| संस्मरण
नजरबन्दबाट राजालाई बिन्ती
•
त्रैलोक्यप्रताप सेन

किरण पाण्डे |
१९ माघ, २०६१ बिहान ९:३० बजे । भारतमा नेपाली काङ्ग्रेसको
प्रतिनिधित्व गर्ने भातृ संस्था नेपाली जनसर्म्पर्क समितिका नवनिर्वाचित
अध्यक्ष मधु पौडेल, निवर्तमान अध्यक्ष महेन्द्र भुसाल र वरिष्ठ उपाध्यक्ष
एवं निवर्तमान महामन्त्री टीकाराम वाग्लेजीसँगै गिरिजाप्रसाद कोइरालाकहाँबाट
मेरो डेरा, सुकेधारा आई दश बजेको "टिभी" प्रतीक्षामा थियौँ
। यसै बेला, सादा पोशाकमा दर्ुइ जना सशस्त्र प्रहरीका युवाहरू मेरो
कोठामा प्रवेश गरे । चार जना बाहिर गेटमा ।
गिरफ्तार गर्न आएका मलाई । विधि-विधान, कानूनी राज्य
केही अर्थ रहेनछ । वारेण्ट, पर्ुर्जी माग गर्नुको कुनै औचित्य थिएन,
त्यहाँ । अनि गाडीमा सीधै हलचोक ।
हलचोकको थुनुवा कोठामा पुग्दा म प्रथम रहेछु- पाँच
मिनेटपछि नरहरि आचार्यलाई ल्याइपुर्याइयो अनि लक्ष्मण घिमिरे, गोपाल
पहाडी क्रमशः गोपाल र्राई, शिव बस्नेत, रामनाथ अधिकारी, तर्ीथरामजी,
मधु आचार्य, नीलाम्बर आचार्य, हरिबोल भट्टर्राई, लेखनाथ न्यौपाने,
सिन्धुनाथ प्याकुरेल, विद्यार्थी नेता कुन्दन काफ्ले समेत, १२ बजेसम्म
१४ जना एकैठाउँ भयौँ । चार बजे अचानक हेलिकप्टर आयो, हामीलाई ठाउँ
र्सार्न ।
चढ्यौँ । "लौ त डीएसपी साब, बँचियो भने फेरि भेट
होला" भन्दै हेलिकप्टर चढेको लक्ष्मण घिमिरेको आवाजले त्यो दिनको
दहसत् र आतङ्कति मानसिकताको राम्ररी प्रतिनिधित्व गर्दथ्यो । मलाई
पनि लाग्यो अब हामीहरूलाई पहुँचबाट धेरै टाढा मुस्ताङ-मनाङतिर लैजाँदैछ
क्यार !
तर, जम्मा पाँच मिनेटमै हेलिकप्टर ककनी डाँडामा उत्रियो
। त्यहीँ डेढ महिना बन्दी जीवन बिताएपछि अचानक एकाबिहानै झटिीगुण्टा
बाँध्ने आदेश भो- ठाउँ सारियो- दुवाकोट सशस्त्र प्रहरी गणमा । (हे.
तस्बिर) अहिले नौ जना छौँ । पाँच जना पहिले नै छुटे ।
लाग्थ्यो- १९ माघमा सिङ्गो राष्ट्र नजरबन्दमा छ, अब
भयानक बन्दुकको प्रत्यक्ष शासन शुरु भयो । अचानक दरबार हत्याकाण्डको
सम्झना आयो जुन ज्यादै क्रूर थियो- बीभत्स थियो । यो काण्डसँगै नेपालमा
युगौँदेखि स्थापित दरिलो मान्यता पनि सदाका लागि भत्किएको थियो । आर्यघाटमा
चिताका लप्कासँगै नेपाली जनताका विश्वास धुवाँमा विलिन भए । यसै घडीदेखि
सहज नेपालको भविष्य अस्थिरतातर्फधकेलिएको छ ।
यस्तो विषम परिस्थितिमा राजा ज्ञानेन्द्रले गद्दी आरोहण
गरे । यसपछि उनले असहज इतिहासलाई क्रमशः सहज बनाउँदै, उक्त काण्डले
सृजना गरेको अविश्वासको वातावरणलाई सहज पार्दै, विचलित विश्वासलाई
पुनःस्थापित गर्लान्- सबैको आस यस्तै थियो । त्यसो गर्ने वातावरण पनि
थियो ।
तर, राजाभन्दा प्रतिगमनका मतियार अगाडि भए । र, क्रमशः
प्रत्यक्ष सत्ता सञ्चालनको महत्त्वाकांक्षालाई उत्कर्षर्फअघि सारिँदै
गयो । यसै सेरोफेरोमा जनप्रतिनिधि भनाउँदाहरू शेरबहादुरको नेतृत्वमा
दरबारमा विर्सर्जित भैदिए । उसो त १४ वर्षो राज्य सञ्चालनमा बनेका
सबैखाले सरकारहरूले प्रजातन्त्रलाई कमजोर पार्ने भूमिका निर्वाह नगरेका
होइनन् । जसले प्रतिगमनकारीहरूमा अङ्कुरित हुँदै गरेको बन्दुके शासनको
पृष्ठभूमि तयार पार्न मद्दत पुर्याइरहृयो । तर, जसरी अहिले प्रतिगामीहरूले
आरोप लगाउँछन्- त्यस्तो सम्पर्ूण्ा कारकतत्व चाहिँ दलहरू थिएनन् ।
मुलुकभर हिंसाको आगो सल्काउने माओवादी आतङ्ककारी गतिविधि प्रचण्ड पार्न
पार्टर्ीी कलङ्कति अनुहारहरूले मद्दत पुर्याए । तर, अहिले आएर विश्लेषण
गर्दा यस्ता कलङ्कति अनुहारहरू सबै पार्टर्ीी अत्यन्त थोरै सङ्ख्यामा
मात्र थिए । प्रजातन्त्र र बहुदलीय राज्यव्यवस्था निरीह थियो । तर,
राजा र राजाका मतियारहरूबाट यही गल्ती भयो- र भैरहेछ- त्यो के भने
सिङ्गो पद्धतिलाई नै कलङ्कति पार्दै मुलुकलाई अप्रजातन्त्र र अन्ततः
र्सवनासतिर डोर्याउने काम । यस खेलमा जानी-बुझी टेवा पुर्याउने बहुदलीय
पद्धतिका कलङ्कति अनुहारहरूलाई त इतिहासले पनि छानबिन गर्ला, तर राजा
र राजसंस्थाको विश्वसनीयतामा पुग्ने क्षति सजिलै परिपर्ूर्ति नहुन
सक्छ ।
यसरी आयो अन्तिम दिन '१९ माघ' । प्रचण्ड आँधी तुफानका
साथ वायुवेगले यो आएजस्तो गरेको थियो । त्यसैले, हिंसाको दलदलमा फसेको
राष्ट्रले नयाँ मुक्ति नै पो पाउँछ कि भनेर ठूलो हिस्सा- राष्ट्रले
यो भस्मासुरे कदमलाई तैपनि राहतदायी क्रान्तिकारी कदमका रूपमा हेरेको
थियो । यो कदमका पछाडि अवश्य पनि स्थायी शान्तिको निर्माण गर्ने तयारी
पुडिया होला- हुनै पर्छ धेरैलाई लागेको थियो । म गिरफ्तार अवस्थामा
रहँदा पनि आफ्नो खोसिएको स्वतन्त्रतालाई हिंसारहित शान्तिले राहत देला
कि भन्ने आशामै थिएँ । गरिहाल्छन् कि त राजाले !
तर, ठीक उल्टो हुँदैछ । प्रजातन्त्रको गन्ध नै मन नपर्ने
कठोर निर्दलवादी, राष्ट्रको नागरिकता लत्याएर अर्ढाई दशकदेखि विदेश
पसेका, देशको मायाममता र आस्था लिलाम गरेका डा. गिरीलाई दाहिने हात
र बहुदलवादीको घाँटीमा मृत्युको घण्टी झुण्ड्याउने उद्घोष गर्ने बिष्टलाई
बायाँ हात बनाएर यसरी प्रजातन्त्रको माखौल उतार्ने काम भयो जसले केही
हुन्छ कि भन्ने सारा विश्वास एकाएक धरासायी तुल्याइदियो ।
छिमेकी मित्रराष्ट्र, विश्व-सहयोगी समुदाय सबैलाई गाली
गर्दै युगौँदेखि बडो मुश्किलले निर्मित विश्वासका सम्बन्धहरू भत्काउनु
यिनीहरूको प्रमुख कर्तव्य हुन गएको देखिन्छ । कसैको सहयोग बिना नेपाल
बाँच्छ भन्ने मिथ्या आडम्बरी बकवास एकातिर बक्दै गर्ने सँगसँगै र्समर्थन
र भिक्षाको याचना गर्दै गर्ने अनौठो पद्धति देखिएको छ ।
मानवअधिकारको चरम उल्लङ्घन यसरी निर्दलीय पञ्चायतकालमा
पनि भएको थिएन । आफ्नो पसिनाको कमाइले बनाएको, आफ्नै नाममा रहेको आफ्नो
घरबाट डा. शशाङ्क कोइराला र उहाँकी डाक्टर पत्नीलाई पनि निष्कासित
गरियो । कारण, त्यहाँ गिरिजाप्रसाद कोइरालालाई नजरबन्द गर्नु पर्यो
रे ! त्यो गिरिजाप्रसाद कोइरालाको घर होइन । त्यहाँ बाथरुम जान पनि
सहयोगी चाहिने ८५ वर्षी उहाँकी आमा पनि बस्नुहुन्थ्यो । यस्तो दानवीय
र परपीडक प्रकृतिको शासन नेपालमा विरलै चल्यो होला । गिरिजाप्रसादको
कारणले घरधनी नै निष्काशन हुनुपर्ने यो कहाँको न्याय र विवेक हो ?
गनिसाध्य छैनन्- मानवअधिकार हनन्का सरकारी आतङ्कहरू
। जेनेभा नेपालमय भएको छ । असल पक्षमा होइन, मानवअधिकार र मानवीय सभ्यता
हनन्को पक्षमा । यसरी कतिञ्जेल राजकाज चलाउने ?
तर्सथ, मेरो राजालाई बिन्ती छ- यदि यसरी नै अघि बढ्ने
रहर होइन भने, जनताको नासो-जनताको र्सार्वभौमसत्ता जनतामा फर्काइदेऊ
! यसमै देश, राजा, प्रजातन्त्र सबैको भलो लुकेको छ । बाँकी सबै क्षणिक
हुन्, भ्रम मात्र हुन् ।
(१९ चैत, २०६१, दुवाकोट सशस्त्र प्रहरी गण, भक्तपुर)
|