हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ/संक्षेप

दिल्ली-दुबईका लागि तयार

चितवनको गुञ्जनगरमा पाँच बिघा जमिन भाडामा लिएर ग्लाडुलस फूल लगाउन शुरु गरेका प्रकाश पन्तले गत वर्षेखि कटफ्लावरको निर्यात गर्न थालेका छन् । उनले गत मङ्सिरदेखि चैतसम्ममा रु.१० लाखको कटफ्लावर बेचिसकेका छन् । चार वर्षघि भारतको कालिम्पोङ र देहरादुनबाट बीउ ल्याएर ग्लाडुलस खेती शुरु गरेका पन्तले काठमाडौँका लोकनाथ गैरेसँग मिलेर यो व्यवसाय गर्दैछन् ।

गत पुस-माघमा काठमाडौँमा कटफ्लावर खपत नभएपछि उनले दर्ुइ खेप दिल्ली पठाएका थिए । दिल्लीका पुष्प पारखीहरूले आफ्नो उत्पादनलाई मन पराएर बढी मूल्य दिएको उनी बताउँछन् । कटफ्लावर निर्यात हुन थालेकोमा खुशी हुँदै उनी भन्छन्, "खाडी मुलुकसँग पनि यसबारे सम्झौत भएको छ ।" दिल्लीको घरेलु कटफ्लावर दर्जनको रु.४५-५० मा बिक्री हुने गरेकोमा यहाँबाट लगिएका कटफ्लावर रु.६० मा बिक्री भएको थियो । चितवनका अहिलेसम्म सबैभन्दा बढी परिमाणमा ग्लाडुलस लगाउने कृषक प्रकाश यसबाट चार महिनामै प्रतिकट्ठा लगभग रु.७ हजार आम्दानी हुने दाबी गर्छन् । दर्ुइ लाख थान कटफ्लावर बेचिसकेका पन्तले बेमौसमी कटफ्लावरसँगै थप दर्ुइ बिघा जमिनमा बीउ पनि उमारेका छन् । सालाखाला रु.५ प्रतिगोटामा बिक्री हुने ग्लाडुलसको प्रत्येक गानो रु. ३ देखि ५ सम्ममा बिक्री हुन्छ ।

नेपालमा भर्खरै मात्र पुष्पखेतीले व्यावसायिक रुप लिँदै गरेको अवस्थामा कटफ्लावर उत्पादन गर्ने काठमाडौँपछि चितवन नै हो । यहाँ १५ कृषकले करीब २० बिघा जग्गामा ग्लाडुलस लगाएको कृषि विकास कार्यालय चितवनका कृषि प्रसार अधिकृतर् इश्वरी न्यौपाने बताउँछन् । हुनत प्रकाश यो व्यवसाय गर्ने चितवनका प्रथम कृषक भने होइनन् । करीब पाँच वर्षघि रत्ननगर-७ का नारायण शर्माले तीन बिघा जमिनबाट ग्लाडुलस खेतीको सुरुआत गरेका थिए । गत वर्षनेपालमा रु.२० करोडको फूल कारोबार भएकोमा रु.४ करोडको त कटफ्लावर मात्रै थियो ।

एकल सिलवाल, चितवन


अब बिजुली बस

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिइरहेको बेलामा हिमालयन लाइट फाउण्डेशन -एचएलएफ) ले ब्याट्रीबाट चल्ने बस गुडाउन थालेको छ । १२ वैशाखदेखि राजधानीका सडकमा गुडाउन थालिएका तीन वटा बिजुली-बस -इभी-१र्,र् इभी-२ र ३ इभी-३) पनि तीनै किसिमका छन् । यी प्रारुप बसको डिजाइन, विकास र निर्माण युएनडीपीको लघु अनुदान कार्यक्रम र स्वीस विकास सहयोग -एसडीसी) को आर्थिक लगानीमा भएको हो । ब्याट्रीद्वारा सञ्चालन हुने गाडीको विकास र विस्तारका निम्ति थप आर्थिक सहयोग जरुरी रहेको एचएलएफका कार्यक्रम प्रबन्धक यादव गुरुङले बताएका छन् ।


नयाँ स्वादको म्याकवर्ग

म्याकवर्ग नेपाल प्रा.लि. ले बियर पारखीहरूका लागि नयाँ स्वादको बियर बजारमा ल्याएको छ । ६५० मिलिको बोतलमा उपलब्ध म्याकवर्ग प्रिमियम लागर बियरमा नेपाली उपभोक्ताको स्वादलाई ध्यानमा राखी अल्कोहलको अंश ५.४% मात्र राखिएको दाबी कम्पनीको छ । नवलपरासीस्थित सनगोल्ड ब्रुअरीबाट उत्पादित यस बियरको प्रति बोतल उपभोक्ता मूल्य रु.८५ रहेको छ । आकर्ष डिजाइनमा उपलब्ध यो बियर नयाँ स्वाद खोज्ने उपभोक्ताहरूमाझ छिट्टै लोकप्रिय हुने विश्वास कम्पनीले राखेको छ ।


वायुपंखी घोडा बिर्साउने युनिकर्न

वायुपंखी घोडामा उड्ने बाल्यकालीन सपना साकार पार्ने भनी स्याकर कम्पनीले होण्डाको युनिकर्न मोटरसाइकल बजारमा प्रस्तुत गरेको छ । मोनो सस्पेन्सन; सीभी कार्बोरेटर र मल्टिम्यापिङ सीडीआई समेत भएका कारण १५० सीसीको युनिकर्न मा खराब बाटोमा पनि नरम र लचकता अनुभव हुने, मोड्न सजिलो र झड्का पैदा नहुने दाबी कम्पनीले गरेको छ  ।

अघिल्लो साता राजधानीमा आयोजित युनिकर्न को टेष्ट ड्राइभ कार्यक्रममा होण्डा मोटरसाइकलका ३५० पारखीहरू भेला भएका थिए । युनिकर्न को शुभारम्भ मूल्य ब्रेकको भिन्नताका आधारमा रु.१ लाख ३५ हजार र रु.१ लाख ४० हजार तोकिएको छ ।


टु-पीएम को नयाँ चिनारी

आक्रामक विज्ञापन शैली र एकपछि अर्को उपहार कार्यक्रममार्फ् छोटो अवधिमै आफ्ना उत्पादनहरू बजारमा स्थापित गराउन सफल एसियन थाई फुड्स प्रा.लि. ले आफ्नो प्रमुख ब्राण्ड- टु-पीएम चाउचाउलाई नयाँ किसिमले चिनाउन नयाँ नाराः एक दम उत्कृष्ट, एक दम स्वादिलो -सो स्मूथ, सो डेलिसियस) तय गरेको छ । चिकेन, भेजिटेबल र तोमयम स्वादमा ७५ ग्राम र फेमिली प्याकमा समेत उपलब्ध टु-पीएम उत्पादन गर्ने थाई फुड्स स्तरीयताका निम्ति आईएसओ प्रमाणपत्र प्राप्त कम्पनी हो ।