| रिपोर्ट/स्थलगत
माओवादीको पर्यटक मोह

तस्बिरहरू डम्बरकृष्ण श्रेष्ठ
|
| माओवादी रसिद बोकेका एक पर्यटक र गुफापोखरी
क्षेत्रमा फुलेको गुराँस । |
दुई वर्षघिसम्म
माघदेखि वैशाखसम्म पर्यटकहरूको घुइँचो लाग्ने संखुवासभा, तेह्रथुम
र ताप्लेजुङको मिल्के जलजले क्षेत्रमा अहिले फाट्टफुट्ट पर्यटक देख्न
पनि गाह्रो छ । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफापोखरी क्षेत्रमा
अहिले लालीगुराँस फुलेर वन रातै र चैतको अन्तिम सातासम्म पनि हिउँ
परेर डाँडापाखा सेतै छन् । तर यस्तो अनुपम दृश्य हर्ेन आउने पर्यटकहरू
भने हरेक वर्षघट्दै गएका छन् । गुफापोखरीको याक होटलकी डोङ्गा पुट्टी
शर्ेपा भन्छिन्, "पहिले पहिले यो ठाउँमा टुरिष्टहरूको ताँती नै
लाग्थ्यो, अहिले तीन महिनामा एउटा ग्रुप देख्न पनि गाह्रै पर्छ ।"
माओवादीको डर, त्रास र चन्दा आतङ्कका कारण कञ्चनजङ्गा
आधार शिविरको पदयात्रा तथा ताप्लेजुङ्गको कावेली हुँदै तमोर र सप्तकोशीको
र्याफ्टिङमा जाने पर्यटकहरूको सङ्ख्या बर्सर्ेे घट्दै गएको हो । द
एक्सप्लोर नेपालका गाइड नारायण श्रेष्ठ भन्छन्, "यस पटक यही कारणले
सगरमाथा आधार शिविर, थोराङपास, लाङटाङ र पर्ूर्वी क्षेत्रमा घुम्न
आउन लागेका ६ वटा ग्रुपले आफ्नो यात्रा रद्द गरे ।" २३ चैतमा
गुफापोखरी पुगेको द एक्सप्लोर नेपाल ग्रुप काठमाडौँले घुमाउन ल्याएको
एक दर्जन स्वीस र जर्मन पर्यटकको टोलीसँग माओवादीले नयाँसत्ताको नियम
भन्दै प्रतिव्यक्ति रु.५ हजार 'प्रवेश शुल्क' असुले । अत्याधुनिक हतियारसहित
आएका माओवादीलाई टोलीले रु.५५ हजार बराबरको अमेरिकी डलर बुझायो र माओवादीले
'किराँत स्वायत्त प्रदेश-प्रवेश शुल्क' लेखिएको रसीद दिए ।
ट्राभल/ट्रेकिङ एजेन्सीका मानिसहरू पर्यटकहरू माओवादीले
तोकेको शुल्क तिर्न तयार भएपछि आफूहरूलाई कुनै समस्या नहुने बताउँछन्
। नारायण श्रेष्ठ भन्छन्, "यहाँ आउनुअघि पर्यटकहरूलाई माओवादीका
बारेमा बताइएको हुन्छ । उनीहरू शुल्क तिर्ने मनस्थितिमै आएका हुन्छन्,
तोकेको शुल्क तिरेपछि कुनै खतरा हुँदैन ।"
 |
केही पैसा तिरेर 'ढुक्क' सँग घुम्न पाएपछि यहाँ आइसकेका
पर्यटकहरू पनि माओवादी द्वन्द्वलाई त्यति ठूलो सरोकारको विषय बनाउँदैनन्
। कोशीटप्पुमा दर्ुइ दिन बिताएर गुफापोखरीबाट खाँदबारी, चैनपुर हुँदै
तुम्लिङटार पुगी काठमाडाँै र्फकने योजना बनाएर आएको स्वीसर्-जर्मन
पर्यटक टोली पनि त्यस्तै थियो । १७ पटक नेपाल आइसकेका समूहका अगुवा
पिटर स्मिथ भन्छन्, "यहाँ पर्यटकहरूलाई खतरा छैन । पहाडी क्षेत्रमा
माओवादी त भेटिन्छन्, तर उनीहरूले तोकेको शुल्क तिरेर मज्जाले घुम्न
पाइन्छ ।" पहिलो पटक नेपाल घुम्न आएका स्वीट्जरल्याण्डका ६० वषर्ीय
पीट पनि माओवादीसँग डराएनन् । उनीहरूसँग आफ्नो कुनै सरोकार नभएकोले
अहित गर्लान् जस्तो उनलाई लागेन । तर पीटसँगै आएकी अर्की एक महिला
भने माओवादीका हतियार देखेर डराएकी थिइन् । उनले भनिन् पनि, "हामी
यहाँ घुम्न आएका हौँ, हतियार हर्ेन हैन । हामीलाई यसरी हतियार देखाउँदा
नरमाइलो महसूस भइरहेको छ ।"
 |
आम्दानीको राम्रो स्रोत पर्यटक माओवादीलाई पनि चाहिएकै
छन् । गुफापोखरीमा भेटिएका माओवादीका 'हिमाल' नाम गरेका एक 'बटालियन
कमिसार' पर्यटकलाई आफूहरूले सधैँ स्वागत गर्ने गरेको बताउँदै भन्छन्,
"घुम्न आएका पर्यटकहरूलाई हामी केही पनि गर्दैनाँै । अमेरिकी
पर्यटकलाई हर्ेर्ने दृष्टिकोण मात्रै अलि फरक छ । हामी उनीहरूको कडा
चेकजाँच गर्र्छौँ । घुम्न आउनेलाई छूट छ भने हाम्रोविरुद्ध केही गर्न
आएको पाइएमा कारबाही हुन्छ । हाम्रो क्षेत्रमा स्थानीय नेतृत्वले तोकेको
पर्यटक प्रवेश शुल्क तिरेर पर्यटकहरू जति पनि घुम्न सक्छन् । बरु त्यसबापत
हामी उनीहरूलाई चोर, लुटेराहरूबाट सुरक्षा प्रदान गर्र्छौँ ।"
प्रवेश शुल्कलाई उनीहरूले आफ्नो क्षेत्रको 'भीसा' जस्तै मान्ने गरेका
छन् । 'महावीर' नाउँका माओवादी कार्यकर्ताका अनुसार, एक पटक शुल्क
बुझाएपछि पर्ूर्वी क्षेत्रका जुनसुकै जिल्लामा पनि भ्रमण गर्न पाइन्छ
।
माओवादी, पर्यटक र एजेन्सी कर्मचारीका यस्ता मीठा कुराले
द्वन्द्वले नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा केही प्रभाव नपारेको
हुनुपर्ने भान पार्न सक्छन् । तर माओवादीका मनोमानीपर्ूण्ा चन्दा/
शुल्क, बेलाबखत पर्यटकविरुद्ध हमलाका घटनाले उनीहरूको आगमनमा धेरै
कमी आएको व्यवसायीले स्वीकारेका छन् । मिल्के जलजले, गुफापोखरी क्षेत्रमा
पर्यटकको कमी यसैको एउटा परिणाम हो । चैतको अन्तिम साता मात्रै माओवादीले
जिरी हुँदै सगरमाथा आधार शिविर जान हिँडेका दर्ुइ रूसी पर्यटक चढेको
मोटरमा बम प्रहार गरी उनीहरूलाई घाइते तुल्याएका छन् ।
•
डम्बरकृष्ण श्रेष्ठ, संखुवासभामा
|