| •
सरोज धिताल |
 |
पुस्ता संवाद/आजकी
छोरीलाई चिठी-२
बुद्ध मात्र पर्याप्त रहेनछन्
छोरी,
फेरि पनि यसै ठाउँमा देखापर्नुअघि निकै अधीर भएर म
त्रि्रो विचारको प्रतीक्षामा रहेँ । अघिल्लो अङ्कको मेरो चिठीबारे
त्रि्रो प्रतिक्रिया नपाउँदा म अलिकति विरक्तिएँ पनि । तर केही दिनपछि
जब त्रि्रै पुस्ताका युवायुवतीका चिठी पाउन थालेँ, मेरो मन फुरुङ्ग
भयो । तीमध्ये एउटा चिठी एकजना डाक्टरको थियो । त्यो चिठी त्रि्रो
पुस्ताको स्पष्टवादी, पारदर्शी र इमान्दार दृष्टिकोणले भरिएको थियो
।
उसले धेरै कुरा लेखेको छ । अहिले भने एउटा अंश मात्रै
उद्धरण गर्दैछुः
"मान्छे भएर बाँच्न पाउनु पनि एउटा महान् सुखद्
कुरा हो जस्तो मलाई पनि लाग्थ्यो, लाग्छ... तर फूटपाथमा माग्न बसेको,
कोढ लागेर चार हातखुट्टाका सम्पर्ूण्ा औँला र नाक समेत झरेको महारोगी
देख्दा ममा त्यो 'महान् सुखद्' माथि प्रश्न उठ्ने गर्छ । फोहोरको डङ्गुरमा
अश्लील गालीहरु गर्दै प्लास्टिकका थैला बटुल्दै गरेका ८-१० वर्षा फुच्चेहरू
देख्दा जीवन एउटा नमीठो व्यङ्ग्य जस्तो लाग्छ । मैले आफ्नो सम्पर्ूण्ा
हृदय र्समर्पण गरेर प्रेम गरेकी प्रेमिकाले आफ्नो बाबुको असङ्गतिपर्ूण्ा
हठका अगाडि निरीह भएर आफ्नो प्रेमको 'बलिदान' दिएको देख्दा जीवन अत्यन्तै
पीडादायी अनुभूत भयो ..."
हृदय खोलेर त्यस डाक्टरले लेखेका यी पङ्क्तिहरूमा नौला
कुरा केही छैनन् । मानिसको जातिले शदियौंँदेखि आफैँलाई सोध्दै आएका
कुरा हुन् यी । आज पनि 'किन यस्तो -' भनी प्रश्न गर्ने हो भने जिन्दगी
बुझनिसक्नु गाउँखाने कथा जस्तो लाग्छ । तर, चिठीको यो अंशमा मैले थुप्रै
गम्भीर प्रश्नहरू लुकेको देखेको छु । तीमध्ये दुइटा प्रश्नबारे अहिले
तिमीसँग कुरा गर्न मन लागेको छः
एक- बिना अपराध किन कसैले अनावश्यक दुःख र पीडा भोग्नर्ुपर्छ ?
दर्ुइ- प्रेम, बलिदान, र्समर्पण जस्ता कुरालाई कसरी
बुझने ?
यस्ता प्रसङ्गमा तिमीहरूको सोचाइ जान्न म औधी उत्सुक
छु । दोस्रो प्रश्न मलाई धेरै महत्त्वपर्ूण्ा र चासोयुक्त लाग्छ ।
यसबारे पछि विस्तारमै छलफल गरौंला । यी दुवै सवाल एकआपसमा घनिष्ट रूपमा
जोडिएका छन् । मैले आफैँसँग दशकौँदेखि सोध्दै आएका प्रश्न पनि हुन्
यी । अहिले पहिलो प्रश्नमै केन्द्रित भएर त्रि्रो विचार पर्खंदै गर्दा
मलाई लागेको कुरा चाहिँ भनिहालौँ है त !
केही वर्षता म के बुझन थालेको छु भने मानिसले आफैँले
गरेका गल्ती, अपराध र पापकर्महरूको मात्र प्रतिफल भोगेर पुग्दोरहेनछ
। तिमीहरूले पक्कै सुनेको हुनर्ुपर्छ- 'फादर्श सिन' का कुरा । हामीले
अघिल्लो पुस्ताको मात्रै हैन, बाजेबराजुले गरेका नराम्रा र अपराधहरूको
फलसमेत भोग्दै आउनु परेको छ । सँगसँगै दौंतरीहरूको पापको फल पनि भोग्नु
परेको छ । तिमीहरूलाई पनि यदाकदा यस्तै लाग्दो हो ! हेर न, जातपात
र छुवाछूतजस्ता मर्ूखतापर्ूण्ा र घृणित चलन त्रि्रो, हाम्रो वा हाम्रा
पनि बाबुहरूको पुस्ताले बसालेको हो त - बाजेबराजुको जमानामा एकथरीको
स्वार्थबाट सिर्जित अपराधकोे फल निरन्तर हाम्रो पुस्ताले भोग्नु परेको
छैन र - सिफिलिस वा एचआईभी सङ्क्रमित बाबुआमाका सन्तान जन्मजात रोग
लिएर जन्मनु कसको अपराध - त्यो बच्चाको हो र - मानिसहरू निहित स्वार्थका
लागि वातावरणलाई तहसनहस पार्छन्, त्यसको प्रतिफल भोग्नुपर्ने भावी
पुस्ताको दोष हुन्छ र त्यसमा - अपरिपक्व नै सही, हुँदोखाँदाको प्रजातन्त्र
खोसिनुमा भ्रष्ट, अदूरदर्शी स्वार्थी नेताहरूले निर्वाह गरेको भूमिका
होस् वा प्रजातन्त्र मास्नेहरूको सत्तालिप्सा र हिंसाप्रियता होस्-
जनताले आज पाएको दुःख जनताकै गल्तीको फल हो र - अवश्य हैन, तर भोग्नुपर्दोरहेछ
।
त्यसैले होला, मानिसले आफ्नै बारेमा मात्र विचार गरेर
पुग्दोरहेनछ । 'म आफू ठीक छु, बिराउँदिनँ, डराउँदिनँ । बाँकी समाजको
मलाई के मतलब' भनेर मानिसले सुख नपाउने रहेछ । बुद्ध मात्रै भएर नपुग्ने
रहेछ मानिसको दुनियाँमा- बोधिसत्वहरू पनि छ्यासछ्यास्ती हुनुपर्दोरहेछ
।
आजकल मलाई त्रि्रो पुस्ताप्रति गर्व यसकारण लाग्न थालेको
छ कि, हरेक मानिसको सामाजिक उत्तरदायित्वका बारेमा तिमीहरू अत्यन्त
गम्भीर छौ । मानिसको सुन्दर भविष्य, प्रजातन्त्र, मानवअधिकारलगायत
मानिसको सम्मानपर्ूण्ा जीवनका बारेमा आज जेजति र्सार्थक छलफल भइरहेछन्,
तिनमा त्रि्रै पुस्ताको बढी संलग्नता देख्छु । देशभित्रै पनि प्रजातन्त्रसँग
सम्बन्धित प्रयत्नहरूमा जुन साहसका साथ त्रि्रो पुस्ताले महत्त्वपर्ूण्ा
भूमिका खेल्यो, त्यो पूजनीय छ । नसोधिएका र सोध्नै नहुने ठानिएका प्रश्नहरू
जसरी त्रि्रो पुस्ताले उठायो, त्यो सराहनीय छ । तिमीहरूका यी असल गुण
देख्दा म भविष्यप्रति एकदम आशावादी बन्छु- मानिसको भविष्यबारे ।
हो, अझै हजारौँ वर्षम्म व्यक्तिले अनाहकमा दुःख पाउने
क्रम जारी नै रहला । तर अहिलेदेखि नै मानिसको जीवनलाई अझ सुन्दर बनाउने
प्रयत्न गर्न थाल्दा, मानिसले भोग्नुपर्ने सजायको घेरालाई अवश्य साँघुरो
पार्दै लान सकिएला । पर्ुखालाई सरापेर यो घेरा साँघुरिँदैन । बाँचेका
पुस्ताले आफ्नो सामाजिक र मानवीय उत्तरदायित्व इमान्दारीपर्ूवक निर्वाह
गरेरमात्र यो सम्भव छ । अनि मात्रै 'मानिस भएर जन्मनु नै पनि महान्
र सुखद् कुरा रहेछ' भन्ने अनुभूति गहिरिँदै जाला । र, यति सुन्दर जीवनसँग
जोडिएको 'मिसन' पनि स्पष्ट हुँदै जाला ।
मलाई चिठी लेख्ने त्यो युवा डाक्टरलाई यतिबेला अँगालो
मारेर भन्न मन लागिरहेछ- जसरी तिमी त्रि्रा बाजेबराजु, बाबुआमाको पुस्ताको
पापको भागी हुन बाध्य छौ, त्यसैगरी तिमीले अहिले गरेका सुन्दर कार्यहरूको
पुरस्कारको हकदार त्रि्रो भावी पिँढीका मानिसहरू हुनेछन् । हामी सबै
नै अझै नजन्मिसकेको त्यो पिँढीमा जीवित हुनेछौँ । मानिसको पर्ूण्ातातर्फो
यात्रामा सहयात्री हुनेछौँ ।
छोरी, यति लेखिसक्दा म पुस्ताहरूबीचको प्रेमको अपर्ूव
अनुभूति गरिरहेको छु । मानवीय प्रेम, त्यसका रुप र पक्षहरू अनि त्यससँग
सम्बन्धित यावत् कुराहरूबारे कुराकानी गर्न म पर्खिरहेछु । अहिलेलाई
यत्ति ।
- बुवा
|