| रमझम

हरिना
बोगटी
हाइकिङ, डान्स, बास्केटबलकी शौखिन हरिना पुस्तक
पढ्न पनि उत्तिकै रुचाउँछिन् रभविष्यमा समाजसेवी बन्न चाहन्छिन् ।
तस्बिर/शृङ्गारः डीजी
प्लस, काठमाडौं
पहिरनः गसिप, तेस्रो
तल्ला विशालबजार, काठमाडौँ
रमझम/सङ्गीत
सम्झिँदै, भक्कानिँदै


|

चन्द्रशेखर कार्की
|
गायन यात्राको प्रारम्भ र उत्कर्ष (माथि)
र हालको अवस्थामा तारादेवी ।
|
लोकप्रिय गायिका तारादेवी अस्वस्थ भएको धेरै भयो । बोल्न
र हिँडडुल गर्न समेत उनलाई सकस पर्छ । उनको सङ्गीत-यात्राकोे अवरोधक
बनिरहेको छ नसासम्बन्धी 'पार्किन्सन' रोग । त्यसअघि पारिवारिक वियोगका
बोझलिा प्रसङ्गहरूले समेत उनलाई अल्मल्याए । र, तेह्र वर्षता कुनै
नयाँ गीत रर्ेकर्ड गराउन सकिनन् । यद्यपि, उनको स्वरमा सयौँ कालजयी
गीत कहीँ न कहीँ गुञ्जिरहेका छन् । तर, आफ्नै सुरिलो स्वरसमेत अहिले
उनका लागि इतिहास बनेको छ । जीवनका आरोह-अवरोहहरूसँग गाँसिएका आफ्ना
सिर्जनाहरू सम्झिँदा उनी बारम्बार भक्कानिन्छिन् । १ वैशाखमा काठमाडौँ-नयाँबानेश्वरस्थित
उनकै घरमा नयाँ वर्षो शुभकामनासहित उपस्थित पर्ूवसहकर्मी, अग्रज र
प्रशंसकहरूको एक हुल देखेपछि उनी भावविहृवल भइन् । गायिका कोइलीदेवीलाई
अँगाल्दै आँसु चुहाइन् । र, सहकर्मीहरूबाट आफ्नो ख्याति, कर्ीर्तिमानका
कुरा सुनिरहिन्, निःशब्द । तारादेवीको जीवनका अनेकौँ उकाली-ओरालीका
साक्षी गीतकार किरण खरेल भन्दैथिए, "धेरै गीतकारलाई स्थापित,
अमर बनाउने गायिका हुन् तारादेवी ।"
नभन्दै, नेपाली सङ्गीतकै उपमा भइसकेकी छन् तारादेवी
। त्यसका प्रमाण हुन् 'आहा ! तारादेवीको जस्तो स्वर' भनिने टिप्पणीहरू
। तर, त्यही कण्ठ अवरुद्ध भएपछि उनको स्वरमा आफ्ना रचना सुन्न/दोहोर्याउन
चाहने धेरै स्रष्टाहरूको धोको अपुरो, अतृप्त नै रहृयो । उनको स्वर
पाउने पछिल्ला भाग्यमानी स्रष्टा बनेका छन् गणेश परियार, मदन दिपविम,
कमल परियार अनि दामोदर घिमिरे, विश्ववल्लभ, प्रमोद ढुंगाना र गौतम
रञ्जित । मङ्सिर-पुस २०४८ मा म्युजिक नेपालमा गीत रर्ेकर्ड गराउँदा-गराउँदै
अस्वस्थ बनेकी थिइन् तारादेवी । लामो पर्खाइपछि पनि थप रेकर्डिङ संभव
भएन । र, त्यतिखेर स्वरबद्ध चार गीत नै तारादेवीको गायनयात्राका अन्तिम
उपहार बने । म्युजिक नेपालले स्वरकिन्नरीको गायन-इतिहासको पछिल्लो
अध्यायलाई भर्खरै र्सार्वजनिक गरेको छ, यी गीतले नेपाली सङ्गीतमा उल्लेख्य
महत्त्व राख्ने अपेक्षाका साथ ।
'आफन्तको मनमा पनि पर्राई बस्दो रै'छ
मिलनको कोठाभित्र पर्दा हुँदो रै'छ
मान्छेलाई चिन्न अति गाह्रो हुँदो रै'छ
मान्छेभित्र नपत्याउँदो ढुङ्गा हुँदो रै'छ ।'
यस्तै गीत छन् 'आफन्तको मनमा' शर्ीष्ाकको अल्बमभित्र
। सबै गीत तारादेवीको सदावहार शैलीकै निरन्तरता लाग्छन् । यो इतिहास
र्सार्वजनिक गर्दै म्यूजिक नेपालले वि.सं. २०६२ को र्सार्थक सुरुआत
गरेको छ । १ वैशाखमै विमोचित तारादेवीका सदावहार गीतहरूको सङ्ग्रह
'उकाली ओराली' सङ्गीतपारखीहरूका लागि अर्को उदाहरणीय कोसेलीजस्तै लाग्छ
। त्यसमा रहेका चौध गीतले स्वरकिन्नरीको गायन-उत्कर्षो प्रतिनिधित्व
गर्छन् । ताराजस्तै उनका रचनाकार, सङ्गीतकारलाई चम्काउने गीत छन् त्यहाँ
। तारादेवीको आफ्नै सङ्गीतका दर्ुइ गीत 'सिन्दूरले रङ्गएिछु भन्छ सिउँदो'
र 'शर्माएर बोलिनँ म भेट हुँदा पैले' का सुरलयले निर्धक्क अरू सङ्गीतसँग
कुम जोड्ने हैसियत राख्छन् । नातिकाजी, शिवशङ्कर, शुभबहादुर, सीके
रसाइलीका सङ्गीत र माधव घिमिरे, राममान तृषित, रत्नशमशेर थापा, भैरवनाथ
रिमाल, दिनेश अधिकारी, विश्ववल्लभ, चाँदनी शाह, किरण खरेल, शम्भुप्रसाद
उपाध्यायका रचनामा ताराले जीवन फुकेका गीतले कसको मन नछोलान् ?
'फूलको थुँगा बगेर गयो गंगाको पानीमा', 'इशारा त गर्नुभयो
मलाई मात्र हो कि हैन -', 'उकाली ओरालीहरूमा', 'अमर माया छोडेर जाने',
'सोचेजस्तो हुन्न जीवन', 'संझी रुन मन लाग्यो माइतीको देश', 'कहिले
माया बिर्सने भुलेर तिमीमा', 'नौसय खोला तरेर जाने', 'फूलैफूलको मौसम
तिमीलाई' जस्ता सदावहार गीत छन् यसमा । सुन्दा, गुन्गुनाउँदा पृथक्
आनन्द भेटिन्छ । मान्छेको संवेदना नै हल्लाइदिने गीत र सीपको संयोजन
मान्न सकिन्छ यो सङ्ग्रहलाई । त्यहाँ उल्लासका अभिव्यक्ति पनि छन्
र पीडाका तरेली पनि ।
'हिमालको काखमा छ सानो मेरो गाउँ', 'कालीपारि दाइ कति
राम्रो', 'सागुरी वारि नि हाउ त्यो धारापानी', 'हे आमा सानीमा', 'जून
निदाउन थाल्यो' जस्ता सयौं लोकप्रिय गीत छन् तारादेवीको पोल्टामा ।
उमेरले अहिले साठीको हाराहारी पुगेकी तारादेवीले बाल्यावस्थादेखि नै
रेडियोमा गाइन् । २०१२ सालमा १०-११ वर्षो उमेरमा उस्ताद भैरवबहादुर
थापासँग 'तिमी र हामी भेटौँला फूलबारीको छेवैमा' रर्ेकर्ड गराइन् र
२०१५ देखि रेडियो नेपालको जागिरे कलाकार बनिन् । रेडियो नेपाल, रत्न
रेकर्डिङ संस्थानको सेरोफेरोको सीमित प्लेटर्फम अनि सानो साङ्गीतिक
दुनियाँ थियो उनका अघि । तर उनले त्यसैमा कर्ीर्तिमान बनाइन् चार हजारभन्दा
बढी गीतमा स्वर दिने पहिलो नेपाली गायिकका रूपमा । ती कर्ीर्तिमानभित्रकै
केही मोतीदाना हुन् 'उकाली ओराली' का गीत । जति टिपे पनि धीत मर्दैन
।
•
पेशल
रमझम/कला
चित्रमा समयको अनुहार

किरण पाण्डे |
तेह्रौँ चित्रकला पर््रदर्शनीसम्म
आइपुग्दा पनि कलाकार मुकेश मल्लले अहिलेको जस्तो बिम्ब नै बिम्बको
ओइरो कहिल्यै भेटेका थिएनन् । संभवतः त्यसैले रेडियो, टेलिभिजन र अखबारका
पानामा भरिएका हिंसा र मृत्युका समाचार नै उनका चित्रका विषयवस्तु
बने । राजधानीको ग्यालरी-नाइनमा ३-१३ वैशाखमा प्रदर्शित मुकेशका ३१
अमर्ूत चित्रलाई दर्शकले धेरै दृष्टिले जीवन्त ठाने । सन् २००३ मा
आयोजित तीन पर््रदर्शनीमा 'समयको प्रतिबिम्ब' शर्ीष्ाक जुराउने मुकेशले
यसपटक चाहिँ 'दिस इज टुडे' शर्ीष्ाकमा आफ्ना सिर्जना र्सार्वजनिक गरे
। सबै चित्र एक्रेलिक माध्यमका थिए अनि अमर्ूत । जस्तो सम्झयो, वर्तमानको
त्यस्तै चित्र देखिने । तर, समय र परिवेशकै प्रतिबिम्ब झल्कन्थ्यो
हरेक चित्रमा । साहित्यकार डा. अभि सुवेदीका शब्दमा 'मुकेशका चित्रमा
समयको अनुहार चित्रित थिए ।'
मुकेशको यो अभियान तीन दशकअघि धनकुटाबाट शुरु भएको
हो, जुन अहिले नयाँ मोडमा उभिएको छ । भन्छन्, "अबको कलायात्रा
उत्तर आधुनिकताको सँघारमा छ । समयसँगै हामी अगाडि गएनौँ भने हाम्रो
सिर्जना यत्तिकैमा रोकिन पनि सक्छ ।"
धनकुटामा बितेको बाल्यकाल सम्झँदा उनलाई अनौठो लाग्छ
। एघार वर्षा थिए उनी, चित्रकला त देखेकै थिएनन् । एकदिन आफैँले बनाएको
चित्रलाई भित्तामा टाँगे र टोलका सबैलाई देखाए । "आहा कति राम्रा
चित्र, बनाउन नछोड्नु है" आफन्त, छरछिमेक सबैले उत्साह थपे ।
थाहै नपाई उनी चित्रकलामा भिजिसकेका थिए । वि.सं.२०२८ तिर क्याम्पस
पढ्न विराटनगर पुगेका मुकेश व्यवस्थापन र लेखाका सिद्धान्त सूत्रहरूभन्दा
कलातिर बढी तानिँदै गए । लगत्तै विराटनगरमा नेपाल ललितकला संस्था -नाफा)को
शाखा खुल्यो । काठमाडौँबाट गएका हेम पौडेलले एकल पर््रदर्शनी गरे ।
पौडेलबाट मुकेशले चित्रकलाको विषयमा धेरै ज्ञान बटुले । ३२ सालतिर
व्यापारका सिलसिलामा धरान पुगेका मुकेशले स्थानीय कलाकारहरूको साथ
सहयोगमा 'युवा कलाकार केन्द्र' खोले । त्यही संस्थाको अभियन्ताका रूपमा
रातिराति चित्र बनाउँदा बनाउँदै धरानमा हप्तैपिच्छे चित्रकला पर््रदर्शनी
हुन थाले । यता, राजधानीका कलाकार नारायणबहादुर सिंहसँग मुकेशको पत्राचार
शुरु भयो । पत्रकै माध्यमबाट उनले चित्रकलाका विभिन्न आयाम बुझे ।
उनले त्यसैसाल 'कला' नाउँको कलापत्रिका निकाले । अल्पायुमै बन्द भएपनि
कलासम्बन्धी नेपालकै पहिलो पत्रिका थियो त्यो ।
काठमाडौँ आएर चित्रकलामा संलग्न हुने चौपट्टै रहर थियो
मुकेशलाई । त्यसैले घरपरिवार कसैलाई नभनी ४१ सालको एक बिहान उनी सुटुक्क
राजधानी छिरे । अनि शुरु भयो सङ्र्घष्ा र साधनाको अर्को यात्रा । एकदिन
साहित्यकार ध्रुवचन्द्र गौतमसँग भेट भयो । दुवै पुगे साझा प्रकाशन
र तत्कालीन महाप्रबन्धक क्षेत्रप्रताप अधिकारीसँग कला-साहित्यका विषयमा
लामो भलाकुसारी भयो । भेटघाटले मुकेशलाई गरिमा मासिकमा कला सम्बन्धी
लेख लेख्ने मौका दिलायो । त्यसपछि अन्य विभिन्न पत्रिकामा समेत उनले
कलासामग्री निरन्तर लेखिरहे । राम्रो कला-समीक्षकका रूपमा समेत ख्याति
कमाएका मुकेशले कलाको सैद्धान्तिक ज्ञानसम्बन्धी चार वटा पुस्तक लेखेका
छन् । धेरैले अमर्ूत कला नबुझेको भनाइ उनलाई सत्य लाग्दैन । भन्छन्,
"चित्र त आ-आफ्नो हेराइले बुझनर्ुपर्छ ।"
तीन दशक लामो कलायात्रामा अहिले पहिलो पटक उनी अस्मिना
रन्जित, सुजन चित्रकार, मनीष श्रेष्ठ र कलाप्रेमी श्रेष्ठका सिर्जनाबाट
उत्साही भएका छन् । उनीहरूले नेपाली कलालाई अन्तर्रर्ााट्रय क्षेत्रमा
पुर्याउन सक्नेमा आशावादी छन् मुकेश । विद्यालयतहदेखि नै कला विषयमा
छुट्टै पाठ्यक्रम समावेश गरिनुपर्ने उनको सुझाव छ । भन्छन्, "भानुभक्त
आचार्यजस्तै योगदान नेपाली कलामा भाजुमानको रहेको छ, तर खै कसले चिन्छ
भाजुमानलाई ?"
•
भोजराज न्यौपाने
रमझम/अनुभूति
संसारै फैलियो फूलै संसार..

दुर्गालाल श्रेष्ठ

आनी छोइङ डोल्मा

न्हृयू बज्राचार्य
|
'फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार...'
हिजोआज घरघरमा स-साना नानी, युवा, पाका सबैले
प्रायः गुन्गुनाइरहने गीत हो यो । अरू सुन्दर गीतहरूलाई समेत उछिनेर
धेरै श्रोताको मन जित्न सफल भएको छ यो गीत ।
गीत-सङ्गीत कलाको प्रभावशाली माध्यम हो- मान्छेलाई
रुवाउन सक्छ, हँसाउन र हृदय जित्न सक्छ । आज 'फूलको आँखामा फूलै संसार'
ले हाम्रो समाज मात्र होइन, समुद्र नाघ्यो-पहाड पनि नाघ्यो । अब यसले
अन्य देशका सङ्गीतप्रेमीहरूको मन पनि जित्न थालेको छ ।
गएको २४ मार्चदेखि ७ अप्रिलसम्म नयाँदिल्लीमा
'जागोरी र संगत' गैरसरकारी संस्थाले आयोजना गरेको 'जेण्डर, आइडेन्टिटी,
कन्फ्िलक्ट एण्ड पिस' विषयक कार्यशालामा हल्याण्डका एक प्रशिक्षकसहित
एशियाका १४ देशका प्रतिनिधि सहभागी थिए । प्रायः द्वन्द्वसँग सम्बन्धित
संस्थाहरूमा काम गरेकाले प्रतिनिधिहरू आ-आफ्नो देशका द्वन्द्वका कुराले
प्रभावित थिए । द्वन्द्वका व्यथाहरू सुनाउँदासुनाउँदै कोही कोही त
रुन्थे र अरूलाई रुवाउँथे पनि । मेरो निम्ति पहिलो अनुभव थियो, प्रत्यक्ष
रूपमा एकैपल्ट धेरै देशका आला घाउको कथा सुन्न भ्याएको । सुन्दासुन्दै
मन भारी हुन्थ्यो र लागिरहन्थ्योे दुखेका मनहरूमा कुनै जादूको शीतल
मलम लगाइदिन पाए पनि हुने ! तर आफ्नो हात पनि खाली नै थियो । हिंसाग्रस्त
समाजको आलो घाउ आफूसँग पनि थियो ।
१४ दिनसम्म चलेको कार्यशालामा एकदिन अनौपचारिक
कार्यक्रममा एकआपसमा गीत सुनाउने सहमति बन्योे । इच्छुक सहभागीहरूले
आफूलाई मन परेको गीत समूहमा सुनाउन थाले । तीमध्ये नेपालकी सहयात्री
लक्ष्मी न्यौपानेले हामीकहाँ हिट भइरहेको गीत 'फूलको आँखामा फूलै संसार...'
सुनाइन्् । जोडदार ताली बज्यो । आयोजकहरूले केहीअघि नेपाल आएको बेला
यो गीतको क्यासेट किनेर लगिराखेका रहेछन् । नेपालमा गायिकाकै मुखबाट
सुन्न भ्याएको यो गीत पुनः सुन्न पाउँदा उनीहरू धेरै खुशी भए । अर्को
दिन पनि यो गीत गाइदिन अनुरोध गरियो । र, अरू प्रतिनिधिहरूले समेत
स्वर टिप्न, सिक्न र गाउन थाले ।
सबै देशमा समस्या भएको सुन्न थालेपछि मनमा लागेको
थियो- विश्वभरिका पीडितहरूका निम्ति न्यानो ऐक्यबद्धताको निकै खाँचो
छ । यसनिम्ति हातमा हात समाउने एउटा साझा कुरा होस्, सबैले एकसाथ समाउन
र रमाउन सकून् जसले गर्दा सबैको मनोबल बढोस् । यस्तो बेला यो गीत त्यहाँ
सबैले गाउन थालेको देख्दा ममा रचनाकार दर्ुगालाल श्रेष्ठ, सङ्गीतकार
न्हृयू बज्राचार्य र गायिका आनी छोइङ्ग डोल्माप्रति श्रद्धा जाग्न
थाल्यो । तीन जनाको कस्तो संयोग जुरेको ! सङ्गीत स्वर कति सुहाएको
! हुँदाहुँदा शब्द नबुझनेहरूले पनि सङ्गीत र स्वर मन पराइदिएका छन्
। कार्यशालामा दिनहुँजसोे गीत दोहोरिन थाल्यो, क्यासेट बज्न थाल्यो
। पन्ध्र देशका सदस्यहरूले यो गीतलाई एक साथ गाउनु र मन पराउनु सानो
कुरा अवश्य थिएन ।
कवि दर्ुगालाल श्रेष्ठ, उमेरले साठी वर्षनाघेका
वरिष्ठ कवि हुनुहुन्छ । मैले बच्चैदेखि सुनेको छु- उहाँका बालगीत ।
नेपाल भाषामा लेखिएका उहाँका गीतहरू एउटा समूहमा निकै लोकप्रिय भए
पनि तिनले पर्खाल नाघ्न भने गाह्रो पथ्र्यो । झण्डै ३० वर्षगाडि सुनेको,
ज्यादै मन छुने एउटा गीत थियो- 'देशया फुक्क जाति भाषा जिमित यः, जिमि
ज्यान थें...' -देशका सबै जाति भाषा हामीलाई मन पर्छ, हाम्रो ज्यान
जत्तिकै) । यसको सङ्गीत पनि मीठो थियो- तर नेवार समुदायभित्र नै कैद
रहृयो यो । नेपाली र नेपाल भाषामा लेखिएका कविका अनगिन्ती कविता र
गीतको त खोलो नै बगे पनि उहाँको चर्चा त्यति भएन । तर आज, उहाँले दश
मिनेटमा तयार गर्नुभएको एउटै गीतले एसिया र विश्वकै मन जित्न थालेको
छ । यो पनि समयकै कुरा होला । सङ्गीतकार न्हृयू बज्राचार्यको भनाइमा
यसको सङ्गीत पनि दश मिनेटमै 'कम्पोज' गरिएको थियोे । त्यही गीत सबैले
मन पराउनु भनेको भाग्यकै कुरा हो कि !
वास्तवमा गीतमा गायिका आनी छोइङ्गको आत्मा बोलेको
छ । उनको आत्मिक स्वरले जितेको छ श्रोताहरूको मन ।
"चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्
मेरो पाइतालाले कीरै नमरोस् ..."
दिनहुँ उठ्नेबित्तिकै धेरैधेरै मान्छे मरेको
समाचारले जितिरहेको समयमा जन्मेको यो गीतले शान्तिप्रेमी नेपालीहरूको
मात्र नभएर विस्तारै अन्य देशका मुटुहरू पनि छुँदै गएको छ । बधाईका
पात्र बनेका छन् कवि, सङ्गीतकार र गायिका । सँगसँगै हामी नेपालीले
गर्व गर्ने एउटा कुरा थपिएको छ - बुद्ध जन्मेको देशमा जन्मेको एउटा
गीत संसारभर फैलिँदैछ र सुनेपछि प्रायः सबैले मन पराउने गीत भएको छ
।
कार्यशालाको अन्तिमतिर गीतको लोकप्रियतालाई बुझेर
आयोजकहरूले यसको भावार्थसहित गीतको बोल रोमनमा लेख्न लगाएर फोटोकपी
गरी सबैलाई बाँडिदिए । गर्व गर्न लायक थियो त्यो क्षण ।
यो गीतले आकाश छुन्छ भनी आशै नगरेको कुरा रचनाकार,
सङ्गीतकारले सुनाउँदा मैले गीताको एउटा श्लोक मनमनै सम्झिएकी थिएँ-
'कमर्ण्र्येवाधिकारस्ते माफलेषु कदाचन, माकर्मफलहेतर्ुर्भुर्मादे संगो˜स्त्वकर्मणि
... ।'
•
सुलोचना
रमझम/नाटक
असल मान्छेको खोजी

विकास रौनियार |
| ञछिरिङ डोल्कर र सविना लेहमन । |
नेपाली रङ्गमञ्चमा चासो राख्नेहरूका निम्ति सविना लेहमन,
लुडमिला हंुगरहुबर, शम्भु लामा नौला नाम होइनन् । भव्य मञ्चसज्जा,
भेषभुषा, कुशल अभिनय अनि चुस्त पटकथामा मनमोहक नाटक गर्ने समूह 'स्टुडियो
सेभेन' का सारथि हुन् उनीहरू । विगत चौबीस वर्षेखि काठमाडौँको होटल
बज्रस्थित नागा थियटरमा सविना लेहमनको निर्देशनमा हरेक वैशाखमा एउटा
अङ्ग्रेजी नाटक मञ्चन हुने गरेको छ । मिलारेपा, हृवाइट टाइगर, वेटिङ
फर गोदो, द पन्चतन्त्र, द फायर रेजर पछि अहिले नागा थिएटरमा सविनाकै
निर्देशनमा 'द गुड पर्सन अफ सेचवाँ' को मञ्चन भइरहेको छ । ९ वैशाखबाट
पर््रदर्शन शुरु भएको यो नाटक वैशाखभर हरेक शुक्रबार, शनिबार र आइतबार
मञ्चन हुनेछ ।
'द गुड पर्सन अफ सेचवाँ' प्रख्यात जर्मन नाटककार बर्तोल्ड
ब्रेख्तको विश्वप्रसिद्ध कृति हो । नाटक असल मान्छेको खोजीमा रहेका
तीन देवताको कथामा आधारित छ । अरू मान्छेको भलो चाहने र आफू पनि असल
बन्न खोज्ने केन्द्रीय चरित्र 'सेन ते'को चाहनालाई मर्ूत रुप दिन नसकेपछि
अन्तमा देवताहरू नै बिलाउँछन् । अरूलाई असल बनाउनु सजिलो काम होइन
किनकि आफैँ असल बन्न पनि कठिन छ भन्ने नाटकको मूल सन्देश हो । यस्तै
कथानक बनोटलाई नाटकमा गीत, हास्यव्यङ्ग्य र नाटकीय तत्वको बेजोड संयोजनले
उल्लेख्य साथ दिएको छ ।
सविना लेहमनले अघिल्ला वर्षरू झैँ अधिकांश कलाकारलाई
नाटकमा दोहोर्याएकी छन् । स्वाभाविक अभिनयद्वारा राम्रो प्रभाव देखाएकी
छन् सेन ते र र्सर्ुइ ताको दोहोरो भूमिका गर्ने छिरिङडोल्कर लामाले
। उनले सविनाकै अघिल्लो नाटक 'द फायर रेजर' मा समेत अभिनय गरेकी थिइन्
। यस पटकको अनुभवबारे उनी भन्छिन्, "पहिलाभन्दा यो पटक मैले गाह्रो
भूमिका गरें । तयारी गर्नै तीन महिनाजति लाग्यो । निर्देशकले सिकाएबाहेक
आफ्नो तर्फाट पनि केही खोजी गरेँ ।"
स्टुडियो सेभेनका आफ्नै कलाकार छन् । 'द गुड पर्सन..'
मा शम्भुकुमार लामा, राजेन्द्र श्रेष्ठ, मङ्गलमान महर्जन, सविना लेहमन,
हिमाली दीक्षित, लुडमिला हुंगरहुबर लगायत सबैको काम प्रशंसनीय छ ।
कलाकार राजेन्द्र श्रेष्ठ भन्छन्, "आफूले सकेको जति सिर्जनात्मक
खुबी देखाउन पाउने स्वतन्त्रता छ यहाँ । सविनाको निर्देशन शैली अनुपम
छ । उनीसँग काम गर्दा सधैं नयाँ कुरा जान्न पाइन्छ ।"
थिएटरको निर्देशक विचार र नाट्य प्रस्तुतिमा सधैँ पोख्त
र स्पष्ट हुनु आवश्यक मानिन्छ । अझ बे्रख्तको नाटक गर्नलाई त खुबी
भएकै निर्देशक चाहिन्छ । सविनाले यो नाटक मञ्चन गर्ने सोचाइ धेरैअघि
बनाएकी थिइन् तर संयोग यो वर्षमात्र जुर्यो । र, प्रस्तुतिका केही
थप विशेषता देखाउन उनी सफल रहिन् । 'स्टुडियो सेभेन' का नाटकको अर्को
उल्लेख्य विशेषता आकर्ष सेट पनि हो । यस पटक पनि नाटकको प्रस्तुति-शैली
तथा चिनियाँ वास्तुकलाको झल्को दिने मञ्च पृथक् र आकर्ष देखिए । गोलघरको
'कन्सेप्ट' मा नाटकमा यसको अग्रभाग मात्र देखाइएको छ र पनि घरको भित्रबाहिरका
दृश्य देखिने गरी सेटको निर्माण भएको छ । र, सधैँ झैँ यो सेटमा पनि
डिजाइनर लुडमिला हंुगरहुबरले आफ्नो सिर्जनशीलता देखाएकी छन् । डायमन
शमशेरको उपन्यास 'सेतो बाघ' मा आधारित 'हृवाइट टाइगर'को सेट होस्,
वा पन्चतन्त्रको कथा, उनले बनाएका सेटले सधैँ सधैँ दर्शकको ध्यान खिचे
। लुड्मिला भन्छिन्, "कुनै कुनै नाटकको सेट बनाउँदा रु.२ लाखसम्म
खर्च भएको छ । तीमध्ये 'मिराकल अफ बाम्बा'मा थुम्को बनाउँदा सबैभन्दा
गाह्रो परेको थियो ।" निर्देशक सविना र डिजाइनर लुडमिलाको काम
गर्ने सोच र शैली मिल्छ । त्यसैले पनि लामो समयसम्म उनीहरूले साथसाथ
काम गर्दै आएका छन् ।
२३ वर्षगाडि जर्मनीकी रङ्गकर्मी सविना लेहमन अमेरिकाको
'टीएटी थिएटर ग्रुप' सँग मिलेर विभिन्न मुलुकहरूमा नाटक देखाउने अभियानमा
लागिपरेकी थिइन् । रङ्गमञ्चसँगै होटल म्यानेजमेन्ट पनि पढेकी थिइन्
उनले । त्यसै बेला उनलाई काठमाडौं-विजेश्वरीस्थित होटल बज्रको व्यवस्थापकीय
निर्देशक बन्ने प्रस्ताव आयो । त्यतिखेर रङ्गमञ्चमै व्यस्त सविनाले
होटलमा एउटा थिएटर स्टुडियो हुनुपर्ने शर्त राखिन् । र, बज्रमा सविनासँगै
स्टुडियो सेभेनको उदय भयो । तर अहिलेसम्म प्रायः विदेशी र सम्भ्रान्त
वर्गका व्यक्तिमात्र स्टुडियो सेभेनका नाटकका दर्शक हुने गरेका छन््
। यसको प्रवेशशुल्क महँगो भएकाले आमदर्शकले चाहेर पनि यहाँका प्रस्तुतिहरू
हर्ेन पाइरहेका छैनन् । तर धेरैको चाह देखिन्छ राम्रा नाटकको रसास्वादन
गर्ने । यसबारे आयोजकले सोच्न सके उनीहरूको काम आम जनमानसमा अझै राम्ररी
पुग्ने र तिनको उच्च मूल्याङ्कन हुने स्थिति छ । जे होस्, स्टुडियो
सेभेनका नाटकहरूका प्रस्तुतिमा परिपक्वता, लामो पर्ूवाभ्यास तथा मिहिनेत
प्रशस्तै झल्कन्छ । उनीहरूबाट नेपाली रङ्गकर्मीहरुले धेरै सिक्न सक्छन्
।
•
कृष्ण शाह यात्री
|