| स्थलगत/हुम्ला
आफ्नै सन्तान बोझ
अकल्पनीय गरीबी र भोकमरीका
कारण आफ्नै सन्तानलाई बोझ ठान्न विवश हुम्लाका बासिन्दा थोरै रकमका
लागि पनि बालबालिकालाई घरेलु कामदारका रूपमा शहर बजार पठाउने गर्छन्
।
•
नरेश नेवार

तस्बिरहरू नरेश नेवार |
| स्कूल छोडेर सिमीकोट आएका काशीलाल वि.क. (अगाडिबाट
दोस्रो) साथीहरूसँग चामल लिएर फर्किँदै । |
डाँडाफाइ गाउँदेखि भोकोपेट
झण्डै तीन घण्टा उकालो चढेर सिमीकोट आइपुगेका आठ वषर्ीय काशीलाल वि.क.
पाँच सय जति मानिसको लाममा पाँच घण्टा बसेर जम्मा १५ किलो चामल किन्न
पाउँछन् । पाँच जनाको उनको परिवारलाई यति चामल एक हप्ता पनि पुग्दैन
। चामल बोकेर घर जान लागेका काशीलाल भन्छन्, "हामीले पुर्याई-पुर्याई
खानर्ुपर्छ ।"
नेपाल खाद्य संस्थानको हुम्ला सदरमुकाम सिमीकोटस्थित
डिपोले जिल्लाबासीहरूलाई सहुलियत दरमा मासिक प्रतिव्यक्ति तीन किलो
चामल बेच्ने गरेको छ । काशीलाल त भाग्यमानी हुन् । उनले तीन घण्टा
हिँडेर र पाँच घण्टा कुरेर मात्रै चामल पाए । कैयौँ हुम्लाबासीले यति
चामल पाउन पनि तीन दिनभन्दा बढी हिँडेर सिमीकोट आउनर्ुपर्छ र यति धाएर
पनि कहिलेकाहीँ डिपोमा चामल सिद्धिएर खाली हात घर र्फकनर्ुपर्छ । थेहे
गाउँबाट पाँच घण्टाको बाटो हिँडेर आएको क्षेत्री परिवारको एक समूहले
बिहान ८ बजेदेखि पाँच घण्टा लाम लागेर रित्तै हात फकर् नु पर्यो ।
जिल्ला सदरमुकामभन्दा टाढा बस्ने हुम्लीहरूको अवस्था
पुस्तौँदेखि यस्तै छ । जनसङ्ख्या वृद्धिको कारणले गर्दा खाद्यान्नको
अभाव झन् बढेको छ । हुम्लामा हरेक महिना सात जना बच्चाहरू जन्मिन्छन्,
तर यसलाई खुशीको क्षण ठान्नुको साटो प्रायः हुम्ली परिवारहरू आफूमाथि
बोझ थपिएको ठान्छन् । डाँडाफाइका काशीलाल जस्ता धेरै बालबालिकाहरूले
आफू र आफ्नो परिवारको लागि खाद्यान्न जुटाउन धेरै सङ्र्घष्ा गर्नुपर्छ
।
डाँडाफाइ गाउँका मानिसहरूलाई देशमा व्याप्त माओ वादी
समस्या वा राजनीतिक उथलपुथलबारे त्यति चासो छैन । धेरै मानिसहरूलाई
त अहिले सरकारमा को छ भन्ने पनि थाहा छैन । राजधानीमा के भइरहेको छ
भन्ने थाहा पाउन त्यहाँ सञ्चारको कुनै माध्यम छैन । "हामीलाई
के ही थाहा छैन । हामीलाई राजनीति मतलब छैन । मलाई त खाली आफ्नो परिवारको
पेट कसरी पाल्ने भन्ने कुराको मात्र चिन्ता छ", आठ बच्चाकी आमा,
एक हुम्ली महिला भन्छिन् ।
गाउँमा वर्षौँदेखि व्याप्त गरीबीले अहिलेसम्म यहाँ कुनै
सरकारले केही सकारात्मक परिवर्तन ल्याउन नसकेको स्पष्ट गर्छ । न पञ्चायती
सरकारले, न बहुदलीय सरकारले नै उनीहरूको गाउँमा कुनै ठोस विकास गर्न
सके । १७ वर्षेखि यहीँ कार्यरत एक सरकारी स्कूलका प्रधानाध्यापक बुद्धिसागर
न्यौपाने भन्छन्, "यहाँका मानिसहरूलाई बिहान उठेदे खि खानेकुरा
कहाँबाट जुटाउने भन्ने चिन्ता हुन्छ । कसैले यहाँ वर्षो ६ महिनासम्म
खाद्यान्न जोगाएर राख्न सक्यो भने त्यो धनी घर मानिन्छ ।"

जति धेरै बच्चा त्यति ठूलो खाद्य सङ्कटः आफ्ना आठ बच्चासँगै डाँडाफाइकी
एक महिला (तल) । |
स्थानीय नेताहरू हुम्लाको समस्याको प्रमुख कारण सरकारी
प्राथमिकताको अभाव र खराब व्यवस्थापनलाई मान्छन् । हवार्इ मार्गबाट
खाद्यान्न खसाल्ने अभ्यासले गर्दा यहाँका मानिसहरूमा परनिर्भरता बढेको
र आफ्नै ठाउँमा वैकल्पिक स्रोत विकास गर्ने चाहना मरेको छ । जिल्ला
विकास समितिका पर्ूव अध्यक्ष जीवन शाही भन्छन्, "यहाँ खाद्यान्न
उत्पादन गर्नै नसकिने होइन । जिल्लाको दक्षिणी भेगमा रातो चामल हुन्छ
। हाम्रो अनुसन्धानले एक रोपनीमा ३० क्वीन्टल धान फलाउन सकिने देखाएको
छ । तर कसैले केही गर्दैन ।"
नेताहरूका अनुसार, केही वर्षता माओवादी समस्यासँगसँगै
सरकारको बेवास्ता पनि बढेको छ । गाउँहरूमा सरकारी प्रतिनिधिको उपस्थिति
छैन । सदरमुकामबाट कुनै स्थानीय सरकारी अधिकारीर्/कर्मचारी टाढाका
गाउँहरूको स्थिति बुझन जाँदैनन् । अहिलेसम्मलाई यहाँका सरकारी प्रतिनिधि
भनेका विकट गाउँमा बसेर काम गर्ने शिक्षकहरू मात्रै हुन् । तीमध्ये
पनि कति त सिमीकोटमा, नभए नेपालगञ्जमा बस्छन् ।
धेरै शिक्षकहरू माओवादीको बहाना बनाएर लामो समयदेखि
अनुपस्थित रहेका थेहे गाउँको एक प्राथमिक विद्यालयका स्थानीय शिक्षकको
गुनासो छ । सरकारी कर्मचारीको अनुपस्थिति र माओवादी समस्याले हुम्लाका
विकट ठाउँहरूमा त्यति ठूलो प्रभाव पारेको हुँदैन, जति शिक्षकहरूको
अनुपस्थितिले पार्दछ । तिनको कारणले यहाँका धेरै विद्यालय बन्द हुन्छन्,
बालबालिकाले पढ्न पाउँदैनन् । सिमीकोटस्थित मानसरोवर उच्च माध्यमिक
विद्यालयका प्रधानाध्यापक मधुविलास खनाल भन्छन्, "शिक्षकहरू गैरजिम्मेवार
हुँदै गइरहेका छन् । १५ दिनको छुट्टीमा गयो भने पनि महिनौँसम्म आउँदैनन्
।"
सरकारले हुम्लाको लागि शिक्षामा वाषिर्क रु.७ करोड खर्च
गर्छ । त्यसमध्ये झण्डै चार करोड रुपैयाँ त यहाँका ४२० जना शिक्षकको
तलब र अरू सुविधामै खर्च हुन्छ । यति ठूलो खर्च भए पनि गत वर्षहुम्लाका
१३४ परीक्षाथर्ी मध्ये एक जना मात्र एसएलसी उत्तर्ीण्ा भएका थिए ।
शिक्षकको प्रतिबद्धताको कमी, विद्यार्थीको अनुपस्थिति र स्तरीय शिक्षाको
अभाव- शिक्षा स्थिति यति पछाडि पर्नुका प्रमुख कारण हुन् । जिल्ला
शिक्षा कार्यालयका अनुसार, गत वर्षजिल्लाका धेरैजसो विद्यालयहरूमा
३२ दिन मात्र कक्षा सञ्चालन भए । विद्यालयमा अनुगमन नहुनेगरेको बताउँदै
जिल्ला शिक्षा अधिकारी मोहनप्रसाद उपाध्याय भन्छन्, "दशैँको छुट्टीमा
गएका शिक्षकहरू अहिलेसम्म फर्केका छैनन् ।"
१ देखि १० वैशाखसम्म सञ्चालित सरकारको विद्यालय भर्ना
अभियान 'वेलकम टु स्कूल' ले विद्यालयमा सकेसम्म धेरै पिछडिएको वर्गका
बालबालिकाहरूलाई भर्ना गर्नुपर्ने थियो । तर भर्ना अभियान सफल नभएको
यसमा संलग्न स्थानीय कर्मचारीहरू नै बताउँछन् । जिल्लाका २७ गाविसमध्ये
१२ वटामा मात्र बालबालिकाहरू विद्यालयमा भर्ना भए । स्थानीय शिक्षक
बलबहादुर शाही भन्छन्, "जनताका लागि शिक्षाको खासै महत्त्व छैन
। परिवारलाई एकछाक खान पनि धौ-धौ भएको बेलामा उनीहरू छोराछोरीलाई विद्यालय
पठाउनुको साटो काममै लगाउन बाध्य हुन्छन् ।"
|