हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक परिचय

किताबः टेकोले धानेको घर
सम्पादकः हरि थापा, विनोद ढुङ्गेल
प्रकाशकः शिक्षा पत्रकार समूह, २०६१
पृष्ठः २०५, मूल्यः रु.१२०

शिक्षामा पत्रकारी अनुसन्धान

"अनुसन्धान विज्ञहरूको पेवा मात्रै रहेन । यो पुस्तक शिक्षा क्षेत्रको भनाइ र धरातलीय यथार्थको संयोजन भएको लघु अनुसन्धान हो" आफ्नो समीक्षा आफैँले बोकेको यसै पुस्तकभित्रका भनाइ हुन् यी । समुदायमा विद्यालय हस्तान्तरणबाहेक अरू कुरामा कमै सकारात्मक दृष्टिकोण राखे पनि नेपालको वर्तमान शैक्षिक परिदृश्यको 'आँखो देखा हाल' हो यो पुस्तक । शिक्षाका विविध विषयलाई एउटै पुस्तकमा समेटिनु यसको प्रशंसनीय पक्ष हो ।
देशका झण्डै एकतिहाइ जिल्लाका 'हाल' समावेश गरिएको यो सङ्ग्रह मूलतः नेपालको छापा माध्यममा संलग्न ४० जना पत्रकारको आँखा हो । यसको नजर भने मध्य पहाडमा केन्द्रित छ । यस अर्थमा यो जमातले 'घर टेकोले धानेको' देख्यो । चाहेर पनि स्कूल जान नपाएका वा स्कूल जाने कुरै नसुनेकाहरूको स्थिति अर्थात् घरै नभएको स्थिति नदेखे पनि सबैका मनमा भने र्सवसुलभ शिक्षाले नै ठाउँ पाएको छ । सरकारी नीतिको अप्रभावकारिता र शिक्षकहरू नै धेरै जस्ाो लेखका विषयवस्तु बनेका छन् । निजी विद्यालय, नीति निर्माता र शिक्षकहरूलाई पुस्तकका विवरण छ्रि्रान्वेषी लाग्न सक्छन् । हालै सरकारले गैरसरकारी संस्थाहरूसँंगको सहकार्य नीति अगाडि ल्याएको सर्न्दर्भमा यो पुस्तक तिनका कार्यकर्ता र विद्यालय सञ्चालन समितिका सदस्यहरूका लागि शिक्षाका सवालहरूसँंग परिचित गराउने उपयोगी स्ााधन ठहरिन सक्छ  । यसको प्रकाशनले शिक्षाविद् र शिक्षावादीहरूलाई थप गहिर्राईमा शिक्षाका विभिन्न पक्षहरू यसै गरी ल्याउन आमन्त्रण पनि गरेको छ ।

टीका भट्टराई


किताबः सहकारीः सिद्धान्त र प्रयोग
लेखकः केशव बडाल
प्रकाशकः सहकारी सहयोग समूह, २०६१
पृष्ठः १५४, मूल्यः रु.१२५

सहकारी चिन्तन

भनिन्छ, जनताको अर्थव्यवस्था हो सहकारी र यो प्रजातन्त्रजस्तै विकल्परहित छ । डेढ सय वर्षघि बेलायतबाट शुरु भएको सहकारी आन्दोलन अहिले धेरै मुलुकको आर्थिक विकासको आधार बनिरहेको यथार्थ औंल्याएको छ राजनीतिज्ञ केशव बडालको पुस्तक सहकारीः सिद्धान्त र प्रयोग ले । यसमा सहकारीका सैद्धान्तिक, सामाजिक, आर्थिक, दार्शनिक, व्यावहारिक वा प्रयोगात्मक पक्षसम्बद्ध धेरै तथ्यहरू सङ्ग्रहीत छन् ।

लेखकले पाँच अध्यायमा बिस्तारित ३१ वटा आलेखमार्फ् प्राविधिक विषयलाई समेत सरल भाषामा व्यक्त गर्ने क्षमता देखाएका छन्  । गरीब वा सम्पन्न सबैखाले अर्थव्यवस्थामा सहकारीको अपरिहार्यता देखाउने क्रममा लेखकले सहकारी सङ्कल्प भए यसकै माध्यमबाट गरीबी निवारण हुनसक्ने आशलाग्दा र भरपर्दा संभावनाहरू कोट्याएका छन् ।

वस्तुपरक लाग्छन् सहकारीको इतिहास र वर्तमानका पत्रपत्र केलाउँदैै लेखकले गरेका कतिपय ठोकुवाहरू । भूमिकामा दाबी गरिए झैँ यसका सामग्रीकै भरमा पुस्तकलाई सहकारी आन्दोलनको आधिकारिक दस्तावेज मान्न नसकिए पनि जानकारीमूलक, ज्ञानबर्द्धक भने पक्कै छ यो किताब । निम्न आय र सीमित साधनस्रोत भएको मुलुकका बहुसङ्ख्यक जनताको हित सहकारीयुक्त आर्थिक संरचनाबाट संभव हुने मूल्याङ्कनसहित आएको पुस्तक र यसको सदाशयप्रति असहमति जनाउने पाठक कमै होलान् ।

पोखरेल


प्राप्त क्रिति

हस्ताक्षर
(कविता सङ्ग्रह)
कविः नरेन्द्रराज पौडेल
प्रकाशकः आँखा स्वयंसेवी प्रकाशन संघ, २०६०
पृष्ठः ९९, मूल्यः रु.१००
विक्रम संवत्
(इतिहाससम्बद्ध आलेख-सङ्ग्रह)
लेखकः प्रणय पासा
प्रकाशकः पासा प्रकाशन, काठमाडौँ, २०६१
पृष्ठः ७१±, मूल्यः रु.१३५
देशको अभिभारा
(पद्य र गद्य कविताको सँगालो)
कविः हेमराज पाहारी
प्रकाशकः कविता क्लब, पोखरा २०६१
पृष्ठः १०७, मूल्यः रु.१००
पिपुल एण्ड प्रोटेक्टेड एरियाज इन साउथ एसिया
(कार्यपत्र र लेखहरूको सङ्कलन)
सम्पादकः डा. उदयराज शर्मा र डा. प्रल्हाद योञ्जन
प्रकाशकः रिसोर्सेज हिमालय फाउण्डेशन, आइयुसीएन, काठमाडौँ, २००५, पृष्ठः १७७
श्रीमद्भगवद्गीता
(गीताको भावानुवाद, नेपालीमा)
लेखकः मुक्तिनाथ शर्मा नेउपाने
प्रकाशकः शैलेन्द्रनाथ शर्मा नेउपाने, २०६१
पृष्ठः ११२, मूल्यः रु.११५
ताराहरूको वस्तीमा
(कविता-सङ्ग्रह)
कविः विष्णु श्रापित
प्रकाशिकाः विन्ति र्राई, २०६१
पृष्ठः ६४, मूल्यः रु.५०
सगरमाथादेखि महासागरसम्म
(यात्रा-संस्मरण)
लेखकः केशवकुमार सुनाम
प्रकाशकः साहित्य सञ्चार समूह, इटहरी, २०६१
पृष्ठः १६६, मूल्यः रु.७०
बालबालिकासम्बन्धी
कानून र न्याय

लेखकः डा. लोकेन्द्र शर्मा वाग्ले
वितरकः प्रगति पुस्तक सदन, २०६१
पृष्ठः १४९, मूल्यः रु.१००
सागरका कविताहरू
(कविता-सङ्ग्रह)
कविः विजय सागर
प्रकाशकः गोविन्द परिवार, पाल्पा, २०६१
पृष्ठः ४४, मूल्यः रु.४०