| फिचर/समाज
हाई ! अङ्ग्रेजी ! !
आत्मविश्वासको औजार, प्रतिष्ठाको स्रोत, अवसरको
ढोका र संसार हर्ेर्ने आँखीझयाल बन्दै गइरहेको छ, अङ्ग्रेजी भाषा !
अरूतिरको स्थिति भिन्न होला, तर पृथ्वीको यो गोलार्द्धमा, यसमा पनि
एशियाको दक्षिणी भूखण्डमा अवस्थित नेपालमा त सबैथोक बनिरहेको छ, अङ्ग्रेजी
। 'सिक्नु, जान्नु र बुझनुपर्ने अरू भाषा, विषय, सीप र कुरा पनि हुन्छन्
र -', 'अङ्ग्रेजी जानेपछि पनि सिक्न केही बाँकी रहन्छ र -' जस्ता प्रश्न
गर्नेहरू प्रशस्तै भेटिन्छन्; मानौँ, ज्ञानको आदि र अन्त्य नै अङ्ग्रेजी
हो !
•
पेशल पोखरेल

"अङ्ग्रेजी पढ्नेलाई
कुलीनका छोरी छन्, बाबुसाहेबहरूका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री,
व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट,
रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा
पचास र संसारमा सुवास, हाई ! अङ्ग्रेजी ! ... तेरै रवाफ खाएर हामी
बसिरहेछौँ ।" करीब साठी वर्षघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले
यसरी अङ्ग्रेजीको रवाफ औंल्याउँदा नेपालमा अङ्ग्रेजी-विज्ञ थोरै थिए
र तीमध्ये उनी आफैँ पनि पर्थे । अङ्ग्रेजीकै कारण बढ्दै गएको आत्माभिमानलाई
उनले 'हाई हाई अङ्ग्रेजी' शर्ीष्ाकको निबन्ध लेखेर आफैँ झटारो हानेका
थिए ।
लक्ष्मी निबन्ध सङ्ग्रहको यो निबन्धमा भनिए झैँ अङ्ग्रेजी
अभिमानको माध्यममात्र रहेन, योग्यता र व्यक्तित्वको मापदण्ड नै बनिसकेको
छ । आफूलाई 'विश्व नागरिक बनाउन' अङ्ग्रेजी जान्नैपर्ने 'बाध्यता'
देखिन थालेपछि यसमा दक्षता हासिल गर्नु धेरै नेपालीको लक्ष्य बनेको
छ । र, अङ्ग्रेजीमार्फ् कुलीन बन्ने/बनाउने कसरत बढिरहेको छ । यस्तै
'अङ्ग्रेजी-ज्वर' का कारण कतिपय स्कूलकलेजहरू शिक्षक-विद्यार्थीले
अरू भाषा बोल्नै नपाउने गरी 'इङ्लिस स्पिकिङ जोन' नै बनेका/बनाइएका
छन् ।
अकल्पनीय जस्तै देखिन थालेको छ अङ्ग्रेजी बिनाको समाज
। बजार टेक्नासाथ देखिन्छन् स्टेशनरी, ग्रोसरी, ज्वेलरी, रेस्टुरेन्ट
एण्ड बार, साइवर, टेलरिङ, ट्राभल एण्ड र्टर्ुस, सुपरमार्केट, डिपार्टमेन्ट
स्टोर, बुटिक, फार्मेसी, कलरल्याव, व्युटीपार्लर, हार्डवेयर, कोल्डस्टोर
अङ्कति विलबोर्ड र साइनबोर्ड । यस्ता पचासौँ बोर्ड काटिसकेपछि बल्ल
भेटिन्छन्, 'गुप्ता पान भण्डार' वा 'शाक्य भाँडा पसल' । जताततै अङ्ग्रेजीको
मूल्य र महत्त्व छ । धरान-पिण्डेश्वरका संस्कृत-विद्वान् पुरुषोत्तम
भट्टर्राईसमेत ग्राहकप्रति लापर्वाह पुस्तक-पसलेलाई अङ्ग्रेजीमा हप्काउन
बाध्य हुन थालेका छन् । भट्टर्राईलाई उद्धरण गर्दै उनका चेलाहरू भन्छन्,
"गुरुले मोल सोध्नुभएछ, पसलेले वास्तै गरेनछ । अनि, इङ्लिसमा
पड्किनुभएछ । त्यसपछि त खातिरदारी नै अर्कै ।"
नभन्दै, अङ्ग्रेजीलाई सामाजिक प्रतिष्ठाको सहयोगी र
आर्थिक-सुरक्षाको कवच मान्न थालिएको छ । पारंगतहरूलाई भ्याई-नभ्याई
छ । कुनै गैरसरकारी संस्थाको प्रस्ताव लेखिदिने कि प्रतिवेदन, कसैको
भाषण मस्यौदा गरिदिने कि पत्राचार- काम र दामको लर्को नै लाग्छ । कहलिएका
'कन्सल्ट्यान्ट' र 'कन्सल्ट्यान्सी' हरूको फेहरिस्त नियाल्ने हो भने
महाकवि देवकोटाको लवजलाई पछ्याउँदै भन्नुपर्ने हुन्छ, 'हाई अङ्ग्रेजी,
तेरो कमाल !' यस्तै आकर्षाका कारण नेपाली विद्वान्/विश्लेषकहरूभन्दा
अङ्ग्रेजीका औसत लेखकहरूको बौद्धिक बजारमा बढी मानमनितो छ । हुँदाहुँदा
नेपालमै पढेको/हर्ुर्किएको एउटा वर्ग गर्वसाथ 'नेपाली जान्दिनँ' भन्न
थालेको छ । 'मलाई नेपाली बोल्न, लेख्न आउँदैन' भन्नेहरू नेपाली समाजमा
सबैभन्दा उपल्लो दर्जाको हैसियत राख्छन् । थुप्रै विज्ञ, प्राज्ञ,
प्राध्यापक, परामर्शदाताहरू यसै भनेर आफ्नो इज्जत जोगाउँछन् ।
रहर र रवाफ
अवसर मिल्नासाथ आफूलाई 'अङ्ग्रेजी-उस्ताद' देखाउन खोज्नु आधुनिकताप्रेमी
नेपालीमा झाङ्गदिै गएको नयाँ प्रवृत्ति हो । गएको १ माघको एउटा कार्यक्रममा
वरिष्ठ लोकगायक कुमार बस्नेतसमेत त्यसकै अनुयायी देखिए । आठौं हिट्स
एफएम म्युजिक अवार्डस्मा लोकसङ्गीत विधाको पुरस्कार दिन नेपाली पोशाकमा
मञ्चमा पुगेका लोकगायकले शुरुमै भने, "इट इज माई प्लेजर टु बी
हियर... ।" गैरसरकारी संस्थाहरूद्वारा आयोजित अन्तरक्रियामा सबै
वक्ताले अङ्ग्रेजीमै बोल्न रुचाउनुलाई यो प्रवृत्तिकै अर्को दृष्टान्त
मान्न सकिन्छ । बैठकका एजेण्डा, प्रस्तुति, छलफल, निष्कर्षसबै अङ्ग्रेजीमा
। श्रोताबीच एउटा मात्र गोरा वा विदेशी छ भने त अनिवार्य नै हुन्छ
अङ्ग्रेजी । यद्यपि, नेपाली बोल्दा हास्यपात्र बन्ने भयले कनीकुथी
अङ्ग्रेजी बोल्नेहरूले आफ्नो कुरा व्यक्त गर्न सक्लान्-नसक्लान्, त्यो
अर्कै कुरा ।

सावधान ! तपाईं
अङ्ग्रेजी मात्र बोल्नुपर्ने क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छः
राजधानीको एउटा स्कूलको मूल ढोकामा आगन्तुकहरूलाई र्सतर्क
गराउन यस्तै सूचना लेखिएको छ । |
सम्भ्रान्त समाजमा घुलमिल हुन अङ्ग्रेजी जान्नैपर्ने,
बोल्नैपर्ने । त्यसमाथि कुनै विषयको विद्यावारिधि छ भने त झन् र्सवत्र
ढोका खुला, स्वागत । पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवालाई नजिकबाट
चिन्नेहरू भन्छन्, "प्रधानमन्त्री हुँदा उनी 'डा.' उपाधिवालाहरूलाई
विशेष विज्ञ र सक्षम ठान्थे । र, भन्ने गर्थे, "डाक्टर हो - इङ्लिस
राम्रो छ - ठीक छ उसो भए ।" हुन पनि सिंहदरबार र बालुवाटारमा
उनी थुप्रै अङ्ग्रेजीवाज डाक्टरहरूद्वारा घेरिएका हुन्थे ।
यो पृष्ठभूमिमा देशका महत्त्वपर्ूण्ा दस्तावेजहरू प्रायः
सबै अङ्ग्रेजीमा लेखिन थालेका छन् । पञ्चवषर्ीय योजनाका ठेली पहिले
अङ्ग्रेजीमा लेख्ने अनि अनुवाद गरेर तयार गर्ने चलन स्थापित भइसकेको
छ । कुनै चर्पी, राजमार्ग, धार्मिक-सांस्कृतिक सम्पदा क्षेत्रको उत्थान-विकासका
योजना र कार्यक्रम मात्र हैन, कतिपय कानून र अध्यादेशका मस्यौदासमेत
अङ्ग्रेजीमै गरिन्छ । जलस्रोतमा नेपालीहरू आफूलाई धनी ठान्छन्, तर
त्यस्तो देखाउने एउटा पनि सिङ्गो प्रतिवेदन नेपालीमा तयार भएको छैन
। राष्ट्रिय मानवअधिकार आयोगका कतिपय प्रतिवेदनहरू विशेषज्ञ खोजीखोजी
नेपालीमा अनुवाद गराइएका प्रसङ्गहरूले समेत प्रस्ताव-प्रतिवेदनहरूको
दुनियाँमा देखिने अङ्ग्रेजीर्-वर्चस्वको सङ्केत गर्छन् । एचआइभी/एड्सबाट
धेरैजसो अङ्ग्रेजी नजान्ने नेपाली नै प्रभावित छन्, तर यस विषयको रोकथाम,
चेतनासम्बन्धी यावत् कार्यक्रमको चिन्तन, लेखन, कार्यान्वयनको भाषा
अङ्ग्रेजी छ । किनभने, दाता र तिनको पैसामा कार्यक्रम चलाउने अन्तर्रर्ााट्रय/
राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी/कार्यकर्तालाई नेपाली आउँदैन,
या नेपाली जान्नेहरू त्यस्ता संस्थामा 'योग्य' ठहरिँदैनन् ।
यसैले हुनसक्छ, नेपालमा एनजीओ अभियन्तादेखि पेशाजीवी,
विद्वत् समुदाय, लेखक-विश्लेषकहरूसमेत अङ्ग्रेजीलाई वृत्ति-विकासको
औजार बनाइरहेका छन् । अनि, कहावत् नै बन्न थालेको छ, 'जसले अङ्ग्रेजी
जान्यो, उसले गरिखायो ।' जान्यो, उन्नतिको द्वार खुल्यो; जानेन, सहकर्मीहरूको
प्रगति हर्ेर्दै खुम्चिएर बस्यो । छोराछोरीले अङ्ग्रेजी बोले; जेनिफर
लोपेज, नोरा जोन्स, जोन मेयरका गीत गुन्गुनाए भने 'वाह ! समयको धार
समाते छन्' भनेर दङ्ग पर्ने अभिभावकहरूको एउटै आकाङ्क्षा देखिन्छ -
छोराछोरी अङ्ग्रेजीमा पोख्त बनून् । शहरिया कुलीन परिवारमा झण्डै-झण्डै
प्राथमिक भाषा बनिसकेको अङ्गे्रजीले पेशाजीवी-पेशाधर्मी -प्रोफेशनल)
सबैलाई 'एलिट' बन्न उत्प्रेरित गरिरहेको छ ।
व्यावहारिक अङ्ग्रेजी -अप्लाइड इङ्लिस) मा जानकार नेपालीहरूको
सङ्ख्या दिनहुँ बढिरहे पनि अङ्ग्रेजी लेखन र प्रस्तुतिमा राम्रो दख्खल
राख्ने नेपालीहरूको सङ्ख्या भने अझै पनि सानै छ । तर, ठूलो छ उनीहरूको
चलखेल । लेखक प्रत्यूष वन्तका अनुसार, अहिले यो वर्गले आफ्नो भाषिक
दक्षताको भाडा उठाइरहेको छ । विकास उद्योगमा देखिने उनीहरूको चुरीफुरी
औँल्याउँदै वन्त भन्छन्, "अङ्ग्रेजी-विज्ञहरू लमीका रूपमा काम
गर्न सिपालु भएका छन् प्रस्ताव, अनुगमन, प्रतिवेदन लगायतका थुप्रै
कुरामा ।" यो क्षेत्रमा एक हिसाबले अङ्ग्रेजीको तस्करी नै भइरहेको
उनको ठम्याइ छ ।
अर्कोतिर, अङ्ग्रेजी नजानेकै कारण लघुताबोधले ग्रस्त
छ एउटा वर्ग । त्यो समूह आम्दानीको अधिकांश अंश खन्याउँदै छोराछोरीलाई
अङ्ग्रेजीमा पारंगत बनाउन हरतरहले प्रयास गरिरहेको छ । घुमाइफिर्राई
अङ्ग्रेजी-पारखीहरूको निकटता खोज्ने र अरूलाई थाहै नदिई 'ल्याङ्वेज
इन्स्िटच्युट' वा विज्ञहरूकहाँ धाउने अर्को वर्ग पनि छ । नेकपा एमालेका
महासचिव माधव नेपालले उपप्रधानमन्त्री हुँदासमेत अङ्ग्रेजी सिक्न छोडेका
थिएनन् र डेढ वर्षघि युरोप-भ्रमणको पर्ूवसन्ध्यामा पनि ब्रिटिस काउन्सिलमा
गएर बीस घण्टे भाषा-प्रशिक्षण लिए । एमालेको भगिनी संस्था अखिल नेपाल
महिला संघले आफ्ना केन्द्रीय पदाधिकारीहरूलाई अङ्ग्रेजी सिकाउने विशेष
शिविर नै चलायो । निजामती सेवाका कतिपय उच्चाधिकारीहरूले ब्रिटिस काउन्सिल
वा अमेरिकन ल्याङ्वेज सेन्टरमा गएर अल्पावधिका तालिम लिने गरेका छन्
। शाही नेपाली सेनाले आफ्ना अधिकृतहरूको अङ्ग्रेजी क्षमता बढाउन अमेरिकी
एयरफोर्सको सहयोगमा खरिपाटी, भक्तपुरमा इङ्लिस ल्याङ्वेज ल्यावोरेटरी
स्थापना गरेको छ । र, नेपाल टुरिजम् बोर्ड लगायतका संस्थाहरूले ट्रेकिङ
व्यवसायीदेखि ट्याक्सी ड्राइभरसम्मलाई अल्पावधिका तालिममार्फ् बोलीचालीको
अङ्ग्रेजीमा अभ्यस्त बनाउने कसरत गरिरहेका छन् ।

किरण पाण्डे |
| भाषा प्रयोगशालाः
टफेल, आइएल्टीएस्को परीक्षा उत्तर्ीण्ा हुनेगरी अङ्ग्रेजी
भाषाका सबै सीप -सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मा पारङ्गत तुल्याउन
राजधानीमा यस्ता अत्याधुनिक भाषा कक्षाहरू दर्जनौंको संख्यामा
सञ्चालित छन् । |
विकल्पहीन बाध्यता
त्यत्तिकै आएको हैन यो चासो, लहर र पहल । नेपालीले 'ग्लोवल सिटिजन'
का रूपमा आफूलाई उभ्याउने र विश्वका कुना-कुनामा सर्म्पर्क, संवाद
गर्ने अङ्ग्रेजीबाहेक अर्को भरपर्दो माध्यम छैन । डा. कमलप्रकाश मल्लका
अनुसार, यसले विचार, बुद्धि, आनीबानी, विद्वत्ता, प्रतिभा र सिर्जनात्मक
क्षमता हृवात्तै बढाउँछ । कूटनीति, पर्यटन, वैदेशिक व्यापार र उच्च
अध्ययन अङ्ग्रेजीबिना प्रायः असम्भव छन् । अङ्ग्रेजीलाई आत्मविश्वासको
औजार र अवसरै अवसरको ढोका ठान्नेहरूले यसलाई 'शक्ति र प्रतिष्ठाको
भाषा' भन्ने गरेका छन् । संस्कृतमा आचार्यसम्म पढेका डा. जयराज आचार्य
भन्छन्, "अङ्ग्रेजी नजान्दा ज्ञान-भण्डारमा ताल्चा लागेको अनुभव
हुन्छ ।" संस्कृत र अङ्ग्रेजी दक्षताले आफूलाई सफल पेशाजीवी बनाएको
उदाहरण दिँदै आचार्य भन्छन्, "भाषिक दक्षताले व्यक्तित्व बढाउँदो
रहेछ ।" सजिलै हुने अतिरिक्त आम्दानी त छँदैछ ।
नभन्दै, महाकवि देवकोटा र बालकृष्ण समका कृति र ख्यातिको
आधारस्तम्भ बन्यो नेपाली, संस्कृत र अङ्ग्रेजीमाथिको समान दक्षता ।
संस्कृत पृष्ठभूमि र अङ्ग्रेजी दक्षताका कारण नाम, प्रतिष्ठा कमाएका
डा. जयराज आचार्य, महेशराज पन्त, ऋषिकेश उपाध्याय, डा. बद्री पोखरेल
आदिका प्रेरक थिए सरदार यदुनाथ खनाल । आधा शताब्दीअघि नै नरेन्द्रमणि
आदी, हृषीकेश शाह, केशरबहादुर के.सी., रामप्रसाद मानन्धर आदिको ख्याति
बढेको थियो, अङ्ग्रेजीकै कारण । डा. तारानाथ शर्मा, डा. अभि सुवेदी
र डा. गोविन्दराज भट्टर्राईको नेपाली र अङ्ग्रेजीमाथिको समान दक्षता
साहित्यका धेरै विद्यार्थीका लागि दृष्टान्त बनेका छन् । डा. हर्क
गुरुङ, डा. कमलप्रकाश मल्ल, उपन्यासकार डी.बी. गुरुङलाई सुपरिचित हुन
सघायो अङ्ग्रेजी दक्षताले । र, नेपालका धेरै उत्कृष्ट कृति नेपालीमै
सीमित भइरहेको बेला एक-एक जोडी अङ्ग्रेजी कृतिका भरमा सम्राट उपाध्याय
-अरेष्टिङ गड इन काठमाण्डु र गुरु अफ लभ) तथा मञ्जुश्री थापा -ट्युटर
अफ हिस्ट्री र फर्गेट काठमाण्डु) ठूलो पाठकसमूहबीच सुपरिचित बने ।
व्यापारिकवृत्तमा पद्मज्योति, सुरज वैद्यको प्रभाव देखिनुको एउटा उल्लेख्य
कारण हो अङ्ग्रेजी । नेपाली सिनेसंसारलाई अन्तर्रर्ााट्रय एरिनामा
उभ्याउनु पर्यो भने कि राजेश हमाललाई उभ्याइन्छ कि नीर शाह, कारण
उही । अङ्ग्रेजी सामर्थ्य भजाउँदै भ्याई-नभ्याई परामर्श सेवा चलाइरहेकाहरू
त कति हुन् कति !
एक पेजको रु.१ हजारदेखि ५ हजारसम्म लिएर नेपालीबाट अङ्ग्रेजीमा
अनुवाद गर्ने केही विज्ञहरूलाई अङ्ग्रेजीबाट नेपाली अनुवादको दर प्रतिपेज
रु.५०० को हाराहारी मात्र भएको कुरा असामान्य लाग्दैन । कारण हो, अङ्ग्रेजीको
तुजुक । यत्रो फर्ुर्तीफार्ती किन त - साहित्य, पत्रकारिता, हवाई उड्डयन,
अन्तर्रर्ााट्रय व्यापार, विज्ञानप्रविधि, औषधि, कूटनीति, खेलकुद,
विज्ञापन, ब्याङ्कङि सबैको प्रमुख भाषा हो अङ्ग्रेजी । संसारमा र्सवाधिक
पाठ्यपुस्तक र १० लाखभन्दा बढी शब्दभण्डार भएको; इन्टरनेट, विकसित
समाज र विकसित दुनियाँको भाषा हो यो । ब्रिटिस काउन्सिलका अनुसार संसारमा
विद्युतीय माध्यममा संरक्षित ८० प्रतिशत सूचना अङ्ग्रेजीमै छन् र विश्वका
६६ प्रतिशत वैज्ञानिकहरू अङ्ग्रेजीमै सोच्छन्, घोत्लिन्छन् र विचार
वा सिद्धान्तको सूत्रपात गर्छन् । अमेरिकामा युवापिँढीको रोजगारीका
लागि निर्धारित १० वटा अत्यावश्यक सीपहरूमा भाषिक दक्षतालाई नम्बर
एक सीप मानिन्छ ।
यसरी संसार हर्ेर्ने आँखीझयाल बनिरहेको छ अङ्ग्रेजी
। यसको विश्वव्यापी दबदबाका कारण धेरै भाषाहरू दबिएका, थिचिएका पनि
छन् । कतिपय विद्वान्हरूले यसलाई अरू भाषा सिध्याउने 'जेनोसाइड' सम्म
भनेका छन् । तर, ज्ञानविज्ञानका असीमित सूचनाहरूलाई व्यक्त गर्ने आफ्नो
भाषामा सामर्थ्य नहुँदा जे सुलभ र व्यापक छ, त्यसलाई नपछ्याई सुखै
छैन । "नेपालीमा प्राविधिक शब्दावलीहरू पर्याप्त छैनन् । नयाँ
शब्दको सिफारिस/आविष्कार गर्ने संयन्त्र छैन । त्यसैले अङ्ग्रेजी शब्दहरू
चुपचाप स्वीकार्ने बाध्यता छ", भाषाविद् डा. माधवप्रसाद पोखरेल
भन्छन्, "ज्ञानविज्ञान, व्यापारमा पश्चिमी वर्चस्व र सबैतिर र्सवशक्तिमान
अमेरिकाजस्तै हुने रहरको परिणाम पनि हो यो ।"
नयाँ पुस्ता र परिवेशको बाध्यता पनि हो अङ्ग्रेजी ।
गिट्टी कुट्ने अभिभावकले समेत छोराछोरीलाई निजी स्कूलमै पढाउनुलाई
यही बाध्यताको प्रतिबिम्ब ठान्छन् नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एशोसिएशन
-नेल्टा)का प्रमुख सल्लाहकार डा. जयराज अवस्थी । उनी भन्छन्, "स्कूलकलेजमा
अपेक्षाअनुसार अङ्ग्रेजी सिकाउन सकिएको भए, त्यही अनुपातमा उनीहरू
दक्ष हुन सकेको भए देशमा अहिलेको विध्वंस, वितण्डा देख्नुपर्ने थिएन
।" तर विडम्बना, नेपालमा अझै पर्याप्त दक्ष शिक्षक छैनन्, गाउँघरमा
पठनपाठनको बेहाल छ । एकसरो अङ्ग्रेजी नछिचोलेकाहरूले समेत पढाउनुपर्ने
बाध्यता छ । शिक्षण पद्धति वैज्ञानिक छैन । एक कक्षादेखि लगातार १२-१३
वर्षम्म अङ्ग्रेजी पढाइन्छ । तर परिणाम निराशाजनक छ । यद्यपि, एक दशकयता
देखिएको निजी स्कूल/कलेजहरूको पहल र प्रतिस्पर्द्धर्ाा कारण धेरै विद्यार्थी
अङ्ग्रेजीमा छुरा देखिन थालेका छन् । विद्यालयहरूमा गाइडेड इङ्लिस,
गुलमोहर, न्यू अक्फोर्ड मोर्डन इङ्लिस, ब्रोडवे, इङलिस फर फन लगायतका
पाठ्यपुस्तक-शृङ्खलाको चकचकी देख्न सकिन्छ ।
राम्रो अङ्ग्रेजी खोज्न सेन्ट जेभियर्सका जेभेरियनहरूलाई
पर्खनुपर्ने बाध्यता छैन आजभोलि । शिक्षकहरूलाई अझ दक्ष/प्रशिक्षित
बनाउन ब्रिटिस काउन्सिल लगायतका संस्थाहरूले समेत चासो/चिन्ता देखाइरहेका
छन् । "तर, हाम्रो शिक्षा नीति जति बढ्ता पढायो, त्यति बेस भन्ने
भ्रममा अल्मलियो", डा. कमलप्रकाश मल्ल भन्छन्, "हामीले अदक्ष
शिक्षकका गलत सिकाइलाई बारम्बार दोहोर्याई-तेहर्याई गरिरहृयौँ ।"
प्राथमिक तहदेखि विदेशी भाषा घोटाउनुलाई नेपाली नीतिनिर्माताहरूको
'उरण्ठेउलो निर्ण्र्ाा को परिणाम भन्छन् डा. पोखरेल । बालबालिकालाई
मातृभाषामा प्राथमिक शिक्षा दिएपछि निश्चित उद्देश्यका लागि अङ्ग्रेजी
सिकाइनु बढी व्यावहारिक र भाषा-विज्ञानको सिद्धान्तअनुरुप समेत हुने
बताउँदै उनी भन्छन्, "शिशुदेखि युवावस्थासम्म अङ्ग्रेजी पढाउँदा
'अनावश्यक सुगारटाइ' बाहेक खै उपलब्धि - अनि, खै मातृभाषाको प्रेम
-"

मीन बज्राचार्य |
| यसपछिको घण्टी
अङ्ग्रेजीको : पशुपति नजिक अवस्थित वेद विद्याश्रम -आवासीय
विद्यालय) का वेद पाठ गर्दै गरेका बटुकहरूलाई पनि अङ्ग्रेजीको
अभाव खड्किन थालेपछि त्यहाँ चाँडै अङ्ग्रेजीको पढाइ शुरु गरिने
भएको छ । |
नभन्दै, बाँदर, रङ्ग र तारा चिन्नुअघि 'मङकी', 'कलर'
र 'स्टार' चिन्ने अहिलेका शिशुहरूको भविष्य अङ्ग्रेजी शब्दभण्डारकै
पछिपछि दौडने स्पष्ट छ । त्यतिखेर, स्वदेशी शब्द चिनाउन अर्को शैक्षिक
अभियान पो थाल्नुपर्ने हो कि ! तर, अहिले चाहिँ अङ्ग्रेजी-प्रभावलाई
कुनै दृष्टिले उपेक्षा गर्ने स्थिति छैन । कतिपय विद्वान्हरू यसलाई
'र्सभाइवल अफ द फिटेस्ट' भन्दै डार्विनको सिद्धान्तसँग जोड्छन् । मातृभाषालाई
माया गर्दागर्दै पनि अङ्ग्रेजीलाई अँगालो हाल्ने बाध्यतामा छन् धेरै
लेखक-कवि । कविवर माधव घिमिरेले एकेडेमीको कुलपति हुनासाथ अङ्ग्रेजी
सिक्ने अभ्यास गरेका थिए । त्यस्तै प्रयास गरे राजनीतिज्ञ/प्राध्यापक
विदुर पौडेलले अधबैंसे उमेरमा प्राथमिक तहका अङ्ग्रेजी पाठ्यपुस्तक
छिचोल्दै । तर, दुवैले निरन्तरता दिन सकेनन् । जसले बेलैमा आफूलाई
पारङ्गत बनाए, उनीहरूलाई संसारको ढोका खुल्यो । उदाहरण हुन् कवि मञ्जुल
। भन्छन्, "यात्रीका हैसियतले संसार घुम्दा, लेखक/पाठकका हैसियतले
संसारभरका उत्कृष्ट मौलिक र अनुदित साहित्य पढ्न पाउँदा म अङ्ग्रेजीबाट
बारम्बार लाभान्वित भएको छु ।"
भाषाको भोक
भाषाको तिर्सना कुनै बन्धन र सीमामा सीमित हुँदैन । अङ्ग्रेजी बोलिने
मुलुकका कलेज र विश्वविद्यालयमा भर्ना पाउन टफेल -द टेष्ट अफ इङ्लिस
एज अ फरेन ल्याङवेज), आइएलटीएस -इन्टरनेशनल इङ्लिस ल्याङवेज टेष्ट
सिष्टम), जीआर्रइ -ग्य्राजुएट रर्ेकर्ड इक्जाम), जीम्याट -ग्य्राजुएट
म्यानेजमेन्ट एड्मिशन टेष्ट) स्कोर अनिवार्य भएकाले आजभोलि विद्यार्थीहरूको
ठूलै समूह यस्ता परीक्षाहरूको तयारीमा व्यस्त छन्- भाषाका पाँच सीप
सुनाइ, पढाइ, बुझाइ, बोलाइ र लेखाइमा दक्षता बढाउँदै । अमेरिकी, क्यानेडेली
कलेजमा योग्यता/क्षमताका आधारमा पाइने छात्रवृत्तिका लागि स्याट -स्कोलास्टिक
एप्टिच्युड टेष्ट) को तयारी गरिरहेकाहरूको सङ्ख्या पनि उल्लेख्य छ
। राजधानीका करीब तीनसय ल्याङ्वेज इन्स्िटच्युटहरूमा यस्तै विद्यार्थीको
चाप छ । उत्तिकै देखिन्छ अन्य उद्देश्यका लागि अङ्ग्रेजी सिक्नेहरूको
भीड पनि । ब्रिटिस काउन्सिलले रु.४ हजारदेखि ११ हजारसम्म लिएर दिने
१२, १८, २०, ३६ र ४० घण्टाका प्याकेजमार्फ् जनरल इङ्लिस, बिजनेस इङ्लिस,
पब्लिक स्पिकिङ, कन्भर्सर्ेे स्कील, ग्रामर बर्स्र्टस, क्रिएटिभ राइटिङ,
प्रोफेशनल राइटिङ कोर्समा विद्यार्थीसँगै व्यापारी, राजनीतिज्ञ, प्राविधिज्ञहरू
समेत आकषिर्त देखिएका छन् । र, प्रायः यस्तै मोडलका अनुयायी देखिन्छन्
अन्य इन्स्िटच्युट, जहाँ सिकारुदेखि पेशाधर्मीसम्मका लागि कोर्स उपलब्ध
छन् ।
विगत २१ वर्षेखि भाषा प्रशिक्षणमा संलग्न युनिभर्सल
ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्िटच्युटका प्रिन्सिपल उत्तमप्रसाद पन्तका
अनुसार, पाँचसात वर्षघि व्यावहारिक ज्ञानका निम्ति अङ्ग्रेजी सिक्न
आउनेहरूको ओइरो देखिन्थ्यो भने अहिले कि विद्यार्थी आउँछन् कि वैदेशिक
रोजगारमा जान इच्छुक । बसाइँसराइका निम्ति अङ्ग्रेजीको आधारभूत योग्यता
लिन चाहनेहरू पनि उत्तिकै छन् । पन्त भन्छन्, "हामी उनीहरूको
तिर्सना र भोक पूरा गरिरहेका छौँ ।" यस्ता इन्स्िटच्युटहरूमा
विभिन्न देशमा पढ्न इच्छुक विद्यार्थीहरूका लागि 'काउन्सेलिङ' सुविधासमेत
उपलब्ध छन् । युवाहरूले मनमनै सँगालिरहेका सपनालाई सुविधासम्पन्न भाषा
ल्यावोरेटरीमार्फ् पर््रवर्द्धन गरिरहेका भाषा इन्स्िटच्युटहरू उनीहरूका
निम्ति आत्मविश्वास र उन्नतिको सिँढी बनेका छन् ।
स्वाध्यायनबाट समेत अङ्ग्रेजी तिखार्न सकिन्छ आजभोलि
। विगतमा बीबीसी वर्ल्ड र्सर्भिस सुनेर अङ्ग्रेजी सिक्नेहरू अब कम्प्युटरमा
विभिन्न प्रकारका सीडी प्याकेजहरूसँग खेल्दै वा 'र्यापिड इङ्लिस स्पीकिङ
कोर्स' का शृङ्खलाहरू रट्दै आफ्नो दक्षता बढाउन सक्छन् । रातदिन अङ्ग्रेजीमा
अभ्यस्त शहरिया विद्यार्थीहरू समेत आफ्नो ज्ञानलाई अपर्याप्त ठान्दै
भाषाको भोक देखाउँछन् । जस्तो पिनाकल एकेडेमी, लगनखेल, ललितपुरमा कक्षा
१२ का उत्कृष्ट विद्यार्थीहरू विश्वम्भर थापा, रोशन बुढाथोकी, तुलसीनारायण
महर्जन र अनिष के.सी. अङ्ग्रेजी-ब्रम्हाण्डको भित्रैसम्म पसेर आफूलाई
विश्वस्तरका प्रतिस्पर्धी बनाउन चाहन्छन् । प्रिन्सिपल ऋषि तिवारी
भन्छन्, "तर, यति दक्षताले संसार भोग्न सकिन्छ ।"
अङ्ग्रेजी जानेकाहरूमा अझ जानकार हुने छट्पटी छ भने
नजान्नेहरूमा लघुताबोध । पशुपति क्षेत्र विकास कोषअर्न्तर्गत सञ्चालित
नेपाल वेद विद्याश्रममा नेपाली, गणित, सामाजिक शिक्षासँगै वेद, कर्मकाण्ड,
व्याकरण र ज्योतिष पढ्ने विद्यार्थी, तिनका अभिभावक र शिक्षकहरूले
पनि अन्ततः 'संस्कृतले मात्रै नपुग्ने रहेछ' भन्ने अनुभव गरेका छन्
। अङ्ग्रेजीको अज्ञानताका कारण त्यहाँका विद्यार्थीले धेरै ठाउँमा
अपहेलित महसूस गर्नुपरेको बुझेपछि वेद विद्याश्रमले यही शैक्षिक वर्षेखि
कक्षा ६ देखि अङ्ग्रेजी पढाउने निर्ण्र्ाालियो । प्रधानाध्यापक केशव
अधिकारी भन्छन्, "युगको माग रहेछ अङ्ग्रेजी । हामीले हाम्रा विद्यार्थीको
व्यावहारिक जीवन अङ्ग्रेजीबिना अलि कठिन भएको अनुभव गर्यौँ ।"
सामवेद र अङ्ग्रेजीको अध्यापन एकैपल्ट थाल्ने वेदविद्याश्रमको
निर्ण्र्ााा पछाडि यहाँ पढेका विद्यार्थी पनि अरू जत्तिकै सक्षम र
सामाजिक बनून्, राम्रा अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने सदाशय पनि
छ । यसको अर्थ संस्कृतको महत्त्व घटेको, नेपाली भाषा दर्ुबल बन्दै
गएको पक्कै होइन । देशभित्रका विभिन्न भाषाभाषिकाको सर्म्पर्क भाषाका
रूपमा नेपालीको महत्त्व र उपयोगिता दिनदिनै बढिरहेको छ । नेपाली शब्दभण्डारलाई
समृद्ध बनाउने आधारका रूपमा संस्कृतको महत्त्व छँदैछ । कसैसँग विधा
र विषयगत दक्षता छ भने नेपालीमा लेख्न नभ्याउँदै त्यसलाई अनुवाद गरेर
संसारभर र्छर्ने विज्ञहरू तुरुन्तै निस्कन्छन्, जसरी नेपाली प्रकाशनका
सारवस्तु अङ्ग्रेजी पोर्टलमा आउन थालेका छन् । विश्व ब्याङ्क, एक्शनएडजस्ता
अन्तर्रर्ााट्रय संघसंस्थाका नेपालस्थित कार्यालयमा नेपालीमा समेत
प्रस्ताव माग्न थालिएको छ । अङ्ग्रेजी प्रशिक्षणसम्बन्धी ब्रिटिस काउन्सिलको
सूचना पनि नेपालीमै देख्न सकिन्छ आजभोलि । यी नेपालमा नेपालीको महत्त्व
झल्काउने केही दृष्टान्त हुन् ।
तर, विश्वनागरिक हुने आकाङ्क्षा पूरा गर्नका लागि राष्ट्रभाषा
मात्र पर्याप्त हुँदैन । मानवशास्त्री प्रयागराज शर्माले भनेझैँ हामी
संसार हाँक्ने स्थितिमा छैनौँ, अरूले हाँकेको समयलाई पछ्याउनु हाम्रो
बाध्यता हो । संसार बुझन, आफूलाई सांसारिक बनाउन संसारकै बोली नबोली
सुख छैन । संभवतः यसैले हुन सक्छ, काठमाडौँ-महाराजगञ्जस्थित सशस्त्र
प्रहरी २ नंं. गणमा थुनामा रहेका एमाले नेता वामदेव गौतम, राजेन्द्र
पाण्डे, राजेन्द्र र्राई लगायतका राजनीतिकर्मीहरूले त्यहीँ रहेका पर्ूव
सांसद महेन्द्रबहादुर पाण्डेबाट अङ्ग्रेजी सिकिरहेका छन् ।
अब कसले चाहला त अङ्ग्रेजीबिनाको एकाङ्गी जीवन ?
अघिअघि अङ्ग्रेजी, पछिपछि संसार
विश्वमा ६ हजार ८ सय भाषा प्रचलनमा छन् । अमेरिकाको डल्लासस्थित समर
इन्स्िटच्युट अफ लिङ्विस्टिक्सका अनुसार, युरोपमा करीब दर्ुइ सय भाषा
अस्तित्वमा छन् भने उत्तर तथा दक्षिणी अमेरिकामा करीब एक हजार । त्यस्तै,
अप्रिmकामा २४ सय र एशिया-प्रशान्त क्षेत्रमा ३२ सय । मातृभाषीका हिसाबले
झण्डै एक अर्ब मानिसले बोल्ने चिनियाँ -म्याण्डारिन) भाषा अगाडि छ
। युनेस्कोको आकलनअनुसार, क्रमशः अङ्ग्रेजी, स्पेनिस, हिन्दी, अरबी,
बङ्गाली, रुसी, पोर्चुगिज, जापानी, जर्मन र प|mेन्च पहिलो भाषाका रूपमा
बोलिने ठूला भाषा हुन् । झण्डै ३५ करोड जनसङ्ख्याको मातृभाषा हो अङ्ग्रेजी
। दोस्रो-तेस्रो वा सर्म्पर्क भाषाका रूपमा अङ्ग्रेजी बोल्नेहरूको
सङ्ख्या भने मातृभाषी भन्दा तीन गुणा नाघिसकेको छ । ब्रिटिस काउन्सिलको
एक आकलनअनुसार, एक दशकभित्र विश्वका दर्ुइ अर्ब मानिस अङ्ग्रेजी सिकिरहेका
र करीब तीन अर्ब 'आफ्नै भाषा' का रूपमा अङ्ग्रेजी बोलिरहेका हुनेछन्
। विगतमा अङ्ग्रेजीदेखि टाढै बस्न रुचाउने प|mेन्च, जापानी र चिनियाँहरूमा
समेत चुलिँदो छ अङ्ग्रेजी-मोह । प|mान्सका ९६ प्रतिशत स्कूले विद्यार्थीहरू
ऐच्छिक विषयका रूपमा अङ्ग्रेजी सिकिरहेका छन् । जापानी विद्यार्थीहरू
मोबाइल फोनमार्फ् अङ्ग्रेजी-प्रयोगका 'टिप्स' आदानप्रदान गर्दै अङ्ग्रेजी-भोक
देखाउन थालेका छन् । र, त्यहाँ पनि ऐच्छिक विषयका रूपमा अङ्ग्रेजी
पढ्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । सन् २००८ मा चीनको बेइजिङमा
हुने ओलम्पिक खेल आयोजक समितिले आयोजनासम्बद्ध कर्मचारी, टुरिष्ट गाइड,
ट्याक्सी ड्राइभर र थुप्रै शहरबासीलाई अङ्ग्रेजी सिकाउन थालेको छ ।
चीनमा 'अङ्ग्रेजी- शिक्षण' ठूलै व्यापार हुने संभावना औँल्याउँदै ७
मार्चको न्युजविक ले लेखेको छ, "विदेशबाट चार सयभन्दा बढी अङ्ग्रेजी
शिक्षणसंस्थाहरू चीन जाने प्रयासमा छन् ।"
अवसर र संभावनाका कारण संसारका धेरै युवाको लक्ष्य
बनेका छन्, अमेरिका र बेलायत । अनि, त्यहाँ पस्ने वा बस्ने योग्यता
बनेको छ अङ्ग्रेजी दक्षता । भाषिक ज्ञान नभए अवसर पनि पाइँदैन । हुँदाहुँदा
बेलायतका करीब डेढसय मन्दिरमा कार्यरत भारतीय पुजारीहरूले समेत बसोवासका
निम्ति न्यूनतम 'लेभल फोर' को अङ्ग्रेजी-दक्षता देखाउनै पर्ने नियम
बनेको छ । यो नियमपछि संस्कृत र कर्मकाण्ड मात्र जान्ने पुजारीहरू
गलाको रुद्राक्ष र लामो टुप्पी हल्लाउँदै ल्याङ्वेज इन्स्िटच्युट धाउन
थालेका छन् ।
|