| •
ऋतुराज |
 |
ऋतुविचार
नेपालीलाई अङ्ग्रेजीमा भाषण
स्वर्गीय स्वीस
भूगर्भशास्त्री टोनी हागनकी सुपुत्री डा. क्याटि्रन हागन हालै काठमाडौँ
आएकी थिइन् । सन् १९५३ मा बालखै छँदा पितासँग पहिलोपटक नेपाल आएदेखि
उनी कतिपल्ट यहाँ आइसकिन् त्यो गनी साध्य छैन । क्याटि्रन सिद्धहस्त
शल्यचिकित्सक हुन् र यहाँ आउँदा पहिले वीर अस्पतालमा स्वयंसेवकका रूपमा
शल्यचिकित्सा गर्ने गर्थिन् । हिजोआज भने उनले काठमाडौँ मेडिकल कलेजलाई
आफ्नो सेवा प्रदान गर्ने ठाउँ बनाएकी छिन् ।
यसपटक उनी यहाँ आएको मौका पारेर त्रिभुवन विश्वविद्यालयको
केन्द्रीय पुस्तकालयमा एउटा सानो समारोहको आयोजना गरिएको थियो । सर्न्दर्भ
थियो उनका पिता टोनी हागनले आजभन्दा लगभग पचास वर्षघि नेपालको कुनाकाप्चा
घुमेर तयार पारेको मौलिक भौगर्भिक नक्सा त्यस पुस्तकालयलाई विधिवत्
हस्तारण गर्ने काम । यी भए कुनै पत्रपत्रिकामा समाचार नआएका कुरा ।
किन हो कुन्नि, त्यस समारोहमा कुनै पत्रिकाका वा सञ्चारमाध्यमका समाचारदाता
थिएनन् ।
तर समाचारदाता नै त्यहाँ भएका भए पनि समाचारमा नआउने
कुराचाहिँ यसप्रकार छ ।
त्यस समारोहमा असी-नब्बे र खूबै भए एक सय जनाको उपस्थिति
हुँदो हो । ती सबै सहभागी नेपाली थिए । गैरनेपाली विदेशी भनेको केवल
एकजना क्याटि्रन हागन थिइन् । सभामा स्वागत भाषण भयो, मन्तव्य व्यक्त
भयो, धन्यवाद ज्ञापन गरियो, अध्यक्षीय भाषण भयो सबै अङ्ग्रेजी भाषामा
। कार्यक्रमकी उद्घोषिकाले उद्घोषणसमेत अङ्ग्रेजी भाषामा नै गरिन्
। त्यो सबै किन भन्दा क्याटि्रन हागनले नेपाली नबुझने हुनाले ।
कुरा एउटा कार्यक्रमको मात्र होइन । प्रायः सबै ठाउँमा
यस्तै हुने गर्छ । सभामा एकजना विदेशी हुन्छ, त्यही विदेशीका लागि
भनेर नेपाली वक्ताहरूले सकीनसकी अङ्ग्रेजी भाषामा भाषण गर्ने गर्दछन्
। नेपालीले नेपालीलाई अङ्ग्रेजीमा भाषण पिलाउनुको के अर्थ - त्यस्तो
हास्यास्पद काम गर्नुभन्दा विदेशी अतिथिका लागि अङ्ग्रेजी जान्ने मान्छेले
दोभाषेको काम गरिदिनु कता हो कता सुहाउँदो हुन्छ र त्यो व्यावहारिक
पनि हुन्छ । यर्सतर्फ सम्बन्धित सबैको ध्यान जाला कि ?
पैसा तिरेर कविता श्रवण
कविता सुन्नु, त्यो पनि टिकट काटेर ! यो त हुनै नसक्ने
कुरा हो । तर त्यही हुन नसक्ने कुरा यसपटक फेरि दोस्रोपटक काठमाडौँमा
भयो । एक वर्षघि २०६० सालको चैत मसान्तका दिन हिमाल एसोसिएसन नामक
सामाजिक संस्थाले 'वषर्ान्त कविगोष्ठी' को आयोजना गरेको थियो सय रुपियाँको
प्रवेश शुल्क लिएर । गएको २०६१ सालको चैत मसान्तका दिन त्यस घटनाको
पुनरावृत्ति भयो ।
यसपटक त हिमाल एसोसिएसन लाई नेपाली कविता डटकम नामको समूहले पनि सघाएको
थियो । अनि कवितावाचन गर्ने सातजना कविहरूमा भैरहवाका बूँद राना र
पोखराका तर्ीथ श्रेष्ठ पनि परेका थिए । मोफसलका यी दर्ुइ कविहरूलाई
विशेषगरी त्यसै कविगोष्ठीका लागि निम्त्याइएको थियो ।
धेरै मानिस कविता सुन्न भनेपछि बाह्र हात पर भाग्छन्
। अपठितहरूमा मात्र होइन पठितहरूमा पनि यो कुरा लागू हुन्छ । पैसा
तिरेर कविता सुन्ने अथवा कविता सुन्नका लागि पैसा तिर्ने दुःख कसले
गरोस् - कविता सुन्ने-सुनाउने परम्परा नबसेकाले यस्तो भएको होला ।
नत्र कविता आफैमा अलोकप्रिय वस्तुचाहिँ होइन । यो अलोकप्रिय हुँदो
हो त साझा प्रकाशनका सबभन्दा बिकाउ पुस्तकहरूमा कविताका पुस्तक पर्ने
थिएनन् ।
पैसा तिरेर कविता सुन्ने चलन काठमाडौँबासीका लागि नौलो
होला । तर पोखराबासी उहिल्यैदेखि यसमा अभ्यस्त भइसकेका छन् । कविगोष्ठीमा
पाँच रुपियाँ प्रवेशशुल्क लिएर कविता सुनाउने चलन पोखरामा २०३५ सालदेखि
नै थालिएको बताउँछन् कवि तर्ीथ श्रेष्ठ ।
हामी नाटक हर्ेन पैसा तिर्र्छौँ । सिनेमा हर्ेन पैसा तिर्र्छौँ । फूटबल
म्याच हर्ेन पैसा तिर्र्छौँ । गीत सुन्न पैसा तिर्र्छौँ । अझ विदेशतिर
त प्रवचन सुन्नलाई पनि मानिसहरू पैसा तिर्छन् । भनेपछि कविता सुन्नलाई
चाहिँ पैसा किन नतिर्ने - आखिर कविहरूले पनि त पारिश्रमिक पाउनु पर्यो
नि !
'वषर्ान्त कविगोष्ठी'ले शुरु गरेको यस चलनले लोकप्रियता
कसो नपाउला त ?
दूधभन्दा फाइदाजनक बियर
उसो त अजय दीक्षित पानीसम्बन्धी विशेषज्ञ इन्जिनियर
हुन् । तर बेलाबखत उनी अरू विषयमा पनि कलम चलाउने गर्छन् । कुन अखबारले
हो "दूधभन्दा बियर स्वस्थकर" भन्ने विज्ञापन छापेछ । त्यो
देखेर रन्थनिएका उनले दैनिक कान्तिपुर मा लेख लेखेका थिए त्यस्तो विज्ञापन
छाप्ने-छपाउनेको धतुरो झारेर । बियरलाई दूधभन्दा बढी स्वस्थकर भन्नुहुँदैन
थियो भन्नेमा इन्जिनियर दीक्षितसित यो लुठो पनि सहमत छ ।
त्यसो भएको विज्ञापनदाताको बुद्धि नपुगेर हो । खासमा
स्वस्थकर नलेखी "दूधभन्दा बढी फाइदाजनक" भनी लेख्नुपर्ने
थियो । यस लुठोका विचारमा पनि बियरका धेरै फाइदाहरू छन् । जस्तै,
· बियर साँझ, बिहान, राति जहिले पनि पाइन्छ । बिहान पाँच बजेको सट्टा
६ बजे पुगे पसलमा दूध पाइँदैन ।
· झुप्रे पसलदेखि डिपार्टमेन्ट स्टोर, होटल, रेष्टुराँ र सगरमाथाको
आधार शिविरमा समेत जहाँ पनि बियर पाइन्छ । दूध निश्चित पसलमा मात्र
पाइन्छ ।
· बन्द होस्, नाकाबन्दी होस् बियर सधँै पाइन्छ । बन्द भयो कि दूधको
कमी हुन्छ ।
· बियरको ब्ल्याक हुँदैन । दूधको ब्ल्याक सधैँ हुन्छ । अबेर गरी दूध
किन्न जानेले पोकाको ११ रुपियाँको साटो १२ रुपियाँ तिर्नुपर्छ ।
· भोजभतेर, सभासमारोह, उत्सव सबै ठाउँमा बियर चल्छ । दूध चल्दैन ।
· बियरको आतिथ्यमा पाहुना दङ्ग पर्छन् । आतिथ्यमा दूधको उपयोग हुँदैन
।
· बियरले निर्जलीयताको समस्या आउन दिँदैन । बियरले पिसाब सफा गराउँछ
। दूध त्यसको लागि कोही खाँदैन ।
· बियरले सामाजिक प्रतिष्ठा बढाउँछ । दूधको त्यो हैसियत छैन ।
· बियरले न्रि्रा लगाउँछ, भोक जगाउँछ । दूधले त भोक हराउँछ ।
· दूध जीउमा लाग्ने कहिले हो कहिले, बियर तुरुन्त लाग्छ ।
· बियरले पचाउन मद्दत गर्छ, दूधले पचाउन नसक्नेलाई पखाला लगाउँछ ।
· बियरले एकसाथ मात लगाउँछ र अघाउँछ पनि । दूधले अघाए पनि मताउन सक्दैन
।
माथिका बुँदाहरू पढेर कसले भन्न सक्छ बियर दूधभन्दा
बढी फाइदाजनक छैन भनेर ?
|