हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ/संक्षेप

चिया कारखाना खुले

माओवादीले आक्रमण र तोडफोडको धम्की दिई बन्द गराएका झापा र इलामका चिया बगान तथा प्रशोधन कारखानाहरू करोडौँ क्षति व्यहोर्दै एक महिनापछि (साउनको अन्त्यमा) खुलेका छन् ।

इलाममा मात्रै १५ हजार भन्दा बढी किसान चियाखेतीमा रहेका छन् । यहाँ यो सिजनमा दैनिक ८० हजार केजी हरियो पात उत्पादन गर्दथे  । यस हिसाबले एक महिनामा झण्डै २४ लाख केजी चिया पत्ती खेर गएको छ  । प्रति केजी रु.१५ को दरमा बेच्दा पनि किसानलाई दैनिक रु.१२ लाख नोक्सानी भइरहेको थियो । चिया पत्ती बेच्न नपाएका कतिपय किसानले हातले मोलेर चिया बनाउने प्रयास गरेका थिए भने कैयाँैले चाहिँ हरिया पत्ती सडकमा थुपारेर कारखाना खुलाउन दबाब सिर्जना गरे -हे.तस्बिर) । मजदुरदेखि नागरिक समाजसम्मको चौतर्फी दबाबपछि माओवादीले झापाका चिया कारखानाहरू २४ साउनदेखि खुल्न दिएका थिए भने इलामका कारखाना २८ साउनमा खुले ।

रोहितचन्द्र भट्टर्राई


लिभर बन्द गर्ने धम्की


लिभरको बसामढी, हेटौँडास्थित कारखाना ।

निष्काशित मजदुरहरूको पर्ुनर्बहाली, ठेकेदारी-करार-ज्यालादारी प्रथाको अन्त्य, लोडिङ मजदुर-स्वीपर-माली-ड्राइभर-पियन र सुरक्षा गार्डहरूको स्थायी नियुक्ति, गैर नेपाली कामदारहरूको निष्काशन, कामदारहरूको तलबमा ५० प्रतिशतको वृद्धि जस्ता १५ वटा माग साउन मसान्त, २०६२ सम्ममा पूरा नभए कारखाना बन्द गरिदिने धम्की माओवादीको मजदुर संघले नेपाल लिभरलाई दिएको छ । नेपाल लिभरको प्यारेण्ट कम्पनी यूनि लिभर लिमिटेड को नाम उल्लेख गर्दै संघका मकवानपुर जिल्ला अध्यक्ष शम्भु सत्यालका नाममा प्रकाशित विज्ञप्तिमा कारखानामा कार्यरत केही कर्मचारीको नामै उल्लेख गरेर तिनलाई निष्काशित गर्नुपर्ने माग गरिएको छ ।

उद्योग सूत्रका अनुसार कारखाना बन्द गर्ने/नगर्ने निर्ण्र्ाागरिनसकेको बरु सो पत्रको आधिकारिकताको जाँच भइरहेको छ । अशान्तिका कारण मुलुकको उद्योग व्यापार चौपट हुँदै गइरहेको अवस्थामा उद्योगको आन्तरिक व्यवस्थापनका कुराहरूलाई लिएर उद्योग बन्द गर्ने धम्की दिइनुलाई व्यापारिक समुदायले माओवादीहरूको गैर जिम्मेवारी हर्कत मानेको छ ।

नेपालीको ३० प्रतिशत लगानी रहेको नेपाल लिभरले सयाँै नेपालीहरूलाई रोजगारी दिएको छ भने देशको राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । माओवादी र त्यसका भातृ संघहरूले आफूलाई आर्थिक सङ्कट परेपछि चन्दाका रूपमा ठूलो रकम हात पार्न बेलाबेलामा अरू उद्योगहरूलाई पनि यस किसिमका धम्कीपर्ूण्ा पत्रहरू पठाउने गरेका छन् । र, यस्ता विवाद सामान्यतः चन्दाको मोलतोल मिलाएर टुङ्गनिे गरेका छन् ।

यसैबीच, विवाद सुल्झाउन उद्योगले आफ्ना केही प्रतिबद्धता माओवादीलाई पठाइसकेको तर माओवादीहरूले त्यसमा कुनै 'रेस्पोन्स' जनाइनसकेको जानकारी लिभर सूत्रले दिएको छ । उद्योगले माओवादीलाई पठाएको पत्रमा तिनका केही मागहरूप्रति उद्योग सकारात्मक रहेको र आपसी समझदारीमा समस्याको समाधान गर्न सकिने उल्लेख गरिएको बुझएिको छ ।

सन्तोष न्यौपाने, हेटौँडा