| •
किशोर नेपाल |
 |
डेटलाइन कञ्चनपुर
सीमा, नदी र आरक्षको जिल्ला
 |
कञ्चनपुरका बारेमा
भन्नै पर्ने कुराहरू साह्रै थोरै छन् । सुदूरपश्चिमको यो सीमान्त जिल्ला
र यसका निकटवर्ती भू-भागहरूमा नेपालीले अङ्ग्रेजसँग पराजय व्यहोरेका
थिए । जङ्गबहादुरले यो भू-भाग फिर्ता ल्याएपछि धेरैले यस क्षेत्रलाई
नयाँ मुलुक ठाने । तर, यहाँ त्यस्तो नयाँ केही थिएन । अहिले पनि छैन
। कञ्चनपुरका नियमित समस्याहरू नेपाल-भारत सिमानामा रहेका अन्य जिल्लाहरूको
भन्दा भिन्न छैनन् । समाचार खोज्दाखोज्दा बम र बारुद बाहेकका नयाँ
समाचार नपाएर थाकेका पत्रकारहरू बेलामौकामा सीमा अतिक्रमण र शुक्लाफाँटा
आरक्ष सम्बन्धी पुराना र पटके समाचारहरूलाई 'डेन्टिङ पेन्टिङ' गरेर
'स्कूप' मार्दछन् । महाकालीमा नयाँ बनेको झोलुङ्गे पुलले दोधारा-चाँदनी
क्षेत्रलाई मुख्य भूमिसँग जोडेपछि त्यताका समाचार आफैँ नियमित बनेका
छन् । सीमा क्षेत्रमा हुने गोष्ठीहरूमा सहभागी हुने बहाना बनाएर कहिलेकाहीँ
सिमानाको बजार घुम्न आउने उत्तरप्रदेश र उत्तराञ्चल जस्ता भारतीय राज्यका
मन्त्रीहरूको आतिथ्य स्वीकार गर्न बेलाबेलामा पत्रकारहरू वनबासा र
टनकपुर छिर्छन् । मुलुकको परिस्थिति बदलिएपछि जिल्लाका भीआईपी र प्रशासकहरूसँग
उति साह्रो रसबस हुँदैन । जिल्लाको एकमात्र शहर महेन्द्रनगर बिहान
ढिलो ब्यूँतिन्छ र साँझ चाँडो सुत्छ । गड्डाचौकी क्षेत्रमा देखिने
विस्थापितहरूको खैलाबैलालाई शहरको चहलपहल नमान्ने हो भने हिंसात्मक
द्वन्द्वले र्सवाधिक प्रभावित यो सीमान्त शहर दिनभरि नै चकमन्न देखिन्छ
।
कञ्चनपुरको राजनीतिलाई महेन्द्रनगरले खिप्ने चलन यहाँका
लागि नयाँ होइन । मधेशमा पहाडी जनसङ्ख्याको सन्तुलन मिलाउने राजा महेन्द्रको
नीति अनुरुप बेलौरी नजिक पुनर्वासीहरूको नयाँ बस्ती बस्यो । लाहुरेहरूको
बाहुल्य भएर होला, एउटा बस्तीको नामै राखियो कलकत्ता । साँच्चै बहु-जातीय,
बहु-सांस्कृतिक र बहु-भाषी समूहको केन्द्र बन्यो बेलौरी । २०१९ सालमा
कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सरेपछि राज्यका तर्फाट
बेलौरीको विकासक्रम रोकियो । तर, सिमानाको बजार भएकाले सीमा क्षेत्रका
मानिसहरूको आकर्षा घट्न पाएन । भारतका सम्पूर्ण्ाानन्दनगर, पलिया,
बरेली र लखनऊसम्मका मानिसहरू व्यापारका लागि बेलौरी आउने क्रम चलिरहेको
थियो । व्यापारिक विकासका कारण शिक्षा क्षेत्र पनि फष्टायो । पाँच
वटा माध्यमिक विद्यालय खुले । २०४६ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको
स्थापना भयो । तर, २०५७ सालपछि, हिंसात्मक द्वन्द्वका कारण विकासको
यो क्रम ठ्याप्पै रोकियो । व्यापारीहरूले सौर्न्दर्य प्रशाधनका पसलहरू
बन्द गरे । होटलहरू सुके । जो हिजो लखपति थिए ती चिया पसल थापेर गुजारा
गर्न थाले ।
महाकाली नदी झण्डै दश किलोमिटर पर भएपनि नदी किनाराको
शहरका रूपमा महेन्द्रनगर प्रसिद्ध छ । नदीको पानी भलै नदेखियोस्, र्सर्रर
हावा त बहन्छ ! तर, नगर विकासका आधारहरू सहित तयार पारिएको महेन्द्रनगर
कञ्चनपुरका गाउँहरूसँग भन्दा बढी काठमाडौँसँग जोडिएको छ । अहिले पनि
महेन्द्रनगर कञ्चनपुरको सदरमुकाम भन्दा बढी दार्चुला, बैतडी, डडेलधुरा
र डोटीको राजनीतिका लागि काठमाडौँको सर्म्पर्क कार्यालय जस्तो लाग्छ
। महेन्द्रनगरमा कञ्चनपुर त्यति अनुभूत हुन सक्दैन, जति बेलौरीमा हुन्छ
। भौगोलिक रूपले पनि बेलौरीबाट महेन्द्रनगरभन्दा धनगढी नजिक पर्छ ।
ढोढा नदीमा पुल बन्न सकेको भए गल्ला व्यापार सुगम हुनसक्ने थियो ।
महेन्द्रनगरले अहिले सिङ्गै सुदूरपश्चिम नेपालको द्वन्द्वको
अभिशाप व्यहोरिरहेको छ । विस्थापित महिलाहरू, बालबालिकाहरू, सिमाना
काट्न आतुर मानिसहरूको भीड, दिनैपिच्छे जसो पड्किने बम र गोलीका आवाजहरू
। महेन्द्रनगर र कैलालीको धनगढी समानान्तर बजारहरू हुन् । तर, धनगढी
द्वन्द्वमा आफैँ मुछिएको छ भने महेन्द्रनगर द्वन्द्वको भारले थिचिएको
छ । यी सबै भारहरूको बीचमा जिल्लाका रूपमा कञ्चनपुरका आफ्नै समस्याहरू
छन् जसलाई महेन्द्रनगरले हर्ेन भ्याउने सम्भावना छैन भने पनि हुन्छ
। समस्याहरू थपिँदा छन् । सरकारी निरपेक्षता बढ्दो छ ।
कञ्चनपुरको सानो गाउँ बेलौरी र अरू धेरै साना गाउँहरू
वषर्ात्का बेला जिल्लाका बाँकी भागहरूसँग काटिने गर्दछन् । "वषर्ात्मा
मात्रै किन - हामी त हमेसा नै जिल्लाका अरू भागसँग काटिएका छौँ,"
भन्नुहुन्छ हर्कबहादुर कुँवर । बेलौरीमा स्थापित महाकाली क्याम्पसका
प्रमुख प्रेमसिंह बोहोरा माओवादीको अपहरणमा परेर विस्थापित भएपछि कुँवरले
क्याम्पस धानिरहनुभएको छ । बेलौरी क्षेत्रलाई हिंसात्मक द्वन्द्वले
पूरै गाँजेको छ । माओवादी कार्यकर्ताहरू दिनहुँ बजार क्षेत्रमा आएर
नारा लेख्दछन् । गाउँ जनसरकार प्रमुख चियापसलहरूमा जनसर्म्पर्क बढाइरहेका
भेटिन्छन् । चन्दा अभियान, खानालगायतका सबै माओवादी गतिविधि प्रचलनका
रूपमा स्थापित भइसकेका छन् ।
सबभन्दा डरलाग्दो कुरा मानिसले आफ्ना आवाजहरू गुमाउन
थालेका छन् । स्थानीय बचत समूहकी निर्मलादेवी भन्छिन्, "जनताले
आफ्ना कुरा सबैका सामु राख्नर्ुपर्दछ ।" तर, केहीबेर अन्कनाउँदै
फेरि भन्छिन्, "द्वन्द्वको कुरा हामीले जहाँ पायो त्यहीँ बोल्न
पनि त भएन नि !" "हाम्रो जिल्ला यस्तो थिएन । हामी बडा बोलक्कड
थियौँ । तर, यता आएर नागरिकहरूले मनको शान्ति र गलाको आवाज दुवै गुमाएका
छन् । बाबुआमा, छोराछोरी, दाजुभाइ सबै गुमाइसकेकाहरूले आफ्नो आवाज
पनि गुमाए भने त बाँच्ने झनिो आधार पनि रहँदैन । त्यसैले हिम्मत गर्नुपर्छ
बोल्न" कल्याण थापा भन्दछन् । केहीबेर गमेर उनी आफैँ जवाफ दिन्छन्,
"तर, सुन्ने कोही नभएपछि जति चिच्याए पनि के अर्थ रहन्छ र - अहिले
त झन् राज्यका प्रतिनिधि हौँ भन्नेहरू महेन्द्रनगरबाट हेलिकोप्टरमा
आउँछन् बेलौरी । उनीहरू त्यसैको आवाज सुन्छन् र आफैँ रमाउँछन् । हामी
नागरिकहरूका लागि सरकार कौवाका लागि बेल झैँ बनेको छ ।" "सबैले
नाफाघाटा पन्छाएर मुलुकमा शान्ति स्थापनाका लागि पहल गरुन् भन्ने हाम्रो
चाहना हो । तर, हाम्रा कुरा कसले सुन्दछ र -" बेलौरीका श्यामकुमार
पाण्डेय भन्दछन्, "अहिले त दुवैथरी लडाइँमा रमाएका छन् । भोलिका
सन्तानले सराप्लान् भन्ने कसैले सोचेका छैनन् ।"
|