| •
किशोर नेपाल |
 |
डेटलाइन कैलाली
लाश फाल्न सख्त मनाही !
धनगढी शहरको प्रवेशद्वारका रूपमा रहेको अत्तरिया
नजिकै मनहरी खोलाको पुलछेउको सूचनापाटीमा लेखिएको छ, 'यहाँ लाश फाल्न
सख्त मनाही छ ।' हिंसात्मक द्वन्द्वले राँकिएको कैलाली जिल्लाको अवस्थाको
चित्रण गर्न यो सूचनापाटी पर्याप्त छ । खोलाको किनार र नजिकैको जङ्गलमा
दिनहुँ वेवारिशे लाशहरू फालिन थालेपछि आजित भएका जनताले सामुदायिक
वनका तर्फाट त्यो सूचनापाटी राखेका थिए । हिजोआज कैलालीको यो भेगमा
हिंसा र हत्याको चाप किञ्चित घटे पनि जनताको मनबाट त्रास घटेको छैन
। यहाँ कतिवेला के हुन्छ कसैले केही भन्न सक्दैन ।
सुदूरपश्चिमको प्रमुख कृषि बजारका रूपमा परिचित
धनगढी शहरको विकास र विस्तार नियोजित रूपमा भएको होइन । स्थानीय आवश्यकता
अनुसार बर्दिया छिचोल्ने पुरानो हुलाकी सडकको किनारामा परम्परागत रूपमा
विकसित यो शहर पर्ूव-पश्चिम फैलिएको छ । शुरुमा निकै सानो धनगढी बजार
सात आठ किलोमिटर तन्किएर ठूलो शहर बनेपनि हिंसात्मक द्वन्द्वका कारण
यहाँका व्यापारिक गतिविधिहरू भने खुम्चिँदै गएका छन् । एकजना स्थानीय
व्यापारी बताउँछन, "तपाईँहरूसँग गुनासो गरेर पनि के गर्नु, पत्रिकामा
लेखेपनि हाम्रो अवस्थामा सुधार आउने होइन । बरु, कुरा नगरेकै राम्रो,
कुरा गर्दा सित्तैँमा सबैको टार्जेट बन्नर्ुपर्दछ ।"
धनगढी शहरमा कतिवेला गोली चल्छ, कतिवेला बम विष्फोट
हुन्छ, कतिवेला बजार बन्द हुन्छ कसैले भन्न सक्दैन । कुनैवेला साँझ
सातबजेदेखि नै बजारमा कर्फ्र्यू लाग्दछ र कहिले नौ बजेसम्म स्थानीय
सेकुवा पसलहरू खुला रहन्छन् । १९ माघ २०६१ देखि ११ फागुनसम्म धनगढी
शहर मात्र होइन, कैलाली जिल्लाकै अवस्था अत्यन्त अस्थिर र तरल रहृयो
। २२ माघमा माओवादीहरूले साढेपानी गाविस अर्न्तर्गत सिमरानामा रहेको
गृहमन्त्री दानबहादुर शाहीको घर, ट्याक्टर र अन्नबाली जलाए । २७ माघको
राति माओवादीले जिल्ला कारागारमा आक्रमण गरेर १६८ बन्दीहरूलाई भगाए
जसमध्ये ७२ जना माओवादी थिए । रातभरिको गोली हानाहानमा पाँच प्रहरीको
ज्यान गयो र एक माओवादी मारिए । स्थानीय प्रशासनले यसलाई धनगढी आक्रमणको
प्रयास विफल भएको बतायो ।
७ फागुनमा राज्यका वैधानिक प्रतिपक्षीहरूले आफ्नो
नियमित आन्दोलन गरेपछि ११ फागुनसम्म माओवादीहरूले बजारमा दिउँसै कर्फयू
लागेको सूचना टाँसेर आतङ्कको सिर्जना गर्ने काम गरे । एकैछिनमा बजारका
सटरहरू बन्द हुने र एकैछिनमा खुल्ने क्रम चल्यो । चैतको दश दिने बन्दमा
२१, २२ र २३ गते धनगढीमा बजार र यातायात दुवै चालु थियो । तर, २४ चैतपछि
शहरले माओवादी दबाब धान्न सकेन । माओवादीले बन्द भन्दा कोही नहिँड्ने
तर राज्यको कर्फ्र्यू कसैले नटर्ेर्ने अवस्थाले प्रशासनलाई क्रूद्ध
बनाउनु अस्वाभाविक थिएन । तर, त्यो क्रोधको कुनै अर्थ थिएन ।
कैलाली यतिखेर अपेक्षाकृत शान्त देखिए पनि माओवादी
चाप घटेको छैन । एक जिम्मेवार सूत्रका अनुसार, ७ वैशाखसम्म कैलालीका
२२ जना सुरक्षाकर्मी माओवादीको नियन्त्रणमा रहेका छन् । सुरक्षाकर्मीका
लागि स्थिति चुनौतीपर्ूण्ा नै छ । तर, प्रचण्डपथ अधुरो रहेको र पार्टर्ीी
शुद्धीकरणको आवश्यकता रहेको बताउँदै माओवादीका स्थानीय अर्थ सङ्कलक
कृष्णप्रसाद उपाध्याय र्-दर्शन) को पलायन, दुर्गौली भिडन्तमा १३ माओवादीको
मृत्यु, स्थानीय प्रमुख हरि ज्ञवाली -अखण्ड) को क्षेत्रीय नेतृत्वमा
स्थानान्तरण र स्थानीय नेतृत्वमा चौधरी जातिका 'डाइमोण्ड'को आगमनले
माओवादी गतिविधिमा केही विचलन पक्कै आएको छ । खास गरेर, स्थानीय नेतृत्वमा
'डाइमोण्ड'को आगमनलाई गैह्र चौधरी माओवादीहरूले सहज रूपमा लिनसकेका
छैनन् ।
माओवादीले कैलालीको भारतसँग जोडिएको एकसय सात
किलोमिटर लामो खुला अन्तर्रर्ााट्रय सिमानाको फाइदा उठाउँदै आएका छन्
। केही समययता भारतीय भूमिमा सुरक्षा प्रबन्ध मजबूत गरिए पनि सिमानाका
अन्तरकुन्तर र अप्ठेराहरू यथावत् नै छन् । माओवादीहरूले सिमानामा रहेका
छोटी भन्सार कार्यालय र प्रहरी चौकीहरू नष्ट गरेर सीमा क्षेत्रको वैधानिक
र अवैधानिक व्यापारमाथि आफ्नो एकाधिकार कायम गरेका छन् । अवैध हतियारको
ओसारपसारका लागि तिनले यही सीमा क्षेत्रलाई प्रयोग गर्दै आएका छन्
। काठ तस्कर र माओवादी बीचको सम्बन्ध वेलावेलामा चर्चित रहँदै आएको
छ ।
कैलालीको ठूलो आकार र जटिल अवस्थितिले पनि यस
जिल्लामा द्वन्द्वको विस्तार अन्यत्रभन्दा तीव्र गतिमा छ । राजमार्ग
उत्तर डोटीसँग सीमा जोडिएका कैलालीका पहाडी बस्तीहरूको विकट अवस्थितिलाई
माओवादीहरूले आफ्नो पक्षमा पारेका छन् । सुखडमा रहेको सुरक्षा किल्लामाथि
माओवादीहरूको पटकपटकको आक्रमणको मुख्य कारण पहाडी बस्तीहरूमा आफ्नो
पकड बलियो राख्नु हो भने सुखडमा पटक पटक पराजित भए पनि पहाडी बस्तीहरू
माओवादीको पकडबाट मुक्त नहुनु आर्श्चर्यको कुरा हो । बहु प्रचारित
पाण्डोन घटनापछि पनि पहाडी बस्तीहरूको अवस्थामा आशातीत सुधार आउन सकेको
छैन । डोटी कैलाली सीमामा पर्ने बीपीनगरमा माओवादीहरूसँग यात्रा अनुमतिपत्र
नलिएका यात्रुहरूलाई बसवालाहरू बस चढाउन नै मान्दैनन् ।
धनगढी कैलालीको सदरमुकाम र व्यापारिक केन्द्र
भएपनि समग्र कैलालीको राजनीतिमा यो शहर एक्लैले निर्ण्ाायक महत्त्व
राख्दैन । कमैया बस्तीका रूपमा नाम चलेको चौमाला, खासगरेर पर्ूर्वी
नेपालबाट बसाइँ सरेर आएका र बर्माबाट फर्किएका नेपालीहरूको बस्ती फूलबारी,
अन्न भण्डारका रूपमा रहेको भजनी, नयाँ शहरका रूपमा विकसित हुन खोेजेको
टिकापुर, व्यापारिक कारोबारको नयाँ केन्द्र लम्की र पहाडी जिल्लाहरूको
तर्राई प्रवेशद्वार मसुरिया जस्ता बस्ती र गाउँहरूमा जिल्लाका ६ लाख
भन्दा बढी जनता समानुपातिक रूपमा बाँडिएका छन् । यी बस्तीहरूमा मूलधारका
राजनीतिक प्रवृत्ति र प्रभाव एकै किसिमका देखिए पनि द्वन्द्वको प्रभाव
फरक फरक छ ।
१९ माघपछि प्रेसजगतप्रति कैलाली प्रशासनको व्यवहार
खासै 'असहिष्णु' रहेन । एकसातासम्म त्यहाँका कुनै अखबार निस्केनन्
। त्यसपछि प्रशासन आफैले पत्रकारहरूसँग पत्रिका प्रकाशित गरिदिन आग्रह
गर्न थाल्यो । प्रकाशन पर्ूव सेन्सर नगराउने शर्तमा पत्रिका प्रकाशनको
सामान्य सहमति कायम भयो । हालसम्म, पत्रकारहरूले सिधा सेन्सरसीपको
मार खप्नु परेको छैन । तर, राजनीतिक दलहरूप्रतिको व्यवहारमा भने निकै
असजिलोपन देखिएको छ । प्रशासनिकस्तरमा आयोजित राजनीतिक कार्यक्रमहरूमा
मात्र होइन, मानवअधिकार र सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका
कार्यक्रमहरूमा समेत राजनीतिक दलहरूलाई यहाँ निम्त्याउन छोडिएको छ
। नेपाली काङ्ग्रेसका बीरबहादुर लामा र एमालेका दिनेशचन्द्र सुवेदी
दुवै ती संस्थाहरूको व्यवहार आर्श्चर्य प्रकट गर्दै भन्दछन्, "राजनीतिक
दलहरूसँग अछूतको जस्तो व्यवहार गरिनु असहज राजनीतिक परिस्थितिलाई झनै
असहज बनाउनु हो ।"
|