| रिपोर्ट/वर्गदवा
नरसंहार
माओवादी र भिजिलान्ते
दुवै उस्तै
नवलपरासीको बर्गदवा गाउँका र्सवसाधारण जनतालाई
माओवादीले जति बीभत्स ढङ्गले मारे, प्रतिकारको नाउँमा प्रशासनको आशीर्वादमा
खडा भएका 'भिजिलान्ते' समूहहरूले पनि त्यत्तिकै अत्याचार र ज्यादती
गरिरहेका छन् ।
• जेबी
पुन

तस्बिरहरूः जेवी पुन |
| माओवादीले भग्नावशेषमा परिणत गरिदिएको घरमा
विलाप गरिरहेकी एक महिला । |
घरभित्र बुहारी
रती र बहिनी सरस्वती अनि कान्छो नाति हृदयेश निदाइसकेका थिए, बाहिर
आँगनमा सुतिरहेकी ७२ वषर्ीया सोनमती यादवलाई न्रि्राले छोइसकेको थिएन
। एक्कासी विस्फोटले उनी तर्सिइन् । के आवाज हो ठम्याउन नपाउँदै चार-पाँच
जना केटा 'ढोका खोल्' भनी ढक्ढक्याउँदै लात्ताले हिर्काउन र तथानाम
गाली गर्न अनि तीन जना केटी गोठतिर गएर मट्टटिेल र्छर्किन थाले । र,
एकछिनमै ढोका फोरेर घर-गोठ दुवैतिर आगो लगाए ।
घरभित्रबाट 'गुहार... गुहार...' को आवाज आइरहेको थियो
। आक्रमणकारीहरूले सबैलाई लतार्दै बाहिर निकाले । १५ वषर्ीय हृदयेशलाई
लात्ताले भकर्ुर्दै 'तँ प्रतिकारमा बसेको हैनस्' भनी बाहिर ल्याउँदा
आमा रती उनको खुट्टामा झुण्डिएर लत्तारिँदै आइन् । प्रतिरोध गर्न खोज्ने
सरस्वतीलाई उनीहरूले चुल्ठोमा समातेर आँगनमा पछारे । सोनमतीले एउटाको
खुट्टा समातेर अनुनय विनय गर्दा पनि हृदयेशलाई पिट्न छाडेनन् ।
"मेरो छोरा प्रतिकारमा छैन भन्दै मैले छोराको खुट्टा
तानिरहेँ । सासूले उनीहरूको खुट्टा पक्रेर बिन्ती गरिरहिन्",
रतीले रुँदै त्यस रातको वृत्तान्त सुनाउँदै भनिन्, "सासूलाई लात्ताले
पर हुत्याए । 'मलाई बचाउ आमा' भनिरहेको छोरालाई काखमा लुकाएँ । तर
तीन जनाले मलाई नै चरप्प पारे र एउटाले छोराको कञ्चटमा गोली हान्यो
। छोरो एक शब्द बोलेन ।" हृदयेश गोपीगञ्जस्थित लिटिल बुद्ध बोर्डिङ
स्कूलमा कक्षा ८ मा पढ्थे । बर्दघाटको मिर्ठाई पसलमा काम गर्ने उनका
बाबु रामसुरत त्यो रात घरमा थिएनन् ।
सोनमतीले त्यतिबेलै अर्को नाति १८ वषर्ीय भरत यादवलाई
पनि आफ्नै अगाडि मरेको देख्नु पर्यो । साथीभाइसँगै पहरा दिइरहेका
भरतलाई दक्षिणतिरबाट आएका तीन जना केटाले समातेर ल्याएका थिए । उनले
'मलाई जबर्जस्ती प्रतिकारमा लगाएको हो, नमार्नोस् दाइ' भन्दै उनीहरूको
खुट्टा समाते । सोनमतीले पनि त्यसै गरिन् । झाडीमा लुकेर ज्यान जोगाएका
हरिश्चन्द्र चौहान भन्छन्, "अर्कोले भरतलाई कञ्चटमा र घुच्चुकमा
गोली ठोक्यो ।" यसअघि, भरत पहरा दिन निस्केपछि नै घरमा उनका दाइ
कमलेशको पनि हत्या भइसकेको थियो । त्यसबेला कमलेशसँगै रहेकी बहिनी
धन्मन्ती भन्छिन्, "घरबाट तानेर निकाल्दा फुत्किएर भाग्न लागेका
दाइलाई ताकेर एउटी केटीले बम फ्याँकी । दाइ ढलेपछि तीन जना केटीले
अलि परसम्म लतार्दै केहीबेर पिटे र गोली हाने ।"
भारत, ठुटीबारीमा मोटरसाइकल मेकानिकको काम गर्ने कमलेश
त्यसैदिन घर आएका थिए । चार दिनपछि भारत तर्ीथबाट फर्किएका बाबुआमा
रामप्रित र तिजा यादव घर आइपुग्नासाथ मर्ूछा परे । रामप्रित अहिले
सामान्य छन् भने ठुटीबारीमा उपचार गराइरहेकी श्रीमती अझै खतरामुक्त
नरहेको डाक्टरहरूले उनलाई बताएका छन् ।
माओवादीको विक्षिप्त रुप
२ वैशाखको रात करीब १० बजेदेखि उत्तरतिरबाट आएका लगभग तीन सय माओवादीले
गाउँ घेरा हालेर सोमनी गाविस-७, वर्गदवाका धेरै घरमा यस्ता बीभत्स
हत्या, आगजनी र कुटपिट गरेका थिए । सबैभन्दा पहिले उनीहरूले गाउँ प्रतिकार
समितिका अध्यक्ष भागवत चौधरीको घर विस्फोट गर्राई ध्वस्त पारे । चौधरीले
त्यतिबेला खोल्सामा लुकेर ज्यान जोगाए । त्यसको लगत्तै ३२ वषर्ीय चन्द्रमान
धोवीलाई सडकमा गोली हानी मारे र पहरामा बसेका उनका दाइ कमल धोवीलाई
गोली हानी पानीमा धकेलिदिए । हाल लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराइरहेका
कमल भन्छन्, "घरमा आईमाई-केटाकेटीलाई बाहिर निकालेर भाग्न भने
र आगो लगाइदिए ।"

आफ्नै आँखाअगाडि दुई नाति गुमाएकी सोनमती।
|
त्यस रात माओवादीले प्रतिकार समितिमा बसेको आरोप लगाउँदै
आफ्नो अगाडि परेका कसैलाई छाडेनन् । दिदीको घरमा ओखतिमूलो गर्न आएका
जहदा-१, मझौनीका १६ वषर्ीय राजेन्द्र चौहान समेत उनीहरूको निसानामा
परे । "उसले 'म पाहुना हँु, मलाई केही नगर' भन्दै रुँदा पनि अझै
ढाँट्छस् भन्दै बायाँ हात भाँचियुञ्जेल पिटे" भिनाजु हरिश्चन्द्र
चौहान भन्छन्, "त्यसपछि कञ्चट र दायाँ हातमा गोली हाने ।"
माओवादीले घरमा सुतिरहेका २५ वषर्ीय दिनेश कोहारलाई
बाहिर निकाली बाबु धनुकधारीकै सामु गोली हानेर मारेका र घरमा आगजनी
गरेका थिए । घरबाहिर निकाली गोली हानिएका दाजुभाइ दिनेश र दिपक चौधरीमध्ये
दिपक घटनास्थलमै मरे भने दिनेशको पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचार
गर्दागर्दै मृत्यु भयो । "हाम्रै सामु दर्ुइ-दर्ुइ जना छोरालाई
मारे । घर बमले उडाइदिए" बाबुआमा इन्द्र कमल र गेनमती भन्छन्
। माओवादीले नवलपरासी, जहदाको माध्यमिक विद्यालयमा पढाउने शिक्षक विजय
चौधरी र उनका छोरा रेनु चौधरी -अभिमन्यु) लाई पनि मारे ।
त्यस रात माओवादीले १० जनाको हत्या गर्नु र कैयौँलाई
घाइते बनाउनुका साथै आगजनी र विस्फोटबाट १२ घर, दर्ुइ गाडा, एक पम्पसेट,
एक थ्रेसर, साइकल र ५० क्विन्टल गहुँ नष्ट पारिदिएका थिए । सोमनीमा
तीन घण्टा जति मच्चाइएको वितण्डाले उनीहरू मानसिक रूपले हदैसम्म विक्षिप्त
रहेको झलक दिन्छ । केही समययता पार्टर्ीी भएको सैन्य क्षति र आन्तरिक
द्वन्द्वले पनि उनीहरूलाई यो अवस्थामा पुर्याएको हुनसक्छ । घटनाको
मानवअधिकारवादी लगायत सबैले निन्दा गरेपछि माओवादीले एक विज्ञप्ति
निकालेर मर्नेहरूलाई 'भारतीय र स्थानीय डाँका' भनेका छन् । तर प्रतिकार
समितिमा रहेका मृतक दिनेश कोहार र घाइते हिरालाल साहनीबाहेक उनीहरूले
मारेका अरू सबै र्सवसाधारण र प्रतिकार समितिहरूले जबर्जस्ती पहरा बस्न
लगाएका व्यक्ति हुन् ।
माओवादीले छोरा मारेपछि प्रतिकारमा उत्रिएका स्थानीय
जमिन्दार तथा शिक्षक भागवत चौधरीको समूहले गाउँलेलाई लौरो बोकी राति
जबर्जस्ती पहरा बस्न लगाउने गरेको छ । हरिश्चन्द्र चौहानका अनुसार,
ड्यूटीमा बस्न नमान्ने र निदाउनेहरूलाई चुट्न एक भारी बाँसको लौरो
काटेर राखिएको छ । मृतक चन्द्रमान धोवीकी श्रीमती दर्ुगावती भन्छिन्,
"एक टुक्रा खेत छैन । गरीबले रातभरि पहरा बसेर दिनभरि मजदुरी
कसरी गर्ने ?"

अकुर न्यौपाने/इन्सेक |
| पीडितको अवस्था बुझन आउनेहरू प्रायः भिजिलान्तेहरूबाटै
घेरिने र तिनकै कुरा सुनेर र्फकने गरेका छन् । |
माओवादी आक्रमणमा मर्नेहरू प्रायः सबै गरीब छन् । अन्न
समेत जलाइदिएपछि परिवारका सदस्यहरू उधारो खाइरहेका छन् । जिल्ला प्रशासनले
पीडितहरूलाई 'राहत' स्वरुप दर्ुइ-दर्ुइ हजार रुपैयाँ र लत्ताकपडा वितरण
गरेको छ । नवलपरासी प्रजिअ माधवराज शर्मा क्षतिको छानबिनपछि क्षतिपर्ूर्ति
पनि दिइने बताउँँछन् । सोमनीमा अहिलेसम्म दर्जनाँै मानवअधिकारकर्मी
र प्रशासन प्रतिनिधिहरूले भ्रमण गरिसकेका छन् । पछिल्लो पटक १० वैशाखमा
पश्चिम पृतनापति अमर पन्तको टोली पुगेको थियो । स्थलगत निरीक्षण गर्न
र पीडितहरूको अवस्था बुझन पुगेका सरकारी-गैरसरकारी क्षेत्रका मानिस,
स्वदेशी-विदेशी मानवअधिकारकर्मी, पत्रकार सबैले पीडितको भन्दा माओवादी
प्रतिकारको नाउँमा प्रशासनकै आशिर्वादमा खडा गरिएका 'भिजिलान्ते' समूहका
नाइकेहरूकै कुरा सुनेर जाने गरेका छन् । नन्दपुरका मथुरा चौधरी भन्छन्,
"माओवादी र प्रतिकारी दुवैको सास्ती हामी भोग्छौँ, जो आएपनि अगाडि
सरेर कुरा गर्ने चाहिँ प्रतिकारवाला नै हुन्छन् । हामी त यहाँ देखिने
मात्र हौँ ।"
भिजिलान्तेहरूको अत्याचार
६ पुसमा 'माओवादी ज्यादतीविरुद्ध लड्न' पक्लिहवा, रतनगंजबाट हतियार
उठाएको नवलपरासीको प्रतिकार समितिविरुद्ध अहिले जनता नै प्रतिकारमा
उत्रिएका छन् । प्रतिकारको नाममा मुन्ना खाँको निर्देशनमा चल्ने सशस्त्र
भिजिलान्ते समूहले नवलपरासीका दक्षिण भेगमा हातहतियारसहित गस्ती र
खानतलासी गर्ने, चन्दा उठाउने, हतियार किन्न र प्रतिकार समुह गठन गर्न
लगाउने तथा माओवादीको आरोपमा जथाभावी कुटपिट गर्ने क्रम शुरु गरेपछि
र्सवसाधारणहरू आतङ्कति बनेका हुन् ।
प्रतिकार समिति सदस्य राधे मुखिया यादवसहितका व्यक्तिहरूले
८ चैत दिउँसो रुपौलियाको हाटबजारमा आफूले बियर खान मागेको पैसा तुरुन्तै
नदिने बजारका ठेकेदार राजेन्द्र मल्लाहलाई पिटे । मल्लाह भन्छन्, "म
पैसा उठाउँदैथिएँ, बियर खान पैसा दे भने । अहिले छैन बेलुकी दिन्छु
भनेको मात्र के थिएँ बन्दुकमा बारुद भर्ने फलामले बेस्सरी कुटे ।"
उनका अनुसार, त्यस दिन कुडीया गाविस, सखुवानाका जमिन्दार यादवलगायतका
प्रतिकार समूहका मानिसहरू रक्सीले टिल्ल परेर आएका थिए । हाटमा उनीहरूले
बन्दूक पड्काउँदै 'माओवादी आए' भनिदिँदा मच्चिएको भागदौडमा परी एक
दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भए । उनीहरूले महिला, केटाकेटी र
वृद्धहरूलाई समेत अभद्र व्यवहार गरे । गाई चराइरहेका १५ वषर्ीया विमला
चौधरी र पार्वती चौधरीलाई जबर्जस्ती कपडा खोल्न लगाए । "त्यसो
नगर भन्दा २०-२५ जनाको समूहले हामी पाँच जना गोठालाहरूलाई अझ बोल्छस्
भन्दै पालैपालो बन्दूकले कुटे", भीमलाल ढकाल आफ्नो चोट देखाउँदै
भन्छन् ।

सँगसँगैः
प्रतिकार समूहका हतियारधारी सदस्य र सुरक्षाकर्मीहरू यसैगरी सँगसँगै
गाउँ घुम्ने गर्छन् । |
'मधेशबाट माओवादी सफाया गर्र्छौं' भन्ने प्रतिकार समूहहरूले
अहिले पहाडिया र मधेशीबीच साम्प्रदायिक विखण्डनको बीउ समेत रोप्न थालेका
छन् । रुपौलियाका गिरीप्रसाद बस्याललाई उनीहरूले ढाका टोपी लगाएको
भनी अभद्र व्यवहार गरे, जथाभावी गोली पड्काउन थाले । केही टाठाबाठा
मान्छेले रोक्न खोज्दा उनीहरूले 'ढाकाटोपी लाउनेलाई मार्ने आदेश छ'
भनेका बस्याल सुनाउँछन् । प्रतिकार समितिले यस्तो अत्याचार गर्न लागेपछि
१० चैतमा रुपौलियाका तीन सय जति मानिसहरू जीउधनको सुरक्षा र दोषीमाथि
कारबाहीको माग गर्दै नवलपरासी जिल्ला प्रशासनमा डेलिगेसन गएका थिए
। प्रतिकार समितिको ज्यादती विरुद्ध यसअघि पनि जिल्ला प्रशासन कार्यालयमा
सोमनीका दर्ुइ सयभन्दा बढी मानिसको हस्ताक्षर सहित निवेदन परिसकेको
थियो ।
नवलपरासीका प्रहरी उपरीक्षक रामकुमार खनाल प्रतिकार
समिति बेलाबखत प्रशासनको नियन्त्रण बाहिर जानथाल्दा आफूहरूले उनीहरूलाई
बोलाई सम्झाउने गरेको बताउँछन् । "जथाभावी चन्दा उठाउने दर्ुइ
जनालाई हामीले नजरबन्दमा राखेर अनुसन्धान गरिरहेका छौँ" खनाल
भन्छन्, "त्यसपछि अहिले प्रतिकार समितिहरू नियमबद्ध भई काम गरिरहेका
छन् ।" तर प्रतिकार समितिका क्रियाकलाप हर्ेदा उनको दाबी पत्यारलाग्दो
देखिँदैन ।
१४ चैतमा रुपौलियाका एक पसले केशवराज शर्मालाई चन्दा
नदिएको भन्दै प्रतिकार समूहले निर्घर्ााचुटेको छ । त्यतिखेर ६० जनाको
सङ्ख्यामा आएका उनीहरूले घर फोर्ने, जथाभावी कुटपिट गर्ने र थुप्रै
सरसामानहरू लुट्ने काम गरेको पीडितहरू बताउँछन् । "उनीहरूले मेरी
श्रीमतीको गहना समेत लुटेर लगे", शर्मा भन्छन्, "दिनदिनै
आएर हतियार देखाउँदै तर्सर्ााछन्, चन्दा माग्छन् । हामीलाई बसिखान
दिएका छैनन् ।" उनीहरूले त्यतिखेर ८२ वषर्ीया वृद्धा सरस्वती
चापागाइँलाई धकेल्दा उनको हात भाँच्चिएको थियो ।
नवलपरासीको दक्षिण भेगका सबै गाउँहरू अहिले यस्ता भिजिलान्ते
समूहका अनेकन ज्यादतीको शिकार भएका छन् । १३ चैतमा आफ्नो विरोध गरेको
आरोपमा प्रतिकार समूहले सोमनी-७ का ४० वषर्ीय रामकिशोर चमारको बीभत्स
हत्या गर्यो । उनको दायाँ हात काटेर, पोलेर उनैलाई खान लगाई गोली
हानेर मारिएको थियो । त्यसैगरी प्रतिकार समूहले १८ चैतमा सोमनी-५ का
शिक्षकद्वय शम्भु प्रजापति र सत्यदेवलाई विद्यालयमै गई कुटपिट गर्यो
। उनीहरूले त्यसै दिन शिवमुख यादव र पारसधरको लाईसेन्सवाला बन्दूक
लुट्नुका साथै दर्जनौँ गाउँलेहरू माथि कुटपिट गरेका थिए ।
माओवादीले जस्तो जबर्जस्ती चन्दा उठाउने काम प्रतिकार
समूहले पनि गरिरहेका छन् । तर उनीहरू यसलाई जबर्जस्ती उठाइएको मान्न
तयार छैनन् । "जनताको लागि लड्नेहरूलाई जनताले पाल्न किन दुःख
मान्ने -" नवलपरासी प्रतिकार समितिका अध्यक्ष मुरारी पहलमान भन्छन्,
"हामीलाई सबैले खुसीले सहयोग गरेका छन् ।"

प्रतिकार समितिका सदस्यहरूलाई नवलपरासीको एउटा गाउँमा हतियार चलाउने
तालिम दिइँदै । |
नवलपरासीमा १०-१२ जनाबाट शुरु भएको प्रतिकार समूहमा
अहिले १५० युवा सङ्गठित भएका यसको सल्लाहकार समितिका अध्यक्ष मुन्ना
खाँ दाबी गर्छन् । उनीहरूले आधा दर्जन मोटरसाइकल जोरेका छन् । सबैसँग
गोलीगठ्ठा र बन्दूक छन् । सोमनी गाउँ समितिका अध्यक्ष भागवत चौधरीले
आफ्नो समितिको लागि भारु १६ हजारको एउटा राइफल किनेका छन्, जुन उनकै
छोरा अरुणले बोक्छन् । मुरारी पहलमान भन्छन्, "हाम्रा कार्यकर्तालाई
अझै हतियार पुगेको छैन, प्रशासनले दिनर्ुपर्दछ ।"
प्रशासन उनीहरूसँग हतियार भएको कुरा स्वीकार गर्दैन
। तर सुरक्षाकर्मी र प्रतिकार समूह हतियारसहित सँगसँगै घुमिरहेका प्रत्यक्ष
देख्न सकिन्छ । प्रजिअ शर्मा यो तथ्यलाई ठाडै नकार्दै भन्छन्, "यस्तो
हामीले देखेका छैनौं । अवैध हतियार राखेको भए हामी कारबाही गर्छर्ाा
।" कथित प्रतिकार समितिको नाममा खडा भएका भिजिलान्ते समूहहरूलाई
स्थानीय प्रशासनको मात्र होइन, सरकारकै र्समर्थन छ भन्ने कुरा त केही
समयअघि कपिलवस्तुमा तीन-तीन जना मन्त्रीहरूले तिनलाई उकासेर गरेको
भाषणबाटै प्रष्ट हुन्छ ।
प्रतिकार समूहमा बन्दूक र पैसाको लोभमा लाग्ने खराब
पृष्ठभूमिका मानिसहरू प्रशस्त छन् । यद्यपि त्यस्ता व्यक्तिलाई नियन्त्रण
गरिएको मुरारी पहलमानको दाबी छ । प्रतिकार समिति वैदोली गाविसका अध्यक्ष
इन्द्रजित यादव चन्दाको रु.२३ हजार हिनामिना गरेको आरोपमा एक महिना
निलम्बनमा परेका छन् । पहलमान भन्छन्, "पुरानो पृष्ठभूमि जे-जस्तो
भए पनि हामीले कसैलाई खुला छुट दिएका छैनौँ ।"
प्रतिकार समूहमा हतियारको विषयलाई लिएर पनि विवाद चलिरहन्छ
। गुठी प्रसौनि-५, हरपुरमा ८ चैतमा हतियार बाँडफाँड सम्बन्धी विवाद
चल्दा कतिपय सदस्यहरू स्वयं घाइते भएका थिए । सदस्य अयोध्या यादवको
घरमा बैठक बसिरहेको बेला रामवृक्ष यादवले भरत यादवलाई गोली हान्दा
राजु यादवको दायाँ हातमा लागेको थियो । त्यतिबेला गोली लागेर बन्धु
यादव र अयोध्या यादव पनि घाइते भएका थिए । केही दिनअघि रुपौलियाका
प्रतिकार सदस्य शङ्कर मल्लाहले जथाभावी गोली चलाउँदा आफ्नै छोरीलाई
लागेको थियो । मुन्ना खाँ भन्छन्, "हतियारको दुरुपयोग भएको छ,
तर हामी रोक्ने प्रयास गरिरहेका छौँ ।"
माओवादी र भिजिलान्ते समूहबीच चलेको हत्या-हिंसामा अहिलेसम्म
नवलपरासीमा दर्ुइ दर्जन भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने
सयौँ युवाहरू डरले भारत पलायन भएका छन् ।
|