| आवरण-विचार
| काङ्ग्रेस महाधिवेशन
नयाँ र सक्षम हुनुको विकल्प छैन
•
नीलाम्बर आचार्य

मीन बज्राचार्य |
नेपाली काङ्ग्रेस महाधिवेशनमा
गइरहेको छ । महाधिवेशनबाट निस्कँदा यो कस्तो देखिएला - यसको अनुहार,
सोच र शक्तिमा के कति फरक आउला - के यसले तीब्र गतिले सङ्कटमा भासिँदै
गएको मुलुकलाई उज्यालोतिर तान्ने सामर्थ्य हासिल गर्न सक्ला - आत्मविश्वास
कति बढेको देखिएला यसमा - कत्तिको विश्वास जगाउन सक्ला यसले - समयको
मागलाई कति सशक्त रूपमा प्रस्तुत गर्न सक्ला - के यसले मुलुकका सबै
प्रजातान्त्रिक शक्तिहरूलाई एकतन्त्रात्मक शक्तिहरूविरुद्ध एकजुट पार्न
सक्ला - काङ्ग्रेस आफैँ कत्तिको एकजुट हुनसक्ला - यो महाधिवेशनले काङ्ग्रेसको
एकीकरणलाई कति बल पुर्याउला - के यसले आफूप्रतिको जनआकर्षा बढाउन
सक्ला ?
यी प्रश्नका उत्तर महाधिवेशनपश्चात् प्राप्त होलान्
। तर, अहिलेको अत्यन्त जिम्मेवारीपर्ूण्ा अवस्थामा हुनगइरहेको मुलुकको
नेतृत्वकारी प्रजातन्त्रवादी पार्टर्ीीे महाधिवेशन अगाडि त्यसका नेता,
सदस्य र कार्यकर्ताहरूका अनुहार र व्यवहारमा देखिनुपर्ने जस्तो उत्साह,
दृढता, सङ्कल्प र गाम्भर्ीय देखिएको छैन । आगामी महा-अधिवेशनलाई वैधानिक
औपचारिकताको रूपमा मात्र हेरिएको हो भने काङ्ग्रेसले एउटा ठूलो अवसर
गुमाउनेछ- आफ्नो पहिचान, शक्ति, सोच र कार्यक्रम नवीकरण गर्ने तथा
नेतृत्वकारी क्षमता वृद्धि गर्ने अवसर ।
काङ्ग्रेसको छविको कुरा छ । नैतिकताको कुरा पनि उठेकोे
छ । साथैै जिम्मेवारीको प्रश्न पनि छ । प्रजातन्त्र गुमेको छ, शाह
शासन फर्केकोे छ । यसबीच माओवादी हिंसा अझ फैलिएको छ र शान्ति अरू
टाढा हुनगएको छ । काङ्ग्रेसले किन सम्हाल्न सकेन - पार्टर्ीीहाँनिर
विफल भयो - अहिले पनि मुलुकको प्रमुख प्रजातन्त्रवादी पार्टर्ीीे हैसियतमा
नेपाली काङ्ग्रेसमाथि ऐतिहासिक जिम्मेवारीे छ- राजनीतिज्ञप्रति खस्कँदै
गएको सम्मानलाई पुनर्स्थापित गर्ने, अपहरित प्रजातन्त्र फिर्ता ल्याएर
राज्ययन्त्रमाथि प्रजातान्त्रिक नियन्त्रण कायम गर्ने, माओवादी हिंसालाई
सम्बोधन गरी शान्ति कायम गर्ने, स्वयं काङ्ग्रेस पार्टर्ीीमेत मुलुकको
राज्ययन्त्र, राजनीति, अर्थनीति, समाज, संस्कृति, आन्तरिक अन्तरजातीय
सम्बन्धहरू र वैदेशिक सम्बन्धहरूलाई सामन्ती पकड, प्रभाव र अवशेषबाट
मुक्त पार्ने ।
सामन्ती पकड, प्रभाव र अवशेषका विरुद्ध चलाइने राजनीतिक
लडाइँका मित्र र सहयोगी राजनीतिक एवं सामाजिक शक्तिहरूलाई साथमा लिएर
मुलुकलाई नयाँ युगमा प्रवेश गराउने नेतृत्वकारी जिम्मेवारी आफ्नो पार्टर्ीीे
काँधमा आएको अनुभूति, साहस, गर्व र विनय काङ्ग्रेसजनमा प्रबल हुनसक्यो
भने त्यस्तो काङ्ग्रेसलाई कुनै पनि एकतन्त्रात्मक शक्तिले मुलुकको
राजनीतिक मञ्चको अग्रभागबाट पाखा लगाउनसक्ने छैन, न दरबारले न माओवादले
। अनि, काङ्ग्रेसको नेतृत्वमा नै मुलुक पछौटेपनका सम्पर्ूण्ा संरचनाहरू
भत्काएर सामाजिक न्याय सहितको द्रुत आर्थिक विकासको बाटोमा अगाडि बढ्नसक्नेछ
र जातीय, क्षेत्रीय र लैङ्गकि समतासहितको नेपालको नयाँ पहिचान निर्माण
पनि गर्न सकिनेछ । यसो गर्दा काङ्ग्रेसले केही प्रश्नहरूको प्रस्ट
जवाफ खोज्नुपर्नेछ र भन्नुपर्नेछ - नेपालको शताब्दीयौँदेखिको पछौटेपनको
लागि जिम्मेवार को हो - देशमा व्याप्त उत्पीडन र भेदभावहरूका लागि
दोषी को वा के हो - जनताको निर्ण्र्ाााई अवहेलना गरी प्रजातन्त्रलाई
पटकपटक पछाडि धकेल्ने स्वार्थ कुन हो ?
राष्ट्रियता, प्रजातन्त्र, जनताको एकता र राष्ट्रको
स्थायित्वको पहिचान राजतन्त्रसित अनिवार्य रूपमा जोडिनसक्दैन र जोडिनुहुँदैन
भन्ने कुरा काङ्ग्रेसले ठूलो स्वरमा भन्न सक्नुपर्नेछ । राजतन्त्र
नभएका मुलुकको इतिहासले यो प्रस्ट देखाएका छन् । यी मूल्य र मान्यताहरूले
राजसंस्थासित तालमेल बसाउनुपर्ने नभई राजसंस्थाले चाहिँ यी मूल्यमान्यतासित
तालमेल बसाएमा उसको प्रासङ्गकिता जोगिन सक्दछ ।
काङ्ग्रेस आफैँ विभाजित घरजस्तो छ । राजा र माओवादीलाई
हर्ेर्ने सवालमा त्यसभित्र चर्को मतभेद देखिन्छ । त्यहाँ निरङ्कुश
राजासित सहकार्यको कुरा गर्ने र संवैधानिक प्रजातन्त्र भत्काएर आफ्नो
एकतन्त्र कायम गर्न हिंसामा लागेका माओवादीसित सहकार्यको कुरा गर्नेहरू
पनि उत्तिकै देखिन्छन् । के काङ्ग्रेस कसैको पछि नलागेर बलियो हुनसक्दैन
- के प्रजातन्त्रवादीले एकतन्त्रवादीबाट आशा गर्न सुहाउँदछ - सहकार्य
त्यसैसित गरिन्छ जोसित लक्ष्य, साधन र व्यवहारमा केही साझापन हुन्छ
। अहिले राजासित वा माओवादीसित काङ्ग्रेसले के कुरामा सहकार्य गर्ने
- -म अहिलेको कुरा गरिरहेको छु ।) चुनाव हुन कसले दिएन र प्रतिनिधिसभा
पुनर्स्थापनालाई कसले रोकिराखेको छ - संसदको अनुपस्थितिका बहानामा
निरंकुशतन्त्रलाई कसले कायम गरेको छ - प्रजातान्त्रिक संस्थालाई जति
पाखा लगाउन सकिन्छ र प्रजातान्त्रिक शक्तिहरूलाई जति कमजोर र पराश्रयी
पार्न सकिन्छ त्यति बढी अनुकूल वातावरण एकतन्त्रात्मक शक्तिका लागि
पनि र आतङ्क वा हिंसात्मक व्रि्रोहका लागि पनि बन्दै जान्छ । प्रजातन्त्र
बलियो हुँदा यी दुवै शक्ति स्वतः कमजोेर हुन्छन् । कुनै पनि एकतन्त्रात्मक
शक्तिसित सहकार्यको कुराले प्रजातान्त्रिक शक्तिको मनोबल बढाउँदैन
।
युवाहरूमा गणतन्त्रको मनस्थिति बलियो हुँदैगएको छ ।
वर्तमान राजनीतिक अवस्थामा यसो हुनु स्वाभाविक पनि छ । किनभने अहिले
मुलुकमा निरङ्कुश राजतन्त्रको रूपमा एकतन्त्रात्मक शाह शासन कायम भएको
छ । मुलुकले ८ जेठ २०५९ मा प्रतिनिधिसभा गुमायो, १८ असोज २०५९ मा निर्वाचित
सरकार गुमायो, १९ माघ २०६१ मा सबै प्रजातान्त्रिक स्वतन्त्रताहरू गुमायो
। राजाको एकल प्रत्यक्ष शासन अहिलेको यथार्थ हो ।
राजसंस्था माओवादी समस्या समाधानमा असहयोगी रहेको थियो
। प्रजातन्त्रका अप्ठ्याराहरू कम गर्न असहयोगी थियो । अस्थिरता रोक्न
असहयोगी थियो । संविधानको सुचारु कार्यान्वयनमा असहयोगी थियो । यो
असहयोग एकतन्त्रात्मक महत्त्वाकांक्षाबाट प्रेरित थियो । प्रजातन्त्र
स्थापनापछिका दरबारका असहयोगका व्यवहारहरूलाई १८ असोज र १९ माघले प्रस्ट
पारिदिएका छन् ।
पार्टर्ीीसितको मुठभेडमा राजा भीरमा पुगेका छन् । संविधानको
चर्को उल्लङ्घन, प्रजातन्त्रको अपहरण, पार्टर्ीीद्धतिमाथि प्रहार र
नागरिक स्वतन्त्रताको दमनको जवाफ कसरी दिने भन्ने प्रश्नमा युवाहरूको
आवाज गणतन्त्रात्मक छ भने सात वटा पार्टर्ीी संसदीय पद्धतिलाई सशक्तीकरण
गर्ने साझा प्रतिबद्धता जाहेर गरेका छन् । राजा या भीरबाट र्फकनुपर्नेछ,
या उनी भीरबाट खस्नेछन्, या त्यो भीरनेरै भयङ्कर भिडन्त चल्नेछ । यसको
समाधान संविधानसभाले गर्नसक्नेछ भनी धेरैले संविधानसभाप्रति आश राखेको
देखिन्छ । तर राजनीतिक समाधान आएपछि त्यसलाई संविधानसभाले संस्थागत
गर्नसक्ला, संविधानसभा नै समाधान हुनसक्ने छैन । बिना समाधानको संविधानसभाले
भिडन्तको दायरा मात्रै बढाउँदछ, समाधान ल्याउँदैन । शासन व्यवस्थाको
परिवर्तनलाई नयाँ संविधानले व्यवस्थित गर्ने हो । शासनसत्ताको परिवर्तन
प्रमुख सवाल हो, संविधान निर्माणको कुरा त्यसपछिको हो । प्रजातान्त्रिक
परिपाटीमा प्रवेश गरिसकेको कुनै पनि मुलुक प्रजातान्त्रिक परिपाटीलाई
पन्छाएर संविधानसभामा प्रवेश गरेको छैन । काङ्ग्रेसजनले उठिरहेका राजनीतिक
प्रश्नहरूको उत्तर दिनर्ुपर्दछ र आवश्यक प्रश्नहरू उभ्याउनु पनि पर्दछ
।
के काङ्ग्रेसले मुलुकका सामु रहेका कार्यहरू सफलतापर्ूवक
सम्पादन गर्न सक्ला - काङ्ग्रेसले सक्नर्ैपर्दछ, सक्ने पार्टर्ीीे
रूपमा त्यो नवीकृत हुनर्ैपर्दछ । त्यसका सामु अर्को विकल्प छैन । अरूले
काङ्ग्रेसबाट आशा गर्न सुहाउँदछ, तर काङ्ग्रेसले अरूबाट आशा गर्न सुहाउँदैन
। उसले गर्नुपर्ने काम उसैले गर्नुपर्ने हुन्छ, अरूले गरिदिँदैन ।
अझ, एकतन्त्रात्मक वा सामन्ती शक्तिबाट आशा गर्न त मिल्दैमिल्दैन ।
के हो नेपाली काङ्ग्रेस- जनताकोे नेतृत्वकारी पार्टर्ीीथवा
घटनाहरूको पुच्छर - मुलुकको प्रमुख प्रजातन्त्रवादी पार्टर्ीीथवा आफ्नो
अस्तित्वको लागि कसरत गरिरहेका कैयौँ राजनीतिक पार्टर्ीीयेको एउटा
पार्टर्ीी कसलाई प्रतिनिधित्व गर्दछ यो पार्टर्ीी- सामन्ती पकड, प्रभाव
र अवशेषका वाहक र एकतन्त्रका अनुयायीहरूबाहेक सम्पर्ूण्ा नेपाली जनतालाई
अथवा आफूलाई मात्र - केलाई प्रतिनिधित्व गर्दछ यसले- नेपालको नयाँ
पहिचानलाई अथवा पुरानो अनुहारलाई - काङ्ग्रेस पार्टर्ीीे स्वार्थ भनेको
के हो - के राष्ट्रियता, प्रजातन्त्र, समाजवादभन्दा यसको बेग्लै विशेष
प्राथमिकताको स्वार्थ हुनसक्दछ - राख्न मिल्दछ - के कति गैरकाङ्ग्रेसी
स्वार्थहरू काङ्ग्रेसभित्र घुसपैठ गरेका छन् र पार्टर्ीीई बलियो हुन
दिइरहेका छैनन् - त्यो काङ्ग्रेसीहरूले खोज्नर्ुपर्दछ । साथै यसका
मूल सिद्धान्तका परिभाषामा पनि यसले आफैँ समयानुकूल विकास गर्नुपर्ने
हुन्छ । तिनको परिभाषामा अब सामन्ती युगको कुनै छायाँ पर्न दिनुहुँदैन,
न त सामन्ती हठको सामु शक्ति सर्म्बर्द्धन गर्ने वा त्यसलाई तर्सर्ााे
नाममा अरू कुनै खाले एकतन्त्रवादी उग्रपन्थी सोचलाई सम्मान दिन मिल्छ
।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादजस्ता यसका मन्त्रहरूमा
के कति नयाँ परिभाषा, नयाँ शक्ति, नयाँ आकर्षा थप्न थालेको छ यसले
- हरेक चीज फेरिँदैछ । काङ्ग्रेस आफैँ कति फेरिँदैछ - कतातिर फेरिँदैछ
- नेपाली काङ्ग्रेसको शक्ति बढ्दैछ अथवा घट्दैछ - परिवर्तित समयलाई
सम्बोधन गर्न यो आफैँ कति परिवर्तित भएको छ ?
नेपाली काङ्ग्रेस २००७ सालको क्रान्तिको नेता थियो
। २०१५ सालको चुनावमा यसले दर्ुइतिहाइ बहुमत पाएको थियो । कम्युनिस्टहरू
२००७ सालको क्रान्तिमा पनि थिए र २०१५ सालको चुनावमा पनि थिए तर कतै
पनि काङ्ग्रेसको बराबरीमा थिएनन् । २०४६ को जनआन्दोलमा र २०४७ सालको
सङ्क्रमणकालमा काङ्ग्रेस र कम्युनिस्टले सँगसँगै नेतृत्वमा साझेदारी
गरेका थिए । त्यसपछिका तीन वटै संसदीय चुनाव र दुइटै स्थानीय चुनावमा
कम्युनिस्टहरू सशक्त पार्टर्ीीे रूपमा देखिए । बहुदलीय प्रजातान्त्रिक
परिपाटीमा काङ्ग्रेस र एमाले दुइटा मात्र राजनीतिक शक्ति देखापरेका
थिए । तर छिटै माओवादी हिंसात्मक व्रि्रोहले स्थानीय तहका निर्वाचित
संस्था मात्र होइन राष्ट्रियस्तरका निर्वाचित संस्थाहरूलाई समेत मुलुकको
राजनीतिक मञ्चबाट निर्वासित गरिदिए । यसरी नेपाली धरातलमा माओवादी
शक्ति अर्को बलियो शक्तिको रूपमा देखियो । यता संस्थाको रूपमा रहनुपर्ने
राजतन्त्रले १८ असोज, २०५९ र १९ माघ, २०६१ का कदमहरूबाट निरङ्कुश राजतन्त्रको
रूपमा आफूलाई प्रस्तुत गरेको छ । संविधान फालिएको घोषणा गर्न बाँकी
छ । पार्टर्ीी शासनयन्त्रबाट फालिएका छन् र मुलुकमा सारतत्व एवं स्वरुप
दुवैमा शाह एकतन्त्र कायम गरिएको छ । -मैले शाही एकतन्त्र नभनी शाह
एकतन्त्र भनेको छु । किनभने पार्टर्ीीमर्थित प्रधानमन्त्रीको अध्यक्षतामा
गठन नभएको मन्त्रिपरिषदलाई संविधानले वा संसदीय प्रणाली वा बहुदलीय
प्रजातन्त्रले चिन्दैचिन्दैन । त्यस्तो प्रधानमन्त्रीको अध्यक्षताकोे
मन्त्रिपरिषदको सल्लाह र सम्मतिबाट काम गर्ने राजालाई मात्र संविधानले
वा संवैधानिक राजतन्त्रले चिन्दछ अरूलाई चिन्दैन ।)
अहिले त्रिकोणात्मक द्वन्द्व वा तीन वटा कित्ता भन्ने
शब्दावली बढी सुनिने गर्दछ । पार्टर्ीीलाई बीचको कित्ता भन्ने गरिएको
पाइन्छ र राजावादी कित्ता वा माओवादी कित्तातिर ढल्कन दबाब दिइएको
पनि देखिन्छ । तर, मेरो दृष्टिमा मुलुकमा एउटा मात्र कित्ता हुनसक्दछ(
बहुदलीय प्रजातान्त्रिक कित्ता, जो त्यसमा रहन मान्दैन त्यो अन्ततोगत्वा
भीरमा पुग्नेछ र खस्नेछ । त्रिकोणको अवस्था किन आयो - काङ्ग्रेस एउटा
कोणमा खुम्चिनुपरिरहेको छ । त्यो पनि सम्पर्ूण्ा कोणमा होइन । त्यो
कुनालाई उसले अन्य पार्टर्ीीसित साझेदारी गर्नुपरिरहेको छ । काङ्ग्रेसको
राजनीतिक शक्ति बढ्दै नगएर घट्दै जानुको कारण पनि काङ्ग्रेसजनले फेला
पार्नु आवश्यक छ ।
मुलुक नयाँ राजनीतिक परिवर्तनको संघारमा पुगेको बेला
नेपाली काङ्ग्रेस आफ्नो महाधिवेशनमा गइरहेको छ । त्यो संघार पार गरेर
परिवर्तनलाई संस्थागत नगर्दासम्म मुलुक अप्ठ्यारो स्थितिमा रहिरहनेछ
। आउँदो नयाँ परिवर्तनले माओवादी प्रश्नलाई सम्बोधन गरी मुलुकमा दिगो
शान्तिको नयाँ चरण शुरु गर्नुपर्नेछ । समाजका सम्बन्धहरू र अन्तरजातीय,
अन्तरभाषिक र अन्तरप्रादेशिक सम्बन्धहरूलाई नयाँ दिशा दिनुपर्नेछ ।
नेपाल इतिहासको यस्तो बिन्दुमा पुगेको छ जसबेला शताब्दीयौँदेखिका अन्तरविरोधहरू
सतहमाथि आएका छन्, साथै आधुनिक युगका नयाँ अन्तरविरोधहरूले पनि समाधान
खोजिरहेका छन् । अहिले सबै अन्तरविरोधहरू राजतन्त्रकोे प्रश्न वरिपरि
गुजुल्टिन पुगेका छन् । के काङ्गे्रसले यो गुजुल्टो फुकाउन सक्ला -
तर सक्नै पर्छ ।
|