडेरी । यी तीनै प्रकारका खडेरीको
प्रमुख कारण सरदर भन्दा उल्लेख्य मात्रामा कम वषर्ा हुनु हो । तर पनि
प्रभावका हिसाबले एउटा आवश्यकताका लागि सामान्य वषर्ा अर्को आवश्यकताका
लागि खडेरी बन्न सक्छ । जस्तै, कुलेखानी जलविद्युत् केन्द्रको तलाउ
भरिन खेतीपातीको लागि पर्याप्त हुने सामान्य वषर्ाले मात्रै पुग्दैन,
खोलाको वहाव ठूलो पार्ने ठूलै वषर्ा हुनर्ुपर्दछ ।
दक्षिण एसियामा खडेरी नौलो होइन । विश्व मौसम सङ्गठनका
अनुसार यो क्षेत्रमा धेरै जनधनको क्षति पुर्याउने प्रमुख प्राकृतिक
प्रकोपमध्ये नै पर्दछ खडेरी । सन् १७७० मा भारतको बङ्गालमा पटक्कै
पानी नपरेर उत्पन्न भोखमरीले एक करोड मानिस मरेका विश्व मौसम सङ्गठनको
प्रतिवेदनमा उल्लेख छ । सन् १८६५-६६ को उडिसाको खडेरीले १० लाखभन्दा
बढीको ज्यान लिएको थियो । नेपालमा पनि हरेक गाउँ-ठाउँ वा भौगोलिक क्षेत्रले
केही वर्षो अन्तरालमा साना-ठूला खडेरीका साथै बाढीपहिरो, असिनापानी
वा आँधीबेरीको प्रकोप व्यहोर्ने गरेका छन् । समग्र देशमा सन्तुलित
मनसुनी वषर्ा भएको बेलामा पनि धेरै गाउँबस्तीहरू अतिवृष्टि र अनावृष्टिबाट
पीडित हुन्छन् । वि.सं. १९८९, २०२८, २०३६, २०३९, २०४३, २०४९ र २०५८
मा सुख्खा-खडेरी परेर नेपालका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको
थियो । अधिकांश प्रकोपहरू स्थानीय वा क्षेत्रीयस्तरका र केही पूरै
हिमालय क्षेत्र वा उत्तरभारतीय उप-महाद्वीपस्तरका हुने गर्दछन् । प्रायः
हरेक ठाउँमा खडेरी दोहोरिने एउटा चक्र नै हुन्छ, जुन सामान्य बुझाइ
भन्दा अलि जटिल र गतिशील हुने गर्छ । खडेरीको सङ्केत प्रायः ठूला बाढीप्रकोप
अगाडि वा पछाडिका वर्षरूमा देखिने गर्दछ, तर यसलाई वैज्ञानिक अध्ययनबाट
पुष्टि गर्न बाँकी नै छ ।
खडेरी कुनै वर्षपनि आर्इपर्न सक्छ । कुनै क्षेत्रमा
ठूलो वषर्ा भएर बाढीको प्रकोप उत्पन्न भएको छ भने अर्को क्षेत्रमा
खडेरी पर्ने सम्भावना बढी हुन्छ । नेपालका भौगोलिक क्षेत्रहरूमध्ये
वषर्ामा धेरै खडेरी पर्ने ठाउँ मध्यपश्चिमका कर्ण्ााली र राप्ती हुन्
। मनसुनको सुरुआतमा बढी खडेरी चाहिँ पर्ूवाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमको
तर्राई क्षेत्रमा पर्दछ । पहाडी जिल्लामा पनि केही भागमा राम्रो वषर्ा
भइरहेको र केही भागमा खडेरी परिरहेको हुन्छ । यसले खडेरी क्षेत्रको
पहिचान निश्चित गरेर भन्न नसकिने देखाउँछ, कमसेकम हालसम्म उपलब्ध आँकडाबाट
।
मध्यजेठदेखि साउनको अन्तिम सातासम्म नेपालका वषर्ामापन
केन्द्रहरूबाट उपलब्ध आँकडाले पर्ूवका ताप्लेजुङ र विराटनगर तथा मध्य
र सुदूरपश्चिमका धेरै भागलाई छोडेर गण्डकीदेखि कोशी नदीबीचको भागमा
सरदरभन्दा २५ देखि ५० प्रतिशत कम वषर्ा भएको देखाएका छन् । यस क्षेत्रमा
मनसुनी वषर्ाको कमबाट धानलाई र मनसुनपर्ूवको सुख्खाबाट मकैलाई हानि
पुगेको छ भने मध्य र सुदूरपश्चिममा ढिलो भए पनि राम्रोसँग पानी परेकोले
धानलगायतका बर्खे बालीलाई राम्रै गरेको छ । नेपालमा मनसुनका चार महिनामा
८० प्रतिशतभन्दा बढी पानी पर्दछ । त्यसैले अरू आठ महिना सुख्खै रहे
पनि मनसुनका एक-दर्ुइ महिना, खासगरी असारमा हुने खडेरीको क्षति अरू
महिना जति राम्रो वषर्ा भए पनि पूरा हुँदैन । यसपालि पनि यस्तै भएको
छ- असारमा भएको अलिअलि वषर्ाले खेती लगाउन पुगेन, धानखेत र व्याडहरू
सुके, किसानहरू निरुत्साहित भए ।
किसानहरूले वषर्ा शुरु हुनुभन्दा दर्ुइ महिना पहिलेदेखि
नै कम पानी परेकोले वषर्ायाममा राम्रो पानी पर्ला भन्ने आशा गरेका
थिए । त्यसै पनि दर्ुइ साता ढिलो शुरु भएको मनसुन वषर्ा परिमाणका हिसाबले
कमजोर र बीचमा तीन साता बन्द समेत भयो । समग्रमा, यसपालिको कमजोर वषर्ालाई
मनसुनी होइन, कृषि खडेरी भन्न सकिन्छ । यस्तो खडेरीको आकलन वषर्ाको
आँकडाले मात्रै गर्न सकिँदैन, किनकि त्यो आँकडाले वषर्ा कसरी भयो भन्ने
देखाउँदैन । धान रोप्ने बेलामा पानीको मूल फुटाउने वषर्ा भएन र धान
फल्न थालेपछि मुसलधारे वषर्ा भयो भने मौसमी आँकडा सन्तुलित हुँदाहुँदै
पनि खेतीपाती राम्रो हुँदैन ।
मध्य साउनपछि फेरि जर्ुर्मुराएको मनसुनी वषर्ालाई सदुपयोग
गरेर जे जति खेती लगाइएको छ, त्यसको परिणामले आउँदो एक वर्षखान पुग्छ,
पुग्दैन निक्र्यौल भइसकेको छैन । मनसुनी वषर्ाको आँकडा र कृषि उत्पादकत्वको
तुलनात्मक अध्ययन नभइसकेकोले कहिले कुन चरित्रको वषर्ाले बर्खे खेतीपातीलाई
कहाँ, कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि किटान हुनसकेको छैन । त्यसैले
यसपालिको कमजोर मनसुनले कहाँ कस्तो पानीको अभाव गरायो र त्यसको असरले
कृषिवालीलाई कति क्षति गर्यो भन्ने कुराको जानकारीका लागि अरू केही
महिना पर्खिनै पर्ने हुन्छ ।
•
ङमिन्द्र दाहाल र
सुमन रेग्मी
|