| अर्थ/बजार
एस फाइनान्सको प्रगति
आ.व. २०६१/०६२ मा रु.७८ करोड निक्षेप सङ्कलन र ६७.८६
करोड लगानी गरी रु.३.१३ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल एस फाइनान्स
सञ्चालनको ११ औँ वर्षा प्रवेश गरेको छ । बितेका १० वर्षा श्री ५ को
सरकारलाई रु.७ करोडभन्दा बढी राजस्व बुझाइसकेको यो फाइनान्सले एस इन्भेष्टमेन्ट
कं.मार्फ् राजधानीको नक्साल, नारायणचौरमा उच्चस्तरीय अपार्टमेन्ट कम्प्लेक्स
-आवास भवन) निर्माण गरी बिक्री वितरण पनि गर्दै आएको छ । निक्षेप -बचत/मुद्दती)
मा ४ देखि ६ प्रतिशत ब्याज दिइरहेको एस फाइनान्सले आफ्नो लगानी वा
कर्जा प्रवाह ८.५० देखि १३ प्रतिशतको दरमा गर्ने गरेको छ ।
बीओकेको कोपिला बचत
ब्याङ्क अफ काठमाण्डू -बीओके) ले नयाँ कार्यक्रम कोपिला
बचत योजना शुरु गरेको छ । ग्राहकले आफ्ना बालबालिकाका लागि बचत गर्न
सक्ने यो योजनाले र्सवसाधारणमा बचत गर्ने बानीको अभिवृद्धि गर्ने विश्वास
ब्याङ्कको छ । मासिक न्यूनतम रु.१ हजार वा हजारले भाग लाग्ने जति पनि
रकमबाट सहभागी हुनसकिने कोपिला बचत मा ब्याङ्कले अन्य बचत खाताको भन्दा
बढी दरमा तीन तीन महिनामा ब्याज दिने जनाएको छ । दर्ुइदेखि १० वर्षा
लागि प्रस्तुत यस योजनाको बचतबाट आवश्यक परेका बेला ९० प्रतिशतसम्म
कर्जा लिन सकिन्छ ।
म्याक्पिल का तयारी खाजा
तयारी खाजा अर्थात् स्न्याक्सहरूको उत्पादक म्याक्पिल
का उत्पादनहरू पिज्जा, तातो पिरो चिज, मसला तथा पुदिनाको बास्ना सहितका
चिप्सहरू नेपालको बजारमा बिक्री-वितरण हुन थालेका छन् । अजिनो मोटोको
मिश्रण नरहेको दाबी गरिएका यी स्न्याक्सहरू ७५ तथा ३५ ग्रामको प्याकमा
सबै डिपार्टमेण्टल स्टोर्स तथा खुद्रा पसलहरूमा उपलब्ध भएको कम्पनीले
जनाएको छ ।
लक्ष्मी ब्याङ्कको प्रस्तुति
पुरस्कार
इन्स्िटच्युट अफ चार्र्टर्ड अकाण्उटेण्ट अफ नेपाल -आइक्यान)
द्वारा प्रत्येक वर्षदिइने 'बेष्ट प्रेजेण्टेड अवार्ड' यो वर्षलक्ष्मी
ब्याङ्कले प्राप्त गरेको छ । सो ब्याङ्कको वाषिर्क प्रतिवेदनको प्रस्तुति
उत्कृष्ट भएका कारण वित्तीय संस्था श्रेणीमा यो अवार्ड दिइएको हो ।
ब्याङ्कले आफूहरूले उच्चस्तरको संस्थागत सुशासन कायम गर्न ठूलो मेहनत
गर्दै आएको र अवार्डले थप हौसला बढाएको जनाएको छ । 'आइक्यान'ले वित्तीय
तथा गैर वित्तीय गरी दर्ुइ श्रेणीमा हरेक वर्षयो अवार्ड दिँदै आएको
छ ।
नेपाली बजारमा स्कटिस बिस्कुट
काठमाडौँस्थित पिएस ट्रेड
कर्न्र्सनले स्कटल्याण्टमा उत्पादित बिस्कुट/ कुकिज स्थानीय बजारमा
बेच्न थालेको छ । वाकर्स र्सट ब्रेड नामक यो बिस्कुट कृत्रिम तत्व
तथा रंगहरूरहित रहेको दाबी कम्पनीको छ । वाकर्स र्सट ब्रेड बटर र्सटब्रेडहरूको
बजारमा विश्वमै अग्रस्थानमा आउँछ ।
नयाँ बोतलमा रोयल च्यालेञ्ज
बहुराष्ट्रिय कम्पनी सबमिलर पीएलसीसँगको प्राविधिक
सहकार्यमा उत्पादन हुँदै आएको रोयल च्यालेञ्ज बियरलाई चौधरी समूह अर्न्तर्गतको
कम्पनी सनगोल्ड ब्रुअरीले नयाँ प्याकमा पुनः प्रस्तुत -रि- लञ्च) गरेको
छ । कम्पनीका अनुसार 'हरियो नै रमाइलो' भन्ने नाराका साथ रोयल च्यालेञ्ज
हरियो बोतलमा बजारमा ल्याइएको छ । ५.५ प्रतिशत अल्कोहल रहेको यो बियरको
६५० मिलीको बोतलको उपभोक्ता मूल्य रु.९० कायम गरिएको छ ।
मलेशियन मन्चिज
स्मार्टवेज इन्क प्रालिले मलेशियामा निर्मित थुप्रै
प्रकारका उपभोग्य सामग्री आयात गर्ने योजना अर्न्तर्गत पहिलो चरणमा
मन्चिज प्रिमियम ब्राण्डका बिस्कुट तथा वेफरहरू नेपालको बजारमा बिक्री-वितरण
गर्न थालेको छ । मन्चि फुड इण्डष्ट्रिजको यी उत्पादन स्वस्थकर हुनुको
साथै मलेशिया, जापानलगायतका मुलुकहरूमा निक्कै लोकप्रिय रहेको दाबी
स्मार्टवेजको छ ।
|