हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद/प्रेसिडेन्ट कप

शान रहला नेपालको ?


तस्बिरहरू किरण पाण्डे
प्रशिक्षणमा व्यस्त थ्री स्टारका खेलाडीहरू ।

एसियाका सी डिभिजनका फूटबल-राष्ट्रको प्रतिनिधित्व गर्दै सम्बन्धित मुलुकका घरेलु लीग विजेता टीमहरू आउँदो २१-३१ वैशाखमा काठमाडौँमा आ-आफ्नो खेल-कौशल देखाउने अन्तिम तयारीमा जुटेका छन् । सर्न्दर्भ हो, एसियन फूटबल काउन्सिल -एएफसी) प्रेसिडेन्ट कप फूटबल प्रतियोगिता, जुन पर््रदर्शन र आयोजना दुवै दृष्टिले नेपालका लागि महत्त्वपर्ूण्ा मानिएको छ ।

प्रतियोगिताको पुरस्कार तथा सहभागी टोलीहरूको सम्पर्ूण्ा खर्च एएफसीले नै व्यहोर्नेछ भने रङ्गशालाको सरसफाई, मर्मतसम्भार, अन्य भौतिक सुधार, समारोह आयोजना र आवश्यक चाजोपाँजो मिलाउन चाहिने करीब रु.४० लाख अखिल नेपाल फूटबल संघ (एन्फा) ले व्यहोर्नेछ । खेलहरू दशरथ रङ्गशाला र हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा खेलाइनेछन् । कुल आठ टोलीहरूको सहभागिता रहने प्रतियोगिताको मुख्य आकर्षा रहनेछन्, तजाकिस्तान र किर्गिस्तानका टोली । अन्य सहभागीहरूमा नेपाल, कम्बोडिया, चाइनिज ताइपेह, भुटान, पाकिस्तान, श्रीलङ्काका घरेलु लिग च्याम्पियनहरू छन् ।

नेपाली प्रतिनिधित्व
एएफसी प्रेसिडेन्ट कपमा सहभागिता पाउने नेपालको पहिलो घरेलु टोली थ्री स्टारको पर््रदर्शन कस्तो रहला त - यो प्रश्न अहिले धेरै नेपालीहरूको नयाँ कौतुहल बनेको छ । वि.सं. २०६१ को शहीद स्मारक लिग विजेता भएपछि थ्री स्टारले प्रेसिडेन्ट कपमा नेपालको प्रतिनिधित्व गर्ने सौभाग्य पाएको हो । तयारीका लागि घरेलु टोलीले पाउँदै आएको १५ हजार अमेरिकी डलर नदिने एएफसीको निर्ण्र्ााआउँदा प्रेसिडेन्ट कपमा सहभागी बन्न पाइने खबरले उत्साहित थ्री स्टारका पदाधिकारी/खेलाडीहरूलाई खेल तयारीका लागि बजेट जुटाउन हम्मे परेको थियो । तर पछि सो रकम दिइने नयाँ निर्ण्र्ााआएपछि उनीहरूले राहत महसूस गरेका छन् । त्यसो त टोल-टोलका क्लब, व्यक्तिगत सहयोग, केही सीमित प्रायोजकहरूको सहयोगले उनीहरूको हौसलामा आवश्यक टेवा पुर्‍याइरहेका थिए ।

मुख्य प्रशिक्षकद्वय श्याम थापा र ध्रुव केसीको प्रत्यक्ष निगरानीमा प्रशिक्षण लिइरहेको छ, थ्री स्टारको टोली । ५० हजार डलरसहितको प्रथम पुरस्कारलाई लक्ष्य बनाइरहेको टोलीको तयारीमा कुनै कमी देख्न चाहँदैनन्, क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठ । भन्छन्, "यो प्रतियोगिताले थ्री स्टारका लागि मात्र नभई सम्पर्ूण्ा फूटबलप्रेमी नेपालीहरूका लागि विशेष महत्त्व राख्छ ।" टोली बलियो बनाउनैका लागि राजेश शाही, प्रलयराज भण्डारी, निराजन खड्का, अनिल गुरुङ, अञ्जन केसी जस्ता अरू क्लबबाट खेल्दै आएका राम्रा खेलाडीलाई मासिक ६ देखि १० हजार रुपैयाँसम्ममा अनुबन्ध गरिसकेको छ, थ्रीस्टारले ।

तयारी दह्रो भएपनि खेलाडीहरूमा देखिएको बढ्दो 'इन्जुरी-प्रोब्लम'ले प्रशिक्षक ध्रुव केसीलाई केही तनावमा पारेको छ । तर, उनले आश मारेका छैनन् । भन्छन्, "चाइनिज ताइपेहसँगको पहिलो म्याच हाम्रा लागि निर्ण्ाायक हुनेछ । त्यो जित्यौँ भने फाइनलसम्म पुग्ने पक्का छ ।" थ्री स्टारको सफलता र असफलता सुरेन्द्र तामाङ, प्रदीप महर्जन, सन्तोष साहुखलजस्ता खेलाडीहरूको 'फिटनेस'मा समेत भरपर्ने बताउने प्रशिक्षक केसीले आफ्नो टोलीलाई ४-४-२ को संयोजनमा मैदानमा उतार्ने र आवश्यक परे विपक्षीको खेल हेरेर परिवर्तन गर्ने रणनीति बनाएका छन् ।


प्रेसिडेन्ट कपकै लागि दशरथ रङ्गशालाले पुनर्जीवन पाएको छ ।

नेपाली खेलाडीहरू र्सार्क क्षेत्रका बाहेक अन्य टोलीको खेलसँग त्यति साह्रो परिचित छैनन् । तर, कप्तान उपेन्द्रमान सिंहको भनाइमा खेलाडीहरूको क्षमताले मात्र नभई खेल जित्नमा घरेलु मैदान र दर्शकको र्समर्थनले पनि प्रमुख भूमिका निर्वाह गर्छ । अध्यक्ष श्रेष्ठ चाहिँ जीत/हार भन्दा पनि यो प्रतियोगिताले खेलाडीहरूको अनुभव बढ्ने र थप व्यावसायिक हुन मद्दत पुर्‍याउनेे बताउँछन् ।

जीत-हार जे होस्, अनुभव कमबेसी जति प्राप्त होस्, प्रेसिडेन्ट कपको आयोजना नेपालका लागि प्रतिष्ठाको विषय चाहिँ अवश्य बनेको छ । प्रतियोगिताको आयोजना कम्ती चुनौतीपर्ूण्ा छैन भन्ने सन्देश एन्फाले यसअघि नै पाइसकेको छ । आठौँ दक्षिण एसियाली खेलकुदका लागि चिनियाँ सहयोगमा निर्माण गरिएका रङ्गशालाका फ्लड लाइट र स्कोरबोर्ड नियमित मर्मतसम्भार हुन नसक्दा काम नलाग्ने स्थितिमा पुगेका थिए । भौतिक संरचनाहरूलाई ध्यान नदिने पुरानै रोगबाट ग्रस्त खेलकुद पदाधिकारीहरूका कारण धेरै पछि मिलेको अन्तर्रर्ााट्रय प्रतियोगिता आयोजनाको मौका पनि गुम्ने अवस्थामा पुगिसकेको थियो । पाकिस्तानले त दशरथ रङ्गशालाको दर्ुदशा र देशको सुरक्षा-स्थितिमाथि प्र्रश्न उठाउँदै प्रतियोगिता आयोजनाको दावेदारी नै प्रस्तुत गरेको थियो ।

तर पछिल्ला दिनमा खेल पदाधिकारीहरू खेल आयोजना र अन्य तयारीबारे गम्भीर देखिएका छन् । वैशाखको पहिलो साता सरकारको अनुरोधमा राजधानी आएको १५ सदस्यीय चिनियाँ प्राविधिक टोलीले फ्लड लाइट र स्कोरबोर्डलाई दुरुस्त पारिसकेको छ ।

यसअघिका केही अन्तर्रर्ााट्रय खेलहरूमा दर्शकहरूको गलत रवैयाका कारण पनि नेपालको ठूला प्रतियोगिताहरूको आयोजन-क्षमतामाथि प्रश्नचिन्ह त लागेको थियो नै, जरिवाना पनि खेप्नु परेको थियो । यो पृष्ठभूमिमा आयोजक पदाधिकारीहरूसामु प्रतियोगितालाई सफल बनाएर नेपाल ठूला प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने देखाउनुपर्ने चुनौती छ  । एन्फा अध्यक्ष गणेश थापाको भनाइमा, दर्शकहरूको सहयोग भए त्यो त्यति कठिन पनि होइन । उनी थप्छन्, "दशरथ रङ्गशालामा भएका केही प्रतियोगितामा दर्शकहरूको सुहाउँदो व्यवहार नभएका कारण, नेपालले अन्तर्रर्ााट्रय क्षेत्रमा लज्जित हुनु परेको थियो ।"

घरेलु टोलीको सफलतासँगै गाँसिएको अर्को प्रश्न हो, प्रतियोगिताको सफल आयोजना । प्रतियोगितालाई ऐतिहासिक बनाउने आयोजक समितिका अध्यक्ष थापाको दाबीलाई सही साबित गर्न दर्शकहरूले कत्तिको साथ दिन्छन् - आयोजकहरूको भूमिका कस्तो रहला - र, थ्रीस्टारले घरेलु दर्शकको उत्साह र र्समर्थनमाथि न्याय गर्न सक्ला/नसक्ला - त्यसका लागि त २१ वैशाख नै पर्खनुपर्नेछ  ।

सुरेशराज न्यौपाने


अपराजित इनिङ


विजयी अण्डर-१५ नेपाली टोली ।

अग्रज खेलाडीहरूको असफलताको शृङ्खलालाई पर्ूण्ाविराम लगाउँदै १५ वर्षुनिका नेपाली किशोर खेलाडीहरूले यर्ुर्एइको अबुधावीमा सम्पन्न 'एसियन अण्डर-१५ क्रिकेट कप' जितेर नयाँ वर्षो गतिलो उपहार दिए । ९ वैशाखमा सम्पन्न फाइनलमा समेत सुझबुझयुक्त गहकिलो पर््रदर्शन गर्दै नेपाली टोलीलेे उपाधिको दावेदार मानिएको अफगानिस्तानलाई ६ विकेटले जित्यो । यद्यपि, फाइनलअघि नेपाली टीम केही दबाबमा रहेको कप्तान शशिकेशरी बताउँछन् । उनी भन्छन्, "छनौट चरणमा नेपालसँग पराजित भए पनि फाइनलमा त्यसको बदला लिन्छौँ भन्दै अफगानी टोलीले मिडियामा प्रचारबाजी गरेको थियो । उनीहरू मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयासमा थिए ।"

हरेक म्याचको अघिल्लो दिन गरिएका रणनीतिक छलफल र कप्तानलाई दबाबमुक्त राख्न खेलाडीहरूले दिएको हौसलालाई नै विजयको मुख्य आधार ठान्छन् केशरी । फाइनलमा अफगानिस्तानले नेपाली टोलीसामु राखेको १४७ रनको लक्ष्यलाई सहजै हासिल गर्न अनिल मण्डल र अन्तिम थापाको गतिलो साझेदारी उत्तिकै महत्त्वपर्ूण्ा रहृयो । तीब्र गतिका बलरविरुद्ध राम्ररी खेल्न सक्षम अफगानी ब्याट्सम्यानहरूलाई सस्तैमा आउट गर्न अन्तिम थापालाई बल दिने कप्तान केशरीको निर्ण्र्ाासही साबित भयो । अफगानिस्तानका प्रमुख चार ब्याट्सम्यान अन्तिमको स्पीन बलिङको शिकार भए । विपक्षीलाई सानो स्कोरमा समेटेर ३७ रनको महत्त्वपर्ूण्ा इनिङ खेलेबापत अन्तिम थापा फाइनल प्रतिस्पर्द्धर्ााे 'म्यान अफ द म्याच' पनि घोषित भए । यो सफलतालाई अब अण्डर-१७, अण्डर-१९ र सिनियर प्रतियोगितासम्म जारी राख्ने अठोट लिएका छन्, कप्तान केशरीले ।


कप्तान केशरी

प्रतियोगिता अवधिभरि नै नेपाली किशोरहरूले बलिङ, ब्याटिङ र फिल्डिङमा सशक्त पर््रदर्शनका साथै समयमै खेलको रणनीति परिवर्तन गर्न सक्ने खुबीमात्र देखाएनन्, विश्व क्रिकेटमा नेपाललाई भविष्यको बलियो सम्भावनाका रूपमा समेत प्रस्तुत गरे । नेपालले क्वार्टरफाइनलमा बहराइनलाई १० विकेटले र सेमिफाइनलमा घरेलु यर्ूर्एइ टोलीलाई १४० रनले पराजित गरेको थियो । प्रशिक्षक रोय डायसको प्रशिक्षणमा अबुधावी पुगेको नेपाली टोलीका मुख्य आकर्षा रहे, कप्तान शशि केसरी, अनिल मण्डल, अन्तिम थापा र एञ्जेल आचार्य । प्रतियोगिता अवधिभर नै उत्कृष्ट ब्याटिङ गरेबापत ओपनर अनिल मण्डल शृङ्खलाकै उत्कृष्ट ब्याट्सम्यान घोषित भए । त्यसो त अन्य खेलाडीहरूको पर््रदर्शन पनि कम थिएन । फुच्चे खेलाडीहरूको पर््रदर्शनबाट दङ्गदास नेपाल क्रिकेट संघ -क्यान) का अध्यक्ष जयनकुमारनाथ शाह भन्छन्, "यस विजयले नेपालमा क्रिकेटप्रतिको जोश र उत्साहलाई पुनर्जीवन दिनुका साथै प्रतिभावान् क्रिकेटरहरूको कमी नभएको पुष्टि भएको छ ।"

सन् २००२ को यस्तै प्रतियोगितामा नेपाल सेमिफाइनलमा पाकिस्तानसँग पराजित भएको थियो, जहाँ टेष्ट खेल्ने चार एसियाली राष्ट्रहरूको समेत सहभागिता थियो । सन् २००१ र २००३ मा गरी दर्ुइ पटक अण्डर-१९ युथ एसियाकप जितिसकेको नेपालले २००७ को विश्वकपमा छनौट हुन आइसीसी ट्रफीमा समेत उत्कृष्ट पर््रदर्शन गर्ने अपेक्षा राखिएको थियो तर भयो उल्टो  । १४ फागुन, ०६१ मा सम्पन्न उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा फिजीसँग नराम्ररी पछारियो । फुच्चे टोलीको अहिलेको जीतले त्यो पराजयलाई बिर्सन मद्दत पुर्‍याउने र नेपाली क्रिकेटलाई नयाँ ऊर्जा दिने क्रिकेटप्रेमीहरूको अपेक्षा छ । अत्याधुनिक सुविधा र व्यवस्थित प्रशिक्षणको अभाव हुँदाहुँदै पनि नेपाली किशोर क्रिकेटरहरूकोे यो अपराजित इनिङले आशा र भरोसा दुवै जन्माएको छ ।

सुरेश