हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट/स्थलगत

माओवादीको पर्यटक मोह


तस्बिरहरू डम्बरकृष्ण श्रेष्ठ
माओवादी रसिद बोकेका एक पर्यटक र गुफापोखरी क्षेत्रमा फुलेको गुराँस ।

दुई वर्षघिसम्म माघदेखि वैशाखसम्म पर्यटकहरूको घुइँचो लाग्ने संखुवासभा, तेह्रथुम र ताप्लेजुङको मिल्के जलजले क्षेत्रमा अहिले फाट्टफुट्ट पर्यटक देख्न पनि गाह्रो छ । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफापोखरी क्षेत्रमा अहिले लालीगुराँस फुलेर वन रातै र चैतको अन्तिम सातासम्म पनि हिउँ परेर डाँडापाखा सेतै छन् । तर यस्तो अनुपम दृश्य हर्ेन आउने पर्यटकहरू भने हरेक वर्षघट्दै गएका छन् । गुफापोखरीको याक होटलकी डोङ्गा पुट्टी शर्ेपा भन्छिन्, "पहिले पहिले यो ठाउँमा टुरिष्टहरूको ताँती नै लाग्थ्यो, अहिले तीन महिनामा एउटा ग्रुप देख्न पनि गाह्रै पर्छ ।"

माओवादीको डर, त्रास र चन्दा आतङ्कका कारण कञ्चनजङ्गा आधार शिविरको पदयात्रा तथा ताप्लेजुङ्गको कावेली हुँदै तमोर र सप्तकोशीको र्‍याफ्टिङमा जाने पर्यटकहरूको सङ्ख्या बर्सर्ेे घट्दै गएको हो । द एक्सप्लोर नेपालका गाइड नारायण श्रेष्ठ भन्छन्, "यस पटक यही कारणले सगरमाथा आधार शिविर, थोराङपास, लाङटाङ र पर्ूर्वी क्षेत्रमा घुम्न आउन लागेका ६ वटा ग्रुपले आफ्नो यात्रा रद्द गरे ।" २३ चैतमा गुफापोखरी पुगेको द एक्सप्लोर नेपाल ग्रुप काठमाडौँले घुमाउन ल्याएको एक दर्जन स्वीस र जर्मन पर्यटकको टोलीसँग माओवादीले नयाँसत्ताको नियम भन्दै प्रतिव्यक्ति रु.५ हजार 'प्रवेश शुल्क' असुले । अत्याधुनिक हतियारसहित आएका माओवादीलाई टोलीले रु.५५ हजार बराबरको अमेरिकी डलर बुझायो र माओवादीले 'किराँत स्वायत्त प्रदेश-प्रवेश शुल्क' लेखिएको रसीद दिए ।

ट्राभल/ट्रेकिङ एजेन्सीका मानिसहरू पर्यटकहरू माओवादीले तोकेको शुल्क तिर्न तयार भएपछि आफूहरूलाई कुनै समस्या नहुने बताउँछन्  । नारायण श्रेष्ठ भन्छन्, "यहाँ आउनुअघि पर्यटकहरूलाई माओवादीका बारेमा बताइएको हुन्छ । उनीहरू शुल्क तिर्ने मनस्थितिमै आएका हुन्छन्, तोकेको शुल्क तिरेपछि कुनै खतरा हुँदैन ।"

केही पैसा तिरेर 'ढुक्क' सँग घुम्न पाएपछि यहाँ आइसकेका पर्यटकहरू पनि माओवादी द्वन्द्वलाई त्यति ठूलो सरोकारको विषय बनाउँदैनन्  । कोशीटप्पुमा दर्ुइ दिन बिताएर गुफापोखरीबाट खाँदबारी, चैनपुर हुँदै तुम्लिङटार पुगी काठमाडाँै र्फकने योजना बनाएर आएको स्वीसर्-जर्मन पर्यटक टोली पनि त्यस्तै थियो । १७ पटक नेपाल आइसकेका समूहका अगुवा पिटर स्मिथ भन्छन्, "यहाँ पर्यटकहरूलाई खतरा छैन । पहाडी क्षेत्रमा माओवादी त भेटिन्छन्, तर उनीहरूले तोकेको शुल्क तिरेर मज्जाले घुम्न पाइन्छ ।" पहिलो पटक नेपाल घुम्न आएका स्वीट्जरल्याण्डका ६० वषर्ीय पीट पनि माओवादीसँग डराएनन् । उनीहरूसँग आफ्नो कुनै सरोकार नभएकोले अहित गर्लान् जस्तो उनलाई लागेन । तर पीटसँगै आएकी अर्की एक महिला भने माओवादीका हतियार देखेर डराएकी थिइन् । उनले भनिन् पनि, "हामी यहाँ घुम्न आएका हौँ, हतियार हर्ेन हैन । हामीलाई यसरी हतियार देखाउँदा नरमाइलो महसूस भइरहेको छ ।"

आम्दानीको राम्रो स्रोत पर्यटक माओवादीलाई पनि चाहिएकै छन् । गुफापोखरीमा भेटिएका माओवादीका 'हिमाल' नाम गरेका एक 'बटालियन कमिसार' पर्यटकलाई आफूहरूले सधैँ स्वागत गर्ने गरेको बताउँदै भन्छन्, "घुम्न आएका पर्यटकहरूलाई हामी केही पनि गर्दैनाँै । अमेरिकी पर्यटकलाई हर्ेर्ने दृष्टिकोण मात्रै अलि फरक छ । हामी उनीहरूको कडा चेकजाँच गर्र्छौँ । घुम्न आउनेलाई छूट छ भने हाम्रोविरुद्ध केही गर्न आएको पाइएमा कारबाही हुन्छ । हाम्रो क्षेत्रमा स्थानीय नेतृत्वले तोकेको पर्यटक प्रवेश शुल्क तिरेर पर्यटकहरू जति पनि घुम्न सक्छन् । बरु त्यसबापत हामी उनीहरूलाई चोर, लुटेराहरूबाट सुरक्षा प्रदान गर्र्छौँ ।" प्रवेश शुल्कलाई उनीहरूले आफ्नो क्षेत्रको 'भीसा' जस्तै मान्ने गरेका छन् । 'महावीर' नाउँका माओवादी कार्यकर्ताका अनुसार, एक पटक शुल्क बुझाएपछि पर्ूर्वी क्षेत्रका जुनसुकै जिल्लामा पनि भ्रमण गर्न पाइन्छ  ।

माओवादी, पर्यटक र एजेन्सी कर्मचारीका यस्ता मीठा कुराले द्वन्द्वले नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा केही प्रभाव नपारेको हुनुपर्ने भान पार्न सक्छन् । तर माओवादीका मनोमानीपर्ूण्ा चन्दा/ शुल्क, बेलाबखत पर्यटकविरुद्ध हमलाका घटनाले उनीहरूको आगमनमा धेरै कमी आएको व्यवसायीले स्वीकारेका छन् । मिल्के जलजले, गुफापोखरी क्षेत्रमा पर्यटकको कमी यसैको एउटा परिणाम हो । चैतको अन्तिम साता मात्रै माओवादीले जिरी हुँदै सगरमाथा आधार शिविर जान हिँडेका दर्ुइ रूसी पर्यटक चढेको मोटरमा बम प्रहार गरी उनीहरूलाई घाइते तुल्याएका छन् ।

डम्बरकृष्ण श्रेष्ठ, संखुवासभामा