| समाचार/सङ्क्षेप
सचिव कि प्रशासक
कसको आदेश मान्ने ?
मुलुकमा संविधान
क्रियाशील नहुँदाको नकारात्मक प्रभाव 'स्थायी सरकार' मानिने निजामती
प्रशासनमा पनि परेको छ । कानून र स्थापित पद्धति विपरीतका सरुवाले
निजामती प्रशासन आतङ्कति भएको छ । राजनीतिक उद्देश्यले नियुक्त क्षेत्रीय
र अञ्चल प्रशासक जस्ता अस्थायी पदाधिकारीहरूले स्थायी संरचनामा हस्तक्षेप
गर्न थालेका छन् । पर्ूव प्रशासक श्रीकान्त रेग्मी भन्छन्, "अहिले
भइरहेका सबै अभ्यास निजामती सेवालाई कमजोर बनाउँदै समानान्तर प्रशासन
खडा गर्नेतर्फलक्षित छन् ।"
१९ फागुनमा राजाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को
बैठकले नयाँ मन्त्रालयमा चार महिना पनि बिताउन नपाएका १७ जना सचिवलाई
सरुवा गर्यो । वैशाखको पहिलो साता, नवगठित अञ्चल प्रशासकको कार्यालयलाई
कर्मचारी खटाउने वहानामा ४२ जना कर्मचारीलाई सरुवा गरियो । अधिकांश
सरुवा बहाल रहेको पदमा दर्ुइ वर्षकार्यकाल पूरा भएपछि मात्र सरुवा
गर्ने स्थापित मान्यता विपरीत छन् । देउवा सरकारको पालामा भएका कर्मचारी
सरुवालाई 'अनुदार' भनी प्रचार गर्ने सामान्य प्रशासन मन्त्री कृष्णलाल
थकाली नै केही थाहा नपाए झैँ गरिरहेका छन् ।
साढेदर्ुइ महिनादेखि अतिरिक्त समूहमा राखिएका
सात जना सचिवलाई एक महिना भन्दा बढी जिम्मेवारी नदिई राख्न नपाइने
कानूनी व्यवस्थाको ठाडो उल्लङ्घन गर्दै अझै जिम्मेवारी तोकिएको छैन,
विभिन्न मन्त्रालयमा आठ जना सहसचिवलाई कायममुकायम सचिव बनाएर काम चलाइएको
छ । विना कारण, विना अभियोग बेइलममा पारिएका सात सचिव शशिकान्त मैनाली,
विजयराज भट्टर्राई, नारायणप्रसाद सिलवाल, भोजराज घिमिरे, दिनेशचन्द्र
प्याकुर्याल, टीकादत्त निरौला र उमेशप्रसाद मैनालीको मानमर्दन गरिएको
छ । लोकसेवा आयोगका सदस्य डा. भीमदेव भट्ट भन्छन् "असक्षम भए
घर जाऊ भन्नु पर्यो, सक्षम भए सम्मानसाथ काम दिनु पर्यो । मुद्दा
पर्छ भनेर डराउने -" यति धेरै सचिवलाई अतिरिक्त समूहमा राख्नुको
उद्देश्य बुझन नसकेको ठान्ने प्रशासनविद् डा. गोविन्द ढकाल "जनप्रतिनिधिमूलक
संस्था नहुनुको परिणाम" भन्छन् ।
निजामती सेवामा अहिले जथाभावी सरुवा मात्र होइन,
अवसरहरू खोसिन पनि थालेको छ । निजामती सेवाको विशिष्ट श्रेणीका कर्मचारीले
सम्हालिरहेका क्षेत्रीय प्रशासकमा राजनीतिक नियुक्ति गरेर पाँच जनाको
र जनसङ्ख्या तथा वातावरण मन्त्रालयलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा
गाभेर एक जनाको गरी विशिष्ट श्रेणीका ६ वटा दरबन्दी स्वतः खारेज गरिएको
छ । रिक्त तीन सचिव नियुक्तिको अत्तोपत्तो छैन । हरेक वर्षहुने सचिवको
बढुवा यस पटक, २०६१ सलमा, भएन । यसबाट सचिवका सम्भावित उम्मेदवार,
करीब डेढ सय सहसचिव, निरास भएका छन् ।
अञ्चल प्रशासकको व्यवस्था राज्यका लागि आर्थिक
भार बाहेक केही नहुने देखिन्छ । नवगठित अञ्चल प्रशासनको कार्यालयको
मुकाम तोकिए पनि भवनको टुङ्गो लागेको छैन । त्यहाँ हुने खर्चको हिसाबकिताब
हुन बाँकी नै छ । गृह मन्त्रालय सूत्रका अनुसार, मन्त्रिपरिषद्ले तत्कालका
लागि प्रत्येक अञ्चल प्रशासन कार्यालयलाई रु.१५-१५ लाख दिने निर्ण्र्ाागरेको
छ, जुन तलब खुवाउन मात्रै ठिक्क हुन्छ । उता अञ्चल प्रशासकहरू विकास-निर्माणको
बजेट समेत आफूले पाउनुपर्ने माग गर्न थालेका छन् । यसबाट विकास निर्माणको
निर्ण्र्ाागर्ने अधिकार भएका स्थानीय निकायहरू तथा विकास योजना तर्जुमा
गर्ने राष्ट्रिय योजना आयोग सबैलाई निकम्मा बनाउने प्रयास हुन लागेको
स्पष्ट हुन्छ ।
सरकारको तर्फाट सेवा प्रवाहमा छिटोछरितोपन ल्याउन
अञ्चल प्रशासन खडा गरिएको बताइएको छ । तर पर्ूव गृह सचिव श्रीकान्त
रेग्मीको भनाइमा, यसले सेवा सुविधालाई झन् सुस्त तुल्याउनेछ । "निर्ण्र्ाागर्ने
तह थपिँदा समन्वयको प्रश्न चर्केर जान, द्वन्द्व बढ्न सक्छ र काममा
झन् ढिलासुस्ती हुन्छ", रेग्मी भन्छन्, "आदेशमा एकात्मकता
हुँदैन- राजाको आदेश प्रशासकमार्फ् जान्छ भने मन्त्रीको आदेश सचिवमार्फ्
। यसले तल्लो तहका कर्मचारीलाई कसको आदेश मान्ने भन्ने अन्योलमा पार्दछ
। सेवा त कता हो कता !"
•
रामप्रसाद
दाहाल
डाँका रुँग्न रातभरि गस्ती
विराटनगर उप-महानगरपालिकासँगै
जोडिएको झोडाहाट गाविसका दुलाचन्द कार्कीको घरमा पटक-पटक डाँका लागेपछि
उनी विस्थापित भएका छन् । बजारभन्दा केही पर एकान्तमा बस्न नसकेर उनी
झोडाहाट बजारमा डेरा गरेर बस्न आएका हुन् । गाउँकै देवराज घिमिरे,
वर्ीखबहादुर खड्का र किशोर परियार पनि डाँकाका कारण घर छाड्न बाध्य
भएका छन् । तेजप्रसाद खतिवडा, तोयानाथ पोखरेल, विनोद पोखरेल र कुवेर
ढुङ्गाना हिँडिनसके पनि कहाँ गएर के गर्ने भन्ने सोच्दैछन् ।
हुनपनि चैतका अन्तिम पाँच दिनमा झोडाहाटमा मात्रै लगातार
सात वटा घरमा डकैती भयो । यहाँ चोरी डकैती नभएको घर भेट्नै मुश्किल
पर्छ । कार्कीको घरबाट दोश्रो पटक करीब रु.३ लाख बराबरको धनमाल लुटियो
। यसअघि पहिलो डकैती गएको लक्ष्मी पूजाको राति भएको र १६ तोला सुन,
रु.४५ हजार नगद र अन्य गरी रु.२ लाख लुटिएको थियो । उनकी पत्नी अम्बिका,
छोरा कुशल र बुहारी बेहोस हुने गरी कुटिए । यो घटनापछि उनले बुहारीलाई
विराटनगर पठाएका थिए । कार्कीका छिमेकी शिवशङ्कर साहको घरमा पनि ६
महिना भित्र दोस्रो पटक डकैती भइसक्यो । काँटा व्यापार गर्ने साहको
घरबाट रु.३ लाख बराबरको धनसम्पत्ति लुटिएको छ । पत्नी रीता, भाइ उमेशशङ्कर,
बुहारी उचन्तीदेवी मरणासन्न हुने गरी पिटिएका छन् । उनको र आफ्नै भाइ
उमेशको शरीर सुन्निएर हर्ेर्नु नहुने भयो ।
झोडाहाटका शिशिर घिमिरे, श्यामकुमार सरदार, विवेक कर्ण्र्ाा
सन्तोष लुइँटेलको अगुवाईमा अहिले डाँका विरुद्ध गस्ती र प्रतिकार गर्न
थालिएको छ । शिवशङ्कर साह भन्छन्, "यिनीहरू यहाँबाट हिँडे भने
यस गाविसका एक हजार घरपरिवार सबैले गाउँ छोड्छन् ।" यहाँ बसोबास
गर्नेहरू साँझ सात बज्न नपाउँदै घरेलु हतियार लिएर गाउँमा बनाइएका
११ वटा गाँैडा -चौतारा) मा डाँका खेद्न बस्छन् । यहाँ महिलाहरू सुरक्षित
स्थानमा, बूढाबूढी-केटाकेटी घरमा र पुरुषहरू ड्यूटीमा बस्छन् । दिनभरि
ज्याला मजदुरी गरेर खाने यहाँका अधिकांश बासिन्दाहरू पालो गरेर राति
ड्युटी गर्छन् ।
उनीहरूबीच आपसी सञ्चार पनि राम्रो छ । मोबाइल बन्द
नहुञ्जेल प्रत्येक गौँडामा बस्ने एक जनासँग मोबाइल हुन्थ्यो । गाविसका
विभिन्न गौँडामा बस्नेहरूले मोबाइलबाट एकआपसमा जानकारी लिनेदिने गर्थे
। मोबाइल बन्द भएपछि चार जना युवा रातभरि मोटरसाइकल लिएर गाउँ घुम्छन्
र बाँकी गौँडा-गौँडामा बस्छन् ।
पीडितहरूद्वारा हालै आयोजित पत्रकार सम्मेलनमा डाँका
पनि सोही गाउँका भएको ठोकुवा गरिएको छ । निवर्तमान ३ नं. वडा अध्यक्ष
पृतमलाल सरदारको अगुवाईमा डकैती हुने गरेको गाउँलेहरू खुलेआम बताउँछन्
। गाउँलेहरूले यति किटानीका साथ बताउँदा पनि प्रहरीले पृतमलाललाई पक्रिन
सकेको छैन । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रतापसिंह थापा गाउँलेले
जाहेरीमा उल्लेख गरेकामध्ये पृतमलालका छोरा महेश सरदार र अशोक सरदारलाई
पक्राउ गरेर प्रहरी हिरासतमा राखेको बताउँछन् ।
स्थानीय शिशिर घिमिरेको भनाइमा, करीब ३०-३५ जनाको समूहमा
हतियारसहित डकैती गर्न हिँड्ने समुहलाई सरदारको नेतृत्व प्राप्त छ
। डाँकाहरूले नगद र सुनचाँदी मात्र लैजान्छन्, अन्य सामान लैजाँदैनन्
। गाउँका मानिसहरू विस्थापित हुनुको एउटा प्रमुख कारण डकैतीपछि हुने
बलात्कार पनि हो । समाजमा इज्जत जाने डरले कसैले पनि बलात्कार भएको
तथ्य र्सार्वजनिक गर्दैनन् ।
•
मनोज रसिक
वंशिका मुक्त, सन्त्रास कायमै

आफ्नी आमाका काखमा वंशिका ।
|
१८ चैतमा विराटनगरबाट
अपहरण गरिएकी पाँच वषर्ीया वंशिका गुप्ता -पौडेल) लाई भारतको पटनाबाट
फिर्ता ल्याउन सके पनि अपराधीको संयन्त्र जस्ताको तस्तै रहेकोले यस्ता
घटना पुनः हुनसक्ने सम्भावना हटेको छैन । वंशिकालाई अपहरण गर्ने पाँच
नेपालीलाई पक्राउ गरिएको छ । उनीहरू १० वैशाखमा पटनामा पक्राउ परेका
हुन् । पक्राउ पर्नेहरूमा वीरेन्द्र मेहता, डाक्टर भनिने रामसागर मेहता,
देवकुमार भनिने मनोज कुमार मेहता, सुरेशकुमार मेहता, मिन्टु भनिने
विजयकुमार मेहता छन् । फरार भारतीय नागरिक सुरेश भनिने मनोजको खोजी
भइरहेको छ ।
मोरङ प्रहरीका अनुसार अपहरणकारीहरूले वंशिकालाई उनका
मावली हजुरबुवा विजय पौडेलको डेराबाट अपहरण गरेका थिए । एक मात्र सन्तान
वंशिकाका पिता सन्तोष गुप्ता जर्मनीमा छन् । त्यसबेला उनकी आमा विज्ञा
पौडेल -गुप्ता) चीनमा तालिम सकेर काठमाडाँैमा बसेकी थिइन् । बालिकाको
फिरौती बापत रु.३० लाख माग गर्दै उनीहरूले पौडेलको घरमा फोन गर्दै
आएका थिए । प्रहरी सो घरको फोन टेप गरेका आधारमा उनीहरूलाई पक्राउ
गर्न सफल भएको हो ।
अनुसन्धानकै क्रममा अपहरणकारीमध्ये एकलाई पक्राउ गर्न
प्रहरी सफल भयो । प्रहरी निरीक्षकद्वय राजकुमार वैदवार र जगतबहादुर
कार्की, हवल्दारद्वय गंगा पौडेल र नवीन प्रधान लुटेराको खोजीमा पटनातर्फलागे
। दर्ुइ दिनको अनुसन्धान पछि पटना प्रहरीको सहयोगमा एक घरमा छापा मारी
बालिकासहित अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लियो । ११ वैशाख बेलुका
उनीहरूलाई विराटनगर ल्याइयो र १२ वैशाखमा जिल्ला अदालत मोरङमा उपस्थित
गराइयो । जिल्ला अदालतले निजहरूलाई अनुसन्धानका लागि थुनामा राख्ने
आदेश दिएको छ । वंशिका मुक्त भए पनि विराटनगरबासी त्रासबाट मुक्त हुनसकेका
छैनन् ।
•
कमल रिमाल
सरकारी अनुवादले मान्यता पाएन

किरण पाण्डे |
| अनुवादको आवेदन दर्ता गर्दै
एक कर्मचारी । |
बेलायत सरकारले सन् २००२ देखि उच्चदक्ष आप्रवासी कार्यक्रम
-हाइली स्किल्ड माइग्रेन्ट प्रोग्राम) अर्न्तर्गत अन्य मुलुकका दक्ष
नागरिकहरू भित्र्याउन थालेपछि २००३ को मध्यदेखि नेपालीहरू पनि त्यसमा
सहभागी भएर बेलायत जान थालेका छन्, तर अहिले आएर बेलायतको गृह प्रशासन
-होम अफिस) ले कार्यक्रममा आवेदन दिने नेपालीहरूको अङ्ग्रेजीमा अनुवाद
गरिएका प्रमाणपत्रहरूलाई मान्यता दिन छाडेकोले थुप्रैलाई समस्या पर्नथालेको
छ ।
होम अफिसले नेपाली आवेदकहरू नारायणप्रसाद घिमिरे, के.
शाक्य, एस. न्यौपाने लगायतलाई लेखेको पत्रमा भनिएको छ- "श्री
५ को सरकार, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय अर्न्तर्गतको
कानून किताब व्यवस्था समिति यस सम्बन्धी कानूनी कामकारबाही गर्ने मान्यता
प्राप्त निकाय नभएकोले त्यसले गरेको अङ्ग्रेजी अनुवादलाई स्वीकार्न
हामी अर्समर्थ छौँ ।" होम अफिसको यो पत्रले ३१५ पाउण्ड -रु.४२,२१०)
शुल्क बुझाएर निवेदन दिएका सयौँ आवेदकहरू मर्कामा परेका छन् ।
कानुन किताव व्यवस्था समितिको अनुवादलाई बेलायती होम
अफिसले मान्यता नदिनुको औपचारिक कारण खुलाइएको छैन । कतिपय निवेदकहरू
बेलायतले सक्कली कागजातको अनुवादमा तलमाथि भएको र नक्कली कागजात पनि
सक्कली झँै अनुवाद गरिएको आशङ्कामा त्यस्तो निर्ण्र्ाालिएको हुनसक्ने
बताउँछन् । एक निवेदक भन्छन्, "जति धेरै कागजपत्र अनुवाद गर्यो
उति धेरै पैसा आउने लोभमा समितिका कर्मचारीहरू कागजात सक्कली/नक्कली
केही नहेरी अङ्ग्रेजीमा अनुवाद गरिदिन्छन्, जुन कुरा थाहा पाएर बेलायतले
यस्तो निर्ण्र्ाालिएको हुनसक्छ ।" तर, ३० साउन २०२१ को सरकारी
आदेशअनुसार गठन भएको कानून किताब व्यवस्था समितिलाई नेपाल कानूनलाई
विदेशी भाषामा र विदेशी वा अन्तर्रर्ााट्रय कानूनहरूलाई नेपाली भाषामा
अनुवाद र प्रकाशित गर्ने अधिकार दिइएको छ । कानून किताब व्यवस्था समितिका
सदस्यसचिव पर्ूण्ाबहादुर थापा भन्छन्, "हाम्रो अनुवादलाई नमान्ने
भन्ने सवालै उठ्दैन, हामीले अङ्ग्रेजीमा अनुवाद गरेर पठाएको धमिजा
काण्डका सम्पर्ूण्ा कागजपत्रलाई बेलायतले मानेको छ ।"
बेलायतको उच्च दक्ष आप्रवासी कार्यक्रममा अहिलेसम्म
करीब पाँच दर्जन नेपालीले प्रवेश पाएका र चार सय नेपालीले आवेदन दिएका
अनुमान छ । कार्यक्रम चलेको दर्ुइ वर्षबितिसक्दा पनि प्रवेश पाउने
र आवेदन गर्ने नेपालीहरूको ठोस तथ्याङ्क भने उपलब्ध छैन ।
•
ध्रुब सिम्खडा
माओवादी
'राजधानी' रित्तै
उत्तरी रोल्पाको थवाङ्गलाई
माओवादीले आफ्नो राजधानी र दुश्मन आइपुग्न नसक्ने ठाउँ बताउँदै आएका
थिए । तर, ११ वैशाखमा सेनाको हेलिकप्टर चढेर थवाङ पुगेका पत्रकारहरूले
त्यहाँ त्यस्तो देखेनन् । माओवादी सत्ताले आफ्नो 'राजधानी' मा स्थापना
गरेको कार्यालय सुनसान थियो । मगरात स्वायत्त प्रदेशको कार्यालय पनि
हृवाङ्गै थियो । सेनाले आगो लगाइदिएपछि कार्यालयको साइनबोर्ड जलेर
खरानी बनिरहेको देखिन्थ्यो । दर्ुइ सयभन्दा बढी घर रहेको थवाङ गाउँका
घरपर्खालका भित्ताहरू भने अझै पनि माओवादी नारा र कम्युनिष्ट नेताका
आकृतिले पोतिएका थिए ।
यो सुन्दर गाउँमा मान्छेको चहलपहल थिएन । सेना आएर मान्छे
मार्दैछ भन्ने माओवादीको उर्दी सुनेर गाउँलेहरू पनि सेना आइपुग्नुभन्दा
दर्ुइ दिनअघि नै माओवादीसँगै गाउँ छाडेर भागेका थिए । त्यहाँ रहेका
दर्ुइ दर्जन जति पसल बन्दै थिए । घरका ढोका खुल्लै थिए । गाईबस्तु
बाँधिएकै अवस्थामा थिए । गाउँमा केटाकेटी र बूढाबूढी मात्रै थिए ।
घरको बार्दलीमा बसेर टुलुटुलु हेरिरहेका बेलायती सेनामा सात वर्षबिताएका
८४ वषर्ीय रामप्रसाद रोकामगर भन्छन्, "को को कता लागे केही थाहा
पाइएन हजुर ।"
बाग्लुङ, रुकुम, सल्यान र दाङसँग जोडिएको माओवादी गढ
मानिने रोल्पामा अहिले व्यापक रुपमा सैनिक तैनाथ छन् । रोल्पामा कारबाही
शुरु भएपछि माओवादीहरू बाग्लुङतर्फभाग्नसक्ने भएकोले त्यो बाटो बन्द
गरिएको छ । ढोरपाटन शिकार आरक्षको बाटो हुँदै बाग्लुङबाट प्रमुख सेनानीको
नेतृत्वमा एउटा फौज अपरेशन चलाउँदै थवाङ आइपुगेको छ । सल्यानबाट पनि
ठूलो फौज नाका थुन्दै रोल्पा पसेको छ । यसैगरी दाङबाट पनि ठूलो सङ्ख्यामा
सैनिकहरू रोल्पा छिरेका छन् । यसबाहेक विशेष अपरेशनका लागि सेनाको
स्पेशल लडाकुदस्ता रेन्जर वटालियनलाई परिचालन गरिएको छ, जसले ११ वैशाखमा
थवाङमा र्सच गरिरहेको थियो । माओवादीले तुलनात्मक रूपमा सुरक्षित भनेको
थवाङ, र्घर्तीगाउँ, पाछावाङ, राङकोट, भावाङलगायतका अधिकांश स्थान अहिले
सेनाको नियन्त्रणमा छन् । तर, माओवादीहरू भने तर्राई झरेर विद्यालयमा
बम हान्ने काम गरिरहेका छन् ।
•
रामेश्वर
बोहरा, लिवाङ
तेन्जिङ कि गावस्कर ?
होटलको कोठा
नम्बर भनेकै कुनै प्रसिद्ध व्यक्तिको नाम हो । पाहुनाले कोठा रोज्दा
उसले प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे, एडमण्ड हिलारी, पासाङ ल्हामु,
बाबुछिरी, फूटबल खेलाडी पेले र म्याराडोना, क्रिकेटर सुनिल गावस्कर
र विभ रिचर्डस, पौडीवाज मार्क स्पिज, जिम्न्यास्टक नाडिया कोभेन्थी
जस्तो कुनै नामको कोठा पाउँछ ।
म्याग्दी जिल्लाको पर्यटकीय स्थल पुन हिलको काखमा अवस्थित
घोरेपानीको सन्नी होटलका २१ वटै कोठालाई स्वदेश र विदेशका प्रसिद्ध
व्यक्तित्वका नाम दिइएको छ । भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन
४८ वषर्ीय डमबहादुर गर्बुजा (हे.तस्बिर) ले आठ वर्षगाडि रु.८० लाख
खर्च गरेर खोलेको यो होटलमा पछि ग्राहक आकषिर्त गर्ने नयाँ जुक्तिको
रूपमा कोठामा नम्बरको सट्टा प्रसिद्ध व्यक्तिहरूका नाम प्रयोग गरेका
हुन् । यस्तो नयाँ प्रयोगले कतिपय ग्राहकलाई खिन्न बनाएको अनुभव पनि
छ, गर्बुजा दम्पतीलाई । प्राकृतिक सौर्न्दर्यमा रम्न घोरेपानी पुगेर
सन्नी होटलमा बास बस्ने पाहुनाहरू यस्तो देखेपछि पाएसम्म आफ्नै देशका
ख्यात्रि्राप्त व्यक्तिका नामको कोठा रुचाउँछन्, नपाए खिन्न हुन्छन्
।
सन्नी होटल घोरेपानीकै सबैभन्दा राम्रो र सुविधा सम्पन्न
होटल हो । हरेक कोठाको ढोकामा व्यक्तिको नाम मात्र होइन, ऊ कुन क्षेत्रसँग
सम्बन्धित हो भन्ने पनि लेखिएको छ । गर्बुजाले नाम र विवरणसँगै तस्बिर
पनि जुटाइरहेका छन् । यसपछि पाहुनाको प्रसन्नता बढ्ने आशा उनले गरेका
छन् । काठैकाठबाट बनेको सो होटलका हरेक कोठाबाट हिमाल हर्ेन सकिन्छ
। शहरबजारका राम्रा होटलमा पाइने सबैजसो सुविधा यहाँ उपलब्ध छन् ।
पाहुनाहरूलाई फर्ुसदको समय उपलब्धिमूलक बनाउन पुस्तकालय पनि छ ।
तीन वर्षघिसम्म सो होटलमा कोठाको नम्बर नै राखिएको थियो
। डमबहादुरकी श्रीमती पुनमका अनुसार हरेक दिन चाँडो आउने पाहुनाले
मन परेका कोठा लिएपछि बाँकी रहेका नम्बरको कोठामा कसैले पनि बस्न रुचाएनन्
। "यस्तो कोठामा बस्नु पर्यो भनेर कसैले पनि नाक नखुम्च्याओस्
भनेर नै विभिन्न व्यक्तिका नाममा कोठाको नाम राखिएको हो", श्रीमती
गर्बुजाले भनिन् ।
केही गर्ने उत्साह र उमङ्ग लिएर मातृभूमि फर्किएका
डमबहादुरले आफ्नै लगानीमा होटल खोलेका हुन् । होटल व्यवसायमा मात्र
होइन, सामाजिक सेवामा पनि उनी उत्तिकै सक्रिय छन् । कुनै पर्यटक विरामी
भए भने औषधोपचारका लागि तत्कालै होलिकप्टर झकिाएर उनीहरूको उद्धार
गर्नु परे पनि स्थानीयबासीहरू डमबहादुरलाई नै सम्झन पुग्छन् ।
म्याग्दीको खिवाङमा जन्मिएका डमबहादुर गर्बुजा आठ कक्षा
पास गरेपछि भारतीय सेनामा भर्ती भएका थिए । झोलाभरी पदक बोकेर स्वदेश
फर्किएका डमबहादुरको मनमा देश भित्र काम गर्ने इच्छा छ । तर हाल पर्यटन
व्यवसायमा देखिएको मन्दीले भने उनी केही चिन्तित छन् । उनी भन्छन्,
"पर्यटक मात्र बढे पनि यो मुलुकको विकास भइहाल्छ, अरू कसैले केही
गर्नु पर्दैन ।"
•
रामजी दाहाल,
घोरेपानी
|