| जनता
भाषामै तन-मन-लगन

कृष्णविनोद लम्साल |
भाषाशास्त्री बालकृष्ण
पोखरेल आजभोलि र्सार्वजनिक कार्यक्रममा त्यति देखिँदैनन् । उनले घरमा
हुने भेटघाट र जनसर्म्पर्कसमेत घटाएका छन् । कारण - उनी एकाग्रताका
साथ अङ्ग्रेजी अर्थसहितको नेेपाली शब्दकोश लेखिरहेका छन् । यो काम
राष्ट्रभाषालाई वैज्ञानिक र व्यावहारिक बनाउने अभियानको एक अङ्ग भएको
जानकारी दिँदै उनी भन्छन्, "नेपाली भाषालाई स्तरीय र पौष्टिक
आहारयुक्त बनाउनुपर्ने खाँचो छ ।"
नेपाली भाषाको जननी संस्कृत भएकाले यसलाई बेवास्ता
गरेर नेपाली स्तरीय नहुने अनुभव पनि छ पोखरेलसँग । "तर अङ्ग्रेजी,
विश्वभाषा र हाम्रो सर्म्पर्क-भाषा हो भन्ने प्रमाणित भइसकेको छ,"
पोखरेल भन्छन्, "त्यसैले नेपाली-अङ्ग्रेजी दुवै भाषामा जानकार
हुनु आवश्यक छ ।" केकेमनुक्च्यो पोखरेल, गड्तिरे साहिँलो, हिमालपाते
बराल, रूपावासी लगायतका उपनाममा समेत लेखिरहने पोखरेलले 'वसन्त' उपनामबाट
चालीसभन्दा बढी उपन्यास लेखेका छन् र कमाएका छन् भाषाशास्त्री, प्राध्यापक,
कवि, कथाकार, निबन्धकार र उपन्यासकारको अलग-अलग प्रसिद्धि ।
काठमाडौँ बसेमात्र भाषाको सेवा गर्न सकिन्छ, साहित्यका
थुप्रै ठेली लेख्न सकिन्छ भन्ने मान्यतालाई ७२ वषर्ीय यी भाषासेवीले
विराटनगर बसी-बसी चुनौती दिइरहेका छन् । ४५ वर्षअथक् खोजीनिती गरेर
साढे सातसय पृष्ठको 'खस जातिको इतिहास' जस्तोे बृहत् ग्रन्थ लेखिसकेका
पोखरेल व्यावहारिक भाषाशास्त्री मानिन्छन् । शब्दकोश-निर्माण अभियान
उनको त्यस्तै एउटा व्यावहारिक प्रयास हो । उनको मान्यता छ, "भाषा
व्यावहारिक र वैज्ञानिक दुवै हुनुपर्छ ।"
हुम्लाकी उजेली

किरण पाण्डे |
सिमीकोट-तल्लोगाउँकी उजेली रोकाया 'छोरी पढाउन अप्ठ्यारो
मान्ने' पुरुषप्रधान हुम्ली समुदायहरूका निम्ति गतिलो जवाफ बनेकी छन्
। गत वर्षयुनिसेफका सहजकर्ताहरूबाट अनौपचारिक शिक्षा कार्यक्रम र त्यहाँ
हुनेे पढाइलेखाइबारे सुनेपछि १६ वर्षो निरक्षर उजेलीले मन थाम्नै सकिनन्
। र, पढ्नकै निम्ति श्रीमान्को घर त्यागेर गाउँलाई नै आर्श्चर्यमा
पारिन् ।
श्रीमान् काठमाडौँमा भएकाले उनी सासूससुराको रेखदेखमा
थिइन् । गाविस सचिव भइसकेका, पढालेखा ससुरा समेत उजेलीलाई पढाउन चाहन्नथे
। पढ्न गए घरमा कहिल्यै पस्न नदिने धम्की पाउँदापाउँदै पनि उनलेे गाउँटोलमा
'असाधारण हिम्मत' देखाइन् र १० महिनाभित्रैमा आधारभूत शिक्षा पूरा
गरी कक्षा ५ मा भर्ना भइन् । पहिलेकी लजालु, सङ्कोची बुहारी उजेली
अहिले आत्मविश्वासी र निर्भिक बनेकी छन् । अनि, धक नमानी बोल्छिन्
। आफूमा आएको परिवर्तनसँग चकित हुँदै उनी भन्छिन्, "अब म एसएलसी
पास नगरी घर र्फकन्न ।"
धेरै हुम्ली महिला र बालिकाहरूका घरभित्रका कठोर बन्धनलाई
तोड्ने र उनीहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउने सङ्कल्प लिएकी छन्
उजेलीले । लक्ष्य पनि त्यस्तै छ- शिक्षिका बनेर धेरै बालबालिका तथा
महिलालाई शिक्षित बनाउने । अझै पनि 'समाज भँडुवी' का रूपमा गाउँले
पुरुषहरू उनको उपहास गर्छन् । तर घरबाट तिरस्कृत भएपनि माइतीबाट राम्रो
आडभरोसा पाएकी छन् उजेलीले । भन्छिन्, "अब कुनै तगारोले मलाई
छेक्न सक्दैन ।"
|